युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 08.22.2019, 10:16pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सूचनाको महत्व र सूचनाप्रद निकाय - महेश्वर शर्मा
Thursday, 03.28.2019, 11:07am (GMT+5.5)

जासूसी दुनियामा एउटा भनाइ छ– “एउटा सानो सूचनाले पचास हजार सैनिकको काम गर्छ ।” त्यसैले यो गम्भीर भएर मनन गर्नुपर्ने विषय हो । भरपर्दा सूचना प्राप्त गर्न हरेक देशले आफ्नै हिसावबाट विभिन्न विषय र तहका सूचना संग्रह गरेका हुन्छन् । जस्तै भारतको सिआईए र ‘रअ’ । त्यस्तै पाकिस्तानको आईएसआई, रुसको केजीबी, इजरायलको मोसाद र ब्रिटेनको एमआई सिक्स ।
यसरी हरेक देशले आफ्नो देशको आन्तरिक र बाहिरको हेर्ने गरी दुईथरि गुप्तचर संस्था बनाएर काम गरिरहेका हुन्छन् । जस्तै भारतमा आन्तरिक मामिलामा आई.बी (इन्टेलिजेन्स ब्यूरो)ले काम गर्छ भने बाहिर ‘रअ’ले । त्यस्तै सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेशन, नेभि इन्टेलिजेन्स र नार्कोटिक कन्ट्रोल ब्यूरो । अमेरिकामा संघीय मामिला हेर्ने फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) छ भने अन्तर्राष्ट्रिय मामिला हेर्ने सेन्ट्रल इन्टेलिजेन्स ब्यूरो (सिआईए) छ ।
नेपालमा पनि राष्ट्रिय अनुसन्धान विभाग, (जनसम्पर्क प्रधान कार्यालय), प्रतिआतंक इकाई, सैनिकको डीएमआई, प्रहरीको सिआईबी, लागूऔषध नियन्त्रण इकाई र राजश्व अनुसन्धान विभाग समेतले काम गर्दैआएका छन् । साविकमा अर्थात् पंचायतकालमा जनसम्पर्क प्रधान कार्यालय अन्तर्गत (क) र (ख) गरी भित्र र बाहिर हेर्ने छुट्टाछुट्टै अंग थिए । तर बहुदल आएपछि तिमीहरुलाई बाहिर हेर्ने किन चाहियो ? हामी नै हेरिदिन्छौं भनेर भारतले नेताहरुलाई फुस्ल्याएपछि अन्तर्राष्ट्रिय स्तरमा हेर्ने (ख)लाई २०४८ सालमै खारेज गरिएपछि नेपालमा काउन्टर इन्टेलिजेन्स रहेन । यहाँ रअको एकलौटी हैकम चल्यो ।
यसरी सूचना संकलनमा नेपाल ज्यादै कमजोर भयो । अस्ति भर्खर एकैदिन झण्डै दुई दर्जन जिल्लामा एनसेलका टावरमा बम बिस्फोट भए भने राजधानीमा त एकजनाको मृत्यु पनि भयो र अन्य कतिपय घाइते भए । त्यत्रा बिस्फोट हुँदा कहीं कतै कसैले पूर्व सूचना दिएन । यसैबाट पनि हाम्रो सूचना संयन्त्र कति निस्क्रिय अथवा कमजोर रहेछ भनेर बुझ्न गाह्रो भएन ।
यहाँ अर्को विचारणीय प्रश्न के छ भने सूचनाप्रद निकायमा भर्ना गरिने मान्छे विज्ञताका आधारमा नभै कतै नविकेकाहरु ठूलाबडाका सिफारिश र मन्त्रीका ठाडो आदेशका भरमा अयोग्यहरु नै बढी मात्रामा भर्ना गर्ने परिपाटीले गर्दा त्यस्ताहरुमा सही सूचना प्राप्त गर्नसक्ने क्षमता नै हुँदैन भने अर्काथरि आफूलाई गुप्तचर भएको जनाएर माथि राम्रो रिपोर्ट गरिदिने भनेर भ्रष्ट र तस्कर दुई नम्बररियाहरुबाट फाइदा उठाउनमै बढी संलग्नहरुका भरमा भरपर्दा सूचना सरकारलाई प्राप्त नहुनु स्वाभाविक छ ।
