युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 12:58am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी
Wednesday, 07.25.2018, 12:24pm (GMT+5.5)

जब जब नेपाली काँग्रेस प्रतिपक्षी बेञ्चमा बस्न पुग्छ, रमाइला र उदेकलाग्दा कुरा सुन्न र देख्न पाइन्छ । सत्तामा पुगेको बेला त केही उट्पट्याङ्ग काम गरेर देखाएको बाहेक सरकार भए नभए जस्तो निरसता शून्यताको बोधले सताई रहन्थ्यो । अहिले पनि ऊ (काँग्रेस) सत्ता बाहिर पु¥याइएको छ । यद्यपि नेपालमा नेपाली “जनतामाथि शासन गर्ने अधिकारको लालमोहर” उसैले मात्र पाएको थियो । त्यसैले त राणाहरुको अधिवंशवादी एकशताब्दी भन्दा बढी लामो निरंकुश र स्वेच्छाचारी शासन व्यवस्था विरुद्धको जन क्रान्तिमा हजारें नेपालीको सहभागिता र योगदान गरेका किन नहोऊन्, प्रजातान्त्रिक शासन प्रणाली स्थापित भएपछि “२००७ को क्रान्तिको नेतृत्व कोइराला परिवार र ने.का.ले गरेको” दावी गर्दै (२०१७ उप्रान्तका ३० वर्षे निर्दलीय पंचायतीकाल र २०५१ देखि पछिका केही महिनाका अवधिमा) बाहेकका सबै जसो कालावधि भर नेपाली काँग्रेसले पटक एकलौटी जसो शासनसत्ता नियन्ता बन्ने अवसर पायो । स्पष्ट छ “ने.का. पार्टी” भनेको “कोइराला परिवारको अधिकांश शेयर भए रहेको लिमिटेड कम्पनी हो । त्यसै भएकोले काँग्रेसको नेतृत्वको सरकार भन्ने वित्तिकै “वी.पी.देखि जी.पी. हुँदै उनैका शाखा सन्तानको प्रच्छन्न अप्रच्छन्न नियन्त्र र प्रभावयुक्त सरकार” भन्ने बुझ्नुपथ्र्यो, त्यस्तै जुन देखियो भोगियो । कथंचित कुनै बेला सरकार ने.का.को नेतृत्वको तर सरकारमा कुनै “कोइराला” नभएको भए पनि– (त्यस्तो विरलै थियो होला) – कोइराला निवासकै भातपानी खाए हुर्के बढेका र उनकै वंश पूजक आचार्य, पौडेल, सिटौला, घर्ती बस्नेतहरुले नै उनको हकहितको प्रतिरक्षा गरिरहेकै थिए । त्यसैले त एउटै संसदको एउटै अधिवेशन कालमा डेढ दर्जन पटकको पराजयको कीर्तिमानी पनि ने.का.ले कायम गरेर “नयाँ गौरवशाली इतिहास”को निर्माण गर्न पुगेको थियो । 
जेहोस्, आज प्रतिपक्षमा बसेर पनि आफ्नो पक्षमा (विरोधी वेञ्चमा एकतिहाईको समेत टेवा पु¥याउन नसकेको निरीह अवस्थामा) ने.का. छ । उसले धैर्य र शालीनतापूर्वक “हिजोको संसदमा जुन अन्तरिम थियो –मा त तोडफोड नै किन नहोस् गरेर “ने.का.को बहुमत थियो नी !” भनेर शासन सत्तामा अंशदावी गरिराखेको छैन । त्यसैले देशव्यापी विरोध र आन्दोलनको झ्याली पिट्दैछ । जसको निमित्त (देशव्यापी विरोध, प्रदर्शन, संघर्ष, आन्दोजन जे भनेपनि) एउटा स्मरण पत्र बुझाउनु पर्ने विँडो धानेर देखाउन जुन १५ बुँदे आरोप पत्र सरकारलाई बुझाएको “खबर र साउन (२०७५) का राष्ट्रिय दैनिकमा जुन छापियो, त्यो निकै रमाइलो जुन देखियो ।”
