युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.19.2018, 10:37am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
कुराले मात्रै देश विकास हुने भए...
Tuesday, 08.28.2018, 01:18pm (GMT+5.5)

- महेश्वर शर्मा
सरकार दुई तिहाइको छ, गति सुस्त छ । यो सरकारले मान्छेको लिङ्ग परिवर्तन बाहेक सबै गर्नसक्छ भनेर भनिएको थियो र गरेको पनि छ । हुने नहुने कानुनहरु बनाएर सबैलाई कस्न थालेको छ । कस्ने कुरा त ठिकै थियो, समाजमा शान्ति सुव्यवस्था र कानुनीराज स्थापित गर्न समयसापेक्ष कानुनहरु चाहिन्छ, तर अहिले भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनमा व्यापक बिरोध भैरहेको छ । यसमा कसको के स्वार्थ छ त्यो उनीहरुले नै जान्ने हुन् । तर, सरकारको गतिका विषयमा भने अहिले सबैमा निराशा मात्र छ । चाहना हुँदैमा काम हुँदैन र काम गर्नेले सपना मात्रै बाँड्दैन । आज प्रत्येक जसोको मुखबाट सरकार राम्रो भएन भनेको सुनिन्छ । तर राम्रो मान्छे सरकामा पठाए पो राम्रो काम हुन्छ भन्नेतर्फ भने ध्यान दिएको पाइँदैन । पार्टीबाट चुनिने सबै मान्छे राम्रा मात्र हुँदैनन् । विभिन्न स्वार्थ वा कारणले त्यहाँ नराम्रा मान्छेले बढी मात्रामा प्रवेश पाएका हुन्छन् । राजनीतिक पार्टीबिना राजनीति हुँदैन भन्ने सोचाईले गर्दा बिडिङ्गो परेको छ । त्यसैकारणले पंचायत फालियो । के पंचायतमा राजनीति थिएन ? पंचायतमा जेजति प्रधानमन्त्री, मन्त्री या सांसद भए ती सबै पार्टीकै त थिए नि, बाहिरबाट ल्याइएका त थिएनन् । त्यो बेला त हो विकास निर्माणको जग बसेको । त्यो बेला जेजत काम भएको थियो, देश आज पनि त्यसैमा अडिएको छ । तिनै र त्यस्तै नेता आज पनि सरकारमा छन्, तर आज किन यो अराजकता र भाँडभैलो ? आधारभूत रुपमा सोच्नुपर्ने कुरा हो यो । आज तिनैले किन बहुराष्ट्र माग्दैछन् ? यो सबै संघीयताकै दुष्परिणाम हो ।
पार्टीमा लागेपछि जे गरे पनि र जसो गरे पनि पार्टीले ढाकछोप गर्ने परिपाटी बसेकाले अपराध प्रवृत्तिका मान्छे समेत पार्टीमा पसाएर पार्टीहरू नै त्यस्तैका झुण्ड भैसकेका छन् र पार्टी पनि च्याउ उम्रेसरी भएका छन् । विगतमा समानुपातिक नामको अप्रजातान्त्रिक दैलोबाट एक दुई सिट भेट्टाउने पनि भटाभट मन्त्री भएको देखेपछि त झन् के चाहियो ? जता लाग्दा खान पाइन्छ त्यतै दगुर्ने होडवाजीमै पार्टीहरू बन्ने, फुट्ने, जुट्ने क्रम तीब्र भएको थियो । एउटा कुनै पार्टीको सरकारले राम्रै काम गरे पनि अर्कोले बिरोध गर्नैपर्ने संस्कारले गर्दा अस्थिरता बढ्दो छ । अहिले दुई तिहाईको सरकारको पनि बिरोध नै छ । अझ सरकारका कतिपय गतिविधि र सरकार पक्षधरहरुको अभिव्यक्तिले आक्रोश बढाइरहेको छ । 
बिरोध गर्न पाउनु लोकतान्त्रिक अधिकार हो रे ! के त्यस्तो बिरोधको तुक हुनु पर्दैन ? आज जसलाई लोकतन्त्र भनिंदैछ त्यो केही स्वाँठ नेता, धनाढ्य व्यापारी, भ्रष्टाचारी र कालाबजारियाका लागि स्वर्र्ग भएको छ, तिनीहरूकै विलासिताको बस्तुमात्रै भएको छ । गरीब जनताको प्रतिनिधित्व गर्छौं भन्ने नेताहरू स्वयं शोषक, तानाशाह बनेका छन् अर्थात् नेताले नै आफूलाई त्यस्तै रुपमा प्रस्तुत गरेका छन् । नेता र जनताको सम्बन्ध स्वाभाविक रुपमा प्रजातान्त्रिक हुन नसकेको अवस्था हो यो । यो कमजोरी नेताको हो । जनभावना नबुझी आफ्नै मनमाफिक र त्यो पनि अरुकै इशारामा नाचेपछि कसरी राम्रो स्थिति बस्छ ? उपद्रो मच्चाउन मात्रै जानेहरूको बुद्धि नफिर्ने हो भने भविष्य अझ कष्टमय हुनु निश्चित छ । यिनीहरू राजनीति जनताको सुखसुविधाका लागि नभएर आफ्नै समृद्धिका लागि गरिरहेका छन् ।
