युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 12:27am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नेतृत्वका दुई पक्ष– गुनिलो र गुलियो
Tuesday, 09.25.2018, 12:13pm (GMT+5.5)

- महेश्वर शर्मा
इरानका राजा (खलीफा)ले राज्यकोषबाट दैनिक तीन रुपियाँ पारिश्रमिक लिन्थे रे ! एकदिन रानीले तीन दिनको पेश्की तलब लिन भनिछन् ईदमा केटाकेटीलाई नयाँ लुगा किन्न भनेर । राजाले भनेछन्– “पेश्की फस्र्योट नगर्दै म मरें भने त्यो रकम कसले तिर्छ ? कि तिमीले खुदाबाट म यति दिन बाँच्छु भन्ने पट्टा ल्याइदेउ, नत्र म पेश्की लिन सक्दिन” । यसको अर्थ राष्ट्रको पैसा जनताको पैसा हुनाले जथाभावी खर्च गर्नु हुँदैन भनेर बुझ्नुपर्ने हुन्छ । तर, हामीकहाँ पार्टीका बैठक समेत प्रधानमन्त्री निवासमै गरेर भोजभतेर लगाइन्छ । यो मात्रै होइन, अहिले केन्द्रदेखि स्थानीय गाउँ तहसम्म सरकारी खर्चमा भूरसी खेलिंदैछन् ।
अरु त अरु पहाडतिरकै मेयर उपमेयरका प्रति बैठक भत्ता २५ सय, मासिक मोबाइल खर्च २५ सय, खाजा खर्च मासिक ४ हजार, मासिक अनुगमन खर्च ७ हजार, दैनिक भ्रमण एक हजार इत्यादि सुनिंदैछ । यसरी देशभरिका भुरे रजौटाहरुको खर्च (मासिक तलब आदि त छँदैछ) देख्दा यो गुलियो पक्ष मात्रै अगाडि देखिन्छ । जनतालाई चाहिएको गुनिलो नेतृत्व  गुनिलो सरकार हो । तर यहाँ सबै गुलियाकै पक्षमा दगुर्ने भएपछि यसैलाई जायज मान्नुपर्ने स्थिति तयार गरिंदैछ भने यो सुल्टो हो कि उल्टो ? बुझ्नै गाह्रो भयो । ‘दौरा न सौराको खल्ती’ भनेझैं नसुहाउने काम त गर्नु भएन नि, घाँटी हेरेर हाड निल्नुप¥यो । आफ्नै तलब भत्ता सुविधा मात्रै बढाउने कामले राम्रो सन्देश देला र ? अझै पनि सोच्नु राम्रो होला ।
विगतदेखिकै नेताहरुका सबल र दुर्बल पक्ष आज पनि उीत्तकै चर्चामा छन् । दूरगामी प्रभाव पार्ने पक्षले निकै महत्व राख्छन् । विवेकपूर्वक काम भएन भने भविष्यसम्म नै खटकिन्छ । गिरिजाप्रसादले ‘यो एकपटकलाई’ भनेर १ लाख ७० हजार ४२ जना भारतीयलाई जन्मसिद्ध नेपाली नागरिकता दिन लगाएर स्वार्थ सिद्ध त गरे, तर तिनले नेपालको नागरिकता लिनभन्दा अघि नै तिनीहरुबाट जन्मेकालाई वंशजको नागरिकता दिनुपर्छ भनेर भुईफुट्टाहरु उफ्रेपछि फेरि बाबुराम भट्टराईले पनि साथ दिए । जन्मसिद्ध दिंदा पनि उब्जने समस्या सोचेको देखिएन । ‘यो एकपटकलाई’ भन्नुका अर्थ जसलाई दिइयो तिनैलाई मात्र हो, अरुलाई पनि होइन भनेर नेताले बुझेनन् या मालिक रिझाउन बुझ पचाए ? कतैबाट निर्दिष्ट भएर वा गुलियोमा भुलेर आँखा चिम्लदा धेरै अनर्थ भएका छन् ।
“नियम गर, ध्यान गर खानैका लागि” भनेझै अब निजगढ विमानस्थल बनाउन २४ लाख रुख काट्ने र आठलाख हेक्टर जमीन उपलब्ध गराउने भनेको सुनिंदैछ । दुःख पाएका आम जनताका लागि आवश्यक ससाना काम पनि गर्न नसक्ने सरकारले त्यो काम ककसको स्वार्थका लागि गर्दैछ भन्ने प्रश्न उठेको छ । आर्थिक समृद्धि ल्याउन यो विमानस्थल बनाउने रे ! तर कसको आर्थिक समृद्धि ? त्यत्रो राष्ट्रिय सम्पत्ति मासेर वनमाफिया, भूमाफिया र अरु व्यापारी, व्यवसायी, ठेकेदार, धनाढ्यका पछि लाग्नुको अर्थ बुझिनसक्नु भएको छ । यो सबैका पछाडि गुलियोकै प्रभाव हुनुपर्छ भनिंदैछ । जलमाफियालाई खोलानाला त सुम्पिएकै थिए, अब तराईका वनमा पनि प्रवेश पाउने भएपछि नेपाल खँगार्ने नै स्थिति देखिंदैछ । विचार परिपक्व भएर नेता बनेका भए पो, यहाँ त आकस्मिकताबाट नेता बनेका पनि थुप्रै भएपछि यस्तै हुँदोरहेछ कि कुन्नि !
