युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.23.2019, 11:16pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
विसंगतिका यी विविध बान्की - महेश्वर शर्मा
Wednesday, 06.05.2019, 12:37pm (GMT+5.5)

पञ्चायती शासनको तानाशाहीबाट दिक्क भएका जनताले नानीमैयालाई जिताए जस्तै एकपटक हेरिहालौं न त भनेर एमालेलाई बहुमतमा ल्याएका हुन् । कांग्रेसभन्दा यो असल हो भनेर हैन । एमाले–माओवादी गठजोड भएपछि उन्माद बढ्ने नै भयो । फलतः केरा पाएपछि बोक्रैसित खान थाले । फलतः कुनै पनि क्षेत्र आज विसंगतिबाट मुक्त छैन । राजनीतिप्रति नै जनतामा एक प्रकारको विरक्ति आएको छ, राजनीति गर्नेहरुप्रति नै जनतामा अविश्वास बढ्दो छ ।
आफ्नो राष्ट्रको हित आवश्यकतालाई ध्यानमा राखेर सहमतिका आधारमा नीति निर्माण गर्ने मानसिकता हराउँदै गएको छ । बहुमतको मातले गर्दा सर्वजन हितको लागि गरिनुपर्ने काम पनि दलीय हितमा मात्र केन्द्रित हुन थालेपछि जनता झस्केका छन् । आज निर्दोषले डराउनुपर्ने र दोषीले छाती फुकाएर हिंड्ने थिति देखापर्दैछ । सत्ताधारीले पनि सत्ता बाहिरकाले जस्तै यस्तो र उस्तो हुनुपर्छ भनेको सुनिन्छ । डाडु–पन्यू आफ्नो हातमा भएकाले त गरेरै देखाउनुपर्ने होइन ? तर यहाँ उल्टो दिशा समातिएको छ ।
प्रदेश प्रमुख छन् । प्रदेशका मुख्यमन्त्री छन् र उनैलाई उद्घाटन गर भने हुनेमा व्यापारीका प्रभावमा राष्ट्रपति नै बाग्लुङ पुगेर स्कूल उद्घाटन गर्नुलाई घरघरमा सिंहदरबार पु¥याएको अर्थसंग मेल खाँदैन । शितल निवास नै घरमा पुग्नुपर्ने हो भने सिंहदरबार किन पठाउनुप¥यो ? राष्ट्रिय सम्पत्तिको मात्र दुरुपयोग भएन ? जेठ १ गते नयाँ पत्रिकामा डा. बाबुराम भट्टराईको लेखमा वर्तमान राष्ट्रपतिका यस्तै नसुहाउँदा गतिविधिका विवरण चित्रित छन् । खोई यस्ता विषयमा सोच विचारकासाथ काम भएको ?
संसदीय व्यवस्था मानेर विभिन्न प्रदेश र स्थानीय तहका सरकारहरु स्थापित भैसकेर आआफ्नो प्रदेश र गाउँ–नगरको विकास निर्माणका कार्यक्रम तत्तत् सरकारले गर्ने भैसकेपछि पनि केन्द्रका प्रतिनिधिसभाका सांसदको विशेष कार्यक्रम भनेर प्रति सांसद ४ करोडका दरले लिने गरेकामा आव २०७६।०७७ को बजेटमा फेरि पनि रकम बढाएर दिनु–लिनु अर्को लूट मच्चाउन दिनु सुहाउँदो कुरा हो त ? यस्तै हो भने लूटका गीत गाउन अरु सयौं पशुपति शर्माहरु निस्केलान ? कतिलाई प्रतिबन्ध लगाएर सक्नुहुन्छ प्रधानमन्त्रीजीले ?
सरकारले खर्च गर्न सकेन भन्ने आरोप लगिरहेका बेला त्यो आरोपबाट मुक्त हुन र कार्यकर्तालाई फाइदा पु¥याउन नयाँ जुक्तिका रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम निकालिएको भनिंदैछ । आउँदो असारभित्र खर्च गरिसक्ने गरी सबै स्थानीय तहलाई अनुदानको रुपमा बेरोजगारलाई ३० दिजको रोजगारी वापत दिने ३६ करोड, ७९ लाख ६९ हजार पठाइएको छ । यसबाट १ लाख बेरोजगारलाई ३० दिनको रोजगारी दिने नाममा कार्यकर्तालाई खर्च हुने भो भन्ने चर्चा पनि विसंगतिभित्रकै एउटा बान्की हुने भयो ।