यहाँ “रमाइलो” लाग्नुको कारण छ । एक त उसले “आन्दोलन गर्ने” भन्नु र पूर्वमहाराजा ज्ञानेन्द्रले जनतामाझ जानु र जनता जगाउने कुरा गर्नु उही “हात्ती र हात्ती छाप चप्पल” जस्तै हो । सबैलाई थाहा छ, दुवै आफ्ना बहुबलले आर्जेर सत्ता भोगी बनेका थिएनन् होइनन् । कसैले आफ्ना बाजे (महाराजा त्रिभुवनले गाथ गादी दाउमा राखेर ल्याएको “प्रजातन्त्र” भनेर भन्दै शासन सत्ताको भोग आफू (आफ्ना कुल वंशको हक दावी पेश गरेका वा गर्दै गरेका होलान् । कसैले “आफ्नो पार्टी र नेताहरुले जनक्रान्तिको नेतृत्व गरि यो देशबाट १०४ वर्षदेखिको अटुट अधिवंशवादी स्वेच्छाचारी निरंकुश  शासन व्यवस्था फालेर ल्याएको प्रजातन्त्रमाथि आफ्नो दलको मात्र शासनाधिकार हुने” भन्दै सोझा सादा आम मतदातालाई जमिनदारी शैलीमा थर्काउँदै शासन गर्दै आएका थिए होलान् । 
संघर्ष, आन्दोलन, जनविद्रोह त नेपालका कम्युनिष्टहरुले गरेका हुन् । उनको पार्टी (ने.क.पा.) को जन्म भएर बामे सर्न नपाउँदै उसमाथि प्रतिबन्ध ने.का.को  सरकारले २०१० मा जुन लगायो ऊ त्यहीबाट “वागी, विद्रोही, क्रान्तिप्रिय र संघर्षको पर्याय” प्रतीक जे भने पनि हुने रुपमा चिनियो । जसले गर्दा नेपालका कम्युनिष्ट हरु अजम्बरी जस्तै जति टुक्रा र पातपात छुट्याएर फाले पनि त्यही ठाउँमा बाँचेर र मौलाएर आउने भए । 
सबैलाई थाहा भएकै छ– “संविधान सभाको निर्वाचन र गणतन्त्रको स्थापना” को सम्झौता विहिन मुद्दा लिएर सशस्त्र जन संघर्षको लागि हतियार बोक्दै सुदूर दराजका गाउँ पाखादेखि वेसी झर्दै र जिल्ला सदरमुकामदेखि राजधानीको चक्रपथबाहिर सम्म कब्जा गर्दै आएका ने.क.पा.को एउटा धारा माओवादी नै थियो । नेपालमा झण्डै दुई सय पचास वर्षदेखिको “राष्ट्रियता र एकताको प्रतीक र सार्वभौमिक अधिकारको प्रयोक्ता” बनेको “शाही राजतन्त्र”को अन्त्य गर्ने शक्ति पनि उही (माओवादी) नै थियो । 
तर नेपाली काँग्रेसको एकलौटी बहुमत प्राप्त सरकार–जस्को नेतृत्व शेरबहादुर देउवाले नै गरिरहेका र जुन सरकारले ती सशस्त्र जनयुद्धका अघि–नियन्ता नेताहरुको टाउकाको पचासौं लाख सम्म मूल्य तोकेर सार्वजनिक घोषणा गरी, गैर न्यायिक हत्या गर्न खुलेयाम प्रतिस्पर्धी गराई रहेको थियो । विधि सम्मत शासन गर्ने शपथ लिइ शासन सत्तामा बसेर नेताको हत्या गर्नेलाई पुरस्कृत गर्ने जानकारी दिएको थियो त्यही पार्टी र त्यसका नेताहरुले २०६३ को परिवर्तनको प्रमुख श्रेय आफूले लिन पाउन र भोग्न पाउने जिद्दरी लिएर जिती छाडे । उही “लंका जित्ने हनुमान पगरी गुत्ने ढेडू” गर्न सफल भए । त्यसले ने.का. नेताहरु “वनमा गएर वँदेलको शिकार गर्न जान्दैनन् अरुले शिकार गरी ल्याइ दिएका मृग बनेलको कवाव बनाएर खान मज्जाले जान्दछन्” भन्ने सत्य सावित गरिदियो । 