नेपालको भारतसंग १८८० किसिम सीमाना जोडिएको छ । अर्थात् हाम्रा २६ जिल्ला जोडिएका छन् । तीमध्ये २३ जिल्लाका ७१ ठाउँमा ३७२ वर्ग किसिम क्षेत्र अतिक्रमित छ । त्यस्तै चीनसित १४१४ किसिम जोडिएको सीमाना छ । यति लामा सीमानाा एकप्रकारले सूचनाविहीन छन् । भारतसितको सीमना खुलै छ । भारतको पाकिस्तान र बंगलादेशसित भने समिानामा तारबार छ । नेपाल–भारतका अनेक महत्वपूर्ण नाकाबाट अनेकथरि अवाञ्छित र अवैध गतिविधि भए पनि सूचनासूत्रको अभाव छ । सूचनाका सम्बन्धमा नेपाल एकप्रकारले भगवान भरोशामा छ भने हुन्छ ।
गोप्य सूचनाप्रद निकायका अधिकांश तल्ला तहका कर्मचारीको पदीय दायित्वको प्रभाव सिर्तो उठाउनमा बढी प्रयोग हुने र हाकिमहरुले पनि त्यस्तै दुईजिभ्रेलाई पत्याउने परम्परामा आज झन निर्धक्क भएर मिहिनेत गर्ने प्रवृत्ति सुस्तायो भने के होला ? ‘यसै त मुसुरी हिङले झानेकी’ भनेझैं सूचनाप्रद निकाय समेत प्रधानमन्त्रीकै मातहत सारिएपछि यो कतै बोधो हुने त होइन ? भन्ने व्याप्त शंकाको वातावरण समाप्त भएर शुभ सुन्न पाइयोस् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
हल्लामा आएको “विधेयक” माथिको “सडक बहस” - तारा सुवेदी (03.28.2019)
संघीय शासनको चक्र : अर्थको अनर्थ - महेश्वर शर्मा (03.18.2019)
‘‘विप्लव’’ प्रचण्ड बन्न सक्लान् है - तारा सुवेदी (03.18.2019)
संघीयता : बिसौलीको भाँडो– धार्नेको पन्यू - महेश्वर शर्मा (01.01.2019)
विवादास्पद अन्तरिम आदेश : अनुत्तरित प्रश्न ! - तारा सुवेदी (01.01.2019)
नेपालमा अग्र्यानिक बुद्धिजीवीको खाँचो ! - महेश्वर शर्मा (12.11.2018)
‘मिसनरीकरण मिसन’को इतिवृत्तान्त - तारा सुवेदी (12.11.2018)
चुहुने भाँडो नटालेसम्म देश उँभो लाग्दैन - महेश्वर शर्मा (11.20.2018)
घाँटी थिचिएको बेला कसरी “जयगान” गर्ने ? - तारा सुवेदी (11.20.2018)
निर्माणका नाममा विध्वंशक अभियान !- महेश्वर शर्मा (10.10.2018)
सत्तारुढ पार्टीभित्र प्रतिपक्षीको औचित्य- तारा सुवेदी (10.10.2018)
दशैंको जमरा, दुर्गाकवच अनि मातृशक्तिको महिमा - वेदराज पन्त (10.10.2018)
बलेको आगो ताप्नेको खाँडो जागेको छ (10.02.2018)
किन सरकारमाथि चौतर्फी आक्रमण ? (10.02.2018)
अबको अभियान– अभिभावकलाई रोजगारी बालबालिकालाई शिक्षा- गीता श्रेष्ठ (09.25.2018)
नेतृत्वका दुई पक्ष– गुनिलो र गुलियो (09.25.2018)
उही “बेथितिकै थिति”मा रम्दै गर्दा ! (09.25.2018)
पराश्रयी मनोवृत्ति र विखण्डनको झस्को (09.11.2018)
सबल सरकार, निर्धो राज्य, गिर्दो अर्थतन्त्र ! (09.11.2018)
सरकार कस्को पक्षमा काम गर्दैछ ? (09.04.2018)



 
::| Latest News

 
[Page Top]