युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 01:43pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
क्षितिज कतै पनि उज्यालो नभएको बेला...
Monday, 01.30.2012, 03:15pm (GMT+5.5)

लैनसिंह वाङ्देलले लेखेका थिए “जुनसुकै बादलमा पनि चाँदीको (सेतो) घेरा हुन्छ” त्यही विश्वास र मान्यताबाट वर्तमानलाई नियाल्दा उक्त भनाइ सत्य सावित भएन । नेपालको राजनीतिको विगतको ६ दशकयताको परिवेश, परिस्थिति र घटनावलीहरूलाई नियाल्ने र केलाउने हो भने सधैं अस्थिरता, अस्पष्टता, गतिहीनता, चौतर्फी व्याप्त देखियो । कुनैवेला गतिलिंदा पनि स्वाभाविक रुपले नभई भ्यागुतो वा कंगारूको फड्को मराई शैलीमा उफ्रिंदै गरेको देखियो । झण्डै ६ दशकको कालखण्डमा देखापरेका भनौं वा “प्रयोगमा आउँदै र असफल सावित भएका” भनिएका अथवा “जनताले अस्वीकार गरेका ००७–१५ को प्रजातन्त्रको व्यववस्थापन काल, २०१५–०१७ वीचको जन निर्वाचित संसदीय सरकारको पहिलो संक्षिप्त काल, २०१७–०४६ बीचको राजाको सक्रिय नेतृत्वको मौलिक पञ्चायती दलविहिन शासन व्यवस्था काल, ०४७–०५९ (असोज १९) सम्मको “वैधानिक राजतन्त्रात्मक संसदीय शासनकाल” २०५९–०६२ सम्मको संवैधानिक राजाको नेतृत्वको सक्रिय र रचनात्मक भूमिका निर्वाहको शाही शासनकाल सबैलाई कुनै न कुनै रुपको पश्चिमा प्रजातान्त्रिक शासन व्यवस्थाकै नेपालको मौलिक प्रणालीको रुपमा प्रस्तुत गर्ने भरमग्दूर जमर्को तत्कालीन शासन सत्ता नियन्ताहरूबाट भयो ।

तर  २०६२/०६३ को दोस्रो जनआन्दोलनको मूल संवाहक ने.क.पा. माओवादीले २०५२ सालदेखि नै शसस्त्र जनविद्रोह मार्पmत जुन प्रकारको शासन व्यवस्था स्थापित गर्न चाहेको थियो, त्यो कुनै पनि “प्रजातान्त्रिक” विशेषण लगाउन सकिने र चाहेको शासन प्रणाली थिएन । त्यसैले २०६३ सालको परिवर्तनको जस लिन उछिनापाछिन गर्दै अगाडि सरेका पुरानै संसदीय प्रजातान्त्रिक शासन प्रणालीका पक्षधरहरूले आफ्नो जन्मकालदेखिकै “प्रजातान्त्रिक” भन्ने परिचय बोकेर जनतासामु जाँदा आफूहरू जनताको दृष्टिमा “पुरातनपन्थी, प्रतिगामी परिवर्तनलाई आत्मसात गर्ननसक्ने र ‘राजाको प्रजा’को रुपमा नै रहन चाहने”का रुपमा देखिने र त्यसले गर्दा समय र परिवर्तनका जनआकांक्षाको धारबाट किनारामा पर्नजाने हीन–मनोग्रन्थीले ग्रस्त हुन पुगे । त्यसपछि उनीहरूले आफ्नो नयाँ परिचय “लोकतन्त्रवादी” र “लोकतन्त्रका पक्षधर”को रुपमा प्रस्तुत गर्न थाले । हिजोसम्मको आफ्नो अन्तर्राष्ट्रिय जगतकासामु जसरी “डेमोक्रेसी”का हिमायती भन्दै आएको हो, आज पनि त्यही “डेमोक्रेसी” को विल्ला नै यथावत भिर्दै अंग्रेजी नबुभ्mने, नजान्ने, सोझा–सिधा जनतालाई आपूmहरूको परम्परागत राजतन्त्रसंग कुनै पनि ‘साइनो सम्बन्ध’ केही नभए नरहेको देखाउने “लोतन्त्रवादी” र “संघीयताको पक्षधर” को नयाँ परिचय प्रस्तुत गर्ने जमर्को गरे ।

