युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 12:52am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
किन सरकारमाथि चौतर्फी आक्रमण ?
Tuesday, 10.02.2018, 12:23pm (GMT+5.5)

तारा सुवेदी
ठूलै थियो सरकारको लक्ष्य र उद्देश्यः
कुनै दलीय आग्रह, दुराग्रह र अन्धमोह दुवै दृष्टिकोण नराखौं । स्वतन्त्र र निष्पक्ष रुपबाट गम्भीर मूल्यांकन गरौं । हरेक व्यक्तिले एकवर्ष अगाडि वर्तमान सत्तारुढ पार्टीका दुईघटकबाट नेपाली जनताले निकै ठूलो आशा, भरोसा, विश्वास र अपेक्षा गरेको अनुभव गरेका थिए । त्यस समयका संचार माध्यमहरुमा प्रसारित वा प्रकाशित गरेका समाचार, विश्लेषण प्रक्षेपण सबै “वाममोर्चामय” देखिएका थिए ।
त्यसै त “नेपालमा कहिल्यै कुनै एक दलको स्पष्ट बहुमतको सरकार बन्न नसकोस्” भन्ने अन्तनिर्हित दुराशयबाट निकटवर्ती कुनै मित्र राष्ट्रदेखि सुदुरपश्चिमका मित्र मण्डलीहरुसम्मको एकै सोच थियो । त्यसैले “जनताले प्रत्यक्ष देखे, चिने र निर्वाचित गरेका उम्मेद्वारहरु मात्र निर्णायक शक्ति नबनून्” भन्ने उद्देश्यबाट जनताले न देखे नचिने, नबुझेका – जसले गर्दा डन, डाँका, भ्रष्टाचारी, अपराधी, अनाचारी, ठेकेदार ठगदार, मिसन र मिसनरीहरुका सबै खाले एजेटहरुको भीडलाई समानुपातिकको ट्याग” भिराएर प्रतिनिधि सभामा हुल्ने ठूलो षड्यन्त्र गरियो । त्यही बदनियतवाट संविधानको मस्यौदा तयार गरे । त्यतिमात्र नभई “कथंचित आफ्नो मस्यौदामा बढी काँटछाँट गर्ने वा पूरै मस्यौदालाई रद्दीको टोकरीमा फालि देलान् कि भन्ने डर थियो । त्यस्ता मिसन र मिसनरीहरुले संविधान सभाको नजिकै “अल्फाविटा” भवनमा संविधान सभासदस्यहरुलाई समूह समूहमा ल्याई हप्तौसम्म तालिम दिएर । “राजसी भोजन र डलर भरेका मोटा मोटा खामदेखी हैसियत अनुसार व्रिफकेशसम्म बाँडियो” भन्ने सुनिएको थियो ।
तर त्यो सब षड्यन्त्रको जालोलाई नेपाली जनताले चिरे, च्यातेर फालिदिए । अझ उदेक लाग्दो त के पनि देखियो भोगियो भने “विश्वबाटै कम्युनिष्टको झण्डा फ्याँकियो भने नेपालमा त दर्जनौं समूहमा बाँडिएर भाँडिएका कम्युनितहरुलाई यसपटकको निर्वाचनबाट मटियामेट गर्नुपर्छ” भन्ने सोचें । निर्वाचन कालीन सरकारको नेतृत्वकारी दलको हातमा राज्य सत्ता, शक्ति र थियो । उसको नेतृत्वमा नै निर्वाचनपछिको सरकार बनाउने योजना बन्यो । घोर दक्षिण पन्थीदेखि दक्षिणको ठूलो शक्तिको पूरा आडबल पाएका, जातीयता, क्षेत्रीयता र उत्पत्ति, वंश भाषाको आधारमा राष्ट्रलाई अंशवण्डा गर्नुपर्छ भन्ने नारा दिएकाहरु सबै (गैरबामपन्थीहरु) ले मोर्चाबन्दी गरे । त्यही कारणले तत्कालीन सत्ता नियन्ताहरुको भीडले स्थानीय तहदेखी संघीय संसद भनिने प्रतिनिधि सभा र प्रदेश सभाको सदस्हयरुको