युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.22.2018, 06:35am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
प्रधानमन्त्रीज्यूलाई खुलापत्र
Tuesday, 09.04.2018, 12:42pm (GMT+5.5)

- तारा सुवेदी
सम्माननीय प्रधान मन्त्री ज्यू !
गएको निर्वाचनको संघारमा आएर तत्कालीन ने.क.पा. (एमाले) र ने.क.पा. (माओवादी केन्द्र)का नेताहरुबीच प्राविधिक भनौं वा कानुनी प्रकृयाका विधि पूरा गर्नुपर्ने कारणले मोर्चा बनाई निर्वाचनमा गए । त्यसबाट नेपालका “सबै बाम एकै ठाम” देख्न चाहने कम्युनिष्ट आन्दोलनमा निस्वार्थ जीवन उत्सर्ग गरेका पुस्तादेखि सम्पूर्ण प्रगतिशील राष्ट्रियतावादी पक्षधर बुद्धिजीवी शुभेच्छुक सबै निकै उत्साहित भए । नेपालमा “कम्युनिष्ट”हरुले कोष्टभित्रका जात उपजात जस्ता पुच्छर फालेर (नेपालका) शोषित, पीडित, सीमान्तीकृत जाति, वर्ग, समुदाय एकीकृत बामशक्तिलाई सत्तासीन गराउन मरिमेटेर लागि परे । 
त्यतिमात्र होइन ! नेपालका सामन्तीदेखि नव उपनिवेशवादी विस्तारवादीका दलालहरुको हातमा भए रहेको नेपालको ‘अद्र्ध उपनिवेशी शैली र चरित्रको शासन सत्ता नेपाली सार्वभौम जनताको अभिमतको बलमा खोसेर लिने बेला आयो । “विधिवत् पार्टी ‘एकीभूत’ भएपछि त्यो एकता पुनः फुटाउने कम्युनिष्ट विरोधीहरुको षड्यन्त्र र प्रयास सफलीभूत हुने छैन” भनेर नै तत्कालीन मोर्चालाई आम मतदाताले सार्वभौम संसदमा झण्डै दुई तिहाईको बहुमत सहित पठाए । तपाई एकीभूत पार्टीको संसदीय दलको नेता हुँदै नेपालमा पहिलोपटक प्रचण्ड बहुमत प्राप्त कम्युनिष्ट पार्टीको शक्तिशाली प्रधानमन्त्री बन्नुभयो । 
तपाई जुन प्रधानमन्त्री पदमा आसीन हुनुहुन्छ त्यो नै गौरवको विषय होइन । धेरै भ्रष्ट, दुष्ट, निकृष्ट बाह्य शक्तिका पृष्टपोषक खुङखार षड्यन्त्रकारी र नवउपनिवेशवादीका दलाल र प्यादाहरु पनि सायद बन्नु पुगे होलान् । नेपालीले तपाईको नेतृत्वमा सरकार बनेकोमा यसकारण गौरव अनुभव गरेका छन् यसरी ऐतिहासिक “राष्ट्रियता, सार्वभौमिक स्वतन्त्रताको पक्षधर सरकारको प्रधानमन्त्री हुन पुग्नु भएको परिचय दिएर निर्वाचित हुनुभएको छ । तपाईलाई यो सफलताको शिखरसम्म प्रचण्ड बहुमत सहित पु¥याउन आम जनतालाई सहमत गराउनेमा हिजोको एमलेका अन्य शीर्ष नेताहरुको इमान्दारिता, हार्दिक शुभेच्छादेखि एकीकृत कम्युनिष्ट पार्टीको अनिवार्यतालाई आत्मसात् गर्दै आफ्ना महत्वाकांक्षाहरुलाई पूर्णतः परित्याग गरी साथ दिने प्रचण्ड लगायत सम्पूर्ण पूर्व माओवादी केन्द्रका सबै तहका नेता कार्यकर्ता, तत्कालीन एमालेका सम्पूर्ण नेता कार्यकर्ताहरुको “पार्टी निर्णयलाई मन–वचन–कर्मले परिपालन गर्ने” चरित्रसम्मको योगदान अविस्मरणीय छ । 