हुन पनि यहाँ नेताको साइज नै यति मिलेको छ कि जुनसुकै व्यवस्था आए पनि फिट हुने ‘युनिभर्सल नेताहरु’ छन् । सात सालदेखि आजसम्म त्यस्तै देखिंदैआएको छ । साइज नमिलेर नेता र मन्त्री हुन नपाएको यहाँ कोही भएन, यो नेपालकै विशेषता भएको छ । एकैजना कैयौंपटक बेग्लाबेग्लै व्यवस्थामा मन्त्री भएका पनि पाइन्छन् । सातसालदेखि आजसम्मका मन्त्रीहरुको सूची हेरेमा थाहा हुन्छ । एउटै मान्छे पाटी फेरेर पनि कतिपटक मन्त्री भएका छन् । तिनीहरु नै फेरि शान्ति सुरक्षाको माग गर्दै हत्या हिंसाको बिराधेमा सडकमा उत्रनेलाई लौः समाजवादको आधार निर्माण गर्न लागेको सरकारबिरुद्ध अराजकता फैलाउन लागेको आरोप लगाउँछन् । तिनीहरु नै फेरि देश विकासका भाषण गर्छन्, तर समस्या जहाँको तहीं हुन्छ । यसको मूल कारण नेता र मन्त्रीकै स्वार्थी र गुलियोपनको मनोदशाले गर्दा पाइला पाइलामा ठेस लाग्ने गरेको छ ।
अहिले त झन् ओलीजीको जल्दोबल्दो प्रधानमन्त्रीत्वकाल हुनाले भाषणका पर्रा छुटेका छुट्यै छन् । भाषणको प्रगति त अभूतपूर्व नै भएको छ । सबैको सबै कुरामा पहुँच र विशेषज्ञता हुँदैन । ओजीजीको आफ्नै विशेषता छ, जो अरुमा छैन, ओलीजीको रीस गर्नु बेकार छ । पञ्चतन्त्रको कथा जस्तै (खसीलाई कुकुर सिद्ध गराइदिने) सामथ्र्य हाम्रा प्रधानमन्त्रीमा छ । भन्न त उहाँका भाषणलाई समस्या समाधानको चासोभन्दा आफ्नो एकोहोरो लिंडेढिपी बढी भएको आरोप लाग्ने गरेको छ । साथै निर्मला पन्तको बलात्कार र हत्यापछि देशव्यापी बिरोध हुँदा पनि बेवास्ता गरेको अपजस पनि उहाँमाथि छ र कम्युनिष्टको जातै रुखो भनेको पनि सुनिंदैछ । तैपनि उहाँबाट आफ्नो पदीय मर्यादा अनुकूल व्यवहारको अपेक्षा गर्नैपर्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
उही “बेथितिकै थिति”मा रम्दै गर्दा ! (09.25.2018)
पराश्रयी मनोवृत्ति र विखण्डनको झस्को (09.11.2018)
सबल सरकार, निर्धो राज्य, गिर्दो अर्थतन्त्र ! (09.11.2018)
प्रधानमन्त्रीज्यूलाई खुलापत्र (09.04.2018)
सरकार कस्को पक्षमा काम गर्दैछ ? (09.04.2018)
कुराले मात्रै देश विकास हुने भए... (08.28.2018)
भुक्तानी सन्तुलन सुधार्ने विकल्प ? (08.28.2018)
“सार्वजनिक नीति र भ्रष्टाचार” को विश्वरुप दर्शन ! (08.14.2018)
जेठा मामाको त फाटेको धोती कान्छा मामाको के गति ? (08.14.2018)
तीजको नाममा विकृति : हुँदा खानेहरुको लागि तीज गलपाँसो (08.14.2018)
छोरीहरु दुलही मात्र हैनन (08.14.2018)
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा (07.25.2018)
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी (07.25.2018)
मूल नसङ्ली धारामा सङ्लो पानी आउँदैन (07.10.2018)
“द्वन्द्वका लागि आमन्त्रण” (?) (07.10.2018)
मैले पढेको त्यो समय र पढाउन थालेको अहिलेको समय (07.10.2018)
चुनाव जितेपछि ओलीको बोली फेरियो- महेश्वर शर्मा (06.12.2018)
अन्तर्कलमा फँसेको काँग्रेसको दशा र दिशा- तारा सुवेदी (06.12.2018)
चुनाउमा बकेका कुरा बक्यौतामै नरहुन्म - हेश्वर शर्मा (05.30.2018)
राष्ट्रपतीय शासन प्रणाली किन ? - तारा सुवेदी (05.30.2018)



 
::| Latest News

 
[Page Top]