युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 01:51pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
गताङ्को बाँकी ... यताको तीस वर्षे शासनको शब्दचित्र - तारा सुवेदी
Tuesday, 04.30.2019, 01:48pm (GMT+5.5)

गएको १० बैशाखको अंकमा त्यो तीस वर्षे शासनकाल र त्यस यताको तीस वर्ष शासनकालबारे फर्केर नियाल्ने सोचबाट लेख शुरू भएको थियो । यहाँ दोहोराई राख्नु नेपाली त्यो तीस वर्षे शासनकाल भनेको २०१७ सालबाट शुरू भएको निर्दलीय निरंकुश ताजपोशधारी दुइ पुस्तासम्मका राजालाई अगुवा बनाएर केही मुठ्ठीभर टाठाबाठा ठगुवा पञ्चहरूको जत्थाले रजाइ गरेको कालखण्डको शासन प्रणाली थियो । यहाँ “पञ्चहरूको जत्थाले रजाई गरेको” भन्नुको कारण के थियो भने त्यस बेलाको संविधानले दलगत परिचय  दिएर संगठित भई राजनीति गर्न निषेध गरेको थियो ।  त्यसैले त्यसबेलाका फटाहाहरूले आ–आफ्नो गुट बनाई, व्यक्तिगतरूपमा राजाको गुणगान वा जयजयगान गर्दै राजनीति गर्थे । त्यसको अन्तर्यमा उनीहरूको नियत के थियो वा रहेको हुन्थ्यो भने काम सबै आफ्नो व्यक्तिगत स्वार्थ केन्द्रित भई गर्ने, तर जिम्मेदारी वा सम्पूर्ण दोष “राजाको आदेश निर्देशन हुकुम बक्से बमोजिम गरेको” भनेर सातंखतबाट मुक्ति पाउने बाटो तयार गर्ने थियो ।
त्यसरी झण्डै एक दशकभन्दा केही बढी समय “पिता राजा” र पुग नपुग दुइ दशक “पुत्र राजा”को थाप्लोमा  सर्वोपरी सक्रिय नेतृत्वको भारी बोकाएर गाउँ बेसी सबैतिरका सीमित ठूला ठालू जाली फटाहाहरूले रजाई गरेको काल खण्डको अन्त्य हुनुपर्ने “भनेर २०४६ को अनुपतिर संघर्ष वा जन–आन्दोलन–२ भयो ।” पहिलो तीस बर्षे शासन पद्धति” अर्थात माथी उल्लेख गरिए जस्तो इतिहास र परम्परा समाएर आफ्नो बावुवाजेहरूले आज्र्याको मुलुक भनेर विना जनादेश देशको सार्वभौमसत्ता र शक्तिको प्रयोक्ता सर्वोच्च सकृय राज नेताको नाममा भजनेको धोती पोशाकमा भोजन गर्ने हरूले जस्ले आपूmलाई भित्ता लगाएर रजाई गरेका थिए त्यसरी नै अव आफुहरूलाई रजाई गर्ने अवसर चाहियो भनेर जुन आन्दोलन भयो त्यसैलाई “दोश्रो जन–आन्दोलन” भनियो । दोश्रो तीस बर्षे शासन कालको साँध सीमा त्यही “(२०४६ साल पछि सुरू भएको)” बहुदलीय प्रजातान्त्रिक संवैधानिक संसदीय शासन प्रणालीको श्री गणेश काल लाई मान्नु र ठान्नु पर्छ भन्ने यहाँको आशय हो ।
