युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 06.16.2019, 04:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
‘‘विप्लव’’ प्रचण्ड बन्न सक्लान् है - तारा सुवेदी
Monday, 03.18.2019, 04:41pm (GMT+5.5)

गएको ३० गते (फागुन)मा नातिनी ‘प्राज्ञी’ र ‘अभिशा’ स्कुल गएनछन् । अलग–अलग स्कूलमा पढ्ने उनीहरु दुवैजनालाई घरमा नै देखें । आफ्नो नित्य कर्म सकेपछि “किन स्कूल नगएको ?” भनेर सोधें । उनीहरुले रमाउँदै उत्तर दिए “आज नेपाल बन्द छ, हजूरहरुलाई थाहा छैन ?” मलाई अचम्म लाग्यो । अघिल्लो दिनसम्म कहीँ कतै केही नसुनिएको भोलिपल्ट विहानै कहाँबाट “बन्द” को आदेश आएछ । विद्यालयहरुले आ–आफ्ना हजारौं अभिभावकहरुलाई “वस नआउने र आ–आफ्ना बाल बालिकाहरुलाई स्कुल नपठाउने” सूचना कसरी प्रवाहित गर्न सके ? अचम्म लाग्यो । बुझ्दै जाँदा नेकपा “‘विप्लव’ समूह”को अह्वानमा सबै विद्यालयहरु बन्द गरिएको रहेछ । 
अघिल्लो दिन (२९ गते) का पत्रपत्रिका पनि अगाडि नै असरल्ल छरिएका थिए । हेरें, विभिन्न पत्रिकाहरुमा “‘विप्लव’ समूहमाथि राजनीतिक प्रतिबन्ध” भनेर र कुनै पत्रिकामा कसैले “‘विप्लव’का गतिविधि प्रतिबन्धित” भनेर लेखका रहेछन् । आजै नेपालको सबैभन्दा बढी चर्चित पत्रिकामा “प्रतिबन्धले तरंग” (सत्तारुढ) नेकपा भित्रै असन्तुष्टि” भनेर मुख्य समाचारको रुपमा छापिएको पढियो । नेपालका छापा माध्यमहरुमा होस् कि विद्युतीय संचार माध्यम (इलेक्ट्रोनिक मिडिया)हरुमा होस् । कुनैमा बढी र कुनैमा कम रुपमा किन नहोस् । नेकपाका नेत्रविक्रम चन्द– जो हिजोको १० वर्षे सशस्त्र जनयुद्धकालदेखि त्यसबेलाको माओवादीको सुप्रिम कमाण्डर प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेर नेपालको राजनीतिक मूल धारामा प्रवाहित भएर संविधानसभाको लागि हुँदै गरेको निर्वाचनको संघारमा आइपुग्दासम्म वहाँसँगै उभिएको देखिएका थिए– ले गत साल सम्पन्न प्रतिनिधिसभाको लागि हुन लागेको निर्वाचनमा तत्कालीन ने.क.पा. एमालेसँग गठबन्धन गरेर पछि एकीकृत भई सरकारको डि–फ्याक्को सह नेताको विपरित धारा समातेको कुरालाई निकै महत्व दिएको देखियो । 
तिनै नेत्रविक्रम चन्द ‘विप्लव’लाई आजको नेपालको चर्चाको केन्द्रविन्दुमा राखेर सरकारले प्रतिबन्धित समूहका नेताको रुपमा जसरी देखायो । आम संचार माध्यमहरुले समाचार मार्फत् आम जनमानसमा त्यसरी नै पु¥याइरहेछन् । उहीले आम जनताले नचिनेका तत्कालीन नेकपा (चौम) का पक्षधर छापा माध्यममा पुष्प कमल दाहाल “प्रचण्ड”को नामबाट लेखेको लेख पढ्नेका लागि व्यक्तिका रुपमा प्रचण्ड पटक्कै नचिनिएका नेता थिए । 
