युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.21.2019, 11:06am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सन्दर्भ : नागरिकता विधेयकको “रक्तं जीव इति स्थिति”- वेदराज पन्त
Tuesday, 06.18.2019, 02:45pm (GMT+5.5)

आयुर्वेदमा ‘रक्तं जीव इति स्थिति’ भन्ने सूत्र छ । आयुर्विज्ञान अनुसार वैदिक कालमा आध्यात्मिक चिन्तकहरुले स्थापित गरेको सिद्धान्तमा वर्णविभाजन, वर्णाक्रम, रक्तशुद्धताको उल्लेख छ । यस्तो वर्गीकरणको रहस्य अनुपम छ । वेद–वेदाङ्ग, भागवत महापुराण, महाभारत, भगवदगीता आदि वैदिक वाङ्मय अनुसार सृष्टि संरचनामा ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र र अन्त्य गरी पाँच श्रेणीमा वर्णविभाजन भयो । वर्णसंकरको थप चर्चा गर्दै यसले मानवीय गुणवत्ता क्षय हुने आशंका गरियो । यसबारे अनेक तर्क–वितर्क, कुतर्क गर्नेहरु छन् । यथास्थान यसबारे यथामति चर्चा हुँदैआएको छ । यही ‘रक्तं जीव इति स्थिति’को सूत्रबाट प्राच्यको विचार जस्तै आधुनिक विज्ञानले पनि रक्तधमनीमा प्रवाहित हुने ऊर्जा (वैज्ञानिक भाषामा क्रोमोसोम)लाई महत्व दिन्छ । खप्तड बाबाको कृतिबाट हुवहु सार्दा यस्तो शब्दचित्र पाइन्छ–

“शरीर विज्ञान अनुसार कोशको जुन व्याख्या गरिन्छ त्यसबाट अत्यन्त सूक्ष्म सचेतन र सक्रिय अणु छ भन्ने ज्ञान हुन्छ । यस्ता अणुहरु विभिन्न आकारका हुन्छन् । कोही अत्यन्त सूक्ष्म छन्, जुन माइक्रोस्कोपबिना देख्न सकिंदैन, कोही केही ठुला हुन्छनु जसलाई तेजदृष्टि भएका व्यक्तिले देख्न पनि सक्दछ । यसको वनावटमा बाहिरपट्टि एक चम्किलो झिल्ली हुन्छ । भित्रपट्टि एक लसादार सोमा (रस) हुन्छ जसलाई ‘प्रोटोप्लाजम’ भनिन्छ र संस्कृतमा ‘प्रथम प्रसोम’ भन्दछन् । यस प्रोटोप्लाजमको भित्र एक सूक्ष्मतम् अणु हुन्छ जसलाई अंग्रेजीमा Nucleus र संस्कृतमा ‘कोशेस’ भन्दछन् । जीवकोश पनि यसैलाई भन्दछन् । वास्तवमा यही कोशेस मूलभूत कोशको चेतना शक्ति केन्द्र हो, यही हरेक कोशको आत्मा हो, हरेक कोशको जीवन यसैमा निर्भर गर्दछ । यदि यो कोशलाई पनि माइक्रोस्कोपद्वारा हेर्ने हो भने यसको रचनामा पनि कपासको रेशाको जस्तो जाल देखिन्छ । यी सूक्ष्म रेशाहरु हरेक रंगलाई ग्रहण गर्न सक्दछन्, यसैले यसलाई क्रोमोसोम भनिन्छ र तन्त्रयोगमा यसको नाम वर्णस्यूम भन्ने मिल्दछ । यी तिनै रेशाहरु हुन् जो परम्परागत वंशवृक्षमा वीजरुपले माता पिताद्वारा सन्तानको साथ आउँछन् । यो त्यही तात्विक सत्ता हो जसद्वारा प्रत्येक सन्तान आफ्नो मातापिताको वास्तविक धर्मसम्भव सन्तान भएको अधिकार पाएर उत्ताराधिकारी बन्दछ । वर्णव्यवस्थाको स्थापना पनि यही वर्णस्यूम र लैटिन शब्द क्रोमोसोम एकै अर्थ राख्दछन् । 