त्यतिमात्रले पनि यति “सशक्त प्रधानमन्त्री” बन्नसक्ने सायद सम्भावना थिएन । विश्वबाटै कम्युनिष्ट झण्डा हराएको देख्न चाहने घोर दक्षिणपन्थी मुख्यतः पश्चिम जगत्का सम्पूर्ण शक्ति, श्रोत साथ र आडबलमा नेपालमा गैरवामपन्थीहरुलाई जसरी आजसम्म आम नेपाली जनताको इच्छा, चाहना विपरित नेपालको शासन सत्ताको नियन्ता बनाइयो । त्यसैको दुष्परिणाम स्वरुप नेपाल आर्थिक, सामाजिक, नैतिक, न्यायिक सम्पूर्ण पक्षबाट असफल हुँदै कतै विलयन र विघटनको स्थितिमा पुगेको देखिएको थियो । तर नेपालको स्वतन्त्रता सार्वभौमिक अस्तित्व अस्मिताको संरक्षणको पक्षमा अध्ययन, मनन, चिन्तन गरिरहेका स्वतन्त्र बुद्धिजीवी इमान्दार सच्चरित्रवान् पूर्व र वर्तमान राष्ट्रसेवक शिक्षक प्राध्यापक लेखक पत्रकारहरु भने त्यस्तो राष्ट्रका लागि हितकर नभएको तत्व र शक्तिलाई नेपालको शासन सत्ताबाट विदा गर्ने उपाय र समय खोजिरहेका थिए । 
भनिन्छ “समय आएपछि एकदिन न एकदिन पापको घ्याम्पो फुट्छ ।” देशमा झण्डै आधा दर्जन संविधान आए, विभिन्न खाले शासन प्रणाली प्रयोगमा ल्याइए । सामन्ती निरंकुन तन्त्रदेखि गणतन्त्रको एक दशकसम्मको प्रयोगले मूलुकको मुहार फेर्न सकेन । झण्डै सात दशकसम्मको विभिन्न स्वरुप नेतृत्व र चरित्रको “प्रजातन्त्र” वा लोकतन्त्र एक दर्जनभन्दा बढी आवधिक (साठी वर्षे) राष्ट्रिय विकासका लागि खर्चिइएको आजसम्मको हजारौं अर्बको प्रतिफलको प्रकाश दूरदराजका गरीब, विपन्न र सीमन्तीकृतको बुकुरो कटेरो झोपडीमा नपरेको टड्को अनुभूत भएको थियो । त्यसको साथै नेपालको “गरिबी र अविकसित दुरावस्थाको न्यूनीकरण र निराकरणको कहतोरो तेस्र्याएर बाह्य जगत्बाट ल्याएको अनुदान सहयोग” तिनै गरीब विपन्न जनताले तिरेको करबाट शासन सत्ता र शक्तिमा पुगेका अघि शासक प्रशासक, एवं अर्बौको अंकका राजश्व सीमित उद्योगी, व्यापारी, कालाबजारिया तस्करहरु तिनैका पृष्टपोशी डन, डाँका, गुण्डा, हत्यारा, हरिपहरुको भागबण्डामा सकिएको” स्थितिमा निर्मम प्रहार गरी आमूल परिवर्तन ल्याउनु अपरिहार्य भइसकेको थियो । 
त्यो समग्र परिस्थिति परिवेशमा प्रहार गर्दै देशमा परिवर्तन गर्नसक्ने पार्टी “एकीकृत कम्युनिष्ट पार्टी”, त्यसका देश र जनताप्रति समर्पित भई लागेका इमान्दार नेताहरु र उनीहरुले सर्वसम्मतिले निर्वाचित गरेको प्रधानमन्त्री के.पी. ओली हुनसक्ने निष्कर्षबाटै तपाईं सम्पूर्ण संचार जगत्, स्वतन्त्र बुद्धिजीवी राजनीतिक विश्लेषकहरुको शब्दमा भन्नुपर्दा “नेपालमा प्रजातन्त्र आएपछिको पहिलो सर्वशक्तिमान् प्रधानमन्त्री” बन्न सफल हुनु यो । तपाईको “राष्ट्रलाई स्वतन्त्र, बाह्य हस्तक्षेप र प्रभाव मुक्त” बनाउने संकल्प, प्रशंसनीय र स्तुत्य मानिएको छ । तपाईको इमान्दारितामा त सायद कुनै दुश्मन र दुुच्छर विरोधीले पनि आशंका आक्षेप, आरोप लगाउन सकेको देखिन्न, सुनिन्न । हिजो “नेपालमाथि नाकाबन्दी लगाएर घुँडा टेकाउन, आत्मसमर्पण गराउन सकिन्छ” भन्ने कुनै बलशाली छिमेकीलाई “नाकको चालले हार स्वीकार्न र आफ्नो गतिविधि र नीति सच्याउन बाध्य पार्ने”सम्मको साहसिकता र सफलता प्राप्त गर्नुभयो । अहिले पनि बाह्य जगतसँग “सन्तुलन र सममैत्री सम्बन्ध र व्यवहार गर्न” सफल देखिनु भएकै छ । 
‘पञ्चमाङ्गी’ संयन्त्रको षड्यन्त्र !
