युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.20.2018, 04:50pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सरकार कस्को पक्षमा काम गर्दैछ ?
Tuesday, 09.04.2018, 12:42pm (GMT+5.5)

- महेश्वर शर्मा
निर्वाचनका बेला हामीलाई जिताए देशलाई स्वर्ग नै बनादिन्छौं भन्नेहरु निर्वाचन जितेर सरकारमा पुगेपछि बोली मात्र फेरिएको नभएर रुपरंग नै फेरिएर अर्कै भएका छन् । आफ्ना वाचाकबोल र जनतालाई नै बिर्सन थाले । साविकका गाउँविकास समितिहरुले निःशुल्क दिने सानातिना सिफारिशमा समेत अहिले एकैचोटी असाधारण रुपमा कर दस्तुर लिने भए । पाँच–दश रुपियाँमा हुने काम सय–पचास मात्र होइन चार, पाँच, दश हजार लिने कुरा सुन्दैमा जनता झस्कन थालेका छन् । नेपालमा पहिलोपटक लागू हुन थालेको यो कम्युनिष्ट शैलीले जनतालाई नराम्रोसंग झस्काएको छ ।
सुरुमा अब चुनावकै मौकामा चटकेले भुलाएजस्तो सोझासिधा जनतालाई संघीय शासन लागू भएपछि सिंहदरबारको अधिकार घरघरमा पु¥याउँछौं र जनतालाई सुख–शान्ति दिलाउँछौं भन्ने जस्ता सपना देखाएर सरकारमा गएकाहरुको नक्कली व्यवहार आज जनताले विस्तारै थाहा पाएर छाँगाबाट खसे जस्तो अनुभव गर्दैछन् । संघीय शासन त जनताको रगत चुस्ने जुका जस्तो पो रहेछ भनेर बुझ्दैछन् । ठूलाबडा, करछलुवा, तस्कर, व्यापारी, व्यवसायीलाई छुन नसक्ने, तर बाटामा मकै पोलेर गुजारा चलाउने जस्ता निरीह जनतामाथि जथाभावी कर थोपर्ने यो शासन व्यवस्था त ननिको पो रहेछ भनेर जनताका आँखा खुल्न थालेका छन् । रोष विस्तारै राँक्किदैछ ।
सडकमा डुलेर आइसक्रिम बेचे पनि, डालामा मुमफली, बदाम, काफल, ऐंसेली बेचे पनि या चनाचटपटे बेचे पनि कर, आफ्ना बारीको साग डोकामा बोकेर बेच्नेलाई पनि कर, धरायसी प्रयोजनका लागि दुई चार ओटा हाँस–कुखुरा वा परेवा पाले पनि कर लगाउने हो भने ती बस्तुको भाउ बढेर जाँदा आखिर मर्कापर्ने त सामान्य जनतालाई नै हो । बाख्रो–पाठो पालेर नुनतेल जोर्न सघाउ पु¥याउनेहरुको पीडा र मर्मसंग सरकारमा पुगेर सुख सुविधा भोग्नेहरुलाई मतलब नहुने रहेछ क्यारे ! यो सरकार कसको पक्षमा उभिएर काम गर्दैछ ? ठूलाबडाको कि सामान्य निमुखा जनताको ? मुलुकमारालाई छुन नसक्ने अथवा तिनीहरुबाटै आफैं किनिने अनि सबै मिलेर निरीह जनतालाई शोषण गर्ने भएपछि सरकारलाई कुन रुपमा बुझ्ने खै ?
यस्तै हो भने सुखी र समृद्ध नेपाल त बन्ला तर कस्को ? तस्कर–व्यापारी, कार्टेलिङ गर्ने, सिण्डिकेट चलाउने र सरकारमा हुनेहरुको मात्र । यस्तै देखेर त होला अहिले धमाधम सत्ताधारी पार्टीमा प्रवेश गर्नेहरुको लर्को लाग्न थालेको छ । दलीय व्यवस्था भनेको जनतालाई आपसमै जुधाउने, लडाउने, भिडाउने र नेताको स्वार्थ पूरा गर्ने व्यवस्था भनेको त सुनिएकै थियो, अब त्यसमा संघीयता थपिएपछि आआफ्नो दलको वर्चश्वका लागि जात–धर्म–वर्गका माध्यमबाट समेत विभेद सिर्जना गराएर देशको एकता र सद्भाव समेत खलबल्याउने तारतम्य हुँदो रहेछ । दलीय नेताहरुले यसरी आफ्नै स्वार्थ मात्र हेरेर काम गर्ने हो भने समयान्तरमा विखण्डनको स्थिति आउनसक्नेतर्फ आँखा चिम्लिरहेका छन् । यो नै खतराको संकेत हो भन्ने बुझ्नुपर्छ ।