जनता आज मुख्यतः अभाव, असुरक्षा, भ्रष्टाचार र कालोबजारीबाट मुक्ति चाहिरहेका छन् । जनताका पीरमर्का हटाउनु सभ्य सरकारको कर्तव्य नै हो । तर, त्यो मुक्ति उखान टुक्का जोडेर चुट्किलो सुनाएर (जस्तो प्रधानमन्त्री आलीले गरिरहनुभएको छ) सम्भव हुने कुरा होइन । प्रजातन्त्र र लोकतन्त्रका नाममा कुनै पनि संस्थालाई यहाँ कानुन, नियम अनुसार चल्न दिइएको छैन, न त नेता आफैं नियममा चलेका छन् । शिक्षकलाई त भरिया बनाएकै थिए, निजामती कर्मचारीलाई झोला बोकाउन बाध्य पारिरहेका छन् । हरेक सरुवा–बढुवामा नेताका ढोका चाहार्न विवश छन् । योग्यता, क्षमताको कुनै कदर छैन । हुकुमी शासन छ ।
यथार्थ भन्ने हो भने देशमा निरंकुश तानाशाही शासन यहाँ बाह्र–पन्ध्र वर्षदेखि चल्दैआएको छ । गणतन्त्र र धर्मनिरपेक्षता जस्ता राष्ट्रिय महत्वका प्रश्नमा जनमत नलिइनु जनताले मान्दैनन् भनेर होइन ? जनताको अभिमत नलिनु जनता र प्रजातन्त्रकै अपमान होइन ? यो सरासर मिचाहा प्रवृत्ति हो । निजी स्वार्थका लागि जेसुकै गर्न गराउन अघिसर्ने गिरिजा र प्रचण्डले गर्दा आज देशले यो दुर्गति व्यहोर्नुपरेको यथार्थ अझ स्पष्ट भएको छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नेको त यहाँ अनिकालै परेजस्तो छ । राष्ट्रपति बनाइदिन्छु भनेर प्रचण्डले गिरिजालाई उल्क्याएपछि नै संकट सुरु भएको हो । यी दुबैले राजनीतिलाई बिनालगानीको नाफै नाफाका व्यापार बनाएर देश डुबाए । यिनीहरुका पालामा पदको दुरुपयोग र भ्रष्टाचार पनि हुनसम्म भयो । लोकतन्त्र भनेर लोकतन्त्रलाई नै तल्लोस्तरमा पु¥याइदिए । नेपालको लोकतन्त्र दुनियाँका नजरमा ‘तमासा’ हुनगयो । अस्थिरताले स्थायी रुप लियो– यही होइन उपलब्धि ?
आज जनता महंगी, अभाव र कालोबजारीको मारमा छन् । जनतालाई त नेताले भ¥याङ मात्रै बनाए । यी भीडका नेता रहेछन् । भीडको कुनै दायित्व नहुने रहेछ । जनताप्रतिको दायित्व यहाँ न सरकारले लिएको छ, न त कुनै दलले । दूध आउन्जेल दुहेर खाने, तर घाँस–कुँडो–दाना केही दिन नपर्ने गाई जस्तो बनाएका छन् यिनले जनतालाई र प्रजातन्त्रलाई पनि । संचार माध्यम र बुद्धिजीवी समेत नेता र मन्त्रीकै पछि दगुरिरहेछन्, सम्भवतः त्यसै भएर होला चाणक्यले पनि ‘खराब राज्यभन्दा त राज्य नै नहुनु बेश’ भनेछन्– ‘वरम् न राज्यम् न कुराज–राज्यम्’ भनेर । आजका राजनीतिबाजहरु जनतालाई उल्लु बनाउँछौं भन्दा आफैं उल्लु भएको थाहा पाइरहेका छैनन् । कोही पनि आज आफ्नो पद अनुसारको आचरणमा छैन भन्नुपर्दा दुःख लागे पनि यथार्थ नै हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
भुक्तानी सन्तुलन सुधार्ने विकल्प ? (08.28.2018)
जेठा मामाको त फाटेको धोती कान्छा मामाको के गति ? (08.14.2018)
“सार्वजनिक नीति र भ्रष्टाचार” को विश्वरुप दर्शन ! (08.14.2018)
तीजको नाममा विकृति : हुँदा खानेहरुको लागि तीज गलपाँसो (08.14.2018)
छोरीहरु दुलही मात्र हैनन (08.14.2018)
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा (07.25.2018)
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी (07.25.2018)
मूल नसङ्ली धारामा सङ्लो पानी आउँदैन (07.10.2018)
“द्वन्द्वका लागि आमन्त्रण” (?) (07.10.2018)
मैले पढेको त्यो समय र पढाउन थालेको अहिलेको समय (07.10.2018)
चुनाव जितेपछि ओलीको बोली फेरियो- महेश्वर शर्मा (06.12.2018)
अन्तर्कलमा फँसेको काँग्रेसको दशा र दिशा- तारा सुवेदी (06.12.2018)
चुनाउमा बकेका कुरा बक्यौतामै नरहुन्म - हेश्वर शर्मा (05.30.2018)
राष्ट्रपतीय शासन प्रणाली किन ? - तारा सुवेदी (05.30.2018)
अपराधीलाई अभय ः सज्जनलाई सकश (05.08.2018)
अपराधको उर्वरा र अपराधीको स्वर्ण भूमि (?) (05.08.2018)
मुरी गएको नदेख्ने, मानाको खोजी ! (04.24.2018)
एकताको लागि “मदन भण्डारी मोडेल” (04.24.2018)
न पूर्वस्थिति, न नयाँ स्थिति ः खैलाबैला मात्रै (04.12.2018)
बढ्दो अपराधको समस्या (04.12.2018)



 
::| Latest News

 
[Page Top]