युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.23.2019, 04:22am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
धर्मको स्वाङमा अलमलिएको राजनीति - महेश्वर शर्मा
Thursday, 04.04.2019, 01:29pm (GMT+5.5)

प्रतिस्पर्धा राजनीतिमा हुनैपर्ने तत्व हो भने नेतृत्वमा हुनुपर्ने तत्व चाहिं इमान्दारी र आचरणको शुद्धता हो । जति ठूलो पद उति नै ठूलो जिम्मेवारी नेताको हुन्छ । तर आजको प्रतिस्पर्धा नै ज्यादै घटिया खालको देखिएको छ । दलहरु बदनाम छन् । अनुयायी जति नै खोटी भए पनि र जति नै गन्हाका भए पनि त्यस्तैलाई बोक्ने नेता र जतिसुकै भ्रष्ट र कलंकित भए पनि नेतालाई धुरीमा चढाउने कार्यकर्ताको व्यवहारले आजको राजनीतिक गतिविधि बदनाम भएको छ । तर, नेताहरु यो वास्तविकताप्रति आँखा चिम्लिरहेका छन् ।
राजनीति आज बेजिम्मेवार हिसाबमा संचालित छ । यो नेताहरुकै कमजोरी हो । कार्यकर्ता र अनुयायीले स्वार्थवश नेतालाई अति मानव बनाएर हौस्याइरहेका छन् । नेता भ्रष्ट नै भए पनि गुणगान गरेर उचाल्छन् । अनि नेता पनि मक्ख परेर आफूलाई सु¥याएर स्वार्थ पूरागर्ने नालायकहरुलाई काँधमा चढाएको देखेर जनता रुष्ट भएको पनि थाहा नपाएका हुन् कि कुन्नि ! यो सबै बेफाइदाको परिणाम त आखिर जनताले नै ब्यहोर्नु पर्दछ । देशमा व्याप्त भ्रष्टाचार र जनअसन्तोष यिनै र यस्तै भँडुवाहरुकै कारण सिर्जिएको छ ।
आज राजनीति गर्नेहरुले धर्मको प्रशस्त दुरुपयोग गरेका छन् । माक्र्सले धर्म अफिम भनेको पनि बेठिक होइन । किनभने धर्मको लत बसेपछि मान्छेले सितिमिति धर्म छोड्दैन अफिमकै जस्तो लत बस्छ धर्मको पनि । नेताले धर्म छोड्यौ अथवा धर्मनिरपेक्ष भन्नु स्वाङ मात्रै हो । पण्डित–पुरोहितले गंगाजल र गहुँत छर्केर पवित्र हुने ठाउँमा आजका स्वाँङीहरु विधर्मीबाट वाइन छर्की मागेर वाइनपान गरेर धर्म निरपेक्ष भन्न थालेका छन् ।
संसारमा धर्मकै नाममा देश विभाजित भएका छन् । धर्मकै कारण लडाई भएका छन् । धर्मकै नाममा दंगा भड्केका छन् । सोझासिधा जनतालाई धर्मका नाममा भ्रमित पारेर स्वार्थसिद्ध गर्नेमा धर्मका स्वाङ गर्ने धर्मनिरपेक्षतावादी नै छन् । यिनीहरु सप्ताह–पुराण लगाएर पैसा पनि असुल्छन्, धर्म मान्दैनौं पनि भन्छन् । यही सरकारले नै आयोजना गरेको एसिया–प्यासिफिक समिट पनि क्रिश्चियन धर्म प्रचारकै लागि थियो । तर चौटा खान हिंड्दा झोलमा डुबेजस्तो प्रधानमन्त्री ओलीजी र उहाँको पार्टीलाई धर्मको स्वाङमा अलमलिएको देखेर जनताले धिक्कारेको होस चाहिं आयो कि आएन कुन्नि ?
यथार्थमा ठूला पदमा बस्ने मान्छे सावधान भएर मातहतका क्रियाकलापमा ध्यान दिएर जनसरोकारका विषयमा कमी कमजारी हुन नदिने दायित्व नेतृत्वमै हुन्छ । तर नेतृत्व नै आफ्नो दायित्वबाट च्यूत हुन्छ भने अरुबाट असल कामको अपेक्षा राख्नु व्यर्थ हुन्छ । आजसम्मको गतिविधिबाट नेतालाई चाहिएको सत्ता मात्र रहेछ, जनता र प्रजातन्त्र भन्ने अनुभव भएको छ । जनताका लागि प्रजातन्त्र त आउँनै दिएनन् । प्रजातन्त्रलाई त नेताका स्वार्थपूर्तिका साधन मात्र बनाएको अनुभूति भैरहेको छ ।