निर्वाचनमा तत्कालीन सरकार प्रमुख मार्फत् राज्यको सम्पूर्ण रक्षा, सुरक्षा बलको (शक्तिको) चरम दुरुपयोग गरे । निर्वाचन आयोगले जारी गरेको आचार संहिता लत्याउने ढिकुटी रित्याउने, डन डाँका हत्यार हत्याउने, भित्र्याउने सम्मका हर सम्भव हत्या कण्डा अपनाइयो । “चुनाव प्रचार गर्न सेनाको हेलिकोप्टरको चरम दुरुपयोग गरियो” भन्ने सुनियो । संचार माध्यममा पनि त्यस्तै आयो ।
नेपालमा २००७ सालदेखि झण्डै प्रत्येक दशक (द्विदशक, त्रिदक)मा नेपाली जनताले परम्परागत अधिशासकहरु मात्रै फालेनन् । शासन प्रणाली नै फाल्दै फेर्दै आएका थिए । त्यही “महान् नेपाली जनता” यसपटक पुन जुरमुराएर उठ्यो । सम्पूर्ण भित्री र बाहिरी तत्व शक्तिलाई परास्त गरे । झण्डै साढे दुई दशकदेखि कहिले बहुमत र कहिले अल्पमतमा रहे भएर पनि शासन सत्तालाई आफ्नो विर्ता ठान्ने दल र उसको पछि लागेर सत्ताको लित्को पित्को भेटाउँदै आएका प्रतिगामीहरुको छद्म भेषी पञ्चायती पार्टीलाई एकमुष्ट बढारेर फाल्यो । शुरुमा भनेझैं विश्व राजनीतिक मञ्चबाट झिकेर फालिएको कम्युनिष्ट झण्डालाई नेपाली जनताले विश्वको सर्वोचच शिखरमा फहराएर देखाइदियो । कुनै पनि दलको स्पष्ट बहुमत नआओस् भन्ने कपट पूर्ण आशयले समानुपातिकको घाँडो घाँटीमा झुण्डाईको संसदमा झण्डै दुई तिहाइको बहुमत सहित बामपन्थीहरुलाई पहिलो पल्ट स्पष्ट बहुमत सहित सत्तामा पु¥यायो । अधिवंशवादी सामन्ती शासक (राजा) र उसको घेराले नेपाल जुन साढे दुई सय वर्ष शासन गरेको थियो । त्यो शाहीतन्त्रलाई दश वर्षअघि फालिएको थियो । त्यही देशमा पश्चिमा कुनै छिमेकी मुलुकीको पृष्ठपोशी पार्टीले बीसौं वर्षदेखि प्रजातन्त्रवादी मध्यमार्गीको नाममा बीसौं वर्ष शासन गरेको थियो । त्यही नेपाली काँग्रेस शासन सत्तामा बसेर निर्वाचन गराउँदा माथि उल्लेख गरिएझैं राज्यका सम्पूर्ण साधन, स्रोत, शक्तिको आडबलमा सहजै स्पष्ट बहुमत ल्याउनेमा ढुक्क थियो । त्यही दम्भ सहित निर्वाचन प्रचारमा गएको थियो । तर बहुमत त के एक तिहाई सीट पनि ल्याउन सकेन । कुलमा झण्डै दुई तिहाई सिट ल्याए नेपालको एक थरी क्रान्तिकारीहरुले वामपार्टीले नयाँ “चमत्कार गरेको” देखाएको थियो ।
“आगो बलेपछि सबैले आङ सेके”
जब “ठूला बाम एकै ठाम” भन्दै मिलेर निर्वाचनमा गए (वामपन्थी एकीकृत एकीकरण वा एकात्मक त के हो थाहा छैन ।) पहिलो पटक प्रचण्ड बहुमत ल्याए । सरकार बनाए । आम नेपालीमा मात्र होइन नेपालको राजनीतिमा चासो राख्ने दुनियाँभरीका राजनीतिक समीक्षकहरुले आफूले चाहेको नचाहेको जे भए पनि “नेपालमा अब पाँच वर्षसम्मका लागि स्थायी सरकार बन्यो” भन्ने निष्कर्ष निकाले । यद्यपि वी.पी. कोइरालाको पालामा दुईतिहाई र २०४७ र २०५६ सालमा जी.पी. कोइराला र के.पी. भट्टराईलाई पनि नेपाली जनताले स्पष्ट र सुविधा युक्त बहुमत नदिएका थिएनन्, होइनन् । तर त्यो बहुमत “बाँदरको हातको नरिवल” बन्यो ।