२०५२ फागुन १ गते ने.क.पा. माओवादीले “सशस्त्र जनयुद्ध” शुरु गरेको झण्डै २÷३ वर्षसम्म बरु संयुक्त जनमोर्चाको नेताको रुपमा २०४८ सालको निर्वाचनमा तत्कालीन संसदमा तेस्रो ठूलो दलको नेताको रुपमा बढी जनताले चिनेका डा. बाबुराम भट्टराईकै नेतृत्वमा माओवादी सशस्त्र जनविद्रोह शुरु भएको ठानेका थिए । किन पनि त्यस्तो विश्वास गरिएको थियो भने उक्त जनविद्रोह शुरु गर्नुभन्दा केही समय पहिले डा. भट्टराई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई ४१ बुँदे ज्ञापन पत्र दिँदै “यदि हाम्रो मागलाई सरकारले बेवास्ता ग¥यो भने सशस्त्र संघर्षको लागि हतियार उठान पनि पछि पर्दैनौं ।” भनेर खुलामञ्चबाट उद्घोषण गर्दै उनी आफ्नो टिम सहित भूमिगत भएका थिए । 
त्यसबेला त्यसबेलाको अल्पमतको सरकारको नेतृत्व गर्दै पहिलोपटक नेपालको राज्यसत्ता नियन्ता बनेका शेरबहादुर देउवाले डा. बाबुराम भट्टराई नेतृत्वको संजमोको नामबाट माओवादीले दिएको चुनौतीलाई पटक्कै वास्ता नगरी “हावादारी कुरा” ठानेका थिए ।
संभवतः बहुमतको एकदलीय गिरिजाको सरकारको त सजिलै पतन भएको कुराको हेक्का नराखी शेरबहादुरले आफ्नो अल्पमतको सरकारको प्रधानमन्त्रीलाई पनि जंगबहादुरकै हैसियतको प्रधानमन्त्री जस्तो ठानेका थिए । त्यसबेला (२०५२ साल)को आन्तरिक कुरा उल्लेख गरौं ।
तत्कालीन प्रधानमन्त्रीबाट रक्षा सचिव चक्रबन्धु अर्याललाई “माओवादीहरुले जनविद्रोह शुरु गर्ने भनेर रोल्पाको होलेरीमा आक्रमण गरेछन् । यो कस्तो समस्या हो र कसरी समाधान गर्नुपर्छ ? रक्षा मन्त्रालयबाट राय सुझाव आओस्” भनी अह्राएछन् । उनले (रक्षा सचिवले) विहानको सचिवकहाँ हुने “शून्य समयको छलफल”मा प्र.म.बाट आएको आदेशलाई सुनाए र सबै अधिकृतलाई होमवर्क गर्न लगाए । त्यसलाई कसैले पनि वास्ता गरेनन् । पंक्तिकारले ५÷६ दिन लगाएर “यो पूर्णतः राजनीति विषयक समस्या हो । यसलाई गैरराजनीतिक ढंगबाट दमन गर्ने जमर्को गरियो भने यस्को परिणाम परिकल्पना नै नगरिएको रुपमा उत्पन्न हुनसक्छ । कुनै हालतमा सुरक्षा बल र प्रहरीको भरमा दमन गर्ने जमर्को नगर्दा बुद्धिमत्तापूर्ण हुनेछ” भनेर ११–१२  पेजको राय सुझाव माओवादीले जनविद्रोहको प्रारम्भ गरेको ४÷५ महिनामा नै प्रधानमन्त्रीलाई दिने गरी पेश गरेको थियो ।