शरीर विज्ञान अनुसार पनि एक प्राणीको कोशको कोशेसमा वर्णस्यूम रेसाहरु एक खास संख्यामा सदा स्थायीरुपले अपरिवर्तनशील रहेको पाइन्छ । यो वर्णस्यूम रेशाको वनावट चार प्रकारका छन् । यो क्रोमोसोम पत्ता लगाउने जर्मन डाक्टरलाई अन्तर्राष्ट्रिय नोबोल पुरस्कार प्राप्त भएको थियो । ती डाक्टरको दावी छ कि– क्रोमोसोमको वनावट चार प्रकारभन्दा बढी वा कम भएको सिद्ध गर्नसक्नेलाई उनी आफ्नो नोबोल पुरस्कार दिन तयार छन् । आजसम्म कसैले सिद्ध गर्न सकेका छैनन् । आजभोलि शरीर विज्ञानले जीनसमा क्रोमोसोमको अनेक उपभेद पत्ता लगाएका छन् । ती मौलिक भेद होइनन् । ती वर्णसंकर रुप उपभेद हुन जसलाई वैज्ञानिक भाषामा Hel mixture पनि भन्न सकिन्छ । विशेष ध्यान दिनयोग्य कुरा यो छ कि मनुष्यको रक्त पनि चार किसिमका छन् । रक्तको यो चार प्रकारको गुण र स्वभाव पनि भिन्नभिन्न छन् । यही वर्णस्यूम रेसाद्वारा नै पैतृक गुण, कर्म, स्वभाव सन्तानमा आउँछन् । यसबाट यही सिद्ध हुन्छ कि वर्ण व्यवस्था यही वर्णस्यूमको आधारमा एक परम सत्य वैज्ञानिक आधारबाट भएको छ । गोत्र तथा प्रवरको रहस्य पनि यही वर्णस्यूम रेसामा अन्तरनिहित छ । अतः अर्काको कुरा विनाविचार स्वीकार गर्नु राम्रो होइन । हिन्दु धर्मलाई सम्झने कोशिस गर्नुपर्छ । त्यसबखत हिन्दु धर्ममा एक विन्दु पनि कुसंस्कार छैन भन्ने थाहा हुन्छ । हिन्दुधर्म गम्भीर आध्यात्मिक विज्ञानसम्मत एवं दार्शनिकताले परिपूर्ण छ । यसकारण आर्य ऋषिहरुको कुरामा विश्वास गरी आफ्नो अधिकार अनुसार धर्म कार्य गर्नु परम कर्तव्य हो ।”

खप्तडबाबाको यो शब्दचित्रले गीताको भनाइलाई पुष्टि गरेको छ । ‘रक्तं जीव इति स्थिति’ । यो आयुर्वेदको सूत्रबारे प्राच्यको चिन्तकहरुको विचार जस्तै आधुनिक विज्ञानले पनि रक्त धमनीमा प्रवाहित रक्तमध्ये श्वेत, पीत, धुमिल, रक्तिम, कृष्णवर्णको यसरी नै चर्चा गर्छ । पहिलो शान्त, कोमल श्वेत कीट प्रधान, दोस्रो हो प्रगतिशील उग्र रक्तिम कीटप्रधान, तेस्रोमा पर्छ– प्रगतिशील पीत कीटप्रधान, चतुर्थ उग्रधुमिल कीट प्रधान र पाँचौं अस्थिर उग्र कृष्ण कीटप्रधान । यसरी वैदिक वाङ्मयले उल्लेख गरेअनुसार ब्राह्मणादि वर्णको अभिप्रायमा यही रक्तकीटको वैशिष्ठता परिलक्षित छ । वर्णव्यवस्था शब्दविन्यासले पनि यही सकेतलाई अनुमोदन गर्छ । वैदिक भाषा र व्याकरण त नबुझ्नेले बुझेनन्, लौकिक भाषा र विज्ञानसम्मत प्रसंगलाई पनि यथार्थमा बुझ्न कठीन भएको छ । त्यसैले विराट पुरुषको यो उद्घोष “ब्राह्मणोस्य मुखमासीद वाहुराजन्य कृतः ऊरु तदस्यः पद्भ्या र्ठ शूद्रोजायत ” भन्ने सुक्तिप्रति कुतर्क गर्दै वैदिक वाङ्मयलाई नै निन्दा गर्ने र सृष्टि संरचनाप्रति नै कठोर आलोचना गर्ने पनि भेटिन्छन् ।