वामपन्थीहरुले विश्ववाट र विगतमा धेरै ठक्कर र हण्डर खाएकोले र विगतकाा अरुको शासनबाट समेत लामो अनुभव र शिक्षा लिएको ठानिएको थियो । जनताले काँग्रेसलाई जस्तो पटक पटक साथ सहयोग दिने छैन भन्ने बामपन्थी नेताहरुले बुझे जानेका र आत्मसात गरेका होलान् भन्ने आम विश्वास थियो । संभवत् जनताको त्यही आशा, भरोसा र विश्वासले वाम सरकार बन्यो । त्यसबाट भित्रीबाहिरी सम्पूर्ण प्रतिक्रियावादी र दक्षिणपन्थी शक्तिहरुमा एकखालको सन्त्रास उत्पन्न भएको थियो । जसको जीवन्त उदाहरण कुनै छिमेकीले नाकाबन्दीदेखि पाइलै पिच्छे दुःख कष्ट पीडा भोगाउने प्रत्यक्ष अप्रत्यष वा चेष्टा गरिरहँदा अर्को छिमेकी”ले मागेभन्दा बढी विकासको भण्डार र ढिकुटी खुला राखेको” सन्देश दिएको बाट देखिएको थियो ।
त्यसरी माथि भनेझैं सम्पूर्ण दबाब प्रभावको बेवास्ता गर्दै आम नेपाली मतदाताले जसरी “बाम सरकार” गठन गराउन सफल भएका थिए, त्यसरी नै वामपन्थीको सरकार बनेपछि अपूर्व रुपमा उत्साहित र खुशी भएका थिए । त्यसैले “नेपालमा कुनै हालतमा पनि बामपन्थीहरुले सरकार बनाउन पाउनु हुन्न” भनेर लागेकाहरु र मिसन र मिसनरीदेखी कतिपय छिमेकी शक्तिसम्मको बधाई र शुभकामनाको – (भलै त्यो फगत औपचारिक निर्वाह गर्न मात्राको लागि आएको किन नहोस्)– ओइरो लागेको थियो । त्यस्तै सबै वाम एक ठाम नहोऊन् र नेपालको शासन सत्तामा उनीहरुको भूमिका नहोस्, नरहोस् वा नगण्य होस्” भनेर निर्वाचन पूर्वसम्म निकै “बाम विरोधी” जनमत निर्माण गर्न सुनियोजित र संगठित रुपमा नै लागेका संचार माध्यमहरुले पनि वामशक्तिको प्रचण्ड बहुमत आए लगत्तै “अव स्थायित्व, समृद्धि र विकासको चरण शुरुभयो” भन्ने तरिकाले हेर्न लेख्न थालेका थिए ।
सार समष्टिमा भन्नुपर्दा “बाम सरकारप्रति एउटा सकारात्मक, सहयोगात्मक र आशा भरोसा एवं विश्वासको अद्भूत लहर आएको थियो । एउटा छिमेकीले नाकाबन्दी गरेर नेपालको अस्तित्व अस्मिता स्वतन्त्रता सार्वभौमिकता माथि बलात्कारी व्यवहार गर्दा अर्को छिमेकबाट “नेपालका लागि आफ्नो मुलुकका जुन सुकै बन्दरगाहदेखि सीमावर्ती नाकासम्म निर्वाध आवागमनको सुविधाको प्रत्याभूति दिने, काठमाडौं पोखरा लुम्बिनीसम्म रेल्वे संजाल विस्तार गर्ने, आश्वास समेत नव निर्वाचित सरकारलाई प्राप्त भएको थियो । त्यसैले समग्र परिस्थिति परिवेश सरकारका लागि सहयोगात्मक र सकारात्मक बनेको थियो । त्यसरी वाम शक्तिको विजयमा जय गान गर्दै “बल्दो आगोमा सबैले आ आफ्नो आँङ सेक्न” तँछाड मछाड गरेका थिए ।
