युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.22.2018, 11:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
निर्माणका नाममा विध्वंशक अभियान !- महेश्वर शर्मा
Wednesday, 10.10.2018, 02:02pm (GMT+5.5)

कतिपय काम नजानेर विग्रेका हुन्छन् भने कति चाहिं स्वार्थवश जानीजानी पनि भए गरेका हुन्छन् । त्यस्ता कुनै पनि विगारी काम हुन नपाउन भनेर नै प्रविधि र विज्ञानको प्रयोग गर्नुपरेको हुन्छ । नजान्नेले गल्ती गर्नु र जान्नेले गल्ती गर्नुमा फलरक भए पनि चुरोटको धुवाँले चुरोट नखानेलाई पनि असर पारे जस्तै गल्तीको दुष्परिणाम त आखिर सबैले भोग्नुपर्ने हुन्छ । समाजमा बसेपछि जोसुकैले जुनसुकै खराबी गरे पनि त्यसको प्रभावबाट कोही पनि बच्न पाउँदैन । तर यहाँ आफ्नो देशको अवस्था र क्षमता हेरेर कामगर्ने सोच नेतामा कहिल्यै आएन ।
माथिल्लो तहमा पुगेपछि चाहे त्यो निर्वाचित प्रतिनिधि होस् या कृपा अथवा चन्दा दिएवापत मनोनित भएको होस् उसले आफूलाई सर्वज्ञ ठान्ने अहम्को भूत चढ्दो रहेछ कि कुन्नि, त्यस्ताले मैले जे गरे पनि हुन्छ भन्ठान्दा रहेछन् । कानुनविद, प्रशासनविद र प्राविधिज्ञ पनि आफैंलाई सम्झदा रहेछन् जस्तो गरिरहेको देखिन्छ ।
मान्छेकै बहुलट्ठीपनले गर्दा आज विश्वकै वातावरण प्रदूषित छ । जलवायु परिवर्तनको ठूलो समस्या भएको छ । त्यसमा पनि अति विकसित र विकसित राष्ट्रहरुकै प्रकृतिबिरुद्धका क्रियाकलापले गर्दा प्राकृतिक विपत्ति आइलागेका छन् र तिनैको लापर्वाहीको फल अविकसित र अल्पविकसित देशका निर्दोष नागरिकले समेत भोग्न परिरहेको छ । ठूलठूला उद्योग, कारखाना, आणविक भट्टी, रेल, मोटरका कारण पृथ्वी अन्तरिक्ष सबैतिर विनाश निम्तिएको छ । आवादी बढ्दो छ । वनजंगल मासिंदै छन् । पानीका मुहान सुकेका छन् । फोहोर मैलाले वातावरण नै प्रदूषित छ । अब त खपिनसक्नु भैसक्यो ।
हुन त वातावरण विनाश आज विश्वकै समस्या भएको छ, तैपनि विकासका नाममा यहाँ भैरहेका अवाञ्छित गतिविधिले एकातिर हाम्रो जस्तो पहाडी मुलुकमा वन फडानीले माटो बगिरहेको छ भने त्यसैमाथि बाटो बन्ने निहुँमा अन्धाधुन्ध जथाभावी डोजर जोतेर पैरा चलाइएका छन् र तराईका वन समेत माफियाले मासेका छन् । चुरे पहाड नै खतरामा छ । पहाडका डाँडापाखा ताछिएका छन् । बेसीका खेतबारी पुरिएका छन् । तैपनि वातावरण जोगाउनुपर्छ भन्ने चेत पलाएको छैन । यो डरलाग्दो स्थिति हो ।
यस्तै हो भने यी डाँडाकाँडा उजाड र खुरिखन्त हुन बेर लाग्नेछैन र मान्छेले सास फेर्न समेत पाउने छैनन् । अरु कुराले ठगिए पनि प्राकृतिक वातावरणको स्वच्छताले नै नेपाली बाँच्न पाएका थियौं । अब त्यो प्रकृतिप्रदत्त वरदानबाट पनि वञ्चित हुने अवस्था सरकार आफैंले तयार गर्दैछ । आजका भुरे सरकार के सरकार हुन् कुन्नि, आफ्नो प्राकृतिक सम्पत्तिको विनाश गरेर आयातित मोटर चढ्ने सोख पूरा गर्न भीरपाखामा डोजर चलाएर भत्काइरहेका छन् । पहाडमा केको मोटरको सोख हो ? तर, यिनीहरुलाई बाटो खन्ने भनेपछि योजनाको ठेक्कापट्टा–कमिशनको लोभले तानेर आँखा चिम्लेका छन् । त्यसैले पहाड भीरपाखा खनेर छियाछिया पारिरहेका छन् ।
जानीजानी ओरालो–उकालोको प्राकृतिक सौन्दर्यलाई भत्काएका छन् । अहिले मौसम–बेमौसम जुनसुकै बेला पनि पहाड भत्केर बेसीका भूभाग पुरिने स्थिति आफैंले तयार पारेका छन् । अब लौः प्राकृतिक प्रकोप भयो, बाढी पैराले बढा¥यो, सहायता चाहियो, पुनर्वास गराउनु प¥यो भनेर यिनले हल्ला मच्चाउने छन् र उद्धार र सहायताका नाममा फेरि भ्रष्टाचार गरेर कमाइ गर्ने लाजमर्दो स्थिति आयो भने आश्चर्य नमाने हुन्छ । मोटर पनि कस्तोसम्म बाटोमा चलाउन अनुमति दिने हो, भाडा कति मुनासीब हो भन्ने केही मतलब हैन । जथाभावी चलाएका छन् । स्वीकृति दिनेले पनि दिएका छन्, हेर्ने कोही छैन । ‘द्रव्येषु सर्वेवशाः’ भएको छ । यो विकास हो कि भ्रष्टाचारमुखी विनाश हो ? अति भैसक्यो ।
सुनिन्छ– कतिपय गाउँपालिकाले आफ्नै डोजर किनेर पहाडमा बाटो खनिरहेका छन् । बाटो के बनाउँछन्, बाटाका नाममा पहाड भत्काइरहेका छन् । केन्द्र र प्रदेश नामको सरकार समेत आँखा चिम्लेर कानमा तेल हालेर बसेका छन् । चुरे भत्काएर नेताका नाममा बाटो बनाउन त केन्द्र सरकार नै लागिपरेको छ भने प्रदेश सरकारको झन् के कुरा ! नत्र यो बिजोग किन हेरिंदैन र रोकिंदैन ? सक्छौ भने बरु पहाडमा रोप–वे चलाउ, केबुलकार चलाउ, तर पहाड नफोर, उत्पादन बढाउने काम गर, पहाडको सौन्दर्य नविगार ।
हो, बाटाहरु बनाउनुपर्छ, तर जथाभावी होइन । प्राकृतिक वातावरण विगार्ने गरी वनजंगल मासेर पानीका मुहान सुकाउने र जनताका खेतबारी पुर्ने गरी होइन । प्राविधिक हिसावबाट सकेसम्म छोटो, कम खर्चिलो र अडिलो हुने गरी बनाउनुपर्छ । त्यसैले रोक्नुप¥यो यो अहिले चलेको बाटो निर्माण नामको अवैधानिक र ध्वंशात्मक अभियान र प्राविधिक हिसावबाट काम हुनुप¥यो । होइन र यो व्यवस्था केही नेताकै सुखसयल र स्वार्थपूर्तिका लागि ल्याइएको हो र जनआकांक्षाको उपेक्षा गरिरहने हो भने आफ्नै आँखा अगाडि भैरहेको अनर्थ जनताले कतिदिन सहन सक्लान र ?


