युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 06.26.2019, 08:31pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
चर्चाको घेरामा ‘राष्ट्रपतिको सरकार’ !- महेश्वर शर्मा
Tuesday, 05.28.2019, 11:07am (GMT+5.5)

राजनीति गर्नेहरुका झुट, फरेब, धुत्र्याई र बेइमानीबाट दिक्क भएका जनताले विकल्प खोज्ने क्रममा पाकिस्तानको प्रधानमन्त्रीमा क्रिकेट खेलाडी इमरान खानलाई रोजे भने युक्रेनमा हाँस्य कलाकारलाई रोजे । धुर्मुस–सुन्तली त सामाजिक अभियन्ता भैहाले । अब नेपालमा पनि कुन दिन माग्नेबूढाको पालो आउने हो– ‘मेरी बास्सै !’ भन्न थालेका छन् जनताले । पञ्चायतकालमा पनि दिक्क भएका जनताले मैयादेवीलाई अत्यधिक बहुमतले जिताएको कुरा आज बहुमत (मात!) रहेकाहरुलाई पनि मालुम नै होला ।
बहुमतमा भएरै त होला सरकार अरुका कुरा सुन्नेमा देखिंदैन । योपटक प्रि–बजेट छलफल भएन भनेर गुनासो गर्ने विपक्षीको भनाई खोलाको रोदन भयो, बहुमतको सरकारले सुन्ने आवश्यकता नै ठानेन । राष्ट्रपतिले ‘मेरो सरकार’ले खर्च कटौती गर्ने भाषण सुनाए पनि राष्ट्रपति–उपराष्ट्रपति–प्रधानमन्त्री–मन्त्री, सभामुख, सभाध्यक्षदेखि गाउँ तहका पदाधिकारी आफ्ना नातागोता समेत प्रमुख सचिव, सचिव, स्वकीय सचिव, सल्लाहकारका ताँती, सहायक, भान्से आदि नानाथरिलाई मोटो रकम खुवाएर झनै खर्च बढाइरहेका छन् । राज्यकोषलाई ‘उल्फाको धन फुपुको सराद’ भनेजस्तो स्वेच्छाचार देखाइरहेका छन् ।
अर्कातिर भूपू पदाधिकारीलाई सुरक्षा गार्डका जत्था खटाइएका छन् । जनताको सेवा गरेका भए जनताबाटै त्रस्त भएर सुरक्षाकर्मी लिनुपर्ने औचित्य के ? अर्को कुरा ती पदाधिकारीका आफ्नै घर कम्पाउण्ड छँदाछँदै छिमेकका घर बहालमा लिएर सरकारले सुरक्षाकर्मी राखेको छ । यो सबै शान र धाक रवाफ देखाउने काममा अनावश्यक खर्च भैरहेको छ । यो लहरमा भूपू राष्ट्रपति, मन्त्री, प्रधान न्यायाधीश समेत छन् । राष्ट्रपतिले भनेको खर्च कटौती यही हो ? जनताका प्रश्न आज अरण्यरोदन भएका छन् ।
सत्ताको धतुरे नशा लागेपछि दायाँ बायाँ केही नदेखिने रहेछ कि ! कुन्नि ? माथिदेखि तलसम्मका भ्रष्ट, लुटेरालाई कार्वाही हुने भरपर्दो व्यवस्था नभएसम्म सुधारको सम्भावना देखिंदैन । व्यवस्थाको नाम गणतन्त्र राख्दैमा लुट्ने परिपाटी रहेसम्म केही हुँदैन । भ्रष्टाचारमा कार्वाही आजको परिपाटी सानालाई मात्रै भएको छ, गैडालाई छुनै सक्दैन । मनपरी गर्न नीतिगत भनेर मन्त्रिपरिषद्बाट जुनसुकै निर्णय गर्ने प्रक्रिया रहेसम्म नाराको मात्रै कुनै अर्थ छैन । आज त राष्ट्रपतिको सरकारले गर्न नसक्ने के छ ? भनेजस्तो भैरहेको छ ।