वर्तमान वाम सरकार गठन भए लगत्तै दुवै देशसँग रेल्वे कनेक्टीमिरी जोड्ने नेपालका ठूला नदीहरुमा पानी जहाज चलाउने, ५ वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने, निजगढ–काठमाडौं दु्रतराज ४ वर्षभित्र निर्माण गर्ने, घर घरका चुलोमा ग्याँस सिलिण्डरबाट होइन ग्याँसका पाइप लाइनबाट (ग्याँस) आपूर्ति गर्ने, निर्वाचनकालमा प्रतिबद्धता जनाए अनुसार गाउँ गाउँसम्म सिंहदरबार पु¥याउने, ३ वर्षमा नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सुकुम्वासीहरुलाई आवास दिने, मौलाउँदो हत्या, हिंसा, अराजकता अन्त्य गर्ने, बढ्दो भ्रष्टाचार न्यूनीकरण गरी सुशासन सुदृढ गर्ने जस्ता धेरै विषयमा सरकारका प्रतिबद्धता सार्वजनिक भएका थिए । त्यसबाट “पञ्च र काँग्रेसहरुले र दशकौं सम्म जनता झुक्याए, अब जनताबाट प्रचण्ड बहुमत पाएर सत्ताको खेल र जालझेलको खतरामुक्त जनवादी सरकारले आफ्ना वाचा कसम पूरा गर्ला” भन्ने धेरैले आशा भरोसा र विश्वास गरेका थिए । र समाजवादी आदर्श बोकेर सत्तामा आएको बामसरकारले छिट्टै नै “रामराज्य” स्थापित गर्लाजस्तो ठानेका थिए ।
एकाएक आक्रोशको कालोवाद
तर सरकार गठन भएको एक महिना भित्रै “वामपन्थीहरुको एकीभूत पार्टी फुटाउने र वर्तमान प्रधानमन्त्रीलाई सत्ताच्यूत गर्ने” उद्घोष प्रतिपक्षी दलका महासचिवबाटै आयो । जुनसुकै विधि सम्मत वाटोबाट सत्तारुढ भएको दललाई सय दिनसम्म कुनै व्यवधान नतेस्र्याई सबैले स्वतन्त्र काम गर्न दिनुपर्ने लोकतान्त्रिक मान्यता र परम्परा थियो । सधैं सत्ता शक्ति र सिंहदरबारमा बसेर रजाई गर्ने एकाधिकार लालमोहर आफू र आफ्नो पार्टीलाई मात्र भएको ठान्दै मान्दै आएको तर भर्खर सम्पन्न निर्वाचनबाट गलहत्याई सडकमा पु¥याइएका दलको नेतालाई सय दिन सम्म पर्खिने पनि धेर्य भएन । ऊ शुरुदेखि नै सरकार विरुद्ध विषवमन तिर लाग्न थाल्यो ।
अनाडी खेलाडीहरुको आत्मघाती गोल
यसै विचमा सरकारले जनहितका लागि यातायात व्यवसायीहरु संगठित भई सेवाग्राहीलाई सताउने, ठग्ने नियत र मन लाग्दो भाडा असूल उठती गर्ने माध्यम सिण्डिकेटलाई बनाउने गरेको, चिकित्सकहरुले आफूले परिपालन गर्नुपर्ने आचार संहिताको पूरै उल्लंघन गर्दै अस्पतालका शय्यामा छटपटाई रहेका विरामीहरुको जीवनप्रति खेलबाड गर्दै हडतालमा उत्रिने गरेको, आम उपभोक्ताहरुलाई ठूला साना व्यापारीहरुले गुणस्तर विहिन मालवस्तु विक्री वितरण र गर्ने मनलाग्दो मूल्यवृद्धि कृत्रिम अभाव सिर्जना गर्ने गरेको स्थानीय तह (गाउँ गाउँ) सम्म पु¥याइएका “सिंहदरबार”मा जनप्रतिनिधिको साटो राजसी सुख सयल भोगी चन्द्र शमशेरका ठ्याहा मठ्याहाहरुको भीडले गरीब विपन्नबाट सेवा शुल्क कर असुली गर्दै घर र मोटरका र घर जोड्ने होड मच्चाइ रहेको, सन्तान विरामी हुँदा जीवन जल र सिटामोल