युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.23.2019, 02:00am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
अधिकारको भोक हन्तकारी नै हुँदोरहेछ - महेश्वर शर्मा
Thursday, 04.25.2019, 02:22pm (GMT+5.5)

आज राज्यका हरेक तहमा बेथितिको संक्रमण बढ्दो क्रममा छ । यसमा केन्द्रदेखि स्थानीय तहसम्मका कोही पनि छुटेका छैनन् अर्थात् सरकारका अंगहरु सबै बेलगाम छन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रादेशिक सभाहरुदेखि गाउँपरिषदसम्म सबै यसमा सम्मिलित छन् । आर्थिक बेथिति बढ्दो क्रममा छ । प्रतिदिन नयाँ नयाँ काण्ड थपिंदै जाँदा पुराना काण्डहरु त्यसै छोपिदै जाँदा रहेछन् कि कुन्नि ! चर्चामै आउन छोड्दा रहेछन् । प्रधानमन्त्रीले भन्नुभएको सिंहदरबार त साँच्चै नै आर्थिक बेथितिका कर्मकाण्डका साथ गाउँगाउँमा पुगिसकेछ ।
यहाँ सबै अधिकारका भोकाहरुकै ताँती छ । कर्तव्यको ‘क’ उच्चारण हुन छोडेको छ । जुनसुकै क्षेत्र पनि प्राप्त अधिकारको दुरुपयोगमै व्यस्त देखिन्छ । जताततै गुनासै गुनासा सुनिन्छन् । प्रधानमन्त्री नै सबैभन्दा राम्रो काम मैले नै गरेको छु तर मलाई नै खोट लगाउँछन् भन्नुहुन्छ भने अरुको के कुरा । आखिर गुनासा किन हुन्छन् ? राम्रो काम भए त गुनासो नहुनुपर्ने ? जनचाहना अनुसार काम भएन भनेर जनगुनासा आउनु स्वाभाविक हो, तर प्रधानमन्त्री नै गुनासो गर्न अघि सरेपछि सोध्नैपर्ने भयो– अब जनताले उहाँलाई के गरिदिनुप¥यो ? सारा अधिकार उहाँकै हातमा छ । राष्ट्रपति बनाउने सामथ्र्य समेत उहाँमा छ भने अब के पुगेन ? जनताले अब के थपिदिनुप¥यो ? जनतासित त अब हाडछाला मात्र बाँकी छ ।
जनताले चाहेको नभए पनि प्रधानमन्त्रीको चाहना बमोजिम त भएकै छ नि । सरकारमा हुनेहरुका चारित्रिक दुर्बलताका कारण जनचाहना अनुसार काम हुन नसकेको यथार्थलाई प्रधानमन्त्रीजी स्वीकार गर्नुहुन्छ कि हुन्न कुन्नि ? यो वास्तविकतालाई अंगीकार गरेर अघि बढेमा उहाँकै उचाई बढ्ने थियो । भजनमण्डलीको घेराबाट बाहिर निस्केर गृध्रदृष्टि लगाउनुभयो भने देखिनेछ जनता कसरी लुटिएका छन् भन्ने दृश्य । पशुपति शर्माका गीतलाई प्रतिबन्ध लगाउँदैमा आजको व्यापक भ्रष्टाचार छोपिएला र ? जनताले चाहेको केन्द्रदेखि गाउँतहसम्म व्याप्त चारित्रिक दुर्बलताको उपचार हो । जनताको त्यो मागलाई अर्घेलो भन्न सुहाउला र ?
हरेक कुराको सीमा हुन्छ, तर आजको व्यवहार हेर्दा न अधिकार प्रातिको, न त प्राप्त अधिकारकै दुरुपयोगको सीमा भेटिन्छन् । प्रधानमन्त्रीकै भोक मरेको छैन थप अधिकारको भने अरुको के कुरा ? जति धेरै भए पनि नअघाइने यो कस्तो हन्तकारी अगस्थि रोग रहेछ कुन्नि अधिकारको भोक ? त्यो पनि उपयोग भैदिए त हुन्थ्यो, बढी चाहनाका पछाडिएको इरादा नै दुरुपयोगमा गएर ठोक्किने गरेका उदाहरण यहाँ प्रशस्त छन् । 
