युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 10:21am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी
Monday, 01.23.2012, 02:47pm (GMT+5.5)

अन्तरिम संविधानको निर्माण र घोषणामा देखिएको तदारुकता र २०६४ चैत्र २८ गते संविधानसभाको निर्वाचन सम्पन्न भएपछिको जनउत्कण्ठा “कहिले संविधान निर्माण सम्पन्न हुन्छ र कस्तो संविधान बन्छ ?” भन्नेमा केन्द्रित थियो । जब अन्तरिम संविधानले संविधानसभालाई धारा ६४ अनुसार तोकिदिएको म्यादभित्र “गणतन्त्रात्मक संघीय नेपालको जनसंविधान निर्माण गरी जारी गर्नैपर्ने” प्रमुख दायित्व र कर्तव्यलाई नियतवश लत्याएर सत्ताहत्याउनेमा नै प्रमुख नेता र उनका दलहरू लँगौटी फालेर लागि परे, जनताको “संविधान बन्ने” विश्वासमा नजानिंदो गरी क्षयीकरण शुरु भयो । तर पनि पुरै निराशाको अँध्यारोले ढाकेको थिएन ।
आफैले देशको परिस्थिति परिवेशलाई नियालेर “दुईवर्षभित्र संविधान निर्माण गरी जारी गर्न सकिन्छ” भनि निक्र्यौलमा पुगेर अन्तरिम संविधान २०६३ मा धारा ६४ को प्रावधानद्वारा आफूलाई सीमावद्ध गरेका दल र नेताहरू संविधान निर्माणको प्रमुख दायित्वलाई पन्छाएर धारा ८३ को प्रावधानले थपिदिएको “व्यवस्थापिका संसदको हैसियतमा काम गर्ने” गौण विषयमा नै केन्द्रित हुँदै “आफ्नो दल र नेताको हातमा के कस्तो परिपञ्च षडयन्त्र गर्दा सत्ता हातपर्छ, आफु अल्पमतमा भएपनि आफ्नो पार्टीको एकलौटी सरकार बनाएर सत्ता र शक्तिको आड बलमा दुबै हातले सोहर्न पाइन्छ ?” भन्नेमा नै सबै लागेपछि संविधान निर्माण हुने आशा र विश्वासको जग भासिंदै गएको टड्कारो अनुभव हुन थालेको थियो । जनता सधै स्वयं जाग्न र संघर्षमा उत्रिन नसक्ने र जनताले भर पत्यार गरेको राजनेता यौटै पनि नभएको स्थितिको नाजायज फाइदा उठाउँदै आएका दल र नेताहरूलाई जब सर्वोच्च अदालतले खबरदारी गर्न थाल्यो, ठेट रुपमा भन्ने हो भने “संविधान सभालाई निरंकुश र स्वेच्छाचारी भई आफ्नो मनलाग्दो म्याद थप गर्ने जनादेश नभएको” भन्ने कुरा अथ्र्याउने गरी संविधानको प्रावधानको व्याख्या ग¥यो, सिंगो संविधान सभा र दलहरू विवेकशून्य, विक्षिप्त र सर्वोच्चका विरुद्ध जे जस्तो  सुकै आक्रामक गतिविधि गर्न समेत पछि नहट्ने शैलीमा देखा परे । त्यस पछि आफ्नो दायित्व र कर्तव्य प्रति निकै सजग र सतर्क रहेको देखाउने झूठो जमर्को गरेको ढोंग त सबैले देखाए । तर नियत कसैको संविधान बनाउने देखिएन ।
यसैबीच अहिले संविधानसभाका सदस्य श्यामसुन्दर गुप्ता “एकजना उद्योगी पवन संघाईको अपहरण र ठूलो रकम फिरौती लिएर छोडने काण्डको मध्यस्थकर्ता र प्रमुख योजनाकार दुबै भएको आधारमा गिरफ्तार भएको “घटना” सार्वजनिक भयो । उनीमात्रै नभई बालकृष्ण ढुंगेल, प्रभु साह, बबन सिंह लगायत झण्डै दर्जनौ फौज्दारी मुद्दाका अभियोगी र दोषीको नाम जसरी यौटा राष्ट्रिय दैनिकले यसै सन्दर्भमा स्मरणार्थ उल्लेख ग¥यो, त्यसले अहिले सभासदहरूलाई माननीय भन्ने कि “अप–माननीय वा अनादरणीय (घृणायोग्य)” वा “माननीय अपराधीज्यू” भन्ने ? धेरै सर्वसाधारणमा द्विविधा उत्पन्न भएको रहेछ ।

निष्पक्ष नागरिकले कसरी नियालेको रहेछ ?