कार्यकर्ता र अनुयायीका गुण अवगुण र सामथ्र्यको मात्रा अनुसार प्रश्रय र स्थान दिनपर्नेमा आफ्नै गुणगान गर्नेलाई अघिसार्ने गर्नाले असल कार्यकर्ता फालिने गरेका कारण गुटबन्दी सिर्जना भएको दोष नेताहरुमै जान्छ । राजनीति स्वच्छ नहुनुको कारण पनि त्यही हो । जनताकै लागि काम गर्ने हो भने फोस्रा भाषण होइन कामै गरेर विश्वास लिन सक्नुपर्छ ।
राजनीतिमा आज चर्को असहिष्णुता देखिएको छ । एकले अर्कालाई होच्याउने र नसहने प्रवृत्ति बढ्दो छ । अरुको निन्दा गरेर आफू असल देखिन खोज्नु कुनै गुण र योग्यता होइन, बरु अवगुण मान्नुपर्दछ । अनावश्यक विवाद  र इष्र्या–द्वेष अनि सत्तोसराप गरेर होइन, आफ्नै सदाचरणबाट उठ्ने कोसिस गर्नु राम्रो हो, जुन कुराको आज निकै खाँचो छ ।
त्यसो त सत्ता भनेकै अहमको स्वरुप हुन्छ, तैपनि त्यो सुहाउँदो भएन र संयमको सीमा नाघ्यो भने राम्रो मानिंदैछ । आजका सत्ताधारीहरुमा अहम्को मात्रा बढ्दो क्रममा देखिनाले सीमा ननाघोस भन्नु पनि धर्म नै हो । राष्ट्रको स्वतन्त्र अस्तित्वलाई ध्यानमा राखिनुपर्छ । बहुमतलाई मातमा जान दिन हुँदैन । उत्ताउलो काम नहोस् । खोटा काम गर्नेलाई आफ्नो मान्छे भनेर जोगाउने काम भयो भने त्यस्तो प्रवृत्तिले नेतालाई या मन्त्रीलाई मात्र होइन, सम्बन्धित दललाई हानी हुन्छ । राजनीतिक स्वार्थमा धर्मको स्वाङ नगरियोस् भन्नु पनि अर्घेल्याई हुने छैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सूचनाको महत्व र सूचनाप्रद निकाय - महेश्वर शर्मा (03.28.2019)
हल्लामा आएको “विधेयक” माथिको “सडक बहस” - तारा सुवेदी (03.28.2019)
संघीय शासनको चक्र : अर्थको अनर्थ - महेश्वर शर्मा (03.18.2019)
‘‘विप्लव’’ प्रचण्ड बन्न सक्लान् है - तारा सुवेदी (03.18.2019)
संघीयता : बिसौलीको भाँडो– धार्नेको पन्यू - महेश्वर शर्मा (01.01.2019)
विवादास्पद अन्तरिम आदेश : अनुत्तरित प्रश्न ! - तारा सुवेदी (01.01.2019)
नेपालमा अग्र्यानिक बुद्धिजीवीको खाँचो ! - महेश्वर शर्मा (12.11.2018)
‘मिसनरीकरण मिसन’को इतिवृत्तान्त - तारा सुवेदी (12.11.2018)
चुहुने भाँडो नटालेसम्म देश उँभो लाग्दैन - महेश्वर शर्मा (11.20.2018)
घाँटी थिचिएको बेला कसरी “जयगान” गर्ने ? - तारा सुवेदी (11.20.2018)
निर्माणका नाममा विध्वंशक अभियान !- महेश्वर शर्मा (10.10.2018)
सत्तारुढ पार्टीभित्र प्रतिपक्षीको औचित्य- तारा सुवेदी (10.10.2018)
दशैंको जमरा, दुर्गाकवच अनि मातृशक्तिको महिमा - वेदराज पन्त (10.10.2018)
बलेको आगो ताप्नेको खाँडो जागेको छ (10.02.2018)
किन सरकारमाथि चौतर्फी आक्रमण ? (10.02.2018)
अबको अभियान– अभिभावकलाई रोजगारी बालबालिकालाई शिक्षा- गीता श्रेष्ठ (09.25.2018)
नेतृत्वका दुई पक्ष– गुनिलो र गुलियो (09.25.2018)
उही “बेथितिकै थिति”मा रम्दै गर्दा ! (09.25.2018)
पराश्रयी मनोवृत्ति र विखण्डनको झस्को (09.11.2018)
सबल सरकार, निर्धो राज्य, गिर्दो अर्थतन्त्र ! (09.11.2018)



 
::| Latest News

 
[Page Top]