सम्म पनि नपाएर सन्तान गुमाएका बाबु आमाको बेवास्ता गरी राज्यबाट असुल उठती गरेको रकमबाट ठूला ठूला राजनीतिक पेशा व्यवसाय गर्नेहरुलाई सानोतिनो औषधी उपचार र मनोरञ्जन सैर सापट गर्न विदेश पठाउनमा फुक्का हातले खर्च गर्ने गरेको, सांसद विकास कोषको नाममा विकास बजेटबाट भाग शान्ति जय नेपाल” गर्ने गरेको, आम नागरिक र उनका सन्तानको सुरक्षाको जिम्मेदारी वहन गरेका सुरक्षा अधिकारीहरुले नागरिक सुरक्षाको निमित्त नियुक्त सुरक्षाकर्मीहरुलाई गच्छे अनुसार भागवण्डा गर्दै श्रीमती छोराछोरी बुहारीहरुका घरायसी सम्पूर्ण काम गर्ने दास नोकर चाकरको रुपमा खटाउने प्रयोग गर्ने गरेको जसको कारण सुरक्षाको काममा खटिनेको संख्यामा कमी आई गएको (पछिल्लो) ५ महिनामा १४०० (चौध सय) बलात्कारका घटना घट्न गएको, सयौं वर्षदेखि प्रचलित र हरेक नागरिकले जाने बुझेको मुलुकी ऐन खारेज गरी देवानी र फौजदारी दण्ड संहिताजारी गर्ने नाममा विधिविधानको अन्यौलता खडा गरेकोबाट हरेक पेशा व्यवसायी सेवाकर्मी अराजक भई सरकारका विरुद्ध संगठित रुपमा संविधानतः स्थापित सरकार विस्थापित गर्ने अन्तनिहित उद्देश्य लक्ष्य र अभिप्रायले संघर्षमा उत्रिएको जस्ता जे जस्ता गतिविधि सरकारका विरुद्ध शसक्त रुपमा अगाडि बढ्दै गरेको  देख्दादेख्दै सरकार जसरी निरीह देखिँदैछ, त्यसले त्यति लोक प्रिय सरकार किन यति छिटो अलोकप्रिय हुन पुग्यो ? त्यसले केही उत्तर दिएको छ भन्ने लागेको छ ।
त्यतिमात्र होइन । सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आफ्नो स्वार्थ, सन्तान, सम्बन्धी (नातागोता) र धनसम्पत्ति बाहेक कुनै कुराको वास्ता नगर्ने, नहेर्ने “हुन्छ, गर्छु” का झुठा आश्वासन दिएर सिन्को नभाँच्ने, जुन प्रवृत्ति, पंचायत र काँग्रेसी मन्त्रीहरुमाभन्दा अझ मौलाएको छ । सरकारले संघ संस्था नवीकरण गर्दा सबै सदस्यको सम्पत्ति विवरण भर्नुपर्नेदेखि हालै विदेश भ्रमणमा जानेले “स्थानीय निकायबाट विदेश जाने आर्थिक हैसियत प्रभावित गराउनु पर्ने, न्यूनतम १५०० (पन्धसय डलर) साटेको हुनुपर्ने” जस्ता झिना मसिना निर्णय गर्दासम्म जसरी हचपच र सनकमा निर्णय गर्ने प्रतिक्रिया प्रतिरोध र विरोध आएपछि हत्तपत्त निर्णय फिर्ता लिने” जे जस्ता “मायाको निर्णय ग¥यो, गर्दैछ, त्यस्ता काम कुराले सरकारमाथिको भर विश्वास, भरोसाको पहाडमा के कति कसरी क्षयीकरण मात्र होइन पहिरो नै जानथाल्यो, स्पष्ट छ ।
