युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 09:08am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा
Monday, 01.30.2012, 03:16pm (GMT+5.5)

हुँदैन बिहान् मिर्मिरेमा तारा झरेर नगय
बन्दैन मुलुक दुई चार सपुत मरेर नगय
हामीले खाने प्रतेक गासमा छ रगत शहीदको
हामीले फेर्ने प्रतेक सासमा छ रगत शहीदको ।

राष्ट्रको समुन्नति, राष्ट्रिय अखण्डताको रक्षा र एकता सपुतहरूको त्याग र बलिदानीवेगर सम्भव हुँदैन । माथिको कविताको पंक्तिले राष्ट्र निर्माणका लागि बलिदानीको आवश्यकतालाई दर्शाउँछ । त्यसैले राष्ट्रका लागि आफ्नो प्राणको आहुति दिनेहरूलाई शहीद भनिन्छ । हिजो शहीद दिवस सम्पन्न भयो । औपचारिक रुपमा सप्ताहव्यापी रुपमा ‘शहीद सप्ताह’ भनेर चार महान शहीदहरूको शालिकमा गएर माल्यार्पण गरियो । आजदेखि शहीदको योगदान कसैका लागि पनि चर्चाको विषय बन्दैन । औपचारिकतामा सीमित शहीद दिवसले कसैलाई झक्झक्याएको पनि छैन । किनभने आज दलपिच्छेका शहीद, जातपिच्छेका शहीद, सम्प्रदायपिच्छेका शहीदको लर्को लागेको छ । दशौं हजार व्यक्तिलाई शहीदको श्रेणीमा राखिएको छ । तर आमजनताले भने शहीद भनेका १०४ वर्षे जहानियाँ राणा शासनका बिरुद्ध विद्रोहको बिगुल फुक्ने र आफ्नो जीवन हाँसीहाँसी उत्सर्ग गर्ने प्रातःस्मरणीय चारजना शहीदहरूलाई सम्झन्छन् । ती हुन् गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्री ।

तानाशाही राणा शासकहरूले आफूबिरुद्ध विद्रोह गर्ने र देश र जनताको उन्मुक्तिका खातिर लडेको भनी ती चार शहीदहरूलाई गोली ठोकेर र झुन्ड्याएर मारेको थियो । तिनले माफी मागेको भए राणा शासकले माफी दिन्थे तर उनीहरूले खुशीसाथ जीवन उत्सर्ग गर्न नै श्रेयस्कर सम्झे । शहीदहरूको बलिदानकै कारण मुलुकबाट १०४ वर्षे जहानियाँ शासनको अन्त्य सम्भव भयो । तिनकाबिरुद्ध सुरु भएको २००७ सालको क्रान्ति सफल भएपछि मात्र नेपालीले प्रजातन्त्रको मिर्मिरे बिहानी देख्ने अवसर पाए । निश्चय नै मुलुकमा प्रजातन्त्र ल्याउन धेरै नेपालीले सहादत प्राप्त गरेका छन् तर शहीदकै प्रेरणाबाट यो संभव भएको हो ।