सरकारलाई बहुमतले झुम्म पारेको अथवा बहुमत प्रदर्शनको लालसाले उत्ताउलो बनाएको छ । बहुमतले त नम्रताको व्यवहार पो देखाउन सक्नुपथ्र्यो, तर यहाँ उल्टो भयो । राष्ट्रपतिलाई शाही शैलीमा ‘मेरो सरकार’ भन्न लगाउनु घमण्डको फोस्रो प्रदर्शन भयो । पाएँ भन्दैमा अजीर्ण हुने गरी खाएमा उपर्तली हुन बर लाग्दैन । यो गतिलो संकेत होइन । यस्तो प्रवृत्ति सरकारलाई शुभ नहुनसक्छ । आत्तिने र मात्तिने कामले आफैंलाई पिर्नसक्छ भनेर नसम्झनु दुःखद विषय हो ।
राजतन्त्रकालमा संविधानतः ‘श्री ५ को सरकार’ उल्लेख हुँदा राजाले ‘मेरो सरकार’ भन्नु संवैधानिक थियो, तर आज त्यो स्थिति छैन र गणतन्त्रमा सुहाउँदो पनि हुँदैन । आजको संविधानले ‘संघीय कार्यकारिणी सम्बन्धी सबै काम नेपाल सरकारको नाममा हुनेछ’ भनिसकेपछि औताएर संविधान विपरीत राष्ट्रपतिलाई बोल्न लगाउनु कति जायज होला ? तथाकथित राष्ट्रपतिको सरकारले बेलैमा सोचेर सुधार्नुपर्छ, उम्लेर नपोखियोस भन्ने जनचाहनालाई सरकारले कुन रुपमा लिन्छ– आगामी दिनमा थाहा हुने नै छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
गताङ्को बाँकी ... यताको तीस वर्षे शासनको शब्दचित्र - तारा सुवेदी (04.30.2019)
यहाँ प्रजातन्त्रको अर्थ नै हराउन लाग्यो- महेश्वर शर्मा (04.30.2019)
अधिकारको भोक हन्तकारी नै हुँदोरहेछ - महेश्वर शर्मा (04.25.2019)
फर्केर हेर्दा- त्यो तीस वर्ष, यो तीस वर्ष : तारा सुवेदी (04.25.2019)
दोस्रो लगानी सम्मेलनले दिएको सन्देश - तारा सुवेदी (04.10.2019)
आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा (04.10.2019)
कहिलेसम्म छोरालाई बोर्डिङ र छोरी सरकारीमा ? – गीता श्रेष्ठ (04.04.2019)
धर्मको स्वाङमा अलमलिएको राजनीति - महेश्वर शर्मा (04.04.2019)
सूचनाको महत्व र सूचनाप्रद निकाय - महेश्वर शर्मा (03.28.2019)
हल्लामा आएको “विधेयक” माथिको “सडक बहस” - तारा सुवेदी (03.28.2019)
संघीय शासनको चक्र : अर्थको अनर्थ - महेश्वर शर्मा (03.18.2019)
‘‘विप्लव’’ प्रचण्ड बन्न सक्लान् है - तारा सुवेदी (03.18.2019)
संघीयता : बिसौलीको भाँडो– धार्नेको पन्यू - महेश्वर शर्मा (01.01.2019)
विवादास्पद अन्तरिम आदेश : अनुत्तरित प्रश्न ! - तारा सुवेदी (01.01.2019)
नेपालमा अग्र्यानिक बुद्धिजीवीको खाँचो ! - महेश्वर शर्मा (12.11.2018)
‘मिसनरीकरण मिसन’को इतिवृत्तान्त - तारा सुवेदी (12.11.2018)
चुहुने भाँडो नटालेसम्म देश उँभो लाग्दैन - महेश्वर शर्मा (11.20.2018)
घाँटी थिचिएको बेला कसरी “जयगान” गर्ने ? - तारा सुवेदी (11.20.2018)
निर्माणका नाममा विध्वंशक अभियान !- महेश्वर शर्मा (10.10.2018)
सत्तारुढ पार्टीभित्र प्रतिपक्षीको औचित्य- तारा सुवेदी (10.10.2018)



 
::| Latest News

 
[Page Top]