युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.22.2018, 07:05am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
पराश्रयी मनोवृत्ति र विखण्डनको झस्को
Tuesday, 09.11.2018, 12:22pm (GMT+5.5)

महेश्वर शर्मा
आजको यहाँको राजनीतिक यथार्थलाई एकजना मित्रले यसरी अथ्र्याए– “सामाजिक जीवनको अरु कुनै तप्कालाई पनि काम नलाग्ने बदमासहरु समेत राजनीतिक नेताका शरणमा पुग्छन् । अनि तिनीहरुलाई नै नेताले अन्तर्घात, बेइमानी, अनैतिकता, द्वैध चरित्र, भ्रष्टाचार, अनाचार, हनुमानिज्म, छलकपट आदि धन्दामा प्रयोग गर्छन् । मतलब के भने– नेताहरु नै चोखो राजनीतिमा विश्वास गर्दैनन् । त्यसैले राजनीति ठीक हुन सर्वप्रथम मान्छे ठीक हुनुपर्छ अर्थात् नेताहरु नै नसुध्रेसम्म यहाँको राजनीति सुध्रदैन ।”
आजका सन्दर्भमा विचार गर्दा यहाँ तत्काल समाधान गर्नुपर्ने जनताका समस्या एकातिर छन् भने सरकार भोलि, पर्सीमा दुईचार वर्षमा गरे पनि हुने काममा हावादारी गफ हाँक्नमै व्यस्त छ । मन्त्रिपरिषद् बैठक अनलाइनबाट गर्ने, प्रधानमन्त्रीको कार्यालय पेपरलेस हुने, हिन्दुस्तान र चीनबाट रेल ल्याउने जस्ता कुराबाट जनतामा प्रभाव पर्ने स्थिति आइसकेको छैन । आज त जनतालाई सहा–बेसाहा सस्तो हुनुप¥यो । शिक्षा र स्वास्थ्यका नाममा भैरहेको ठगीधन्दा बन्द हुनुप¥यो । स्कूल–कलेजको महंगो फीस घट्नुप¥यो । अड्डा कार्यालयहरुमा आलटाल नगरी निःशुल्क काम हुनुप¥यो । तर, यहाँ जनताका समस्या एकातिर र सरकारका सुर अर्कातिर भएपछि कसरी चित्त बुझ्छ ?
त्यसैले सुधार ल्याउने र जनतालाई सुविधा दिने नै सरकारको मनसाय हो भने सिद्ध गर्न पहिले राजनीतिक सुझबुझ र समझदारी ठीक हुनुप¥यो र त्यसपछि चारित्रिक हिसावमा मन्त्रीहरु स्वयं स्वस्थ देखिएर आफ्ना मातहत अंग–प्रत्यंग्यलाई पनि त्यसै अनुसार परिचालन गरेर जनतालाई विश्वास दिलाउन सक्नुप¥यो । होइन भने अरुलाई उपदेश–निर्देश दिने र आफू जस्ताको तस्तै रहेर गफ मात्रै हाँक्ने हो भने केही हुनेवाला छैन, मनको लड्डु घीउसित खाने भनेजस्तो मात्रै हो । त्यसकारण जनताका समस्या र आवश्यकता बुझेर कार्य गर्ने परिपाटी बसाल्नुप¥यो ।
छोरो मारिएको क्षतिपूर्ति स्वरुप अनशनरत गंगामायाको खातामा सरकारले एक करोड जम्मा गरिदियो रे ! तर, छोरो मार्ने अपराधीलाई सजाय माग गर्दै वर्षौं अस्पतालमा अनशनमै मरेका नन्दप्रसादले खोजी पाएनन् । कञ्चनपुरमा बलात्कार गरेर मारिएकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई सान्त्वना दिन दश लाख र बलात्कार–हत्यारा उपर कार्वाहीको माग गर्ने जुलुशमा प्रहरीको गोलीबाट मरेका एकजना किशोरका परिवारलाई पनि दश लाख र मृत किशोरलाई शहीद घोषणा गरेर हाँस्यास्पद काम गरेको देखियो । अपराधी पत्ता लगाएर कानुन बमोजिम सजाय दिने कि आफ्नो असक्षमता लुकाउन राज्य कोषबाट पैसा बाँडे थामथुम पार्ने–मुखबुजो लगाउन खोज्ने सरकारको प्रवृत्तिलाई जनताले ‘कुरीकुरी’ गरिरहेका छन् । यो ठीक बेठीक के हो ?
सुनिंदैछ– अब सरकारले असारे विकास बन्द गर्ने रे । भनेर मात्रै होइन, अब त कामै देखेर मात्रै पत्याइने स्थिति छ । असारेको साटो जेठे पो हुने हो कि ? महिनादिनै त हो । केही हुनेवाला छैन, मानसिकता फेरिनुपर्छ । यहाँ चाहिएको  त अझ सुशासन र आर्थिक अनुशासन हो । तर, भरविश्वासै स्थापित हुन सकेन । आजको राजनीति र नेताका बोली त बेथितिका पर्याय भैसकेका छन् । आजको अवस्था त ‘आफू छाराँ खुट्टा भने भाराँ’ भनेजस्तै भैसकेको छ । केलाई प्राथमिकता दिने भन्ने कुरा नै यहाँ भएन, केवल ढाकछोप र टालटुल गर्ने काम मात्रै भैरहेको देखिन्छ । त्यसैले पहिले जनतामा विश्वास जाग्ने केही काम गरेर देखाउनुप¥यो ।