तर त्यसरी रक्षा मन्त्रालयबाट प्रस्तुत राय सुझावलाई सरकार प्रमुखले पुरै बेवास्ता गरे । बरु हल्का फुल्का तरिकाले जिल्ला स्तरका सुरक्षा निकायबाटै दमन र शमन गर्नेतिर लागेको देखियो । त्यसपछि ११–१२ पेजको प्रतिवेदनको सारांश तत्कालीन एउटा निकै लोकप्रिय दैनिक समाचार पत्र “श्री सगरमाथामा प्रकाशन गर्न दिएँ । “सत्ताकै काल बन्नेछन्, सरकार विरोधी माओवादीहरु” शीर्षकमा यसै पंक्तिकारकै नामबाट (सायद ५ मंसीर, २०५३ को मितितिर) विश्लेषण गरी प्रकाशित पहिलो लेख नै सायद त्यही थियो ।
त्यसको ५÷७ वर्षसम्म माओवादी जनयुद्धलाई रोल्पा रुकुमका कुना कन्दरातिर केन्द्रित तथाकथित सशस्त्र विद्रोहको नेतृत्व गर्दै गरेका एक “गुमनाम व्यक्ति” को आतंकवादी गतिविधि” नै ठानेर सरकारले कानमा तेल हालेर सुत्यो । जब डोल्पाको दुनैमा आक्रमण गरी, सदरमुकाम ध्वस्त पारियो, त्यसपछि सरकार झस्कियो । प्रहरी संगठनलाई “आतंकवादीहरुलाई खोज्दै सखाप पार्नु” भन्ने फरमान जारी ग¥यो । “माओवादी विद्रोहलाई राजनीतिक रुपमा नै समय छँदै समाधान गर्नुपर्छ । अन्यथा देशी विदेशी अवाञ्छित तत्वको हातमा उक्त आन्दोलन पुग्नसक्छ । राज्य त्ता नै गुम्न सक्नेसम्मको परिणाम आउन सक्छ” भनेर गरिएको प्रक्षेपणसहित पेश गरेको उक्त प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा सायद अहिले पनि होला, खोजेर हेरे हुन्छ । 
जेहोस्, २०५२ सालको माओवादी सशस्त्र जनविद्रोहको सुप्रिमो (सर्वोच्च कमाण्डर) पुष्पकमल दाहाल प्रचण्ड रहेछन् । उनीसँगै १० वर्षे सशस्त्र जनविद्रोहका सहयोद्धा नेत्रविक्रम चन्द ‘विप्लव’ अहिलेको सुप्रिमो (सर्वोच्च कमाण्डर) बनेको सुनिन्छ । त्यसैले सायद उनको संगठन सम्पर्क सूत्र र संजाल रोल्पा, डोल्पा, रुकुम जाजरकोटसम्म मात्र सीमित छैन । नोयडा, हिमाञ्चल, देहरादून (उत्तराञ्चल)सम्म पनि फैलिएको हुनसक्छ । किनकि १० वर्षे माओवादी सशस्त्र जनविद्रोह गाउँ, जिल्लास्तरमा कसरी आधारक्षेत्र तयार गर्दै ग्रामीण क्षेत्रका भोका नांगाहरुलाई के कस्ता सुनौला सपना देखाएर संगठित गरिएको थियो । त्यसमा ‘विप्लव’ पक्कै पूर्ण जानकार थिए । “माओवादी” का रणनीति, कार्यदिशा दशाका कमी कमजोरीबारे पनि राम्ररी देखे बुझेका थिए । 
त्ययस्तै त्यसबेला झण्डै वीसौं हजारको रगतको खोला तर्दै सिंहदरबार पुगेका नेताहरुले सत्तामा पुगेपछि जसरी उनीहरु सुदूर गाउँका गरीब, विपन्न र सीमान्तीकृतलाई विर्से । त्यसलाई राम्ररी भजाएर अर्को विद्रोहको लागि कसरी जनतालाई संगठित गर्ने ? त्यो पनि ‘विप्लव’लाई थाहा भएकै होला । त्यसैले हिजोको माओवादी सशस्त्र विद्रोहका सुप्रिमोले “मलाई मारेर राष्ट्र बन्छ ।” भन्दै “आफूमाथि सुरक्षाको ठूलो चुनौती रहेको” सार्वजनिक गरेको हुनुपर्छ ।