एकजना बडो ‘रसिक’ र सदा ‘रोमाण्टिक’ मुद्रामा देखिने मित्रजनले बडो सुन्दर र कलात्मक अभिनय पूर्ण शैलीमा केही समयपहिले सेवाबाट निवृत्त भएपछि राजनीतिमा होमिएर बडो नमिठो अनुभव बोकेर फर्किएका मित्रलाई माध्यम बनाएर भनेको भनाई सम्झाउने (ताजा बनाउने) काम श्यामसुन्दर गुप्ताले गरिदिए भन्नुपर्छ भन्ने लाग्यो । यद्यपि ती मित्रले उनका घनिष्ट र मैलेपनि राम्ररी चिनेका मित्रलाई अनादर गर्ने वा घृणाभावले नभई ठट्टा र रमाइलो व्यङ्गयात्मक शैलीमा नै भनेका थिए । तर पनि अहिलेको देशको समग्रतालाई समष्टिमा समेट्दै उनले बडो गम्भीर मार्मिक रुपमा भनेका रहेछन् भन्ने मेरो निष्कर्ष रह्यो ।
उनैले ती जागीरमा निवृत्तिभरण पाके लगत्तै र बहुदलीय शासन पद्धति आएपछि राजनीतिमा हाम फाल्न गएका मित्रलाई भन्दै थिए –“ तिमी सफा पौडी पोखरीबाट ढलमलको फोहरी पोखरीमा हामफालेको दुईखुट्टे सुंगूर भएपनि मैले त सधै मान्छे र मित्र नै मान्छु” ।  एकदिन त्यसरी नै रमाइलो गरी बसेका बेला तिनै दलगत राजनीतिका फोहरी र दुर्गन्धित पोखरीमा डुबुल्की मारेर बडो पछुतो र आत्मग्लानीको अनुभव गर्दै फर्केका मित्र समेत भेट भएको बेलामा । उनले तिनै मित्रलाई देखाउँदै भनेको कुरालाई उनकै शब्द, शैली अभिनय साथ त नभनौ, तर सार संक्षेपमा उनले जे जसो भनेका थिए त्यो त्यही रुपमा राख्ने अनुमति माग्छु ।
त्यसैबेला उनले  तिनै मित्रलाई देखाउँदै भन्दैथिए “ हेर यसलाई मैले शुरुमा नै भनेको थिए, झण्डा हल्लाउने लोभ लागेर राजनीतिमा लाग्दैछौ ।  तिमीजस्तो सोझो सुदोलाई तिम्रो भन्दा विपरित चरित्रका धूर्त स्यालहरूले जबसम्म तिम्रो आवश्यकता वा उपयोगिता ठान्छन् (तिमीलाई) बडो प्रेम र आत्मीयता पूर्ण व्यवहार गर्नेछन । जब तिम्रो अर्थ र प्रयोजनीयता सकिन्छ बडो स्वादिलो मूर्गा बनाइनेछन । अथवा तिमीलाई दूधबाट झिकेको झिंगा झैं घीन मान्दै फाल्नेछन । र आफ्नो थोत्रो कौपीनवस्त्रीय पगरी (उनको ठेठ शब्द आंशिक अश्लील थियो नभनौं) गुताएर ‘जहाँ जुन बाटो बाट त्यहाँ पुग्छौ त्यही बाटोबाट फर्काउनेछन्’ ‘भनेको थिएँ । आज यिनको हविगत हेर्नु त ! जागीरभर “बाबुबाजेले आटो खाने पाटो जोडिदिएकै छन्, त्यो नभएपनि चरा कुकुरले त पेट पालेकै हुन्छन्, सन्तान हुर्काएकै छन् भने राष्ट्रको सेवा गर्दा सरकारले तलव र निवृत्त भएपछि निवृत्तिभरण (पेन्सन) दिइराख्छ । ए यार !  