तर लोकतन्त्रवादीको नयाँ विल्ला भिरेर जतिसुकै “परम्परावादी नभएको, प्रगतिशील र परिवर्तनको पक्षधर भएको” परिचय दिने जमर्को गरे पनि सोच, संस्कार, दर्शन, विचार, सिद्धान्त र शासकीय पद्धतिको ढाँचा (मोडेल)का प्रश्नमा उनीहरूको रुझान मात्रै नभई अडान पनि पश्चिमा संसदीय प्रणालीको गोरेटो (ट्रयाक) छोडेर माओवादीको ‘जनवादी’ राजपथमा जाँदा दुर्घटनाको शिकार हुने मनोदशाबाट भने मुक्त हुन सकेनन् । त्यति मात्र नभई “क्रमिक परिवर्तनको सुस्त र सुरक्षित ठानिएको गतिलाई छोड्दा चिप्लिने, भड्खारोतिर पर्नेमा बडो सशंकित र सावधान हुँदाहुँदै पनि आज जहाँ जसरी संसदवादीहरू पुगे वा “आमूल परिवर्तनको आँधी” बोकेर आएको माओवादीले जहाँसम्म पु¥यायो, बढायो, उनीहरूले फर्किएर हेर्दा कहालिलाग्दो स्थितिमा पु¥याइएको महसुश गर्न पुगे । जसलाई अर्को शैली र स्पष्ट शब्दमा भन्ने हो भने “माओवादीको इन्द्रजाल र सुन्दर, सुशान्त संसारको सिंहासनमा राखेर शासन सत्ता हाँक्ने स्वर्णिम अवसर प्रदान गर्ने” वहकाइमा आज यहाँसम्म आइपुगेको तत्ववोध गरे । त्यसपछि अब आफ्नो “यथार्थ थाकथलोको खोजी र फर्किने” सोचाइमा संसदवादीहरू पुगे र हिजोसम्मका मित्र माओवादीलाई जंगल जाऊ भन्न थाले । एकातिर यसरी उनीहरू (संसदवादीहरू) अब डेग अघि नबढ्ने अड्डी–अडान लिएको स्थितिमा देखिएका छन् भने अर्कोतिर उनीहरूलाई “लोभ्याएर, तेल लगाएर, मुसारेर र त्यो सबै उपायले नभए घिसारेर भए पनि आफ्नो गन्तव्यसम्म नपु¥याई नछोड्ने माओवादीको अठोट देखियो । यस्तो आजको दुबैपक्षका अडान, अड्डी र अठोटले नै आजको समस्या जन्माएको हो” भन्ने ठम्याई कति सही र कति गलत हो ? त्यो विवेच्य विषय हुनसक्छ ।