भनिन्छ, “हीरालाई कीराले विगार्छ” । नेपोलियन वोनापार्टले भनेको “हे ईश्वर ! मलाई मेरै घर र मित्रहरुबाट रक्षा गरिदेऊ (वचाई राख) शत्रुहरुबाट त आफैं सुरक्षित भई बाँच्न सक्छु” । त्यस्तै “बाहिरको भन्दा आफ्नै घर आँगनको घाँसभित्र लुकेको साँप बढी घातक हुन्छ” भन्नेजस्ता भनाई अहिले सार्थक गर्ने जमर्को कम्युनिष्टको सरकार देख्न नचाहनेहरुले मात्र गरिराखेका छैनन् । सरकारको सबैभन्दा अभिन्न सहयोगी र उस्कै आड निर्देशनको पूर्ण परिपालना गर्नुपर्ने सिंहदरबारभित्रका उच्चपदस्थदेखि गाउँपालिका तहसम्मका सबै श्रेणीका सरकारी अद्र्धसरकारी कर्मचारीसम्मले नै सरकारका निर्णय सकभर कार्यान्वयन नगर्ने, गर्दा लापरवाहीसँग वा जनतामा गलत सन्देश जाने र अविश्वास उत्पन्न हुने गरी गर्ने, आपसी गफगाफमा मात्रै सीमित गर्ने, सर्वसाधारण र सेवाग्राहीहरुसँग समेत “सरकारका नीति कार्यक्रमहरुप्रति आफ्नै अविश्वास भएको ढंगको कुरा काट्ने गरेको यत्रतत्र जुन देखिँदैछ सुनिंदैछ त्यसबाट सरकार “पञ्चमाङ्गी तत्व”का गोल चक्करमा फस्दै गएको छैन ? धेरैमा शंका उत्पन्न हुन थालेको छ । 
माथिका भनाईलाई पुष्टि गर्न दुईवटा उदाहरण पर्याप्त होला पहिलो एउटा सानो तर स्पष्ट छ । संचार माध्यम मार्फत् सार्वजनिक भएको कुरालाई लिऊँ । गएका १० भदौंको एउटा साप्ताहिकमा “सरकारका सचिवहरु भन्छन् गर्दैनन्” भन्दै सरकारको निजामती सेवाको उच्चतम तह (मुख्यसचिव)को आकर्षक मुस्कान सहितको आवरण पृष्ठमा तस्वीर छापियो । त्यसको संपुष्टिका लागि “कर्मचारीतन्त्र असक्षम कि असहयोगी ?” भनेर मुख्य सचिव लोकदर्शन रेग्मीको पृष्ठभूमि र द्वैधचरित्र सहितको विगतलाई दिइएको छ । 
त्यसपछि केही मन्त्री र सचिवका जुन तस्वीर सहित असहयोग गरेका उदाहरण दिइएको छ भलै तीमध्ये केही अपत्यारिला तर्क र सन्दर्भले तथ्यसँग त छन् भनेर पत्यार गर्न नसकिने कुरा पनि जोडेर प्रस्तुत गरेजस्तो लाग्ला । जस्तो कि “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री “रविन्द्र अधिकारी” र सचिव “कृष्णप्रसाद देवकोटा”बीच अदृश्य असमक्षदारी भए रहेको कुरा मन्त्री रविन्द्रले निकटस्थसँग गुनासो पोखेको”बाट स्पष्ट भएको भन्ने जुन समाचार छापियो, त्यो धेरै कारणले पत्यार गर्न सकिने देखिन्न । “दुवैको स्वभाव, पृष्ठभूमि, चरित्र, शैलीमात्र होइन, दुवै एकै थातथलोका एउटै निर्वाचन क्षेत्रका वासिन्दा पनि हुन् । सचिव देवकोटा कुनै राजनीतिक महत्वाकांक्षा भएर त्यसै निर्वाचन क्षेत्रमा सिँगौरी खेल्न जाने महत्वाकांक्षी स्वभाव र चरित्रका किमार्थ होइनन् ।” उनीहरु दुवैलाई राम्ररी चिन्नेको टिप्पणी हो त्यो । 