यस प्रसङ्गमा  दुईवटा नितान्त पृथक कुरा उल्लेख गर्नु उपयुक्त हुने लाग्छ । केहीलाई दुवैलाई असान्र्दर्भिक पनि मानिए ठगिएला । पहाडका गाउँवस्तीतिरका किसानले गाई भैसी कसैले छोडेर र कसैले बँधुवा बनाएर पाल्छन् । जस्ले छाडा छोडेर पाल्ने गरेको हुन्छन् तिनका (पशु गाइर्, भैसी, बाख्रा, भेडा) भीर वाखामा पनी चर्न जाने र त्यस्ता भिरालो डाँडा पाखामा पनि आफुलाई वचाएर हिड्न जान्ने देखिन्छन् । तर सधै भरी वंधुवा बनाएर हुर्काए पालेका चौपाया खास गरी दुधालु भैसी र गाइलाई फुकाएर छाडा छोड्ने वित्तिकै हिड्न मेलो मेसो नपाई खुल्ला ठाउँ देखर बुर्कुसी मार्ने र सानो काल्लो वा पाखामा पनि लडेर मर्ने सिद्धिने गरेको आफ्नै घर गाउँमा जसरी वाल्य र किशोरी कालमा धेरै भएको देखेको हो ।
अर्को नीति शास्त्र (पंचतन्त्र) मा उल्लेख भएको –“बुभुक्षितः कि नकरोति पापँ, क्षीणा नरा निष्कारुण भवन्ति” यस्लाई वढी व्याख्या नगरौ । तीन दशक सम्म पञ्चेहरूले जति हसुरे जति भष्टाचार गरे , अव हामी ले किन नगर्ने रु भन्दै हाकाहाकी देश बनाउन होइन लुटन् र विरोध गर्ने लाई चुट्न र भुट्नेहरू सलहको वथान जस्तो गरी छाए । २०४६ सालमा प्राप्त प्रजातन्त्र नागरिक स्वतन्त्रताको उपयोग मुलुक बनाउने नाममा स्वापित मूल्य मापदण्ड मात्र होइन , यत्किञ्चित विदेशी मित्रहरूले बनाइ दिएका उद्योग प्रतिष्ठान र विकास र विश्वासका जग भत्काउने ‘डेरिडार’का विठ् निर्माणवादीको साम्राज्य नै स्थायित भए जस्तो देखियो ।
को भन्दा को कम ! “धोति लगाउने ठूल्दाईको त त्यो गति लँगौटी पनि फालि सकेका माइला दाईको त झन् कुन गति ? “प्रजातन्त्र र जनताको हक अधिकार र मानवधिकार र विधिको शासन को वखान गर्दै जनादेशको वर्को ओड्दै सिंहदरवार पसेकाहरू ले नै जनादेश दिने जनताको लाज शर्म धक र हकको वास्तै नगरी देश र जनता लुटन मिल्छ वा जनबलमा जे पनि गर्न मिल्छ, र देशको ऐन कानून निर्माताहरू वसेर”विकास निर्माणदेखि  आम नागरिकको अमन चैनको चीरहरण हुन गर्न सकिन्छ भने गनवलमा .... नै खुलेआम हरूलाई इमारेर विपन्नहरूलाई बाँड्दै साम्यवादी शासन स्थापित गर्ने जनताको पनि हक अधिकार छ” भन्दै  जनताको हक अधिकार संरक्षण र समुत्थानको झ्याली पिट्दै जन विद्रोह को आडवलमा” ठूला दाजूले भत्काउँदै गरेको मुलुकमा जन संहारको आगो वालेर आफ्नो अस्वाभाविक र असंभवम् महत्वकाक्षाका रोटी सेक्ने नयाँ जत्था जन्म्यो ।
त्यसरी जनवल र गनवलको अन्तद्र्वन्द हो कि आन्त्यमा आफ्नो एकाधिकार विर्वाध सत्ता र शािक्त हत्याउने अन्तर सहमति हो ? झण्डै एकदशक सम्म अदृश्य धन देखी गनजन सम्म लगानी गर्नेहरूको पहिलेको तीन दशकको काल खण्ड प्रारम्भ गर्ने पूर्वाभ्यासको झण्डै दुई दशक अगावै वन्धकीमा भोग चलन गर्दै आएको थात थलोमा थप लगानी गरेर आफ्नौ हकभोग थप सुद्धढ र सुनिश्चित गर्ने नयाँ उपक्रम स्थापित भयो, सारसमग्रमा तेश्रो तीन दशक भनौ वा ती बर्षे शासन कालको उपलव्धी एकापंक्तिमा यही हो भन्ने आज यत्रतन्त्रको टिप्पणी सुन्न थालिएको छ । यस्तो विश्लेषण र टिप्पणी कति सकारात्मक र यथार्थ परक हो वा नितान्त विनेषवादी? त्या भोलीको पुस्ताले फैसला गर्ला ! त्यता नजाउँ ।