तथापि नेपालको उक्त विभिन्न कालखण्डका फरक फरक शासन व्यवस्थामाभन्दा बढी अराजकता, अशान्ति, अन्यौल, आतंक, आपराधिक गतिविधि गर्नेलाई उन्मुक्ति, दण्डहीनता, विधि–विधान र शासन प्रशासन शून्यता, भ्रष्टाचार र राज्य लुट्ने होडको महाभासमा जसरी नेपाल भासिंदै र धसिंदै गएको छ, यसले “शान्ति सुरक्षालाई सर्वस्वीकार्य टुंगोमा पु¥याई, स्थायी शान्ति स्थापित गर्ने” र झण्डै ६ दशकको संघर्ष र २० औं हजारको वलिदानको अपेक्षा र मानसम्मान पूरा गर्नसक्ने संविधान निर्माणको विश्वासलाई त नराम्ररी भत्काउँदै छ नै, साथै देशको परम्परागत, सामाजिक, साँस्कृतिक सद्भावलाई पनि भत्काएको र आर्थिक विकासको जगलाई समेत चिराचिरा पारेर सिंगो मुलुकलाई नै थला पारेको छ । देशको सार्वभौमसत्ताका नियन्ता र “आमूल परिवर्तनका संवाहक स्वप्नद्रष्टा” एवं इतिहासकै पहिलो प्रकाण्ड प्राज्ञ वर्तमान सरकारको नेतृत्वकर्ता डा. वावुराम भट्टराईको” नेपालले अभैm साहस, सावधानी, संयम र सहमतिको वातावरण बनाई त्यसै आधारमा आगामी दिनमा अगाडि नबढ्ने हो भने नेपालको भविष्य अन्धकारपूर्ण छ । त्यसपछि मुलुक उत्तरी वा दक्षिणी भड्खारोमा जाकिन पुग्ने वा “मर्ज हुनसक्ने”सम्मको संभावना छ” भनेबाट र राष्ट्रपतिका राष्ट्रिय सार्वभौमिक स्वतन्त्रता, अखण्डता जोगाउन सबै दलहरूलाई सचेत रहन दिनुभएको लगातारका अभिव्यक्तिबाट समेत स्पष्ट छ ।

यसरी राष्ट्रिय सार्वभौमिक स्वतन्त्रता, अखण्डता, अक्षुण्णता, अस्तित्व, अस्मिताको भविष्य अन्धकारमा हराइरहेको, सबैभन्दा जिम्मेदारहरूबाट नै देश गम्भीर खतराबाट गुज्रिदै गरेको सार्वजनिक अभिव्यक्ति आइरहेको बेला “शान्ति प्रक्रियाको टुंगो पहिले कि संविधान निर्माण पहिले ? ” भन्ने “राष्ट्रपतीय, प्रधानमन्त्रीय वा मिश्रित शासन प्रणाली ? कुन ठीक कुन बेठीकका वहसमा संविधानसभा, दलहरू, देशका बुद्धिजीवी, नागरिक समाज र स्वतन्त्र नागरिकहरू जसरी रूमल्लिइ र विभाजित भई अल्झिरहेका छन् त्यो देश, जनता र छिमेकीहरू कस्को हित र कस्को पतनकारी छ ? एकातिर सबैका लागि आपैmमा गम्भीर रुपमा सोचनीय विषय बन्न पुगेको छ ।

अर्कोतिर विश्वका सबै मुलुक एक्काइसौं शताब्दीको संघार पारगरेर “विकास र समुन्नतिको बाटोमा को चाँडै पुग्ने ?” भन्ने होडमा दौडिरहेको बेला दुई विशालकाय राष्ट्रको कापमा रहेको कारण सधैं “संवेदनशील भू–स्थितिमा रहेको” मानिंदै आएको विपन्नतम् देश पहिलो शताब्दीको रोम शहर जलिरहँदाको ‘निरो’को प्रतिनिधि भएर नेताहरू सिंहदरवारभित्र को पहिले पुग्ने र देशमा लागेको आगोमा आंग सेक्दै स्वर्गीय सुखानुभूति गर्ने ? भन्नेमा नै लाप्पा खेल्दै गरेको देखिंदो छ । सिङ्गो देशलाई खसी बनाएर रमाइलो मान्दै विलो लगाउन लागिपरेको सबैलाई अनुभव गराइदैछ । यस्तो राष्ट्रिय परिवेश परिस्थितिमा जुनसुकै सार्वजनिक स्थल, कार्यक्रम र भेटघाटमा पनि शान्ति प्रक्रिया टुंगोमा पुग्छ, पुग्दैन ? माओवादी जनसेनाको भविष्य ‘अनमिन’ले अयोग्य मानि अस्थायी शिविरबाट निकालिएका र समायोजनमा जान चाहेर पनि समायोजनमा पर्न नसकेका, स्वेच्छामा घर फर्कन विकल्प रोजेका जनसेनाले भविष्यमा लिनसक्ने बाटो, माओवादीका लागि उनीहरूले निर्वाचनका वेलामा खडा गर्न वा मच्चाउनसक्ने वितण्डाको सम्भावनाको पाटोबारेको व्यर्थको विवादमा घण्टौं बसेर र घुँडा धसेर बहस गर्नुको अर्थ वा प्रयोजनीयता के ?” तैपनि सिङ्गो देश त्यही घनचक्करमा फसिरहेको छ । तर यी र यस्ता अनुत्तरित यक्ष प्रश्नहरूको उत्तर न त कुनै दलहरूले खोजेको छ न त कुनै विश्लेषक र चिन्तन व्यक्तिले ?

