युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.19.2018, 10:37am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
चुहुने भाँडो नटालेसम्म देश उँभो लाग्दैन - महेश्वर शर्मा
Tuesday, 11.20.2018, 11:37am (GMT+5.5)

नेता र मन्त्रीहरु भाषणको उछिनपाछिनमा हुन्छन् । एउटाले एकथोक भन्यो भने अर्काले अर्कोथोक भन्नैपर्छ, नत्र उभन्दा आफू कसरी जान्ने कहलाउने ? एउटाले गरेको काम राम्रै भए पनि त्यसैलाई समर्थन ग¥यो भने आफ्नो विशेषता नै के रह्यो ? यस्तै सोचाईबाट शासकहरु ग्रस्त छन् । भनेर मात्रै हुने भए धेरै कुरा भनिसकेका छन् । यहाँ सबै कुरै मात्र गर्ने त भए । चुनावका बेलामा त झन् अघोरै गर्छन्, तर अर्को चुनाव आउँदासम्म हराउँछन् अनि जुर्लुङ्ग निस्कन्छन् अर्कै नारा लिएर । वर्षौंवर्षदेखि यस्तै निरर्थक चक्र चलिरहेको छ ।
देशमा केही भएको छ भने भुइँफुट्टाहरु आकाश छुने भएका छन् । राजनीतिका नाममा धुलोबाट धुरीमा पुगेकाहरु पनि देखिन्छन् । नेता नामधारी त्यस्ता टपर्टुइयाहरु तस्करी धन्दा चलाउने कालाबजारियासंगको मिलोमतोमा मालामाल भएका पनि छन् । यसरी हिजोसम्म हरिकंगाल एकछाक औदादौला भएका छन् एकातिर भने अर्कातिर सामान्य जनता उठ्नै नसक्ने गरी अँट्ठिएका छन् । यहाँ कुनै पनि काम सर्वसाधारण जनताको स्वार्थलाई हेरेर भए गरेको पाइँदैन । बिना सोचविचार सबैतिर हाउडे चाल छ ।
चन्द्र शमशेरले करियामोचन गर्दा पनि पशुपति अमालबाट पैसा झिकेर धनीको ऋण तिरिदिएका थिए भने यहाँ हलिया र कमैया मुक्त ग¥यौं भने पनि सरकारले कानेकौडी दिएको होइन । बरु तिनै जमीनदारलाई अनुरोध गरेर केही जग्गा दिलाइदिएका भए पनि अलपत्र त पर्ने थिएनन् । कम्तिमा बास त हुन्थ्यो । मुक्त भइस भनेर अलपत्र छोड्ने काम मात्रै भयो । अनि कुनै उपाय नलागेर कतिपय कमैया र हलिया उनै जमीनदार र मालिकका शरण पर्न बाध्य भए । विवेक विचार पु¥याएर आफ्नो दायित्वलाई गम्भीरतापूर्वक लिन नसकेका यस्ता अनेक उदाहरण छन् । जनताका मर्म छामेर, उनका आवश्यकता बुझेर काम गर्ने प्रवृत्रि भएको भए आज देशको यो बेहाल हुने नै थिएन, सबै खाइद्यौ मात्रै भए ।
नेता र मन्त्रीहरु ठूलठूला कुरा हाँक्छन्, तर तत्काल गर्नुपर्ने सानो काम पनि गर्न सक्दैनन् । जनतालाई यहाँ अहिले नै के खाउँ र के लाउँको समस्या छ तर, वास्तविकता बुझेर काम गर्नुसट्टा उनीहरु सिगात्सेको रेल, कोलकाताको पानीजहाजको गफ गर्छन् । एः बाबा ! रेल र पानीजहाज ल्याउँदै गरे हुन्छ, पहिले छाकटार्ने र आङ ढाक्ने मेलो त गर । कमाइको बाटो क्यै छैन, काम नपाएर युवाशक्ति विदेशिएको छ । विदेशमा मजदुरी गरेर ल्याएको पैसा विदेशबाटै बेसाएर ल्याउँदैमा सिद्धिन्छ । दाल, चामल, नुन, तेल, लत्ताकपडा जस्ता दैनिक उपभोगका सामान बाहिरैबाट ल्याउनुपर्छ । जगाजमीन बाँझै छन्, आफ्नो उत्पादन क्यै छैन । चाडबाड आउँछन्, खसीबोका, फलफूल समेत बाहिरैबाट ल्याइन्छ । जति दुःख गरेर ज्यान जोखिममा पारेर कमाए पनि पानीझैं पैसा बगेर बाहिरै गएको छ । नेपाल विदेशीको एकाधिकार बजार बनेको छ । तैपनि सरकारका आँखा खुल्दैनन् । यस्तो बिजोगको स्थिति भोग्न बाध्य हुनुपरेको छ आज ।
देश बनाउँछौं भनेर फुक्ला गफ हाँक्ने नेताहरुकै बेइमानीले गर्दा आज देश बेहाल स्थितिमा पुगेको छ । राजनीतिक अधिकार केही समय संकुचनमा भए पनि पंचायतकालमा अभूतपूर्व रुपमा विकास निर्माणका काम भएका थिए । त्यो बेला मनोमानी गर्न नपाएका नेतालाई अप्ठ्यारो भए पनि जनतालाई सुबिस्ता थियो । मित्रराष्ट्रहरुले अनुदानमा उद्योग–धन्दा– कलकारखाना स्थापित गरिदिएका थिए । कपडा, जुत्ता, कागज, चिनी, चुरोट, सिमेन्ट, इँटा टायल, कृषि औजार कारखानाहरु फाइदामै चलेका र जनताले काम पाएका थिए । कपास खेती राम्रै हुन थालेको थियो । राजमार्गहरु बनेका थिए । देशमै औषधि उत्पादन हुन्थ्यो । हिमाली भोगमा भेडा–च्याङ्ग्रा पालन, फलफूल खेती थियो । धेरै कुरामा देश आत्मनिर्भर थियो । जिल्लाहरुमा अधिकार विकेन्द्रित भैरहेको थियो । पछि गएर बाहिरियाका मतिमा लागेर भएका कारखाना पनि कमिशन खाएर बेचे । भएका पूर्वाधार ध्वस्त पारे । आज देश हरिकंगाल स्थितिमा पुगेको छ । बनाउन पो गाह्रो बिगार्न कतिबेर लाग्दो रहेछ र ?