तर वर्तमानमा सत्ता नियन्ता बनेको पूर्व एमाले एवं माओवादीको “एकीकृत” (एकीभूत नभनौं) झण्डै दुई तिहाई बहुमतको बलशाली सरकारले जसरी २०५२ सालका प्र.म. शेरबहादुरको सरकारको शैलीमा ‘विप्लव’को नेतृत्वको नव विद्रोहको शंखनादलाई हल्का तरिकाले लिइरहेछ, त्यसको परिणाम सुखद किमार्थ हुने छैन । कारण स्पष्ट छ । जनताको मन, विश्वास जितेर भन्दा झूठो र असम्भवं सपना बाँड्ने र विद्रोहको धम्की दिएर, धुक्र्याएर र केही ठाउँमा प्रेसर कुकर र सकेट बम पड्काउँदै एक प्रकारको चोर बाटो वा पछाडिका झ्याल ढोका (जस्केलो) बाट सजिलै शासन सत्ता नियन्ता वा त्यसको हिस्सेदार बन्न पाउने रहेछ” भनेर प्रचण्डदेखि सी.के.सम्मले सावित गरेर देखाइदिएकै छन् । 
फेरि ‘विप्लव’ जस्ता माझिएका र माओवादी जनविद्रोहले “कुशल रणनीतिका र योद्धा” बनाएका नेताले त्यो नबुझेरै, त्यत्तिकै नयाँ जनविद्रोहको दुन्दुभी फुकेका पक्कै होइनन्, छैनन् । त्यति मात्र होइन गोइतदेखि सी.के. राउत लगायतसम्मले प्रचण्ड बन्ने सपना देखेका बेला, हिजोको कालखण्डसम्म प्रचण्डकै हाराहारीको नेता ‘‘विप्लव’ले नेकादेखि पूर्व राजा राजपा, राप्रपासम्मलाई मात्र होइन, सिंहदरबारभित्रका बेताजका नयौं नववादशाहबीच विद्रोह गराई कुनै नयाँ हास्तिनापुरमा अर्को सम्झौता गरेर÷गराएर अजेय प्रचण्ड वा नयाँ जंगबहादुर बन्ने सपना देखेका भए आश्चर्यको कुरा हुने छैन । 
यद्यपि अहिले नै “क्रान्तिको कोक्रो”मा हुर्किँदै गरेका ‘विप्लव’लाई प्रचण्डको दोस्रो संस्करण वा विकल्प हुन् भन्नु धेरै छिटो होला । तथापि झण्डै सात दशकको कालावधिभित्र आधा दर्जन शासन व्यवस्था जन्माउँदै र घाँटी अँठाएर भड्खारोतिर फाल्दै गर्ने हाम्रो परम्परा र संस्कार भइसकेको छ । तर त्यस्तो राजनीतिक विकृतिपूर्ण संस्कार संस्कृतिका हामी स्वयं सर्जक हौं । नेपालको सुदूर दराजक नै त्यस्को गंगोत्री हो र हुनसक्छ” प्रक्षेपण कथंचित भोली सत्य नै सावित हुने निश्चित जस्तो देखिएको भए पनि आज नै दुनियाले किमार्थ पत्याउन सक्दैन होला । 
राजधानी खाल्डोभित्र र मोफसलमा, भ्याए र पत्याए प्रायः सबै दल निकट (मौका परे भोली सत्ता र शक्तिमा जानसक्ने संभावित समेत) पार्टीका कृयाशील सदस्यता लिइ सबै प्रभावशाली नेताका कोठा चोटासम्म सहज पहुँच बनाएका कथित स्वतन्त्र बुद्धिजीविहरुको विचार बुझ्ने हो भने अब “परिवर्तनका संवाहक” उनै ‘विप्लव’ मात्रै देखिँदै आएका छन् । 