अहिलेको समस्या त्यही अस्पष्टता र अर्थहीन व्यर्थको बहसमात्रै होइन । “राष्ट्रकोभन्दा दलको, दलभन्दा समूहको, समूहभन्दा आफन्तको र आफन्तभन्दा आफ्नो परिवार र आपूmलाई कसरी सत्ता र शक्तिमा स्थापित गर्ने, आफ्नो स्वार्थ पूरा गर्न राष्ट्र, राष्ट्रियता, सार्वभौम स्वतन्त्रताको मात्रै नभई आफ्नै पार्टी र समूहको हित र स्वार्थलाई कहाँ कसरी बली चढाउँदा सुनिश्चित हुन्छ ?” भन्ने दरिद्र चिन्तनबाट हरेक पार्टीका नेताहरूले जसरी कुख्यात अपराधी, आतंककारी, हत्या–हिंसा, वलात्कार–अपहरणका मुखियाहरू, भ्रष्टाचारी कर चोर, तस्कर, माफियाहरूको ग्याङदेखि चोर, डाँका, डनसम्मको संरक्षण गरे मात्रै आफ्नो राजनीतिक पेशा, व्यवसाय फष्टाउने, सुनिश्चित हुने ठानेर आफ्नो शक्ति र सामथ्र्य त्यसैमा केन्दीकृत गर्दैछन्” त्यो पनि भोलिको नेपालका लागि किमार्थ राम्रो संकेत होइन । यद्यपि वर्तमान विश्वमा द्वन्द, विवाद र समस्याको सर्वथा अन्त्यको कल्पना गर्न पनि सकिन्न । वरू ती तत्वले नै राष्ट्रको जीवन्तता, राज्यको शासन सत्तानियन्ता र त्यस देशका राजनीतिक पार्टी र नेताहरूको योग्यता क्षमता, विवेकशीलता, परिपक्वता, उच्चता र समष्टिमा भन्ने हो भने विचार, विवेक, उदारता एवं महानताको अगाधताको परिचायक वा अग्नि परीक्षा मान्ने गरिन्छ ।

तर त्यस मानदण्डबाट नियाल्दा पनि ठूलो समस्या के देखापरेको छ भने “राष्ट्रमा जे जस्तोसुकै राजनीतिक, आर्थिक, सामाजिक संकट उत्पन्न भए पनि जातीय, वर्गीय, लैङ्गिय, क्षेत्रीय, भाषीय स्वार्थको संकीर्ण घेराबाट मात्रै नभई वैयक्तिक र आफ्नो दलीय नाफा नोक्सानीको वनिया सोचाइबाट समेत पूर्णतः निरपेक्ष भई राष्ट्र, राष्ट्रियता, सार्वभौम स्वतन्त्रता र जनतालाई मुटु र मन–मस्तिष्कमा राखेर सोच्ने” जनविश्वास प्राप्त यौटै पनि राजनेता भइदिएको भए उसले देशको संकटमोचन गर्ने विश्वास गर्न सकिन्थ्यो । तर अहिले त्यस्तो नेता न देशले पाउनसक्यो न त त्यस्तो आशा भरोसालाग्दो विलक्षण, उदार र विशाल सोचाइ–विचार भएको व्यक्तिको नै कतै कहीं संभावित अनुहार नै जनताले देखेको छ ।