तर नेपालको निजामती प्रशासनकै क्षेत्रका उच्च पदस्थहरुले नै गफगफमै भन्छन् “ती दुई मन्त्री सचिवका बाहेक अन्यको हकमा आएका कुरा तथ्यहीन र असत्य होइनन् । उनीहरुकोले स्पष्ट सुनाए, “मुख्यसचिवको पारिवारिक पृष्टभूमि”देखि उनलाई जसरी सचिव बनाइयो, सधैं उच्च महत्वपूर्ण मन्त्रालयको जिम्मेदारी दिइयो र मुख्य सचिव जस्तो उच्च पदमा पु¥याइयो, अथवा अर्को शब्दमा “राज्य संचालन गर्ने वैकल्पित स्थायी संयन्त्र र संस्थाको सर्वोच्च ठाउँमा” संस्थापित गरियो, त्यो कुन दलको नेताको आडबलबाट भयो गरियो ? कुनै पनि व्यक्तिको पदीय कारणले बाह्य आवरणमा जतिसुकै स्वतन्त्र, तटस्थ देखिए पनि मानवीय स्वभाव हो ऊ सबैको मित्र, निकटस्थ, सहयोगी र हितैषी हुन सक्तैन । त्यसैले उनी खाँटी काँग्रेसका छोरा, काँग्रेसप्रति साह्रै प्रतिबद्ध र वर्तमान सरकार जसरी हुन्छ अलोकप्रिय र वदनाम होस्” भन्ने षड्यन्त्रकारी र निजामती संयन्त्रलाई त्यसै अनुसार संचालित गर्न लागिपरेका मध्येका एक पञ्चमाङ्गी हुन् । त्यति चतूर मुख्य सचिवलाई असक्षमको नजरियाले हेर्नु नितान्त गलत हो ।” आफूले उनीहरुभन्दा ४÷५ वटै भोटा बढी फटाएको र ८–१० वर्षअघि नै निवर्तमान भएको पुरानो, सहधर्मी र कतिको सहकर्मी भएकोले खुलेर सुनाएको कुरा थियो, त्यो । 
वर्तमान सरकार देशी–विदेशी शक्तिदेखि कट्टर हिन्दूवादी र नेपालका सबै गाउँबेसीका वडा र घर गाउँसम्म पुगेका “इसाई मिसनरी”हरुसम्मका लागि “नेपालमा कम्युनिष्टहरुले झण्डै दुई तिहाई बहुमत सहितको सरकार जुन बनाए, त्यसले पाँच वर्षसम्म शासन गर्ने भए” भन्ने ‘भय’ले त्यस्ता गैरकम्युनिष्ट सम्पूर्ण शक्ति नीतिगत रुपमा मिलेर आफ्ना खास पृष्ठपोशी अति तीक्ष्ण बुद्धिका, चतूर व्यक्तिहरु जोजो जुनजुन राज्य संयन्त्र र नीति निर्माण तहमा रहे भएकाहरुलाई प्रयोग गरेर सरकारलाई प्रत्येक गाह्रो साँगुरो मोड र संवेदनशील ठाउँ र समय पर्खेर छिक्र्याउन प्रयोग गरिरहेछन्” भन्ने आमधारण सिंहदरबार भित्रैकामा रहेछ । त्यस कुराको बोध संघीयता लागू भएपछि र प्रदेश स्थानीय तह (महानगरदेखि गाउँपालिकाहरु)सम्मको निर्वाचन सम्पन्न भई सबैजसो निकायमा कम्युनिष्टको टिकटबाट विजयी भएर आएका देखिइसकेपछि ती निकायहरुमा कर्मचारी समयोजन गर्ने”सम्बन्धी विचार गोष्टीहरुबाट स्पष्ट भयो ।”
गिरिजाप्रसाद कोइरालाका कोठी, खोपीदेखि शेरबहादुर देउवाका भान्छासम्म खुला र सहज पहुँच भए बनाएकाकै योजना र तजविजमा “कर्मचारी समायोजन सम्बन्धी सम्पूर्ण काम कुरा भइरहेको” रहेछ । यो देशको दुर्नियति भन्ने कि विडम्वना ! सिंहदरबारको चौघेरा बाहिरको नेपाल नदेखेका दूर दराजको पीर, पीडा नसुेकाहरुबाट कर्मचारी समायोजनसम्बन्धी जुन योजना बन्यो, त्यस्तो नीति, योजना र कार्यक्रमले ती दुर्गमको गरिब, विपन्न र सीमान्तीकृतको चाहना भावना संवोधन गर्न सकेन । झण्डै साढे ६ दशकदेखिको अनुभवबाट सिंहदरबारलाई गाउँ गाउँमा पु¥याउने उद्देश्य राखी संघीय शासन प्रणाली लागू गरियो । 