त्यस्तै जनताका तात्कालिक सरोकारका विषयमा चासोका काम कुरातिर भन्दा “भोका, नङ्गा, घरवास विहिन आम नागरिकलाई राजधानीबाट रेल चढाएर दिल्ली र वेइजिङ पु¥याउने, ग्यास सिलिण्डर नपाएर वेला वेला चुलो बाल्न नपाएका गृहिणीहरुलाई विराटनगरतिरका गोवरग्याँस प्लाण्टबाट दुईचार दर्जन घरमा ग्यास पठाएको देखाएर “घर घरमा ग्यास पुग्यो” भन्ने प्रचार गराउने, जस्ता जे जति काम भए, सायद ती सबैलाई आम जनता, संचार माध्यमहरुमात्रै नभई सरकारकै वेततभोगी संयन्त्रबाट समेत “हास्यास्पद, उट्पट्याङ हावादारी कामकुरा भन्ने गरियो । त्यो सबै सबैको संक्षिप्त र सार संकेत वर्तमान (झण्डै दुई तिहाईको) बहुमतको सरकारलाई पनि कुनै मोडमा लगेर भीरबाट खसाउने वा भड्खारेमा जाक्ने षड्यन्त्रको खिचाडी कतै न कतै पाक्न थालिएको छ भन्ने नै हुन सक्छ ।
अहिले सबैखाले संजालदेखि हरेक दिन आउने आम संचार माध्यमका समाचारहरुसम्म ठगी, अपहरण, बलात्कार, हत्या, हिंसासम्मका समाचारमा आइरहेछन् । त्यसका साथै स्थानीय तहका जन प्रतिनिधिदेखी प्रदेश र प्रतिनिधि सभाका सरकार पक्षकै सांसदहरु सम्मका असन्तुष्टि, आक्रोशका शृङ्खलाले एउटै प्रश्न तेस्र्याइ रहेछ “त्यति ठूलो जनविश्वास साथ पाँच वर्षसम्म शासन गर्ने अठोट र विश्वास बोकेर सिंहदरबार पसेको सरकार किन एक वर्षको नेटो पनि नकाट्दै चौतर्फी अविश्वास असन्तोष आक्रोश र आक्रमणको चक्रब्यूहमा फस्दै गएको जस्तो देख्नुपरिरहेछ ? सिंहदरबारमाथिको आकाशमा अनिष्ट सूचक कालोवादल किन मडारिइरहेछ ?”, तर यस पक्ष प्रश्नको उत्तर कसले दिने ?


Rating (Votes: )   
Share     Print


Other Articles:
अबको अभियान– अभिभावकलाई रोजगारी बालबालिकालाई शिक्षा- गीता श्रेष्ठ (09.25.2018)
नेतृत्वका दुई पक्ष– गुनिलो र गुलियो (09.25.2018)
उही “बेथितिकै थिति”मा रम्दै गर्दा ! (09.25.2018)
पराश्रयी मनोवृत्ति र विखण्डनको झस्को (09.11.2018)
सबल सरकार, निर्धो राज्य, गिर्दो अर्थतन्त्र ! (09.11.2018)
सरकार कस्को पक्षमा काम गर्दैछ ? (09.04.2018)
प्रधानमन्त्रीज्यूलाई खुलापत्र (09.04.2018)
कुराले मात्रै देश विकास हुने भए... (08.28.2018)
भुक्तानी सन्तुलन सुधार्ने विकल्प ? (08.28.2018)
जेठा मामाको त फाटेको धोती कान्छा मामाको के गति ? (08.14.2018)
“सार्वजनिक नीति र भ्रष्टाचार” को विश्वरुप दर्शन ! (08.14.2018)
तीजको नाममा विकृति : हुँदा खानेहरुको लागि तीज गलपाँसो (08.14.2018)
छोरीहरु दुलही मात्र हैनन (08.14.2018)
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा (07.25.2018)
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी (07.25.2018)
मूल नसङ्ली धारामा सङ्लो पानी आउँदैन (07.10.2018)
“द्वन्द्वका लागि आमन्त्रण” (?) (07.10.2018)
मैले पढेको त्यो समय र पढाउन थालेको अहिलेको समय (07.10.2018)
चुनाव जितेपछि ओलीको बोली फेरियो- महेश्वर शर्मा (06.12.2018)
अन्तर्कलमा फँसेको काँग्रेसको दशा र दिशा- तारा सुवेदी (06.12.2018)



 
::| Latest News

 
[Page Top]