आज देशको युवाशक्ति काम नपाएर विदेशमा भौतारिएको छ । नेता र मन्त्रीकाा हावादारी भाषण बाहेक केही छैन । यो देश खास गरी कृषि र उद्योग–धन्दामा आत्मनिर्भर भयो भने आफ्नो माल बिक्ने ठाउँ हुँदैन भन्ने कुत्सित मनसाय राख्नेहरुले यहाँ विकास होस् भन्ने चाहँदैनन् र सकेसम्म व्यवधान खडा गरिन्छिन् । हाम्रा नेता भनाउँदा चाहिं त्यस्तैका इशारामा चलेर आत्मघात गर्दैछन् । त्यसैले बुझ्नुपर्ने के हो भने जबसम्म आफ्नै उत्पादन गर्न सकिंदैन तबसम्म देश अडिन सक्दैन र विदशेमा मजदुरी गरेर जति नै कमाइ गरेर ल्याए पनि त्यो पैसा विदेशतिरै बगेर गएको छ । त्यसकारण सरकारले केही गर्ने नै हो भने यो ग्यासका पाइप, रेल र पानीजहाजका गफ छोडेर उत्पादन वृद्धिकै योजना–कार्यक्रम संचालन गर्न कत्ति पनि ढिलाई गर्नु हुँदैन । आजकै स्थितिमा रेल ल्याएर के गर्ने ? भारतबाट सामान भरेर आएका ट्रक यहाँबाट रित्तै फर्किरहे जस्तै रेल पनि रित्तै फर्कने त हो ।
त्यसकारण आफ्नै उत्पादन बढाएर चुहुने भाँडो नटालेसम्म प्रगति सम्भव छैन भन्ने तथ्यलाई आत्मसात गरेर काम नगरे अर्काको माल किने–बेचेर अब नेपाल अडिदैन । त्यसैले अब पनि फजूलका भाषण छोडेर खास गरी कृषिका विविध पक्ष र उत्पादनमूलक धन्दातर्फ विज्ञहरुलाई संलग्न गराएर कामको थालनी गर्न कत्ति पनि विलम्ब गर्ने समय हामीसंग छैन । जति ढिलो हुन्छ, उति नै हामी कमजोर हुँदै जान्र्छौं । अब सम्पूर्ण ध्यान र साधन एकत्रृत गरेर अघि बढ्न अझै पनि आलटाल गरियो भने हामीलाई बचाउन कोही आउने छैनन् । त्यसैले अब सबै छोडेर आजको पराधीनताबाट पारलाग्ने बाटो समातिहाल्नुपर्ने समयको ताकेतालाई अझै पनि उपेक्षा गरियो भने परिणाम अझ बढी दुःखदायी हुनु निश्चित छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
घाँटी थिचिएको बेला कसरी “जयगान” गर्ने ? - तारा सुवेदी (11.20.2018)
निर्माणका नाममा विध्वंशक अभियान !- महेश्वर शर्मा (10.10.2018)
सत्तारुढ पार्टीभित्र प्रतिपक्षीको औचित्य- तारा सुवेदी (10.10.2018)
दशैंको जमरा, दुर्गाकवच अनि मातृशक्तिको महिमा - वेदराज पन्त (10.10.2018)
बलेको आगो ताप्नेको खाँडो जागेको छ (10.02.2018)
किन सरकारमाथि चौतर्फी आक्रमण ? (10.02.2018)
अबको अभियान– अभिभावकलाई रोजगारी बालबालिकालाई शिक्षा- गीता श्रेष्ठ (09.25.2018)
नेतृत्वका दुई पक्ष– गुनिलो र गुलियो (09.25.2018)
उही “बेथितिकै थिति”मा रम्दै गर्दा ! (09.25.2018)
पराश्रयी मनोवृत्ति र विखण्डनको झस्को (09.11.2018)
सबल सरकार, निर्धो राज्य, गिर्दो अर्थतन्त्र ! (09.11.2018)
सरकार कस्को पक्षमा काम गर्दैछ ? (09.04.2018)
प्रधानमन्त्रीज्यूलाई खुलापत्र (09.04.2018)
कुराले मात्रै देश विकास हुने भए... (08.28.2018)
भुक्तानी सन्तुलन सुधार्ने विकल्प ? (08.28.2018)
“सार्वजनिक नीति र भ्रष्टाचार” को विश्वरुप दर्शन ! (08.14.2018)
जेठा मामाको त फाटेको धोती कान्छा मामाको के गति ? (08.14.2018)
तीजको नाममा विकृति : हुँदा खानेहरुको लागि तीज गलपाँसो (08.14.2018)
छोरीहरु दुलही मात्र हैनन (08.14.2018)
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा (07.25.2018)



 
::| Latest News

 
[Page Top]