ती “राजतन्त्रदेखि प्रजातन्त्र र गणतन्त्रसम्मको अनुभूति गर्न नपाएका एवं आफ्नो घर आँगनमा विकासको प्रकाशसम्म नपुगेका, सीमान्त दुर्गमदेखि र देहातसम्मको गाउँपालिका र तिनका वडा तहसम्म, सिंहदरबार वा राजधानी खाल्डो बाहिर नगए–नदेखेका निजामती सेवाका स्थायी कर्मचारीहरुलाई पठाउने योजनाले सरकारलाई अप्ठेरोमा पार्दैछ । तर यसरी समायोजनको सोंच र योजना बन्यो त्यो कोरा कागजीमा सीमित हुनेछ” भनेर शुरुमा भनिएको थियो । साथै त्यसको विकल्प के हुनसक्छ ? बुँदागत रुपमा दिइयो । आखिर “भेडिया घसान” शैली र लिंडे ढिपी गरियो । अनुभवीका कुरा सुझाव बेवास्ता गरियो । सिंहदरबार र राजधानीभित्रै वबसी जागीर गरी बाँच्ने सोंच बनाएका कर्मचारीलाई “लाठो लगाएर खेद्दै दूरदराजका वडा गाउँ पठाउने” निर्णय गर्न लगाईयो । 
त्यसले गर्दा सोझा, सज्जन, इमान्दार लालबाबु पण्डित असफल ठहरिएर गलहत्याईमा पर्ने देखिए नै सरकार समर्थित “आधिकारिक टे«ड युनियनलाई समेत सरकारको कर्मचारी समायोजन योजना र प्रणाली विरुद्ध उत्रिने बनाइयो । यी सबैबाट स्वयं प्रधानमन्त्री, संघीय सरकार र प्रदेशदेखि स्थानीय तहका जतप्रतिनिधिहरुसम्मका बीच टकरावको स्थिति सिर्जना गरियो । 
रमाइलो भन्ने कि दुःख मान्ने ? आज पनि प्रधानमन्त्री र सरकारका मन्त्रीहरुका विश्वासपात्र र वफादार सहयोगी त्यस्तै “पञ्चमाङ्गी” र “घोर कम्युनिष्ट विरोधी” भनेर गिरिजादेखि शेरबहादुर देउवासम्मबाट विश्वास गरिएका व्यक्तिहरु नै “रंग फेरेर” ओली र प्रचण्डका अन्तरंग सहयोगी देखिए । 
यी सबै तथ्य वा यथार्थतालाई पञ्छाएर वा लत्याएर, नेकपाका शीर्षस्थ नेता एवं सरकार प्रमुखहरु “झण्डै दुई तिहाईको एकल पार्टीको सरकारले जे निर्णय गर्छ, त्यो लागू भई छाड्छ” भनेर जसरी “खोकिलाभित्र गोमनका बच्चा” पाल्दै हुनुहुन्छ, निश्चित छ “धमिराले नै विशाल वृक्ष धोद्र्याउँछन्, हीरालाई कीराले विगार्छन्” भन्ने यथार्थतातिर हेक्का नराखेको ठहरिने छ, कालान्तरमा । अर्थात्, परिणम देखा परेपछि । 
तपाई र तपाईको नेतृत्वको मन्त्रिपरिषद्का प्रायः सबै सदस्यहरुका काम गराइएका बारेमा आमधारणा के छ ? हिजो कम्युनिष्ट पार्टीको एकीकरणदेखि प्रचण्ड बहुमत सहितको सत्तारोहणको लागि तन, मन, धन समेत खर्चेर मरिमेटी लागेका समर्थक, शुभेच्छुक, प्राज्ञ (बुद्धिजीवि), पत्रकार कलाकार, शिक्षक, प्राध्यापकहरुमात्र होइन । जीवनभर नै “पार्टी–पार्टी” भनेर हिँडेका आम कार्यकर्ताहरुको भावना भनाई र टिप्पणी के छ ? त्यो सुन्ने बुझ्ने धैर्य गर्नुस् । 