ब्राह्मणादि वर्णको यो रहस्य नबुझ्नेहरु वैदिक वाङ्मयको उपेक्षा गर्दै सबै रक्त समान छन् भन्ने विश्वासमा रक्त शुद्धताको पर्वाह गर्दैनन् । यो कालखण्डमा युरोपमा नाजीले रक्तशुद्धताको प्रयास गरे । दोस्रो विश्वयुद्धमा पराजित भएपछि उनीहरुको यो प्रयासको तीब्र आलोचना भयो । नाजीहरु अमानवीय युद्ध पिपासु, घोर हिंस्रक ठानियो । नाजी वैज्ञानिकका अन्य उपलब्धि युरोप–अमेरिकाले अहिलेतक ग्रहण गरेकै छन् । हिटलरको उदाहरण दिनेहरु अस्त्र संचय गर्दैछन् । रक्तधमनीमा प्रवाहित हुने ऊर्जा (जीन)बारे वैदिक युगका आर्यपछि शोधखोज गर्ने नाजी नै हुन् । यसबारे संक्षेपमा उल्लेख गर्दा युद्धमैदानमा भिडेका अति विशिष्ठ योद्धाहरुलाई शस्त्रघात हुँदा रक्तस्राव भई ज्यान जाने अवस्थाबाट बचाउन उपचार पद्धतिमा रक्तदिने प्रचलन सर्वप्रथम नाजी डाक्टरले नै शुरु गरेका थिए ।

विश्वयुद्ध समाप्तिपछि यो प्रयोगमा थप अनुसन्धान गरियो । अन्य शरीरबाट दिएको रक्त प्रदान गर्नेबारे अनेकौं यान्त्रिक प्रयोग भए । रक्तस्राव नै मृत्युको कारण हो भने नयाँ रक्त दिएर पनि अधिकांश व्यक्ति किन मर्छन् ? योबारे गहन खोज वैज्ञानिकहरुले गरे । जर्मन वैज्ञानिक अव्राहमले स्थापित गरेको सिद्धान्तले आयुर्वेदको विशुद्ध रक्तका पाँच विशेषतायुक्त श्रेणीको पुष्टि भयो । समान विशेषताको रक्तकीट एक अर्को शरीरमा मिलेर सहयोगपूर्वक जीवनप्रवाहलाई निरन्तरता दिन्छन् । असमान श्रेणीका फरक विशेषताको रक्तकीट एक अर्काका निमित्त प्रतिकूल हुने हुँदा नवीन रक्तले शरीरलाई स्वस्थ पार्नुको सट्टा रक्त नै विषाक्त भएर तत्काल मृत्यु भएको प्रमाणित भयो । यसले पुष्टि गर्छ– सबै मानिसको रगत देख्दा रातै भए पनि गुणवत्ताको दृष्टिले विशिष्ठ र निकृष्ट हुन्छ । ‘वर्णव्यवस्था’मा ब्राह्मणादिको वर्णव्यवस्थाले रंगको यही विशेषतामा रक्तमा कीटको अवस्था तय गरेको मानिन्छ । वैदिक शास्त्रमा वर्णित यस्तो रंग रहस्यको उपहास गर्नेलाई पाश्चात्य नवीन भनिने विज्ञानले पनि सबै मानिसमा एकैनासको रंग र रक्तकीट हुँदैन । रक्तकण र रंग तथा कीट फरक फरक हुन्छ भन्यो । त्यसै अनुसार रक्तपरीक्षण गरेर समान किसिमको रक्त अस्वस्थ मदरुलाई स्वस्थ बनाउन दिने पद्धति विकसित भयो । छालामा कालो गोरो देखिएला तर रक्तधमनीमा प्रवाह हुने रक्तकीट र रक्तप्रकार फरक फरक नै हुन्छ । यत्रतत्र हुने गुप्त व्यभिचार र खुला रुपमा भरहेका अन्तरजातीय, अन्तरदेशीय वैवाहिक सम्बन्धबाट विशुद्ध रक्त परम्परा, दूषित हुन गएको भए अर्कै कुरा । अन्यथा वर्ण व्यवस्था अनुसार रक्त,धमनीमा सोही अनुसार रंग र रक्तकीट हुन्छन् भन्ने प्राच्य अवधारणा अकाटुय छ । त्यसैले याज्ञवल्क्य स्मृतिमा शास्त्र सिद्धान्तको सूत्र छ–

“सवर्णेभ्यः सवर्णासु जायते हि सजातय” भावार्थ– समान वर्णको पुरुष, समान वर्गकी नारी (स्त्री)बाट समुत्पन्न सन्तान नै सजाति हुन् । आधुनिक–भौतिक विज्ञानले पनि यसलाई पुर्णतया नकार्न सक्दैन । अंग्रेज हुन् वा जर्मन, फ्रेन्च हुन् कि अन्य आफ्नै रक्तरंग र वर्णको गौरबगान गर्छन् । यद्यपि पाश्चात्य जगतमा यौन समागमको स्वतन्त्रताको प्रतीक यौनक्रियालाई शारीरिक भोक र इन्द्रिय तृप्तिकै निमित्त प्रयोग गरिन्छ । विभिन्न श्रेणीका परस्पर भिन्न रक्त समिश्रणको परिणामले जीवन प्रवाहमा विघटन नै निम्त्याइरहेछ । सम्बन्ध बिच्छेदका कारण दृश्यमा अनेक होलान् । तर सूक्ष्म तरंगमा रक्त अशुद्धताकै परिणाम मानसिक द्वन्द्व, तनाव र वैमनस्य प्रमुख कारण हो । भौतिक विकासको चरम शिखर छोएको पश्चिमी जगतको जीवनशैली संयुक्त परिवारमा रमाउँदैन । आध्यात्मिक शक्तिका लागि भौतारिएको छ । त्यहाँ आध्यात्मिक शान्ति छैन । वर्ण संकरकै कारण यस्तो अवस्था आएको हो ।

