महेन्द्र चालिसे
वाल विवाहको समस्या नेपालमा मात्रै नभएर संसारभर नै रहेको छ । अझ खास गरी दक्षिण एशियाका देशहरु लगायत अफ्रिकी मुलूकहरुमा यो समस्या विकराल छ । हालैको अध्ययनले के देखाउँछ भने संसारभरी १ वर्षमा १८ वर्षभन्दा कम उमेरमा विवाह हुने युवतीहरुको संख्या १ करोड २० लाख देखिन्छ ।
यसरी सानै उमेरमा विवाह अर्थात् बाल विवाह गर्दा युवतीहरुमा एचआईभी संक्रमणको उच्च जोखिम हुन्छ । यसै कारण प्रतिहप्ता १५ वर्ष देखि २४ वर्ष सम्मका युवतीहरुमा एचआईभी संक्रमण हुन्छ । वाल विवाहको कारण पुरुषलाई भन्दा महिलालाई यसको संक्रमण हुने सम्भावना दोबर हुन्छ ।
वाल विवाहकै कारण अफ्रिकी महिलाहरुको मृत्युको दोस्रो संख्या एचआईभी संक्रमण हो भन्ने अध्ययनले देखाउँछ ।
हुन त एचआईभी जोखिमको मुख्य कारण वालविवाह भए पनि यो समस्या गरिवी, अशिक्षा र लैंगिक असमानतासंग पनि प्रत्यक्ष जोडिएको छ । किनकि वाल विवाह गर्नुका कारण नै गरिबी, शिक्षाको कमी, छोरा र छोरीबीचको विभेद नै हो । अनि कतै परम्परा र संस्कृतिले पनि केही भूमिका खेलेको हुन्छ । जस्तो हाम्रै देशको पहाडि भेगतिर विशेष ब्राह्मण जातीमा छोरी नछुने नहंँदै कन्यादान गरेमा पुण्य मिल्छ भन्ने एकथरी सोचाइ भेटिन्छ । जसको कारण बाल बिबाह गरिदिन्छन् ।
हुन त कतिले प्रश्न नगरेका पनि होइनन् कि “वाल विवाह गर्दैमा कसरी एचआईभी संक्रमणको जोखिम बढ्छ भनेर । यस प्रकारको प्रश्नमा निम्न संभावनाहरुलाई कारक मानिएको छ । वाल विवाहपछि महिलाहरुमा संक्रमणको जोखिम बढ्नुमा –
— केटा केटीको उमेरमा भिन्नता
— केटाहरुले सन्तान उत्पादन गर्न सक्षम छु भन्ने देखाउन निरन्तर रुपमा असुरक्षित यौन सम्पर्क राख्छन् अनी केटाहरुको यौन साथी अरु पनि हुने संभावना ।
— केटीहरुमा सुरक्षित यौन सम्पर्कको लागि श्रीमानसंग अडान राख्न नसक्नु ।
— घरायसी हिंसा र,
— निकै जेठो र यौन अनुभवी श्रीमान हुन ।
तर यसलाई समस्या मात्र मानेर त भएन । यस्का समाधान पनि त गर्नुपर्छ र समाधानका लागि के गर्न सकिन्छ त भन्दा यदि हामीले गाउँगाउँमा वाल विवाहका वेफाइदाहरु र यस्का कारणले हाम्रा छोरी चेलीहरुले कसरी ज्यान गुमाइरहेका छन् र बाँचे पनि कति नाटकीय जीवन भोगिरहेछन् भनेर अविभावकहरुलाई बुझाउन सक्नुप¥यो । यस सम्बन्धी बढी अनुसन्धान गर्नुपर्छ र त्यसको जानकारी बढीभन्दा बढी सर्व साधारण समुदायमा सेयर गर्नु प¥यो ।
बढी भन्दाबढी युवतीहरुलाई परामर्श दिनका लागि ठाउँठाउँमा पियर एजुकेटर केन्द्रहरु खोल्नु प¥यो । त्यस्को लागि सरकारले नै लगानी गर्नुपर्छ । त्यस्ता केन्द्रहरुले युवतीहरुलाई शिर्जनशील गराउने, शिक्षाका अवसर प्रदान गर्ने, र आवश्यक परेमा आर्थिक सहयोग पनि गर्ने ।
सरकार र गैरसरकारी संस्था, नागरिक अगुवा सवैको लक्ष “वाल विवाह“ अन्त्य गर्ने र युवतिहरुलाई उनीहरुको सामथ्र्यता प्रमाणित गर्ने अवसर दिने वातावरण तयार गर्नु आवश्यक छ— किनकी “छोरीहरु दुलही मात्र हैनन् ।”