Rating (Votes: )   
Share     Print


Other Articles:
सत्तारुढ पार्टीभित्र प्रतिपक्षीको औचित्य- तारा सुवेदी (10.10.2018)
दशैंको जमरा, दुर्गाकवच अनि मातृशक्तिको महिमा - वेदराज पन्त (10.10.2018)
बलेको आगो ताप्नेको खाँडो जागेको छ (10.02.2018)
किन सरकारमाथि चौतर्फी आक्रमण ? (10.02.2018)
अबको अभियान– अभिभावकलाई रोजगारी बालबालिकालाई शिक्षा- गीता श्रेष्ठ (09.25.2018)
नेतृत्वका दुई पक्ष– गुनिलो र गुलियो (09.25.2018)
उही “बेथितिकै थिति”मा रम्दै गर्दा ! (09.25.2018)
पराश्रयी मनोवृत्ति र विखण्डनको झस्को (09.11.2018)
सबल सरकार, निर्धो राज्य, गिर्दो अर्थतन्त्र ! (09.11.2018)
सरकार कस्को पक्षमा काम गर्दैछ ? (09.04.2018)
प्रधानमन्त्रीज्यूलाई खुलापत्र (09.04.2018)
कुराले मात्रै देश विकास हुने भए... (08.28.2018)
भुक्तानी सन्तुलन सुधार्ने विकल्प ? (08.28.2018)
“सार्वजनिक नीति र भ्रष्टाचार” को विश्वरुप दर्शन ! (08.14.2018)
जेठा मामाको त फाटेको धोती कान्छा मामाको के गति ? (08.14.2018)
तीजको नाममा विकृति : हुँदा खानेहरुको लागि तीज गलपाँसो (08.14.2018)
छोरीहरु दुलही मात्र हैनन (08.14.2018)
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा (07.25.2018)
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी (07.25.2018)
मूल नसङ्ली धारामा सङ्लो पानी आउँदैन (07.10.2018)



 
::| Latest News

 
[Page Top]