जेहोस, नेपाललीहरू लाई जसरी लडाकुका सन्तानका रूपमा विश्वले चिनेको थियो, त्यसरी नै आफ्नो देशको शासन सत्ता विरूद्ध सधै लड्ने र नयाँ नयाँ नेता, नयाँ शासन सत्ता जन्माउने वा स्थापित गर्ने मा तस्वीर पूर्खाका सन्तान सधैं अगाडि देखियौ, कहिल्यौ पछाडि परेनौ । उत्तर, दक्षिण कता विशाल मूलुकहरू सँग दाजेर हेरौं , उनीहरूका पूर्खाहरूले सात दशक भन्दा अघि देखी जुन शासन प्रणाली स्थापित गरि छाडका थिए । अहिले पनि त्यही “खाँबो समाएर” बसेका बसेछन् । तर हामीहरूले पनि त्यही सात दशक भन्दा कम समयाअवधिमाझण्डै आधा दर्जन पटक शासन सत्ता विरूद्ध लड्यौँ । सप्तरङ्गी शासन प्रणाली प्रयोगमा ल्यायौं । त्यही क्रममा अहिले देशको क्षमता आवश्यकता भन्दा पनि कसैको लहड पूरा गरिदिन फेरी उही “एकिकरण पूर्वको विभिन्न भूरे टाकुरे राज्य शासन प्रणाली”लाई संघिय शासन व्यवस्थाको नयाँ जामा पहि¥याएर दुनियाँलाई देखाईरहेछौं । 
अहिले नयाँ रुपमा प्रस्तुत पुराना बाईसे चौविसे राज्य व्यवस्थालाई संघीय प्रणालीको नाम दिएर जसरी साढे सात सय भन्दा बढी स्थानीय सरकारलाई हिजोको एउटा सिंहदरवार बाँडेर दियौं । त्यसवाट अरू परिवर्तन कति देखा प¥यो थाहा भएन । तर हिजोको तीस बर्ष सम्म मोटर गाडी नपुगेका गाउँभीर पाखाका सरकारका सबै नयाँ सरकार नयाँ शासक र उनका सेवक (प्रशासक)हरू सबैले महंगा विलासी गाडीमा सवार हुन थालेका छन् । हिजोका ती टाठा बाँठा पञ्चहरूले कहिले काँही बैठक भत्ताको रूपमा दुई चार पैसा देखे पाएका भए पनि अरू कसैले राज्यबाट सुकोदाम पाउन्नथे । अहिले झण्डै गाउँ वडा तहाा कार्यकर्ता सम्मले “जननिर्वाचित” को टोपी लगाए लगतै राजा रजौटा वा राज्यका उच्च तहमा पुगेका हरू भन्दा माथीको मान सम्मान र तलबमानका हकदार बनेको देख्न पाईयो । 
त्यसरी झण्डै चालिस हजार नयाँ जङ्गीलाठहरू मात्रहरू होइन हरेक टाठा बाँठा सडक छापे र भट्टी पसले नेता सम्मले आपूmलाई सार्वभौमसत्ता सम्पन्न जनता भन्दै हिजो जसरी एउटा राजा र उनका जहान परिवार संविधान भन्दा माथिका ठानिन्थे र भन्निथे । आज संघ (केन्द्र) देखि प्रदेश स्थानीय तहका रूपमा रहे मानिएका संगठन (निकाय) सम्मका कार्यकर्ता सबैले हामीले आफैले ऐन कानून बनाउने स्वतन्त्रता पाएका छौं । अरूले बनाए दिएको संविधान किन मान्ने भन्दै आ–आफ्नो स्वायत्त शासनको नाममा स्वतन्त्र राज्यका वेताजका राजा रजौताको झल्को दिईरहेका छन् ।