ती सबै एकै स्वरमा भन्दैछन् – “यद्यपि अहिले नै निष्कर्षमा पुगिसक्ने बेला त भएको छैन एक वर्ष त पर्खिनु र हेर्नु नै पर्छ ।” तर प्रधानमन्त्री जति ताते पनि, जागे पनि, बोलेर नथाके पनि गरिब नेपालीलाई स्वप्न महलको स्वर्णिम देखाएर जतिसुकै थुमथुम्याउन दिलोज्यान दिएर लागे पनि तपाईकैं प्रायः मन्त्रीहरु “पाँच वर्षको कार्यकाल”को अहं र दम्मको सिरक ओडेर र कानमा ठेडी हालेर कुम्भकर्ण निद्रामा सुतिरहेछन् । जो जागेका छन्, “पाँच वर्षपछि देखा जायेगा, मौकामा चौका ठोक्नै पर्छ” भनेर “सात पुस्ताका सन्ततिका लागि सम्पत्ति जोड्ने” जोहोमा लागेको गाईंगुईं पाउन थालिएको पनि कतै कतै सुनिएको र समिष्टमा भन्ने हो भने आम पार्टी नेता कार्यकर्ता नै भन्दैछन् ।”
अथवा “विहानीले नै दिनको संकेत गर्छ (मर्निङ सोज द डे) अब त हामीले पाँच वर्षपछि मुख लुकाएर घरभित्र लुक्नु नपरोस् मुख देखाएर, गाम–वेशीमा सुख शान्ति र इज्जतसाथ धुम्म पाइयोस् यही चाहना र शासन सत्तामा भए पुगेका मित्रहरुबाट अपेक्षा गर्छौं ।”आम जनमतपछि र यस्तै बन्दैछ । 
तातो तितो पिरो अपाच्य सत्य यही हो । भलै यस्तो आम आवाज बालुवाटार र सिंहदरबारको अग्ला पर्खालले छेकेर सम्माननीयज्यूका कानमा नपुगेको किन नहोस् । 
नीतिमा भनिएको छ–
“दीप निर्वाणगन्धं च सुहृद् वाक्यं अरुन्धतिम्,
न जिघ्रन्ति न श्रिष्वन्ति न पश्यन्ति गतायुषः” –प्रञ्चतन्त्र 
हित मनोहरि च दुर्लभम् वचः – भारवी
‘गुस्ताखी’ माफ होस् ! 


Rating (Votes: )   
Share     Print


Other Articles:
कुराले मात्रै देश विकास हुने भए... (08.28.2018)
भुक्तानी सन्तुलन सुधार्ने विकल्प ? (08.28.2018)
“सार्वजनिक नीति र भ्रष्टाचार” को विश्वरुप दर्शन ! (08.14.2018)
जेठा मामाको त फाटेको धोती कान्छा मामाको के गति ? (08.14.2018)
तीजको नाममा विकृति : हुँदा खानेहरुको लागि तीज गलपाँसो (08.14.2018)
छोरीहरु दुलही मात्र हैनन (08.14.2018)
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा (07.25.2018)
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी (07.25.2018)
मूल नसङ्ली धारामा सङ्लो पानी आउँदैन (07.10.2018)
“द्वन्द्वका लागि आमन्त्रण” (?) (07.10.2018)
मैले पढेको त्यो समय र पढाउन थालेको अहिलेको समय (07.10.2018)
चुनाव जितेपछि ओलीको बोली फेरियो- महेश्वर शर्मा (06.12.2018)
अन्तर्कलमा फँसेको काँग्रेसको दशा र दिशा- तारा सुवेदी (06.12.2018)
चुनाउमा बकेका कुरा बक्यौतामै नरहुन्म - हेश्वर शर्मा (05.30.2018)
राष्ट्रपतीय शासन प्रणाली किन ? - तारा सुवेदी (05.30.2018)
अपराधीलाई अभय ः सज्जनलाई सकश (05.08.2018)
अपराधको उर्वरा र अपराधीको स्वर्ण भूमि (?) (05.08.2018)
मुरी गएको नदेख्ने, मानाको खोजी ! (04.24.2018)
एकताको लागि “मदन भण्डारी मोडेल” (04.24.2018)
न पूर्वस्थिति, न नयाँ स्थिति ः खैलाबैला मात्रै (04.12.2018)



 
::| Latest News

 
[Page Top]