हो, “नेपालमा काँग्रेस एक्लैले सत्ता हत्याएर सरकार हाँक्न बाहेक सडक संघर्ष गर्न, र नेपालका कम्युनिष्टहरुले सडक संघर्ष गर्न र सरकार ढाल्न फालन बाहेक सरकार र सत्तामा पुगेर कुनै ठूलो काम गरेर देखाउन जानेका छैनन्” भनेर भन्ने बाहेक केही उदाहरणीय ठोस उपलब्धीपूर्ण काम आज दुई तिहाईको बहुमत सहितको नेकपाको पहिलो (यस अर्थमा ऐतिहासिक र कीर्तिमानी) सरकारले पनि केही देखाउन सकेन । यद्यपि भर्खर सरकारले ५ महिना पूरा गरेको होला । तर शासन सत्ता हाँक्न पुगेका नेतादेखि प्राय सबै (उप प्रधानमन्त्रीहरु) समेत यो “देशको शासन सत्ताका पत्ता पत्ता केलाए बुझे र खली खाइसकेका नै देखिएका” भनेर मानिन्छन् । साथै “सडक संघर्षबाटै जन्मे हुर्केर आज यो हैसियतमा पुगेको” गुड्डी हाँक्ने गर्दै आएका थिए । 
तर पनि उही “विहानीको घामले दिनको संकेत गर्छ” (मर्निङ्ग शोज द डे) भन्ने अथवा “कूचो वाट्नू लच्छिन विचार गर्नु” भन्ने उखान सम्झिँदा यी सत्ता नियन्ता मित्रहरुले भाषण र गफ गर्दा “रेल ल्याउने देखि तेल निकालेर समृद्ध नेपाल” र “सुखी नेपाली” को गँजेडी गफ हाँक्ने “बाहेक केही गर्ने लक्षण देखाएनन्” भन्ने आज यत्रतत्र टिप्पणी जुन गरिँदै छ सुनिँदैछ, अहिले नै त्यो ठीकै टिप्पणी हो भन्ने हदमा त नजाउँ । त्यो सर्वथा “तातै खाउँ, छिटै मरै” भन्ने उत्ताउलो र हतारोको सोचाई बाहेक केही होइन, थाहा छ ।
त्यति सब हुँदाहुँदै पनि “सत्ता बाहिर हुँदा आत्तिने सत्ता हत्याएपछि मात्तिने र केही समय सम्म शासन सत्तामा बसेपछि मत्ता हात्तिजस्तो गरी पात्तिने (अराजक, अनियन्त्रित र स्वेच्छाचारी हुने) ने.का.को जुन चरित्र र हिजोदेखिको पुरानो परिचय छ जसले अहिले सिंहदारबारतिर फर्केर मट्याङ्ग्रा हान्ने र सरकारको जसरी नाडी छामी रहेछ त्यसलाई सरकारले कसरी छेरिएको छ, हेर्छ ? उसको कुरा हो । तर डा. गोविन्द के.सी. गंगामायाका अनशनका तीर हान्नेदेखि विरोध आन्दोलनका १५ सूत्रीय माग वा मुद्दा जे सार्वजनिक भएका छन् मागहरु थप हुँदै जालान् ती आधा भन्दा बढी त उहिले आज सत्तामा पुगेका कम्युनिष्टले आज प्रतिपक्षमा बस्ने ने.काको नेता शेर बहादुरलाई बुझाएका देउवाले हुवहु उतारेर ल्याएको देखियो । (त्यस्मा सबैले सधैं उठाउने जनसरोकारको मुद्दा “मुल्यवृद्धि र महंगी नियन्त्रण” कसरी छुट्यो ? सायद ने.का.कै पालामा मूल्य बढी बढेकाले काला बजारिया सबै ने.का. कै पालामा बढी बढेकाले र काला बजारिया सबै ने.का. का नातेदार भएकोले हो कि ?) जेहोस्, ने.का. नेताहरु पत्ति झीना मसिना र कम्युनिष्टले हिजो पेश गरेका मागकै आडबलमा दुई तिहाईको सरकार ढाल्ने “साह्रै हल्का फुल्का तरिका अंगाले छ, त्यसलाई ।” नै मार्गदर्शन ठानेछ ।