त्यस्तो जनताको मन–मुटुमा बसेको राजनेताको जन्म नभएको वा अपुताली परेको देशमा नेपाली जनताले हिजोसम्म अर्थात्– दशवर्ष जनयुद्धको उत्तराद्र्धमा अद्र्ध खुलास्थितिमा आएर “ आपूm र आफ्नो पार्टीका अन्य शीर्ष नेता कोही पनि कुनै पनि हालतमा शासन सत्तामा नजाने महात्मा गान्धी जस्तो भएर राष्ट्रको संरक्षक र अभिभावकको भूमिका निर्वाह गर्ने” विद्युतीय सञ्चार माध्यमबाट सार्वजनिक अभिव्यक्ति दिएदेखि संविधानसभाको निर्वाचनमा दुई–दुई ठाउँका जनताले विजयी बनाएर संविधानसभामा पठाएको वेलासम्मका ने.क.पा. माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली जनताले “देशको संभावित राजनेता”को रुपमा आशाभरी नजरले पक्कै हेरेका थिए । अत्यधिक ठूलो संख्याको नेपालीको त्यही भावनालाई आत्मसात् गरेर “संविभानसभाको निर्वाचनको गर्भबाट मुस्तफा कमलपाशा जन्मिएको संकेतः परीक्षण हुन बाँकी” शीर्षक दिई ०६५ बैशाख १० गते यसै स्तम्भमा निकै लामो लेख प्रकाशित गरियो । यद्यपि ने.क.पा. माओवादीको सिद्धान्त, दर्शन, रणनीति, घोषणा पत्र आफुले जे जति पाए पढेको हो त्यस आधारमा कैयन् मुद्दामा आफ्ना पृथक धारणा र निकै असहमति थिए र अभैm छन् ।

तर नेपाल र नेपालीको नियतिले हो वा भीम मल्ल, भीमसेन थापा, कृष्ण सेन इच्छुकका पत्नीसम्मको श्राप परेकोले हो ? अथवा “सत्ता र शक्ति यौटा यस्तो विलक्षण किचकन्नी हो जसले नजिकमा पर्ने आकर्षक र हरेक पक्षबाट आशालाग्दो पुरुष (नेता)लाई देखेपछि मोहित गर्छे, आकर्षित गर्छे, ‘डोरा हाल्छे’, अन्धो बनाउँछे र फँसाउँछे अनि अन्त्यमा सिध्याउँछे” भन्ने मान्यतालाई “प्रचण्ड जस्तो पुराना संस्कार मान्यताहरूलाई अन्धविश्वास ठान्ने” ठूलो क्रान्तिकारी व्यक्तिले पनि काट्न फाल्न सकेनन् । र एउटा सानो देशको ऐतिहासिक महान राजनेता बन्ने संभावनावाट उहाँकै मतिले धोका दियो वा दैवको लेखा नै त्यस्तो थियो ? उनले पनि राजनेता बन्ने आफ्नो भाग्य विगारे ।

