युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.19.2018, 10:36am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
तीजको नाममा विकृति : हुँदा खानेहरुको लागि तीज गलपाँसो
Tuesday, 08.14.2018, 01:05pm (GMT+5.5)

अनिलभक्त खरेल

तीज पर्व हरेक वर्ष भाद्र शक्ल पक्ष तृतीयाका दिन मनाइन्छ । तीजको पहिलो दिन अर्थात् तीज इभलाई दर खाने दिनको रुपमा मनाइन्छ । यस दिनमा विवाहित र अविवाहित छोरी चेलीहरु एकैठाउमा जम्मा भई ब्रत बस्न दरो हुनका लागि दर खान्छन् अर्थात् दरमा दह्रो खाना हुन्छ । । यो दर खाने काम मध्यरातसम्म चालु रहन्छ । 
दोश्रो दिन तीजको मुख्य दिन हो यस दिनका कोही महिलाहरु निलाहार र कोही महिलाहरु फलाहार ब्रत बस्छन् । निलाहार भन्नाले पानी पनि नखाने र फलाहार भनेको पानी र फलफुल खाने भन्ने बुझिन्छ । यस दिनमा बिवाहित नारीहरुले लगनको पोते र सम्भव भए लगनकै सारी तथा आफुसंग जे जस्ता गर गहना छन् सबै लगाई सोह्र सिंगार पटार गरेर भगावान शिवजीको मन्दिरमा गएर पुजापाठ, नाचगान गर्छन् आफ्नो पति र परिवारको लागि प्रार्थना गर्छन् । तीजको ब्रत बसेमा खासगरी श्रीमानको लामो आयुहुने, मृत्यु पर्यन्त गाढा सम्बन्ध हुने, घरमा सुख शान्ति हुने,  असल र सुयोग्य वर पाउने विश्वास गरिन्छ त्यही भएर नेपाली विवाहीतत त अविवाहीतत सबै हिन्दु नारीहरुले यो ब्रत बस्ने गरेको पाइन्छ । 
तेस्रो दिन विहान उठेर बत्ती बाल्छन्, केरा र  तुल्सी पत्ताको पुजा गरेर चोखो खानेकुरा खान्छन्, यस दिनलाई गणेश चतुर्थी पनि भनिन्छ यस दिनको साँझ सानोतिनो विगो काम गते बात नलाग्ने बताइन्छ । 
तीजको चौथो दिन अर्थात् अन्तिम दिन ऋषि पञ्चमी हो । यस दिन विहान महिलाहरु नजिकको धारा पधेरामा गएर अघिल्ले दिन नै जम्मा गरिएका विभिन्न किसिमका सामग्रीले ३६५ पटक स्नान गरी शुद्घ भै सप्तऋषि र अरुन्धतीको पुजा गर्छन् र त्यस्को अर्को दिन घरबाट माइती आएकी चेली विदावारी गरी आप्mनो कर्म घर फर्किन्छन् ।
यस्तो राम्रो पर्व रहेको नेपाली हिन्दुहरुको महान चाड अब धार्मिक र सामाजिक पर्व रहेन । यो पर्व अब एउटा देखासिखीको रुपमा भड्किलोरूपमा देखा पर्दैछ । देश विदेशमा बस्नेहरुले आफ्ना छोराछोरीलाई तीजको बारेमा गलत शिक्षा दिइरहेको आभाष पाइन्छ किनकी तीज आउनुभन्दा महिनौ दिन अगाडिदेखिको दरको रिहर्शलले । यस प्रकारको कार्यले के सही सलामत पर्व हस्तान्तरण गरिएको मानिएला र रु एकदिन ब्रत बस्न महिनौदिनदेखिको तडक भडकलाई हेर्दा त नेपाली हिन्दु नारीहरुको पवित्र चाडलाई “हुनेखाने”नेपाली महिलाहरुले आफ्नो गर गहना र साडी प्रदर्शन गर्ने पर्व बनाए भन्दा अत्युक्ति नहोला । ब्रतमा चोखो खानेकुरा खानु पर्नेमा तामसी भोजन गरिरहेका हुन्छन् । जो कोहीले पनि अहिलेका नारीहरुलाई सोध्नुस् तीज भनेको के हो र दर भनेको के हो कसैले पनि सही उत्तर दिन सक्दैनन् किनकी अहिलेका नारीहरु २ महिना अघिदेखि दरखाने भनेर झ्याली पिट्दै हिड्छन्, २ महिनासम्म एक अर्काको घरमा हसुर्दै हिड्छन् तर जुन दिन वास्तविक रूपमा दर खाने हो त्यो दिन उनीहरुको कसैको घरमा केहीनै पाक्दैन । यस्ले गर्दा हाम्रो वास्ताविक दर लोपोन्मुख हुन खोज्दैछ । अब त तीजका कार्यक्रमहरु होटल र पार्टी प्यालेसमा हुन थालेका छन् । पहिला पहिला तीज भनेको कुशे औशीबाट सुरु हुन्थ्यो । कुशे औशीलाई बुबाको मुख हेर्ने औशी पनि भनिन्छ । पहिला पहिला विहाबारी भएर गएकी छोरी चेली आफ्नो बुबाको मुख हेर्न दिनमा माइती घर आएर पञ्चमीको पुजा सकेर कर्म घर जान्थे ।कुशे औशीमा नआएकी छोरीचेलीलाई औशीपछि गएर लिएर आइन्थ्यो । तीजको ब्रत बस्ने अघिल्लो दिन जे जस्तो मीठो मसिनो छ सबै मिली बाडेर खान्थे । आफ्ना दुखसुखका कुराहरु गीत मार्फत बिलौना गर्थे । चाहे ती साुस बुहारीका हुन्, चाहे नन्द आमाजु, देवर–जेठाजुका नै किन नहुन्  तर त्यो आज एकादेशको कथा जस्तै भएको छ । अहिलेका तीजका गीतहरु रत्तयौली र ठट्यौलीका मात्र छन् । १–२ जना हरिदेवी कोइरलालाहरुले कसरी सम्हालुन् रु समाजका अगुवा अर्थात “हुनेखाने”हरुले “हुँदाखाने”हरुलाई पनि देखासेखीको बाटोमा घकेल्दै छन् जस्ले गर्दा हँुदा खानेहरुको लागि यो तीज गलपासो भएको छ किनकी हँुदाखानेहरुले हुनेखानेहरुसंग प्रतिसपर्धा सकी नसकी गर्न परेको छ । स्मरण रहोस् अनौपचारिक रुपमा आजभन्दा १ महिना अघिदेखि सुरु भएको दरखाने कार्यक्रम अमेरिकामा औपचारिक रुपमा अगष्ट १२ अर्थात साउन २७ गतेबाटरुपमा सुरु भैसकेको छ । यस्को मतलब अन्य देशका नेपाली महिलाहरु भने पछि परेका होइनन् उनीहरुले पनि यस्को सुरुवात संगसंगै गरेको फेसबुकका तस्वीहरुबाट प्रष्ट हुन्छन् । यस्तो विकृतिलाई रोक्न सम्बन्धित देशमा खुलेका संघसंस्थाहरुले ध्यान दिने कि । यस्ता फजुल खर्च जम्मा गरेर रवि लामिछाने वा धुर्मुस सुन्तली वा स्वयं आफु संलग्न भएर मातृभूमिको विकास गरेमा कसो होला
(भर्जिनिया–लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)