आजको शासन मनमोजी भएको छ कुनै नियम विधानले नछेक्ने खालको । छेक्ने देखिएमा अथवा कुनै कानुन नियम आफ्ना चाहना अनुकूल नहुने देखेमा बेला न कुबेला संशोधन गरेर छेदन–भेदन जे गर्न मनलाग्छ गरिदिन्छन् । त्यसैले आजको शासनलाई संक्षेपमा परिभाषित गर्नुपर्दा साहित्यमा आएको विना नियम, विना लगामको उत्तर आधुनिकतावादसंग दाँजे हुने भएको छ । व्यवस्थाको नाम परिवर्तन भए पनि त्यसलाई परिचालन गर्ने मानसिकतामा परिवर्तन नआउनु विडम्बना नै भएको छ ।
प्रगतिशील देखिन जति चर्का भाषण गरे पनि सत्ताधारीको स्वभावमा सत्य कुरासित डराउने, सकेसम्म सत्य कुरा ढाकछोप गर्ने, संचार जगतलाई समेत कस्न खोज्ने र आफ्ना गल्ती बाहिर आउन नदिने जस्ता कमजोरी हुँदा रहेछन् । देशमा प्रजातन्त्र छ भनिन्छ, तर सत्ताधारीकै व्यवहारमा त्यो देख्न पाइँदैन । प्रजातन्त्रमा त जनताको मर्यादा हुनुपर्छ, तर खोई ? यहाँ त सत्ताधारीकै मात्र स्वेछाचारिता देखिन्छ । कानुनी शासनकै अर्थ यहाँ हराएको छ । कानुनको पुस्तकमा अधिकार देखाएर मात्रै पुग्ने भए त केही गर्नैपर्ने थिएन । तर त्यस्तो स्थिति प्रजातन्त्रका निम्ति खतरनाक हुन्छ ।
राजनीतिको शुद्ध बाटोमा आज न पार्टीहरु हिंडेका छन्, न त प्रशासन नै आफ्नो बाटोमा नेताहरु नै स्वच्छ राजनीतिमा विश्वास गर्दैनन् भने यो झस्किनुपर्ने स्थिति हो । स्वतन्त्र तराई प्रदेशका नारा त्यसै लागेका छैनन् । ‘दाल में कुछ काला है’ भनेर झस्किनुपर्ने भएको छ । विखण्डनका यस्ता झिल्का पराश्रित मानसिकताका उपज हुन् । यस्तो स्थितिमा आज न पार्टी नेता सचेत छन्, न त प्रशासन नै दह्रो छ । यो राम्रो लक्ष्यण हैन ।
जेहोस्, संगीन स्थिति बुझेर नेतृत्वले आफ्नो क्षमताको प्रदर्शन गर्ने यस्तै बेलामा हो, ओठे जवाफले काम गर्दैन । मर्यादित नेतृत्व दिने, स्थिति समाल्ने र जनताको चित्त बुझाउने काम हुनुपर्दछ । स्वच्छ र सन्तुलिन राजनीतिक परिचालन एवं दह्रो, जनमुखी र स्वच्छ प्रशासनबाट मात्रै ती कुरा सम्भव छन् भन्ने बुझ्नुप¥यो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सबल सरकार, निर्धो राज्य, गिर्दो अर्थतन्त्र ! (09.11.2018)
सरकार कस्को पक्षमा काम गर्दैछ ? (09.04.2018)
प्रधानमन्त्रीज्यूलाई खुलापत्र (09.04.2018)
कुराले मात्रै देश विकास हुने भए... (08.28.2018)
भुक्तानी सन्तुलन सुधार्ने विकल्प ? (08.28.2018)
“सार्वजनिक नीति र भ्रष्टाचार” को विश्वरुप दर्शन ! (08.14.2018)
जेठा मामाको त फाटेको धोती कान्छा मामाको के गति ? (08.14.2018)
तीजको नाममा विकृति : हुँदा खानेहरुको लागि तीज गलपाँसो (08.14.2018)
छोरीहरु दुलही मात्र हैनन (08.14.2018)
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा (07.25.2018)
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी (07.25.2018)
मूल नसङ्ली धारामा सङ्लो पानी आउँदैन (07.10.2018)
“द्वन्द्वका लागि आमन्त्रण” (?) (07.10.2018)
मैले पढेको त्यो समय र पढाउन थालेको अहिलेको समय (07.10.2018)
चुनाव जितेपछि ओलीको बोली फेरियो- महेश्वर शर्मा (06.12.2018)
अन्तर्कलमा फँसेको काँग्रेसको दशा र दिशा- तारा सुवेदी (06.12.2018)
चुनाउमा बकेका कुरा बक्यौतामै नरहुन्म - हेश्वर शर्मा (05.30.2018)
राष्ट्रपतीय शासन प्रणाली किन ? - तारा सुवेदी (05.30.2018)
अपराधीलाई अभय ः सज्जनलाई सकश (05.08.2018)
अपराधको उर्वरा र अपराधीको स्वर्ण भूमि (?) (05.08.2018)



 
::| Latest News

 
[Page Top]