विशाल ‘तुर्कमन साम्राज्य’बाट विघटन हुंदै असफलताको संघारमा पुगेको टर्कीलाई जसरी पुनर्जीवनमात्रै नदिई सुदृढ र सशक्त राष्ट्र बनाउने योद्धा– जो जनताका महान् लोकप्रिय नेताका रुपमा स्थापित भइ टर्कीको इतिहासमा मुस्तफा (राष्ट्रपिता) को रुपमा स्वर्णाक्षरले नाम लेखिएका थिए, तिनै कमालपाशाको नेपाली सँस्करणको रुपमा स्थापित हुनसक्ने नेपालको परिस्थिति र परिवेशले राम्रो अवसर प्रचण्डलाई दिएको थियो, तर त्यस (प्रचण्ड)लाई केही अंशमा प्रचण्ड स्वयम्ले केही एनेकपा माओवादीभित्रकै चण्डाल चौकडीहरूले र केही प्रचण्डको छहारीमा बसेर उनैका जरा खोतल्ने र उखेल्नेहरू,  केही उनलाई रुखमा चढाउने र फेद काट्नेहरूले प्रचण्डलाई नेपालको मुस्तफा कमालपाशा बन्न दिएनन् । त्यति मात्रैले नभई केही मात्रामा प्रचण्डको काँधमा बोकिएर राजाको शेखी झार्ने र आफ्नो उद्देश्य पूरा भएपछि प्रचण्डलाई नै झुक्याएर, छिर्काएर लडाएपछि काखी पड्काएर रौसिनेहरूले जसरी (प्रचण्डलाई) घेरा हालेर लडाए, त्यसैको परिणति नै वर्तमानको दिशा शून्यता, अस्पष्टता, अनिश्चितता, अन्धकारै अन्धकारको व्यापकता, राजनीतिक निरसता र निराशै निरशता हो ? सबैमा त्यही नकारात्मक विश्वास मौलाई रहेको देखिन्छ ।
यस्तो आँध्यारो वा उज्याले घेराशून्यताको क्षितिजभित्र बसेर आज कसरी उज्ज्वलमय भविष्यको परिकल्पना गर्ने ? कसरी शान्ति प्रक्रिया टुंगोमा पुग्ला, सबै भाषा, वर्ग, समुदाय, लिङ्ग, धर्म, सम्प्रदाय, क्षेत्र र ५ दर्जनभन्दा बढी आदिवासी जनजातिको साझा संविधान बन्ने र त्यसमा नभेटिएका र खाँटी नेपाली भएर पनि अनेपाली बनाउने दुचेष्टा गरिएका, कूल जनसंख्याको झण्डै आधाआधिको संख्यामा रहेका ब्राह्मण, क्षेत्री, ठकुरी, गिरी, पुरी, दलित आदिहरूको समर्थन प्राप्त होला ? यो यौटा वर्तमानको काल प्रश्नको सकारात्मक उत्तर आयो भने नेपालमा आठौं आश्चर्य भएको ठानिएला !



Rating (Votes: )   
Share     Print


Other Articles:
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा (01.23.2012)
जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी (01.23.2012)
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा (01.23.2012)
मुलुक सपार्ने शैक्षिक क्षेत्रमा कहालिलाग्दो विभेद : यादब देवकोटा (01.16.2012)
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा (01.16.2012)
आमाको अवशानबाट मन विचलित भएपछि चिन्तनशून्य हुन पुगिएछ : तारा सुवेदी (01.16.2012)
राष्ट्रिय दिवस नै नभएको लाजमर्दो स्थिति : किरण बुर्लाकोटी (01.16.2012)
राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा (01.09.2012)
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा (01.09.2012)
वर्तमान राजनीतिक नेतृत्व असफलताको दिशातिर : यादब देवकोटा (01.02.2012)
सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा (01.02.2012)
अभाव पूर्तिको नाममा व्यक्तिगत लाभको चलखेल : यादब देवकोटा (12.26.2011)
जातीय संघीयता ‘घरको न खोप्राको’ : महेश्वर शर्मा (12.26.2011)
नेताहरूको विपरीत मतिले पार्टीको थप क्षति नहोस् : तारा सुवेदी (12.26.2011)
पूँजीवादको उपहार हो जलवायु परिवर्तन : यादब देवकोटा (12.20.2011)
परिणाम नसोची गरिएका सम्झौता नामका तम्सुक ! : महेश्वर शर्मा (12.20.2011)
सबै पार्टीभित्रका विपक्षीहरूलाई चेतना भया : तारा सुवेदी (12.20.2011)
जलवायु परिवर्तनको प्रभाव- जैविक विविधता र कृषि प्रणालीमा गम्भीर असर : यादब देवकोटा (12.13.2011)
अद्र्धभूमिगत प्रधानमन्त्रीको गज्याङगुजुङको सय दिन : तारा सुवेदी (12.13.2011)
भागवण्डाको राजनीति र भ्रष्टाचार : महेश्वर शर्मा (12.13.2011)



 
::| Latest News

 
[Page Top]