Rating (Votes: )   
Share     Print


Other Articles:
छोरीहरु दुलही मात्र हैनन (08.14.2018)
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा (07.25.2018)
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी (07.25.2018)
मूल नसङ्ली धारामा सङ्लो पानी आउँदैन (07.10.2018)
“द्वन्द्वका लागि आमन्त्रण” (?) (07.10.2018)
मैले पढेको त्यो समय र पढाउन थालेको अहिलेको समय (07.10.2018)
चुनाव जितेपछि ओलीको बोली फेरियो- महेश्वर शर्मा (06.12.2018)
अन्तर्कलमा फँसेको काँग्रेसको दशा र दिशा- तारा सुवेदी (06.12.2018)
चुनाउमा बकेका कुरा बक्यौतामै नरहुन्म - हेश्वर शर्मा (05.30.2018)
राष्ट्रपतीय शासन प्रणाली किन ? - तारा सुवेदी (05.30.2018)
अपराधीलाई अभय ः सज्जनलाई सकश (05.08.2018)
अपराधको उर्वरा र अपराधीको स्वर्ण भूमि (?) (05.08.2018)
मुरी गएको नदेख्ने, मानाको खोजी ! (04.24.2018)
एकताको लागि “मदन भण्डारी मोडेल” (04.24.2018)
न पूर्वस्थिति, न नयाँ स्थिति ः खैलाबैला मात्रै (04.12.2018)
बढ्दो अपराधको समस्या (04.12.2018)
देशलाई जुरुक्क उठाउने हावादारी गफ ! (04.03.2018)
“विधिको शासन पुनस्थापना”को सवाल (04.03.2018)
मन्त्री चोखा भए मात्र प्रशासन चोखो हुन्छ (03.27.2018)
“विधिको शासन पुनःस्थापना” गर्ने सवालमा (03.27.2018)



 
::| Latest News

 
[Page Top]