घूससंगको “स” (अन्ताक्षर) हटाएको कुरा त माथि माथिकाले जसरी खाए पनि आपूmले भने किमार्थ खान्न” भन्ने गथ्र्यो । आखीर जागीरबाट पनि सन्तुष्टि पाएन । “माथि माथिकाले जसरी राष्ट्रिय वन सिध्याउने, काम गर्दा र कमिशन खाएर जनताको स्वास्थ्यमा गम्भीर रुपमा प्रतिकूल  असर गर्ने विषाक्त वस्तु खुवाएकोमा ‘आफू वित्थामा फटके किनाराको मौन साक्षी बस्नुप¥यो’ भनेर छट्पटाएको थियो । “आखिरमा अब जनता जगाउँछु र देशमा भ्रष्टाचारको जुन बलियो संजाल छ, त्यसलाई तोड्छु” भनेर राजनीतिमा गएको थियो । अहिले गणतन्त्र आएपछि त देश र जनताका लागि त के नै गर्न सक्थ्यो ? आफ्नै हुर्मत पनि बचाउने वर्कत गुमाएर यी यसरी घरको न घाटको भएर फर्किएको छ”
उनी भन्दै गएका थिए – “यसले दुई पैसा पनि नियम कानून बेगर लिनु खानु अपराध र पाप हो” भन्ने गथ्र्यो । मान्छे इमान्दारीपूर्व राजनीतिमा लागेर “देशलाई स्वीट्जरल्याण्ड मात्रै नभई स्वर्ग नै बनाउन सक्छ” भन्ने सोच्न पुग्यो । त्यसैले “हिँड हामीले इमान्दार र देश जनता प्रति वफादार भएर कार्य गर्नेहरूको टीम बनायौ भने किन सफल हुन सक्तैनौ ?” भनेर भन्ने गथ्र्यो । त्यति मात्रै होइन अरु त के यसले हामीलाई समेत उल्क्याउने, बहकाउने र छँदो खाँदो कमाइ धमाइको स्वतन्त्र धन्धा छोडाएर लैजाने चेष्टा गरेको थियो । यसको भाम्तोमा लागेको भए यसले म जस्ता यस्को पछि लागेर हिड्नेहरूलाई पनि राजनीतिको दुर्गन्धी पोखरीमा चुर्लुम्म डुबाएर सिध्याएको हुने रहेछ ।”
“यसै पनि ‘राजनीतिलाई, छल कपट, षडयन्त्र, जालझेलको फोहरी खेल’ भनिदै र मानिदै आइएको छ । त्यस्मा पनि नैतिकताको अंश पनि नभएका लोभी, पापी, अपराधीहरू र भ्रष्ट, अराजक चरित्रका नेता भनाउँदा बग्रेल्ती ठेटनाहरूले देशलाई जँड्याहा, उरण्ठेउलाहरूलाई “पार्टी कार्यकर्ता” भन्दै स्वतन्त्र रजाई गर्ने छूट दिएर खुल्ला रुपमा ऐन–कानून, शासन, प्रशासन विधि–विधान सबैको अस्तित्व अस्मितामाथि डाँका, डन, हत्यारा, अपहरणकारी, भ्रष्टाचारी बनाएर तिनै जत्थाबाट सामूहिक बलात्कार र चिरहरण र लुट गर्न पुट (संरक्षण र प्रोत्साहन) दिइरहेको  बेलामा यी जस्ता आदर्शवादीलाई सबैले एक्लो वृहस्पति बनाएर लखेट्नु गलत र अस्वभाविक भन्ने कि सहज र स्वावभाविक ?”
“अझ तिमि–हामीहरू मात्रै होइन । यो देशका सीमा सरहद भित्र बस्ने सबैले कुनै दल समूह, समुदाय, भाषा, जाति, क्षेत्र, लिङ्ग, वर्ग, वर्ण, धर्मको साँघुरो घेरा र डेराबाट बाहिर निस्केर यौटा स्वतन्त्र राष्ट्र नेपालको खुला, उन्मुक्त हिमाल, पहाड, तराइको माटो टाउकोमा राखेर सत्य निष्ठाको कसम खाँदै यस देशको विगत केही दशक यतादेखि आजको वर्तमानको राष्ट्रिय राजनीतिका समग्र पक्षसम्मलाई नियाल्दा निस्कने निष्कर्षको कुरा सुन्ने जमर्को गरौं त ! अन्तरात्मा र हाम्रो विवेकले के देख्छ ?”