यहाँ जनता रल्याउने काम मात्र भैरहेको छ । रेल र पानीजहाज आउने वित्तिकै सबै कुरा भरिभराउ हुन्छ भनेजस्तो रंगीन भाषणले अलमल्याउने खोक्रा प्रयास भरहेका छन् । हो, रेल–पानीजहाज आउनुपर्छ, तर आजको आवश्यकता के हो र प्राथमिकता केले पाउनुपर्छ भन्ने कुरा वास्ता गरिएको पाइँदैन । यो सबै झोका जनतालाई भाषणको भाङ खुवाएर लठ्याउने चलाखी मात्रै हो । वर्षौंदेखि मिर्मीदेखि सेतीबेनीसम्म कालीगण्डकीमा स्टिमर र बराह क्षेत्र–बेलकाबीच पनि स्टिमर चलेकै छ, कुन नौले भयो र !
सत्तामा भएकाहरु “समृद्ध नेपाल”का नारा सुनाउँछन् । तर यहाँको स्थिति हेर्दा नेता, मन्त्री, सांसद, व्यापारी, ठेकेदार, बिचौलिया, कमिशनखोरहरुकै समृद्धि चम्किने काम मात्र भएको छ । जनसामान्य त किनारको किनारमै छन् । समृद्धिका नारा सुन्नु बाहेक केही भएन । दिनरात रेल र पानीजहाजका कुरा सुनाएर तिनले के समृद्धि बोकेर ल्याउँछन् ? कुनै दिन ल्याए भने पनि ठूलाबडाकै निम्ति हुनेछ । जेजे गर्नुछ गरेर आफ्नो इष्टसिद्धि गरे भैगो नि, किन जनताको नाम लिनु ? भन्न थालेका छन् जनताले ।
राजनीतिक चरित्र पनि कस्तो हो कुन्नि ! जसले आफैं भ्रष्टाचार गर्दिन भन्छ उसैले भष्टाचार गरिरहेको हुन्छ, भ्रष्टाचार बिरोधी भाषण गर्न पनि छोड्दैन । जनताले के पत्याउने– के नपत्याउने हो ? भन्नै नसकिने भएको छ । भाषण पत्याउने कि काम ? कामले काजी हुने चेतना भावी नेतामा आयो भने कुन्नि ! नेताको चरित्रले नै कुनै पनि व्यवस्था राम्रो–नराम्रो हुन्छ भन्ने मान्यतामै शंका हुन थालेको छ । यो भाषणवाजी मात्रै कहिलेसम्म चल्ने हो भनेर जनता अचम्भित भएर हेर्दैछन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
“सर्वाधिक सवल” सरकार किन निरीह बन्दै गएको ? - तारा सुवेदी (06.05.2019)
चर्चाको घेरामा ‘राष्ट्रपतिको सरकार’ !- महेश्वर शर्मा (05.28.2019)
गताङ्को बाँकी ... यताको तीस वर्षे शासनको शब्दचित्र - तारा सुवेदी (04.30.2019)
यहाँ प्रजातन्त्रको अर्थ नै हराउन लाग्यो- महेश्वर शर्मा (04.30.2019)
अधिकारको भोक हन्तकारी नै हुँदोरहेछ - महेश्वर शर्मा (04.25.2019)
फर्केर हेर्दा- त्यो तीस वर्ष, यो तीस वर्ष : तारा सुवेदी (04.25.2019)
दोस्रो लगानी सम्मेलनले दिएको सन्देश - तारा सुवेदी (04.10.2019)
आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा (04.10.2019)
कहिलेसम्म छोरालाई बोर्डिङ र छोरी सरकारीमा ? – गीता श्रेष्ठ (04.04.2019)
धर्मको स्वाङमा अलमलिएको राजनीति - महेश्वर शर्मा (04.04.2019)
सूचनाको महत्व र सूचनाप्रद निकाय - महेश्वर शर्मा (03.28.2019)
हल्लामा आएको “विधेयक” माथिको “सडक बहस” - तारा सुवेदी (03.28.2019)
संघीय शासनको चक्र : अर्थको अनर्थ - महेश्वर शर्मा (03.18.2019)
‘‘विप्लव’’ प्रचण्ड बन्न सक्लान् है - तारा सुवेदी (03.18.2019)
संघीयता : बिसौलीको भाँडो– धार्नेको पन्यू - महेश्वर शर्मा (01.01.2019)
विवादास्पद अन्तरिम आदेश : अनुत्तरित प्रश्न ! - तारा सुवेदी (01.01.2019)
नेपालमा अग्र्यानिक बुद्धिजीवीको खाँचो ! - महेश्वर शर्मा (12.11.2018)
‘मिसनरीकरण मिसन’को इतिवृत्तान्त - तारा सुवेदी (12.11.2018)
चुहुने भाँडो नटालेसम्म देश उँभो लाग्दैन - महेश्वर शर्मा (11.20.2018)
घाँटी थिचिएको बेला कसरी “जयगान” गर्ने ? - तारा सुवेदी (11.20.2018)



 
::| Latest News

 
[Page Top]