तर पंक्तिकार जस्ता “बार्बरिक”हरुका विवेक र दृष्टिले विगतदेखि वर्तमान (मौजूदा) व्यवस्था कालखण्डको शासन व्यवस्था मात्र होइन । आगतमा हुने शासकीय व्यवस्था समेतका परिवर्तनका परिदृश्यमा नेपाली नेता र जनताका नै अनुहार भलै किन नदेखियून् । तर ती त मात्र निमित्त पात्र मात्र हुँदै आएका छन् । सत्ता शक्तिका भोका, प्यासा र कसैको सहयोगको आशामा भौतारिएका अबोधहरुको भीड मात्र हो । सबैलाई यस्तो यस्तो चेतना बोध भइसकेको छ । 
त्यसैले श्रीपेचधारी त्रिभुवनले प्रजातान्त्रिक क्रान्तिको नेतृत्व गरेको इतिहास पढेर प्राज्ञ बनेका हामीले नै गिरिजाप्रसाद कोइरालाजस्ता जन्मजात गणतन्त्र र कम्युनिष्टको नाम सुन्न नचाहने व्यक्ति नेपालमा राजतन्त्र फालेर गणतान्त्रिक पद्धतिका “महान् पुरोधा मान्यौं”, महानायकको सर्वोच्च विभूषण भिरायौं । 
यस्तो परम्परामा अब प्रचण्डपछिको पुस्ताको ‘महानायक’ ‘विप्लव’लाई बनाउने ग्य्राण्ड डिजाइन अनुसार नै सी.के. राउतलाई मात्र नभई थापा, देउवा र केपीलाई समेत ‘विप्लव’को राजतिलक तयारीको निमित्त कुनै ठाउँमा जम्मा गरी कसैले आफ्नो पकेटबाट निकालेको सम्झौता पत्रमा ल्याप्चे लगाउन लगाएको परिदृश्य देख्नुप¥यो भने कुन आश्चर्यको विषय होला । 


Rating (Votes: )   
Share     Print


Other Articles:
संघीयता : बिसौलीको भाँडो– धार्नेको पन्यू - महेश्वर शर्मा (01.01.2019)
विवादास्पद अन्तरिम आदेश : अनुत्तरित प्रश्न ! - तारा सुवेदी (01.01.2019)
नेपालमा अग्र्यानिक बुद्धिजीवीको खाँचो ! - महेश्वर शर्मा (12.11.2018)
‘मिसनरीकरण मिसन’को इतिवृत्तान्त - तारा सुवेदी (12.11.2018)
चुहुने भाँडो नटालेसम्म देश उँभो लाग्दैन - महेश्वर शर्मा (11.20.2018)
घाँटी थिचिएको बेला कसरी “जयगान” गर्ने ? - तारा सुवेदी (11.20.2018)
निर्माणका नाममा विध्वंशक अभियान !- महेश्वर शर्मा (10.10.2018)
सत्तारुढ पार्टीभित्र प्रतिपक्षीको औचित्य- तारा सुवेदी (10.10.2018)
दशैंको जमरा, दुर्गाकवच अनि मातृशक्तिको महिमा - वेदराज पन्त (10.10.2018)
बलेको आगो ताप्नेको खाँडो जागेको छ (10.02.2018)
किन सरकारमाथि चौतर्फी आक्रमण ? (10.02.2018)
अबको अभियान– अभिभावकलाई रोजगारी बालबालिकालाई शिक्षा- गीता श्रेष्ठ (09.25.2018)
नेतृत्वका दुई पक्ष– गुनिलो र गुलियो (09.25.2018)
उही “बेथितिकै थिति”मा रम्दै गर्दा ! (09.25.2018)
पराश्रयी मनोवृत्ति र विखण्डनको झस्को (09.11.2018)
सबल सरकार, निर्धो राज्य, गिर्दो अर्थतन्त्र ! (09.11.2018)
प्रधानमन्त्रीज्यूलाई खुलापत्र (09.04.2018)
सरकार कस्को पक्षमा काम गर्दैछ ? (09.04.2018)
कुराले मात्रै देश विकास हुने भए... (08.28.2018)
भुक्तानी सन्तुलन सुधार्ने विकल्प ? (08.28.2018)



 
::| Latest News

 
[Page Top]