त्यसैले ती महान शहीदहरू नेपाली जनताको ढुकढुकी बनेका छन् । त्यही भएर जनताले उनीहरूको सम्मान गर्छन, श्रद्धा गर्छन् र स्मरण गरिरहन्छन् । हुन पनि आफू मरेर मुलुक र मुलुकबासीलाई बचाउने र जगाउने क्रान्तिका महान योद्धाहरूको सम्झना गर्नु प्रत्येक नागरिकको दायित्व हो । मुलुकमा जनताको शासन कायम होस्, सबैले गरिखान पाउन, शान्ति–सुव्यवस्था कायम होस् भनेर आफूलाई क्रान्तिमा होम्ने शहीदहरूको सम्झना राजनीतिक दल, शासक–प्रशासक सबैले गर्नुपर्छ र उनीहरूको त्याग, समर्पण र बलिदानीलाई प्रेरणा ठानेर राष्ट्र निर्माणमा होमिनुपर्छ । तर अहिलेको परिस्थिति अर्कै छ । शहीदको नाममा घोर अपमानजनक कार्यहरू भैरहेका छन् । कुनै कारणबस मृत्यु भएकालाई समेत शहीद घोषणा गराएर राज्यका तर्फबाट १० लाख रुपैयाँ दिलाउने काम गरिन्छ । शहीदको जीवनको मूल्य १० लाख हो ? पक्कै पनि होइन । मुलुकका लागि कुनै सम्झौता नगरेर जीवन उत्सर्ग गर्ने शहीदहरूको कोटीमा अहिलेका आधुनिक शहीदहरू पुग्न सक्लान ? पक्कै पनि त्यस्तो कल्पना नै बेकार छ र त्यस्तो मूल्यांकन गर्नु मुर्खता मात्र हो । तापनि राजनीतिक तहबाट त्यस्तै कार्य भैरहेको छ । भाषणका शब्दैपिच्छे शहीदको नाम लिनेहरूले शहीदको परिभाषा नै बदलिदिएका छन् । त्यसैले जनतामा राजनीतिक चेतानाको दियो सल्काएर नागरिक अधिकार बहालीका लागि क्रान्तिमा होम्ने र आफूलाई पनि त्यसैमा समाहित गरी ज्यानको आहुति दिने शहीदहरूको सम्झना गर्नेहरूको संख्या घट्दैछ ।

मुलुकलाई जहानिया राणा शासनको पञ्जाबाट मुक्त गर्न ज्यानको बाजी लगाउने चार महान शहीद नै नेपालका सम्पूर्ण शहीदहरूको बडाशहीद हुन् । अर्कोतिर राजनीतिक घटनाक्रमका विभिन्न कालखण्डमा शहीद हुन पुगेका व्यक्तिहरू र शहीद घोषित मृत आत्माहरूमध्ये कतिपय मुलुकको हितका लागि मृत्युवरण गर्न पुगेका थिए भने कतिपय भवितव्यलाई समेत राजनीतिक दबाबका कारण शहीद घोषणा गरिएको छ । जे होस् शहीदको सम्मान दिइसकेपछि त्यसलाई राष्ट्रले स्वीकार गर्नैपर्छ । उनीहरूको स्मरण र उनीहरूमा रहेको राजनीतिक–क्रान्तिकारी सोचलाई व्यवहारमा उतार्ने प्रयास गर्ने हो भने मात्र शहीदहरूको सम्मान हुनेछ । तर यतिबेला शहीदको योगदान भाषणवीरहरूको अनर्थ प्रलापको एउटा पाटो मात्र बनिरहेको छ ।
आज मुलुकमा जेजस्तो राजनीतिक परिवर्तन भएको छ त्यसको श्रेय शहीदहरूलाई नै जान्छ । उनीहरूमा रहेको राजनीतिक चेतना, राष्ट्रप्रतिको समर्पणभावले नै उनीहरूलाई शहीदको दर्जा दिएको हो । राजनीतिक चेतना र नागरिक स्वतन्त्रताका ती चेतनापुञ्ज महान चार शहीदहरू यतिबेला ओझेलमा परेका छन् । उनीहरूको सालिकमा मल्यार्पण गर्नेहरूको संख्या समेत न्यून देखिन थालेको छ । अर्कोतिर राजनीतिक दलले शहीद घोषणा गरेकाहरूको संख्या दिनदिनै बढिरहेको छ । शहीदहरूको परिभाषा फेरिएका छन्, उनीहरूको योगदान बदलिएको छ । हिजो राष्ट्रका लागि मर्नेहरूको स्थान नेताको सुख–सुविधा र कुनै पार्टी विशेषको स्वार्थका लागि मरेकाहरूले लिन थालेका छन् । अहिलेको विडम्वना यही हो । जबसम्म राष्ट्रका लागि सच्चा हृदयले संघर्ष गर्ने र हाँसी हाँसी आफ्नो प्राणको आहुति दिने शहीदहरूको सम्मान हुँदैन तवसम्म मुलुकको अवस्था जस्ताको तस्तै रहनेछ । असंगठित जनतालाई संगठित गर्दै, चेतना फैलाउँदै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतालाई आत्मसात गर्दै सार्वभौम राष्ट्रका सार्वभौमसत्ता सम्पन्न नागरिकको रुपमा स्वाभिमानसाथ बाँच्न पाउने वातावरण निर्माणका लागि आफ्नो प्राण अर्पण गर्ने ती महान शहीदहरूलाई यो राष्ट्रको स्वतन्त्र अस्तित्वको श्रेय दिन हच्किनुपर्ने कुनै कारण छैन । राष्ट्रिय स्वतन्त्रता र अखण्डताको पक्षमा गर्जेका आवाजहरूलाई राणाशाहीले बन्द गर्ने चेष्टा गरे पनि त्यसले जनतालाई अजेय शक्ति प्रदान ग¥यो । चार शहीदले मृत्युवरण गरेर जनतालाई क्रान्तिको चेतना प्रदान गरे– संगठित राजनीतिक आन्दोलनको वीजारोपण समेत गरे । त्यसैको परिणाम हो २००७ सालको परिवर्तन । त्यही समयबाट सल्कियो मुलुकमा राजनीतिक चेतनाको दियो । यसपछि मुलुकमा अनेक राजनीतिक परिवर्तन भयो ।

विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झना यसबीचमा गरिनुपर्छ । वर्षको एकपटक शहीदको सम्झना गरेर मात्र पुग्दैन । शहीदको बलिदानीको अमर कथा राष्ट्रनिर्माण गरेर लेखिनुपर्छ । राष्ट्रिय जागरणको अमूल्य ग्रन्थको रुपमा शहीदका वीरगाथाहरूको शब्दचित्र उतारेर जनताको घरघरमा पु¥याउनुपर्छ । राष्ट्र निर्माणको यो घडीमा हामीले वीर योद्धाहरूको सम्झना गरेनौं भने, उनीहरूको त्याग र बलिदानीको कदर गरेनौं भने हामी विजयी हुन सक्दैनौं र हामी बारम्बार पराजित मात्र भैरहनेछौं । अहिलेको अग्रसरता सबै पराजित हुने दिशातिरै देखिएको छ । राष्ट्रिय एकता र सार्वभौमिक अखण्डताको ख्याल नगरेर कुनै नेताको लहड वा कुण्ठालाई राजनीतिक विषयवस्तु बनाएर मुलुकलाई नै टुक्रा टुक्रामा विभाजित गर्ने र राष्ट्र कमजोर बनाउने सोच शहीदहरूको पक्कै थिएन होला ।

शहीदको अर्थ, परिभाषा र उनीहरूको योगदानको कदर हुनुको साटो उनीहरूलाई राजनीतिक दलको झण्डा ओढाउने र बिल्ला भिराउने प्रतिस्पर्धा हुन थालेपछि उनीहरूको योगदान विस्मृतिमा पर्छ नै । अहिले यस्तै भएको छ । उनीहरूले दिएको योगदानको चर्चा भने गरिन्छ तर त्यसको अनुशरण गर्ने कहिल्यै प्रयास भएन । नेपाल र नेपालीलाई निरंकुशताको कालो छायाँबाट मुक्त गराउन शहीदहरूले आफ्नो प्राणको आहुति दिए । त्यसै गरी विभिन्न कालखण्डमा धेरै शहीद बनिसकेका छन । कति ज्ञात छन् त कति अज्ञात नै । कति जाने बुझेर शहीद भए त कति अन्जानमै । यी सबै ज्ञात अज्ञात योद्धाहरू राजनीतिक दलका नेताहरूको बेलाबेलामा भाषणको विषय र पात्र मात्र बनिरहेका छन् ।