अहिले एउटा गाउँले उखान याद भइरहेछ “यो वर्षको आँठे (एकप्रकारको लहरे खोकी) त गतिलो छैन बुहारी, तँलाई लान्छ कि मलाई लान्छ ।” हो नेपाली काँग्रेसका मट्यांग्रा हनाइले यति बडेमानको हात्तीजस्तो बलियो सरकार ढल्ने त के हल्लिने पनि छैन सबैलाई त्यति थाहा छ । तर केही अदृश्य कारण जुन छन् ती यति प्रवल र अदम्य रुपमा देशा पर्दै छन् जसको हेक्का छ न सरकारलाई नाङ्लो ठटाएर तर्साउने जमर्को गर्दै रहेको स्वयं निमुखो र आफै गुट उप गुटका रुपमा चर्कै थर्केको प्रतिपक्षलाई भए जस्तो लाग्छ । न “सत्ताको राजसी सुख सयलमा रमाई रहेका “घुम्ने मेच माथिका अन्धा नयाँ राजा महाराजाहरु”लाई हेक्का भए जस्तो छ । तर त्यो अनिष्टता, अनिश्चितता र अराजकताको अँध्यारो छायाले भने यो सरकारको आकाशलाई चारैतिरबाट घेर्दै र ढाक्दै “खग्रासको स्थिति”मा पु¥याउने जमर्को गरिरहेको जस्तो संकेत यत्र तत्रतिरबाट पाइन्छ ।
यहाँ त्यो सबैको वेलीविस्तारको फेहरिस्त न संभव छ न सान्दर्भिक नै होला । बुँद त्यसैले केहीलाई गत रुपमा मात्र प्रस्तुत गरौं, 
(१) “दुई तिहाईको बहुमत सहितको कम्युनिष्ट सरकारका डिजाइनरहरु” नेपालका कुनै नेता होइनन् थिएनन् । एक पटक तत्कालीन सरकार र ने.का.का प्रमुख सुशील कोइराला स्वयंले त्यस्को झनक दिएका थिए । “समानुपातिक प्रतिनिधित्वको व्यवस्था” पनि त्यही “वाह्य ग्याण्ड डिजाइन”को थियो “नेपाल जाति, धर्म, भाषा, क्षेत्र, उत्पत्ति, वंश गत” जस्ता विवादमा अल्झिरहोस्, समानुपातिक प्रणालीले कुनै पनि दलको वहुमत सहितको सरकार बन्दैन । नेपाल अव्यवस्थाको अँध्यारोमा रुमलिइरहोस् । त्यस्तो धरमर र अधमरो अवस्थाको देशलाई आफूले कठपुतलीलाई जस्तो गरी नचाउन, चलाउन र प्रयोग गर्न सकिन्छ” भन्ने सोंच र खेल पहिलो निर्वाचन लगत्तै भएको थियो । त्यसलाई कम्युनिष्ट एकताले फेल गरिदियो । उल्टै दुई तिहाईको गैर काँग्रेसी “स्थिर सरकार” बन्यो । 
(२) तर  उनीहरु (काँग्रेससहितको शक्ति) ५ वर्ष धैर्य गर्ने पक्षमा छैनन् । (ने.का. लगायतको भित्री बाहिरी दक्षिणपन्थीहरु त्यतिसमय) नेकपाका नेता कार्यकर्ताहरुको चरित्र, सोंच, स्वार्थ पूरै सामन्ती र निजात्मक बन्दै गएको छ । डा. बाबुराम भट्टराईको शब्द सापटी लिएर भन्नु पर्दा “क्रोनी क्यापिटलिस्ट” क्रोनी फ्युडल (अथवा काँठे प्रगतिशील, काँठेक्रान्तिकारी) भएपनि कम्युनिष्ट नामको भूतले पश्चिमहरु संत्रस्त छन् ।उतरी छिमेकीहरु नै पनि पुरै भर पत्यार गरेर साथ सहयोग गर्नेमा छैनन् । बरु उसले “आलाँकाँचा, सिद्धान्त, दर्शन र वाद को केन्द्रविन्दु भनेको सत्ता शक्ति स्वार्थ सन्तान र सम्पत्ति नै मान्ने ठान्ने अपत्यारिलो, वेभरका, अवसरवादी, चतूर चरित्रका मित्रहरुको भीड” ठानेर निकै सतर्कता साथ हेर्दै छन् । मन पेटै दिई साथ सहयोग गर्नेभन्दा “प्रयोग र परिक्षण गर्दै जाने” सोचाइले झटारोको रुपमा सहयोगको आश्वासन फ्याँकि राखेको छ । 