कुनै पदमा पुग्दैमा मैले जे गरे पनि हुन्छ भन्नेखालको अहम रोग फैलिएको छ । जसले आफैंले बाटो देखेको छैन भने उसले अरुलाई बाटो देखाउन सक्दैन । आज राजकाजमा बेथिति बढ्नाको कारण त्यही हो । पदमा पुग्नु ठूलो कुरा होइन, त्यहाँ पुगेर गर्नुपर्ने कामको महत्व बुझेर निष्ठापूर्वक सम्पन्न गर्नु चाहिं ठूलो कुरा हो । जनप्रतिनिधिमा त्यस्तो चेतना जागृत नभएसम्म र ठीक बेठीक के गर्दैछु भन्ने होस नछिरेसम्म पदको मर्यादा बिटुल्याउनु मात्रै हुन्छ । कसले के गर्दैछ भनेर जनताले हेरिरहेका हुन्छन् । आफूले पाएको पद जनताले केही गर्नका लागि दिएका हुन् भन्ने बिर्सन मिल्दैन । त्यो पद स्वार्थपूर्तिका लागि होइन, जनहितका पक्षमा केही गर्नका लागि हो भन्ने सम्झेर काम गरेमा नै सबैको कल्याण छ ।
मान्छे गुणैगुण र दोषैदोषका भएको पनि हुँदैन । मान्छे भनेकै गुण र दोषको पुञ्ज हो, मिश्रण हो । त्यस मिश्रणको मात्रा कसैमा घटी कसैमा बढी हुनसक्छ, फरक यत्ति हो । यहाँ प्रधानमन्त्री ओलीजीलाई पनि गुणैगुणको र दोषैदोषको देख्नेहरु पनि होलान । तर त्यो यथार्थ होइन । यथार्थलाई स्वीकार गर्न सके समस्या हलुंगिन्छ, नत्र बल्झिन्छ पनि । अहिले सुल्झिनुसट्टा बल्झिए जस्तो देखिएको छ । यसलाई सच्याएर अघि बढुन सक्नुपर्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
फर्केर हेर्दा- त्यो तीस वर्ष, यो तीस वर्ष : तारा सुवेदी (04.25.2019)
दोस्रो लगानी सम्मेलनले दिएको सन्देश - तारा सुवेदी (04.10.2019)
आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा (04.10.2019)
कहिलेसम्म छोरालाई बोर्डिङ र छोरी सरकारीमा ? – गीता श्रेष्ठ (04.04.2019)
धर्मको स्वाङमा अलमलिएको राजनीति - महेश्वर शर्मा (04.04.2019)
सूचनाको महत्व र सूचनाप्रद निकाय - महेश्वर शर्मा (03.28.2019)
हल्लामा आएको “विधेयक” माथिको “सडक बहस” - तारा सुवेदी (03.28.2019)
संघीय शासनको चक्र : अर्थको अनर्थ - महेश्वर शर्मा (03.18.2019)
‘‘विप्लव’’ प्रचण्ड बन्न सक्लान् है - तारा सुवेदी (03.18.2019)
संघीयता : बिसौलीको भाँडो– धार्नेको पन्यू - महेश्वर शर्मा (01.01.2019)
विवादास्पद अन्तरिम आदेश : अनुत्तरित प्रश्न ! - तारा सुवेदी (01.01.2019)
नेपालमा अग्र्यानिक बुद्धिजीवीको खाँचो ! - महेश्वर शर्मा (12.11.2018)
‘मिसनरीकरण मिसन’को इतिवृत्तान्त - तारा सुवेदी (12.11.2018)
चुहुने भाँडो नटालेसम्म देश उँभो लाग्दैन - महेश्वर शर्मा (11.20.2018)
घाँटी थिचिएको बेला कसरी “जयगान” गर्ने ? - तारा सुवेदी (11.20.2018)
निर्माणका नाममा विध्वंशक अभियान !- महेश्वर शर्मा (10.10.2018)
सत्तारुढ पार्टीभित्र प्रतिपक्षीको औचित्य- तारा सुवेदी (10.10.2018)
दशैंको जमरा, दुर्गाकवच अनि मातृशक्तिको महिमा - वेदराज पन्त (10.10.2018)
बलेको आगो ताप्नेको खाँडो जागेको छ (10.02.2018)
किन सरकारमाथि चौतर्फी आक्रमण ? (10.02.2018)



 
::| Latest News

 
[Page Top]