यस्तै संन्दर्भ र प्रसङ्गमा एक जना रसिक आदरणीय मित्रले देशको परिवेशको परिदृश्य, शासन प्रशासन तेरो आँखाले देखेको छ ? प्रश्न गरे, मैले पहिले त प्रश्नको अर्थ र आशय नै बुझिन ! त्यसपछि मैले सोधेको प्रश्नको उत्तर पनि आएन तिमीले भनेको जस्तो परिदृश्य पनि देखिन भनेँ । उनले आपूmले वर्तमानको “वार्वरिक” को रूपमा प्रस्तुत गर्छस् तैले त राम्ररी देखेको हुनुपर्ने देखेको रहेनछस् । मेरा पनि एकजना विदेशी पत्रकार मित्रले भनेको शब्दावलीमा नै भन्छु सुन “त्यो मित्रले हिजो देशको समग्र परिदृश्य प्रतिनिधि पात्र तिमीले जस्लाई मान्छौं ठान्छौं यथार्थमा त्यसलाई त्यही रूपमा नहेर । एउटा अन्र्तरङ्ग वस्त्र विहिन दुनियाँ लाई उच्च ठाउँमा राखेर धुनियाँको अगाडी शीर्षासन गराउँदा जे जस्तो दृश्य देख्न सक्छौ त्यही नै हो देशको जीवन्त परिदृश्य” ।
फेरी उनले प्रसङ्ग र भनाईलाई अर्को तर्फ मोडदै भने “हिजो तिम्रो देशमा संविधान थियो । त्यस भन्दा माथि राजा बसेर त्यही संविधानमा उभिएर शासन गर्थे । तर तिमीहरू सबैलाई राज्यको शासन र अनुशासनमा बस्ने इच्छा भएन संघर्ष गरयौं । बिसौं हजारको रगतको खोलो बगायौ । नयाँ परिवर्तन ल्यायौं । अहिले सबै सबै नै संविधान भन्दा माथि बस्ने र आ–आफ्नै ऐन कानून अनुशासन र विधि विधानको ठेली बोकेर विचरा “विपन्न निरक्षर, निरीह, शिमान्त गरीव वर्ग समुदाय” को विथरा चिथरा, थाङ्मा उनकै भोका नाङ्गा  सन्ताको भाग्य भविष्य निचोरेर आ–आफ्ना सन्तानका लागि पोको पारिरहेको देखिरहेकोछु” ।
फेरी उनलाई मैले मेरो देशले देखे भोगेको त्यो तीस बर्षे काल खण्ड बारे मेरो टिप्पणी के थियो त्यो पढन दिएँ । पछि त्यस यताको तीस बर्षेलाई तिम्रो  आँखाले के देखेको छ ? भनेर जिज्ञासा राखें । उनले त्यसको पनि त्यस्तै तितो तातो र अपाच्य शैली र शब्दमा जवाफ दिए –“ हिजो तिमिले भ्रष्टाचार अराजकता अव्यस्थाको निकै चर्चा र चर्को विरोध गथ्र्यौ । त्यो वेला सय हजार र बढीमा ठूलो तहबाट लाख सम्म भ्रष्टाचार भए गरिएको सुनिन्थ्यो । अहिलेको भ्रष्टाचारको परिभाषा ......... विषय” योगदान र सहयोग” मा रूपान्तरित भएको छ । हरेक सत्ता नियन्त्तादेखि नेता कार्यकर्तासम्म मात्रले होइन साना ठूला तहका कर्मचारीसम्मले आ–आफ्नो पार्टी र नेताको निर्वाचनकोषका लागि नै उठाएर योगदान गरिरहेछन् । राजा छँदा “अराजकता” शब्द प्रचलित थियो । जव राजा नै फालेर सवै नै आ–आफ्नो शक्ति अनुसार शासनमा नै हजारौ लाखौ नव राजाहरूको राज्य स्थापित छ ।  अब त हिजो अराजकताको शब्दले संवोधन गर्ने विषय स्वतन्त्रता अधिकतम उपभोगको रूपमा लिनु उपयुक्त हुन्छ ।”