(३) नेपालमा द्वन्दात्मक भौतिकवाद, माक्र्सवाद र लेनिन विचारधाराको बोक्रो पनि नपढे नबुझेकाहरु वाक्कला र चातूर्यताले नेता बनेका धेरै छन् । उनीहरु महत्वाकांक्षाको, अवसरको, शक्तिको, स्वार्थको महा मनोरोग “ग्रस्त” छन् । त्यसैले आ–आफ्नै गूट उप गूटका अखाडा खडा गरी पिपलपाते भएर भनौं वा स्वैर चरित्र बोकेर हिडिरहेछन् । आज “दुई तिहाईको  नेकपा”मा पनि त्यस्ताको बग्रेल्ती उपस्थिति भए रहेको होला । पुष्पलाल मन मोहनहरुको कुरा छोडौं । नारायण मान, मोहन विक्रम, सिद्धिलाल र चित्रबहादुर जत्तिका” खलि खाएर खारिएको “कम्युनिष्ट” खोज्दा पनि सायद विरलै भेटिएलान् (?) 
(४) माथि उल्लेख गरिजस्ता “आलाकाँचा, पढेर र लडेरभन्दा लहै लहैमा लागेर, र मिसनरी डलरले  कम्युनिष्ट बनेर गाउँ, नगर, उप महानगर महानगरदेखि प्रदेश सभा र संघीय संसदसम्म (जसको संख्या झण्डै ४०००० (चालीस हजार) हाराहारी छ । तिनीहरुलाई तलब, भत्ता, सुविधा मर्यादा र सरकारी विलासी सवारी साधनको महत्वाकांक्षाले” कामकुरो एकातिर, कुम्लो बोकी कतातिर”को छटपटीले सताईरहेको छ । त्यो सबै राजनीतिक (निर्वाचित र मनोनितहरुका लागि) माग पूरा गर्न न राज्य (केन्द्रीय) सरकारको क्षमताले धान्न सक्छ । न जनता त्यो सम्पूर्ण “उल्फाको खर्च” व्यहोर्न पर्छ भन्ने पक्षमा छन् । न जनताले उनले (स्थानीय तहदेखि केन्द्रसम्मका आफ्ना फर्जी वारेसहरुले) बनाएको ऐन नियम र निर्णय मान्न तयार छ । 
(५) मुलुक संघीयतामा गए लगत्तै नेताहरुले “गाउँ–गाउँमा सिंहदरबार” भनेर हल्ला मच्चाए पनि सिंहदरबारका (पुराना सरकारी सबै) कर्मचारी प्रदेश, नगर र गाउँ तहमा गएर काम गर्न तयार छैनन् । त्यो देखिइ सकिएको छ । तर पनि “सरकारी कर्मचारी हुन्, लाठो लगाएर पठाउनु पर्छ” भनेर सल्लह दिने चाटुकार एवं तथा कथित विज्ञ÷थिङ्क ट्याङकरहरुको “पञ्चमाङ्गी चरित्र” र शकुनी प्रवृत्तिले राज्यका कर्मचारी र सरकार बीचको घर्ती फाँट निकै चर्केको र बढेर गएको छ । डा. के.आईं सिंहले कर्मचारीमाथि गरेको अशोभनीय र अमर्यादित व्यवहार देखि गिरिजा प्रसाद कोइरालाले सत्तामा आए लगत्तै (२०४९ कार्तिक २१ गते) गरेको “निजामतीदेखि शुरु गरेर राज्यका सबै तहसम्ममा काँग्रेसी मात्र भर्ने रणनीतिक कोतपर्व” र सर्वोच्चले गरेका पुनर्वहाली आदेशले कर्मचारी व्यवस्थापनको ठूलो संकट सरकारलाई “भारी” भएको छ । सरकारमा बस्नेहरुलाई “गिरिजालाई पतनको पींधमा यस्तै “पञ्चमाङ्गी”देखि विभिन्न दलको भातृ संगठनका रुपमा संगठित कर्मचारीहरुले पु¥याएका हुन्” भन्ने पनि राम्ररी हेक्का नहोला । एकातिर बीसौं हजार स्थायी कर्मचारीलाई फाजिलमा हाजीर गराई तलब भत्ता खुवाउँदै जाने, अर्को तर्फ स्थानीय तहहरुमा अस्थायी भर्ती गरेर तलब भत्ता सुविधा दिने सामथ्र्य न राज्यको छ, न स्थानीय तहकै । 