“त्यति मात्र होइन । आजको विकृति, त्यस निम्ति विसंगति र प्रवृत्तिलाई बोकेर वाँचेको व्यक्तिलाई नियालौ त ! कुनै सूक्ष्मदर्शीयन्त्र (माइक्रोस्कोप) ले पनि हेर्नु र नियाल्नु पर्दैन । सत्ता र शक्ति हत्याएर आपूm, आफन्त र आफ्ना कार्यकर्ताको स्वार्थको लागि राष्ट्र, राष्ट्रिय सार्वभौम स्वतन्त्रता र गरीव विपन्न जनताको हक, हित र न्यूनतम सुरक्षासमेतलाई बन्धक राख्ने दल र नेताहरूका गाउँ तहदेखि पार्टी केन्द्रीय संगठनभित्र र गाउँ विकास समितिदेखि संविधानसभा सम्मका यावत गतिविधि र भूमिकालाई नियाल्दा “विधि विधानको परिपालना भन्दा तिनको मान मर्दन गर्ने र ‘जंगलकोराज’को बाटो बाटै अघि बढ्ने नीति र प्रवृत्ति यत्र तत्र सर्वत्र मौलाउदै गएको देखिन्छ ।”
“देशको शासन सत्ता नियन्ताहरूको यस्तै अराजक र विधि विधानको मानमर्दन गर्दै अघि बढ्दै गरेको बाटो पछयाउँदै र तिनै दलहरूको पृष्टपोशी वा स्वार्थ साधकवलको रूपमा आपूmलाई स्थापित गर्दै, दलका नेताको संरक्षणमा अपहरण, हत्या, हिंसा आतंक, चोरी डकैती, वलात्कार गर्नेको “नव साम्राज्य” नै नेपाल हुन पुगेको छ । त्यही बल र माध्यमबाट समाजलाई आप्mनो कब्जामा पार्दै गएका “श्वेतपोशी” र “कालापोशी”को राप र कापमा परेर देश र जनता एकातिर मर्नु न बाँच्नुको दोसाँधमा छट्पटाई रहेको छ ।”
“अर्कोतिर यही र यस्तो संगीन र निम्सरो स्थितिमा निरीह जनताको सुरक्षा र संरक्षण दिने दायित्व बोकेको शासन, प्रशासन र सुरक्षा सम्बन्धी र न्यायिक निकायहरू भ्रष्ट र कमजोर मनोबल ‘भएका मरियल घोडा’ जस्ता व्यक्तिकै व्यापकताको कारणबाट निष्क्रिय, निरर्थक र निष्प्रयोजनीय  हुँदै गएका छन् । अथवा विभिन्न दलहरूका भातृ संगठनको नाममा स्थापित संगठनहरूका (ट्रेड युनियन) डर, धाक, धम्की र आतंकका छायाँमा नतमस्तक छन् र आत्म समर्पण गर्न विवश भएका मदारीका टोकरी भित्रका साँप जस्ता हुन पुगेका छन् । अझ सिंहदरवारदेखि गाउँ विकास समिति तहका सचिवहरूकै शब्द सापटी लिएर भन्ने हो भने–“अहिले एकातिर सत्ता हत्याएका दलको दवाव छ अर्कोतिर सरकार बाहिर र भित्रका “दलका भातृ संगठनका (ट्रेड युनियन) कवचधारी पार्टीका ‘छूट भैयाहरू”को दवदवा छ । उहिलेको “प्रतिगामी र निर्दलीय शासनकाल” मा यौटा श्री ५ को परिवार र उनका छाया मायामा हुर्केका दरवारियाहरूको हप्की खप्की खानु पर्ला भन्ने डर थियो । तर अहिलेको मुलुक हाँक्ने  ५ सय भन्दा बढी वेताजका वादशाह र उनका उद्दण्ड, अनुशासनविहिन, अराजक वानर सेनाको आतंकबाट कसरी हुर्मत बचाएर काम गर्ने ? भन्ने चिन्ता र सुर्ताले चौबिसै घण्टा सताई रहेको हुन्छ । साँच्चिकै भने हो भने यहाँ श्याम सुन्दर गुप्ता, करिमा बेगमलाई त सबैले देखे चिने । तर नदेखिएका श्याम सुन्दर र करिमाका बाबु बाजेहरू दर्जनौ होइन सयौं जन्मिएका छन् ।”
“आन्तरिक शासन प्रशासनको पाटोमा यस्तो कन्तविजोकको अवस्था देखिएको छ भने वाह्य कूटनीतिक पाटो तिर हेर्दा अझ बढी वेहालको स्थिति रहेछ । धेरै टाढा तिर नगई चिनिया प्रधानमन्त्री “वेन जियावाओ” ले “भारतसंग अझ घनिष्टता कायम गर” भनेको लगत्तै वेनको भ्रमण कालमा सिंहदरवार भित्र उच्चतहमा भएका कुराको प्रतिवेदन पेश गरी साखुल्ले हुन हौसिएर दिल्ली दरवारमा पुगेका गृह र रक्षामन्त्रीलाई  भारतीय प्रधानमन्त्रीले “नेपालले चीनसँग सम्बन्ध राम्रो बनाएमा भारत खुशी हुने” भने भनेर नेपाल सरकारको नाक घिरौला जस्तो भयो । तर दुबै प्रधानमन्त्रीले कूटनीतिक शैलीमा “ कि लाउ माया मै तिर, कि लाउ उहि तिर, नलाउ माया दुईतिर” भनेर नेपालका राजनीतिक पेशाकर्मीहरूले खेलेको हलुका कूटनीतिक खेलबाट दुबैले “बढी चलाख, मौका परस्त र घटिया शैली छोडी परिपक्व र दीगो कुटनीतिक व्यवहार गर्न” ‘चेतावनी दिएका हुन्’ भन्ने स्पष्ट भनाई समेत बुझेको देखिएन ।”

