युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.22.2018, 07:55am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
छोरीहरु दुलही मात्र हैनन
Tuesday, 08.14.2018, 01:04pm (GMT+5.5)

महेन्द्र चालिसे
वाल विवाहको समस्या नेपालमा मात्रै नभएर संसारभर नै रहेको छ । अझ खास गरी दक्षिण एशियाका देशहरु लगायत अफ्रिकी मुलूकहरुमा यो समस्या विकराल छ । हालैको अध्ययनले के देखाउँछ भने संसारभरी १ वर्षमा १८ वर्षभन्दा कम उमेरमा विवाह हुने युवतीहरुको संख्या १ करोड २० लाख देखिन्छ ।
यसरी सानै उमेरमा विवाह अर्थात् बाल विवाह गर्दा युवतीहरुमा एचआईभी संक्रमणको उच्च जोखिम हुन्छ । यसै कारण प्रतिहप्ता  १५ वर्ष देखि २४ वर्ष सम्मका युवतीहरुमा एचआईभी संक्रमण हुन्छ । वाल विवाहको कारण पुरुषलाई भन्दा महिलालाई यसको संक्रमण हुने सम्भावना दोबर हुन्छ ।
वाल विवाहकै कारण अफ्रिकी महिलाहरुको मृत्युको दोस्रो संख्या एचआईभी संक्रमण हो भन्ने अध्ययनले देखाउँछ ।
हुन त एचआईभी जोखिमको मुख्य कारण वालविवाह भए पनि यो समस्या गरिवी, अशिक्षा र लैंगिक असमानतासंग पनि प्रत्यक्ष जोडिएको छ । किनकि वाल विवाह गर्नुका कारण नै गरिबी, शिक्षाको कमी, छोरा र छोरीबीचको विभेद नै हो । अनि कतै परम्परा र संस्कृतिले पनि केही भूमिका खेलेको हुन्छ । जस्तो हाम्रै देशको पहाडि भेगतिर विशेष ब्राह्मण जातीमा छोरी नछुने नहंँदै कन्यादान गरेमा पुण्य मिल्छ भन्ने एकथरी सोचाइ भेटिन्छ । जसको कारण बाल बिबाह गरिदिन्छन् । 
हुन त कतिले प्रश्न नगरेका पनि होइनन् कि “वाल विवाह गर्दैमा कसरी एचआईभी संक्रमणको जोखिम बढ्छ भनेर । यस प्रकारको प्रश्नमा निम्न संभावनाहरुलाई कारक मानिएको छ । वाल विवाहपछि महिलाहरुमा संक्रमणको जोखिम बढ्नुमा –
— केटा केटीको उमेरमा भिन्नता 
— केटाहरुले सन्तान उत्पादन गर्न सक्षम छु भन्ने देखाउन निरन्तर रुपमा असुरक्षित यौन सम्पर्क राख्छन् अनी केटाहरुको यौन साथी अरु पनि हुने संभावना ।
— केटीहरुमा सुरक्षित यौन सम्पर्कको लागि श्रीमानसंग अडान राख्न  नसक्नु ।
— घरायसी हिंसा र,
— निकै जेठो र यौन अनुभवी श्रीमान हुन ।
तर यसलाई समस्या मात्र मानेर त भएन । यस्का समाधान पनि त गर्नुपर्छ र समाधानका लागि के गर्न सकिन्छ त भन्दा यदि हामीले गाउँगाउँमा वाल विवाहका वेफाइदाहरु र यस्का कारणले हाम्रा छोरी चेलीहरुले कसरी ज्यान गुमाइरहेका छन् र बाँचे पनि कति नाटकीय जीवन भोगिरहेछन् भनेर अविभावकहरुलाई बुझाउन सक्नुप¥यो । यस सम्बन्धी बढी अनुसन्धान गर्नुपर्छ र त्यसको जानकारी बढीभन्दा बढी सर्व साधारण समुदायमा सेयर गर्नु प¥यो ।
बढी भन्दाबढी युवतीहरुलाई परामर्श दिनका लागि ठाउँठाउँमा पियर एजुकेटर केन्द्रहरु खोल्नु प¥यो । त्यस्को लागि सरकारले नै लगानी गर्नुपर्छ । त्यस्ता केन्द्रहरुले युवतीहरुलाई शिर्जनशील गराउने, शिक्षाका अवसर प्रदान गर्ने, र आवश्यक परेमा आर्थिक सहयोग पनि गर्ने । 
सरकार र गैरसरकारी संस्था, नागरिक अगुवा सवैको लक्ष “वाल विवाह“ अन्त्य गर्ने र युवतिहरुलाई उनीहरुको सामथ्र्यता प्रमाणित गर्ने अवसर दिने वातावरण तयार गर्नु आवश्यक छ— किनकी “छोरीहरु दुलही मात्र हैनन् ।”


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा (07.25.2018)
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी (07.25.2018)
मूल नसङ्ली धारामा सङ्लो पानी आउँदैन (07.10.2018)
“द्वन्द्वका लागि आमन्त्रण” (?) (07.10.2018)
मैले पढेको त्यो समय र पढाउन थालेको अहिलेको समय (07.10.2018)
चुनाव जितेपछि ओलीको बोली फेरियो- महेश्वर शर्मा (06.12.2018)
अन्तर्कलमा फँसेको काँग्रेसको दशा र दिशा- तारा सुवेदी (06.12.2018)
चुनाउमा बकेका कुरा बक्यौतामै नरहुन्म - हेश्वर शर्मा (05.30.2018)
राष्ट्रपतीय शासन प्रणाली किन ? - तारा सुवेदी (05.30.2018)
अपराधीलाई अभय ः सज्जनलाई सकश (05.08.2018)
अपराधको उर्वरा र अपराधीको स्वर्ण भूमि (?) (05.08.2018)
मुरी गएको नदेख्ने, मानाको खोजी ! (04.24.2018)
एकताको लागि “मदन भण्डारी मोडेल” (04.24.2018)
न पूर्वस्थिति, न नयाँ स्थिति ः खैलाबैला मात्रै (04.12.2018)
बढ्दो अपराधको समस्या (04.12.2018)
देशलाई जुरुक्क उठाउने हावादारी गफ ! (04.03.2018)
“विधिको शासन पुनस्थापना”को सवाल (04.03.2018)
मन्त्री चोखा भए मात्र प्रशासन चोखो हुन्छ (03.27.2018)
“विधिको शासन पुनःस्थापना” गर्ने सवालमा (03.27.2018)
पर्यटक भित्र्याउने गुरूयोजना (03.27.2018)



 
::| Latest News

 
[Page Top]