‘खोलो त¥यो लौरो बिस्र्यो’ भन्ने नेपाली लोकोक्ति यतिबेला नेपाली राजनीतिमा निकै चरितार्थ भएको छ । जसको बलिदानीका कारण नेताहरू अहिलेको हैसियतमा आइपुगेका छन् उनीहरूको संघर्ष, त्याग र राष्ट्रभक्तिलाई स्मृतिमा राख्न सके पनि अहिलेका समस्याहरू समाधान गर्न धेरै सजिलो पर्नेछ । शहीदहरूले मुलुक टुक्रा टुक्रामा विभाजित गर भनेका छैनन्, मुलुकमा विदेशी हैकम बढ्न देउ पनि भनेका छैनन् । राजनीतिक नेताहरूबीच सत्ता र कुर्सीकै मात्र खेल भैरहोस् पनि भनेका छैनन् । शहीदको सपना नेपाल र नेपाली जनताको सुख, शान्ति र समुन्नति मात्रै थियो । तर त्यसैलाई जिम्मेवारी लिएकाहरूले लत्याइरहेका छन् । नेपाल र नेपालीको कल्याणका लागि शहीदहरूले देखाएको मार्गलाई पछ्याउनुको साटो दुत्कारिएको छ ।

शहीद त्यस्तो शब्द हो– जसमा देशभक्ति, जनताको मुक्ति र मुलुकको समुन्नतिको आवाज गुञ्जिएको हुन्छ । राष्ट्रको चौतर्फी हितका लागि आवाज बुलन्द गर्ने शहीदहरूको शरीर नासिए पनि उनीहरूको आत्मा जीवितै छ, उनीहरूको विचार जस्ताको तस्तै जहाँको तहीँ अमर छ । अभाव त्यो विचार र सपनाको पूर्णता मात्र हो । अहिले मनमा थोरै मात्र राष्ट्रिय चिन्तन हुनेहरू ती महान् आत्माहरू झल्झल्ति सम्झिरहेका छन् । तर शहीदहरूकै वलिदानीबाट सत्तामा पुगेका र आफूलाई नेता बनाउन पाएकाहरूले केवल वर्षमा एकपटक मात्र शहीदको सम्झना गर्छन् त्यो पनि अपगालबाट बच्न र जनतामा भ्रम छर्न । बाँकी समय आफ्नै स्वार्थमा रमिरहन्छन् । प्रजातन्त्रदेखि गणतन्त्रसम्मको यो अवधिमा शहीदको आत्मसम्मान गरिने खालका कुनै कार्यक्रम लागू गरिएन । उनीहरूलाई केवल वर्षको एकचोटी स्मरण गर्ने ‘कुलदेवता’का रुपमा मात्र प्रतिस्थापित गराइयो । यसैकारण त मुलुक अहिलेको यो नाजुक अवस्थाबाट गुज्रिरहेको छ । तर पनि शहीदको आवाज मर्दैन । शहीदहरूको संघर्षको गाथा जनताको स्मृतिबाट बिलाउँदैन । यो कुनै पनि बेला प्रकट हुनसक्छ ।

आज मुलुक चौतर्फी संकटमा छ । आन्तरिक राजनीतिक शक्तिहरू बाह्य इशारा र निर्देशनमा मुलुक ध्वंश गर्ने बाटो अख्तियार गरिरहेका छन् । देशको अवस्था विकराल छ, राष्ट्रियता चारैतिरबाट प्रहारको निशाना बनिरहेको छ । राष्ट्रिय स्वार्थ त्यसै त्यसै विलिन हुन पुगेको छ । राजनीतिक रुपमा मुलुक प्रतिक्षण क्षयोन्मुख अवस्थामा छ भने आर्थिक, सामाजिक अवस्थाको वर्णन गर्नै नसकिने भैसकेको छ । इमान्दारिता, सदाचार, नैतिकता हराइसकेको छ । आफू र आफ्नो वाहेक हामी र हाम्रो भन्ने भावना मरिसकेको छ । नेपालीको विशेषता नै बनेको ‘अनेकतामा एकता’ अहिले ‘एकतामा अनेकता’को रुपमा फोस्रो नारा भएको छ । यस्तो विकराल अवस्थामा महान् शहीदहरूका आत्मा कति रोएको होला ? त्यसतर्फ विचार पु¥याउने कसले ? दिन प्रतिदिन पतनोन्मुख अवस्थामा गुज्रिएको यो मुलुकको उत्थानका लागि अब शोभा भगवती, सिफल र टेकुमा उभिएर शपथ खानु परेको छ । हिजो गरेका गल्ती, कमजोरीलाई सच्याउँदै राष्ट्रिय एकता र राष्ट्रिय स्वार्थलाई सर्वोपरि ठान्दै आफूलाई त्यसैमा समाहित गर्ने प्रण गर्नुपरेको छ । किनभने ती महान् शहीदहरूले आफ्नो प्राणको आहुति अहिलेकै जस्तो अवस्था आउनको लागि दिएका होइनन् । उनीहरूले सुखी, समृद्ध र असल समाजको परिकल्पना गरेका थिए । निस्वार्थी भएर देशको लागि लडेका थिए र मरेका थिए । शहीद हुन सजिलो छैन– उनीहरूको जस्तो मृत्यु सबैले पाउँदैनन् पनि । किनभने जो देश र जनताको पक्षमा उभिएको हुन्छ त्यसले मात्र शहीदको सम्मान पाउँछ ।