(६) सेवाग्राहीहरुले “३० वर्षसम्म गाउँका प्रधान पंचदेखि जिल्ला पंचायतका पदाधिकारी सम्मले झोलामा प्याड र छाप बोकेर जीवनभर हामी जनता (सेवाग्राही) को निःशुल्क सेवा गरे, हिउँदका महिनाभर घरको आटो पीठो खाएर गाउँ गाउँमा मोटरबाटो बनाए । तर तिमीहरुलाई भोट दिएर जिताएका के थियौं, हाम्रै थाप्लोमा कर र सेवा शुल्कको बोक्नै न सकिने भार थोपर्दै विना योग्यता, क्षमता सरकारी उच्च अधिकारीहरु सरहको तलब भत्ता र प्राडो पजेरो चाहियो ? अब तिमीहरुलाई पुनर्मुषिको भव बनाउनै पर्छ” भनेर दाह्रा किटेर बाटो ढुक्न थालिसकेका छन् 
(७) माथि संकेत गरिएजस्तो परिस्थिति परिवेशमा “ने.का.को शासन र सासनाबाट आजीत भइसकेको, कम्युनिष्टहरुको “दुई तिहाईको स्वार्थी, निजात्मक एवं अहंवादी र नवमहाराजा शैली”ले “संघीयता”को नाममा नयाँ राज्य आतंकको जुन परिदृश्य अगाडि देखा पर्दछ, त्यो सबैले कतै “जंगे” को पुनजन्र्म गरियो, भने अनहोनी होला कि अवश्यम्भावि?  


Rating (Votes: )   
Share     Print


Other Articles:
मूल नसङ्ली धारामा सङ्लो पानी आउँदैन (07.10.2018)
“द्वन्द्वका लागि आमन्त्रण” (?) (07.10.2018)
मैले पढेको त्यो समय र पढाउन थालेको अहिलेको समय (07.10.2018)
चुनाव जितेपछि ओलीको बोली फेरियो- महेश्वर शर्मा (06.12.2018)
अन्तर्कलमा फँसेको काँग्रेसको दशा र दिशा- तारा सुवेदी (06.12.2018)
चुनाउमा बकेका कुरा बक्यौतामै नरहुन्म - हेश्वर शर्मा (05.30.2018)
राष्ट्रपतीय शासन प्रणाली किन ? - तारा सुवेदी (05.30.2018)
अपराधीलाई अभय ः सज्जनलाई सकश (05.08.2018)
अपराधको उर्वरा र अपराधीको स्वर्ण भूमि (?) (05.08.2018)
मुरी गएको नदेख्ने, मानाको खोजी ! (04.24.2018)
एकताको लागि “मदन भण्डारी मोडेल” (04.24.2018)
न पूर्वस्थिति, न नयाँ स्थिति ः खैलाबैला मात्रै (04.12.2018)
बढ्दो अपराधको समस्या (04.12.2018)
देशलाई जुरुक्क उठाउने हावादारी गफ ! (04.03.2018)
“विधिको शासन पुनस्थापना”को सवाल (04.03.2018)
मन्त्री चोखा भए मात्र प्रशासन चोखो हुन्छ (03.27.2018)
“विधिको शासन पुनःस्थापना” गर्ने सवालमा (03.27.2018)
पर्यटक भित्र्याउने गुरूयोजना (03.27.2018)
भ्रष्टाचार निवारणको प्रश्न र यथार्थ (२) (03.20.2018)
आध्यात्मिक नेता कालजयी, राजनेता क्षणिक (03.20.2018)



 
::| Latest News

 
[Page Top]