उनी त्यो तीस बर्ष र यताको तीस बर्ष वारे धार प्रवाह व्याख्यान दिँदै थिए । आफुले भने उताको तीस बर्षको सानो चर्चा गएको अंकमा गरिसकेको हुँदा उनका नजरियाका मापदण्डबाट त्यसलाई केलाउने सम्मको काम गरे । तर यस पटक यताको तीस बर्षे काल खण्डको जुन परिचर्चा गर्नु पर्ने थियो त्यसलाई ती आदरणीय मित्रका विदेशी पत्रकार मित्रका आँखाले जसरी अन्तरङ्ग बस्त्र विहीन धुनिया लाई सर्वोच्च ठाउँको टेवल माथी शिर्षासन गराउँदा जे जस्तो परिदृश्य देखियो होला त्यसलाई उनका शब्दावलीमा नियाल्दै गर्दा यशोदाले वाल कृष्णको मुख भित्र विश्व ब्रहण्ड देखे जस्तो भएछ क्यार यताको तीस बर्षको चर्चाको अर्थ र प्रयोजनीयता नै देखिन । उनको त्यो “अन्तरङ्ग वस्तु विहीन धुनियाको उच्चस्थानको टेवल माथिको शीर्षासन गराइको परिदृश्यको परिकल्पना र यताको तीस बर्षका परिघट्नावली वा शासन प्रशासन को तुलना गर्दा नैआफ्नो लेख्ने विषय सकिएको टुंगोमा पुगे । महाकवि लक्ष्मी प्रसाद देवकोटा त्यो गँजेडी मण्डलीले सडकमा हिँडदा हिँदडै खिएर टुपीमात्र लिखुर हिँडेको कल्पना मान्छेको गरेर कलम वन्द गरें ।


Rating (Votes: )   
Share     Print


Other Articles:
यहाँ प्रजातन्त्रको अर्थ नै हराउन लाग्यो- महेश्वर शर्मा (04.30.2019)
अधिकारको भोक हन्तकारी नै हुँदोरहेछ - महेश्वर शर्मा (04.25.2019)
फर्केर हेर्दा- त्यो तीस वर्ष, यो तीस वर्ष : तारा सुवेदी (04.25.2019)
दोस्रो लगानी सम्मेलनले दिएको सन्देश - तारा सुवेदी (04.10.2019)
आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा (04.10.2019)
कहिलेसम्म छोरालाई बोर्डिङ र छोरी सरकारीमा ? – गीता श्रेष्ठ (04.04.2019)
धर्मको स्वाङमा अलमलिएको राजनीति - महेश्वर शर्मा (04.04.2019)
सूचनाको महत्व र सूचनाप्रद निकाय - महेश्वर शर्मा (03.28.2019)
हल्लामा आएको “विधेयक” माथिको “सडक बहस” - तारा सुवेदी (03.28.2019)
संघीय शासनको चक्र : अर्थको अनर्थ - महेश्वर शर्मा (03.18.2019)
‘‘विप्लव’’ प्रचण्ड बन्न सक्लान् है - तारा सुवेदी (03.18.2019)
संघीयता : बिसौलीको भाँडो– धार्नेको पन्यू - महेश्वर शर्मा (01.01.2019)
विवादास्पद अन्तरिम आदेश : अनुत्तरित प्रश्न ! - तारा सुवेदी (01.01.2019)
नेपालमा अग्र्यानिक बुद्धिजीवीको खाँचो ! - महेश्वर शर्मा (12.11.2018)
‘मिसनरीकरण मिसन’को इतिवृत्तान्त - तारा सुवेदी (12.11.2018)
चुहुने भाँडो नटालेसम्म देश उँभो लाग्दैन - महेश्वर शर्मा (11.20.2018)
घाँटी थिचिएको बेला कसरी “जयगान” गर्ने ? - तारा सुवेदी (11.20.2018)
निर्माणका नाममा विध्वंशक अभियान !- महेश्वर शर्मा (10.10.2018)
सत्तारुढ पार्टीभित्र प्रतिपक्षीको औचित्य- तारा सुवेदी (10.10.2018)
दशैंको जमरा, दुर्गाकवच अनि मातृशक्तिको महिमा - वेदराज पन्त (10.10.2018)



 
::| Latest News

 
[Page Top]