फालाना फलाना कामको शिलान्यास गरिएको छ । फलाना मन्त्रालय वा विभाग–निकायलाई निर्देशन दिइएको छ भन्ने जस्ता कार्यलाई पनि सरकारले उपलब्धिमा गनाएको छ । सरकारले त थोरै भए पनि जनतालाई पिरोलिरहेका र तुरुन्तै गर्न सकिने काम गरेर जनतालाई आश्वस्त पार्नुपर्ने हैन र ? तर, यहाँ त उल्टो भैरहेको छ । सरकारले चाहेमा र इमानदारीका साथ काम गरेमा गर्न सकिने काम यहाँ थुप्रै छन् । तर, सरकार चाहँदैन । जसले कार्टेलिङ गरेर र सिण्डिकेट चलाएर बजार कब्जा गरेका छन् तिनैले सरकारलाई किनिसकेका हुनाले सरकार लाचार छ । यो हो आजको विडम्बना ! त्यसैले यहाँ आफूखुसी महंगी बढाएर जनता चुस्ने दस्यु तह लगाउन सरकार असमर्थ छ । अथवा सरकार तिनीहरुलाई छुनै सक्दैन ।
बजारमा एकाधिकार कामय गरेका थोक विक्रेता आठ दशजनाका गोदाम भरिभराउ हुन्छन्, यता बजारमा कृत्रिम अभाव हुन्छ । आफूखुसी गर्न नपाए उनीहरु आफ्ना गोदामबाट सामान ननिकालेर हाहाकार पारिदिन्छन् । यहाँ ठूला पार्टी जब सत्तामा जान्छन् त्यो बेला ‘समानुपातिक’ नामको सांसद बनाएर तिनै तस्कर–व्यापारीलाई संसदमा पु¥याउँछन् । सांसद बन्न ठूलो लगानी गरेका हुनाले नेताको संरक्षण प्राप्तहरुका अगाडि सरकार नामको जन्तु निरीह बनेको हुन्छ । जनतालाई देखाउन कहिले चाहिं अनुगमनको नाटक देखिएकै छ । ‘म कुटे जस्तो गर्छु, तँ रोएजस्ता गर’ भनेजस्तै स्थिति छ । अस्ति भर्खर चुनावका बेला गरेका बाचाकबोल नेताले बिर्सेका होइन, मोटो रकम चन्दाले बिर्साएको हो । होइन भने अर्ब–खर्बपतिहरुलाई नै सांसद किन बनाइन्छ ? चित्तबुझ्दो जवाफ त हुनुप¥यो नि !
यो पटकको वर्षातमा पहाडमा पैरा गएर धेरै घर समेत पुरिएर निकै मान्छे र पशु मरेका समाचार आए । यसको मूल कारण के हो भने प्राविधिक सल्लाहविना जमीनको स्थिति समेत विचार नगरी डोजर लगाएर जथाभावी बाटो खन्ने मूख्र्याइले गर्दा पहाडका भीरपाखा छियाछिया पारिए । रुखहरु फाँडिए । माटो बगेर तल बेसीका खेतबारी, कुला–पँधेरा समेत पुरिएका छन् । राज्य चलाउनेहरुका विवेकहीन कामको दुष्परिणाम हो यो । अझै पनि आँखा नखुल्ने हो भने पहाड खुइलिने र गाउँका गाउँ पुरिने स्थिति नआउला भन्न सकिंदैन । त्यसैले अरु क्षति हुन नदिनेतर्फ ध्यान दिनु आवश्यक छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कुराले मात्रै देश विकास हुने भए... (08.28.2018)
भुक्तानी सन्तुलन सुधार्ने विकल्प ? (08.28.2018)
“सार्वजनिक नीति र भ्रष्टाचार” को विश्वरुप दर्शन ! (08.14.2018)
जेठा मामाको त फाटेको धोती कान्छा मामाको के गति ? (08.14.2018)
तीजको नाममा विकृति : हुँदा खानेहरुको लागि तीज गलपाँसो (08.14.2018)
छोरीहरु दुलही मात्र हैनन (08.14.2018)
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा (07.25.2018)
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी (07.25.2018)
मूल नसङ्ली धारामा सङ्लो पानी आउँदैन (07.10.2018)
“द्वन्द्वका लागि आमन्त्रण” (?) (07.10.2018)
मैले पढेको त्यो समय र पढाउन थालेको अहिलेको समय (07.10.2018)
चुनाव जितेपछि ओलीको बोली फेरियो- महेश्वर शर्मा (06.12.2018)
अन्तर्कलमा फँसेको काँग्रेसको दशा र दिशा- तारा सुवेदी (06.12.2018)
चुनाउमा बकेका कुरा बक्यौतामै नरहुन्म - हेश्वर शर्मा (05.30.2018)
राष्ट्रपतीय शासन प्रणाली किन ? - तारा सुवेदी (05.30.2018)
अपराधीलाई अभय ः सज्जनलाई सकश (05.08.2018)
अपराधको उर्वरा र अपराधीको स्वर्ण भूमि (?) (05.08.2018)
मुरी गएको नदेख्ने, मानाको खोजी ! (04.24.2018)
एकताको लागि “मदन भण्डारी मोडेल” (04.24.2018)
न पूर्वस्थिति, न नयाँ स्थिति ः खैलाबैला मात्रै (04.12.2018)



 
::| Latest News

 
[Page Top]