शहीद दिवस मनाइसकिएको सन्दर्भमा राष्ट्रिय एकता, सार्वभौमिक स्वतन्त्रता र सुन्दर, शान्त अनि समुन्नत नेपालका लागि शहीदहरूले परिकल्पना गरेका र साचेका सपनाहरू कोट्याउन सके, नेताहरूले आफूलाई त्यसै दिशामा अग्रसर गराउनसके शहीदको सपनाले साकार रुप पाउने थियो । शहीदप्रति सच्चा श्रद्धाञ्जलि दिने हो भने उनीहरूले कल्पना गरेको र मार्गनिर्देश गरेअनुरुप मुलुकलाई संचालन गर्न सक्नुपर्छ । आफूलाई निःस्वार्थ राष्ट्रसेवीको रुपमा प्रस्तुत गर्न सक्नुपर्छ । अनि मात्र शहीदहरूको आत्माले शान्ति पाउनेछ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
क्षितिज कतै पनि उज्यालो नभएको बेला... (01.30.2012)
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा (01.23.2012)
जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी (01.23.2012)
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा (01.23.2012)
मुलुक सपार्ने शैक्षिक क्षेत्रमा कहालिलाग्दो विभेद : यादब देवकोटा (01.16.2012)
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा (01.16.2012)
आमाको अवशानबाट मन विचलित भएपछि चिन्तनशून्य हुन पुगिएछ : तारा सुवेदी (01.16.2012)
राष्ट्रिय दिवस नै नभएको लाजमर्दो स्थिति : किरण बुर्लाकोटी (01.16.2012)
राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा (01.09.2012)
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा (01.09.2012)
वर्तमान राजनीतिक नेतृत्व असफलताको दिशातिर : यादब देवकोटा (01.02.2012)
सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा (01.02.2012)
अभाव पूर्तिको नाममा व्यक्तिगत लाभको चलखेल : यादब देवकोटा (12.26.2011)
जातीय संघीयता ‘घरको न खोप्राको’ : महेश्वर शर्मा (12.26.2011)
नेताहरूको विपरीत मतिले पार्टीको थप क्षति नहोस् : तारा सुवेदी (12.26.2011)
पूँजीवादको उपहार हो जलवायु परिवर्तन : यादब देवकोटा (12.20.2011)
परिणाम नसोची गरिएका सम्झौता नामका तम्सुक ! : महेश्वर शर्मा (12.20.2011)
सबै पार्टीभित्रका विपक्षीहरूलाई चेतना भया : तारा सुवेदी (12.20.2011)
जलवायु परिवर्तनको प्रभाव- जैविक विविधता र कृषि प्रणालीमा गम्भीर असर : यादब देवकोटा (12.13.2011)
अद्र्धभूमिगत प्रधानमन्त्रीको गज्याङगुजुङको सय दिन : तारा सुवेदी (12.13.2011)



 
::| Latest News

 
[Page Top]