सच्चा जनताका प्रतिनिधि तिनै रहेछन्
ती मित्र यौटा शहरिया अभिजात्यवर्गमा पर्ने विशिष्ट वौद्धिक पेशा व्यवसायी थिए । तर उनको भनाई र भावनाले सिङ्गो नेपाल र नेपाली जनताको सोचाई र अनुभूतिलाई राम्ररी प्रतिनिधित्व गरेको वा वाणी दिएको थियो भनेर भनियो ठानियो भने आंशिक मात्रै नभई पूर्ण सत्य मान्नु पर्ने देखियो ।
यस्तो तथ्यबोध पौष १२ गते दिवंगत हुनु भएकी आमाको औध्र्व दैहिक (किरिया) कर्म गर्न बसेको बेलामा समवेदना प्रकट गर्न, सान्त्वना सहानुभूति दिन प्रत्येक दिन आउनुहुने विभिन्न क्षेत्र, पेसा, व्यवसायका सैयौं पुराना र नयाँ पुस्ताका व्यक्तिहरूवीच हुने गरेका चर्चाबाट निस्केको निष्कर्षबाट प्राप्त भएको हो । यही सब परिवेश, परिस्थितिको व्यापक र सशक्त स्थितिमा “शान्ति प्रक्रियाको टुङ्गो लगाई म्याद भित्रै संविधान बनाएर जारी गनु पर्ने” जुन दायित्व संविधान सभाकै काँधमा रहेको भनेर सर्वोच्च अदालतले ठहर गरेको छ, अव त्यो संवैधानिक दायित्वलाई ‘श्वेतपोशी’ र ‘कालापोशी’हरूको वाहुल्यता भएको संविधानसभाले अथवा गम्भीर ‘अपराधीका आरोपी माननीयहरू’ले कसरी निर्वाह गर्छन् ? त्यसको सही उत्तर समयले नै दिनेछ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा (01.23.2012)
मुलुक सपार्ने शैक्षिक क्षेत्रमा कहालिलाग्दो विभेद : यादब देवकोटा (01.16.2012)
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा (01.16.2012)
आमाको अवशानबाट मन विचलित भएपछि चिन्तनशून्य हुन पुगिएछ : तारा सुवेदी (01.16.2012)
राष्ट्रिय दिवस नै नभएको लाजमर्दो स्थिति : किरण बुर्लाकोटी (01.16.2012)
राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा (01.09.2012)
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा (01.09.2012)
वर्तमान राजनीतिक नेतृत्व असफलताको दिशातिर : यादब देवकोटा (01.02.2012)
सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा (01.02.2012)
अभाव पूर्तिको नाममा व्यक्तिगत लाभको चलखेल : यादब देवकोटा (12.26.2011)
जातीय संघीयता ‘घरको न खोप्राको’ : महेश्वर शर्मा (12.26.2011)
नेताहरूको विपरीत मतिले पार्टीको थप क्षति नहोस् : तारा सुवेदी (12.26.2011)
पूँजीवादको उपहार हो जलवायु परिवर्तन : यादब देवकोटा (12.20.2011)
परिणाम नसोची गरिएका सम्झौता नामका तम्सुक ! : महेश्वर शर्मा (12.20.2011)
सबै पार्टीभित्रका विपक्षीहरूलाई चेतना भया : तारा सुवेदी (12.20.2011)
जलवायु परिवर्तनको प्रभाव- जैविक विविधता र कृषि प्रणालीमा गम्भीर असर : यादब देवकोटा (12.13.2011)
अद्र्धभूमिगत प्रधानमन्त्रीको गज्याङगुजुङको सय दिन : तारा सुवेदी (12.13.2011)
भागवण्डाको राजनीति र भ्रष्टाचार : महेश्वर शर्मा (12.13.2011)
जलवायु परिवर्तनको प्रभाव, खाद्यान्न र पानीको ठूलो हाहाकार हुने भय : यादब देवकोटा (12.06.2011)
संविधानसभाले सर्वोच्चमाथि जाइलाग्नुको अर्थ हिट्लर जन्माउने षड्यन्त्र : तारा सुवेदी (12.06.2011)



 
::| Latest News

 
[Page Top]