यसरी नै प्रकृतिका अन्य स्थावरजंगम, वनस्पति, वृक्षादिको साथै देवता, दैत्य र उद्भिज सबैको वर्ण व्यवस्था वैदिक वाङ्मयमा सविस्तार उल्लेख छ । संक्षेपमा यसबारे यहाँ केही चर्चा गरिन्छ ।

समस्त ब्रह्माण्ड प्रकृतिका तीन गुणको वैषम्यको परिणाम मानिन्छ । वर्ण व्यवस्था प्रकृतिका सत्व, रज, तममै आधारित हुन् । ब्रह्माण्डका जड हुन् वा चेतन सबैमा वर्ण व्यवस्थाको अस्तित्व छ । वैदिकशास्त्रमा यसको यत्रतत्र उल्लेख छ । तैत्तरीय ब्राह्मण र अग्निपुराणले सृष्टि संरचनाको वर्णन गर्छ । यसको सारसंक्षेप टिपोट गरौं–

पहिले ब्राह्मणवर्गको उत्पत्ति सनतकुमारादिबाट सुरु भयो । उनीहरुबाट सृष्टि अगाडि बढ्न सकेन । प्रजापतिले क्षत्रियवर्ग उत्पन्न गरे । यो वर्णका इन्द्र, बरुण, रुद्र आदि क्षत्रिय देवता हुन् । यिनीहरुबाट सृृष्टिले निरन्तरता पाउन सम्भव भएन । त्यसपछि सृष्टिमा आएका हुन् वैश्यवर्णका वसु, रुद्र आदि । यिनले पनि सृष्टिलाई अगाडि बढाउन सकेनन् । शुद्रको उत्पत्ति भयो । शुद्रवर्णमा परे पूषादि देवता । यी चतुर्वणमा पर्छन् । यी सबैको उत्पत्ति अमैथुनी सृष्टि हो । यस्तो सृष्टिलाई निरन्तरता दिने उपायका रुपमा मैथुनी सृष्टिको प्रारम्भ भए तापनि सृष्टि संरचनामा अमैथुनी सृष्टिबोध गराउने शब्द ब्रह्मको यथास्थान छ । त्यसैले शब्दलाई नै ब्रह्म भनिन्छ । “ॐकार मात्रम सचराचरं जगत” सृष्टिलाई निरन्तरता दिन अन्य योनि र वनस्पतिको असंख्य उत्पत्ति भयो । यो पराप्रकृतिले व्यवस्थित गरेको जगतमा अनुकूल वातावरण बनाइराख्ने एक अर्काको बीचको सम्बन्ध अनुपम मानिन्छ । मनुष्य नभएको ठाउँ त्यो जल होस् वा स्थल, नभ नै किन नहोस् । जलचर, नभचर, स्थलचर सृष्टिचक्र घुमिरहन्छ । मानिस नभएर सृष्टि रोकिन्न । अमैथुनी सृष्टिभन्दा मैथुनी सृष्टिको उपादेयतामा जोड दिंदै विपरीत लिंगीमा परस्पर आकर्षण र उत्तेजना नरनारीका यौवनकालमा देखापरे ।

जसरी मनुष्यमा ब्राह्मण शब्द अग्रणी रह्यो यसको मूलमा ‘ब्रह्मजानाति ब्राह्मण’ भन्ने उत्ति छ । त्यस्तै पशुमा ‘अज’ अर्थात् बोका हो । जसरी मानिसमा क्षत्रियहरुको वर्ण छ, त्यस्तै पशुमा भेडो पर्छ । मनुष्यमा वैश्य भने जस्तै पशुमा गाईगोरु पर्छन् । मनुष्यको शुद्र जस्तै पशुको घोडा हो । यो चार वर्ण हो । यसरी नै वनस्पतिको पनि वर्गीकरण भयो । काठमा हलुका, कमलो जति ब्राह्मण जातिको वृक्ष–वनस्पति वर्गमा पर्छ । बलियो, हलुंगो तर दुष्कर जातिको वृक्ष–वनस्पति क्षत्रिय वर्णमा पर्छ । नरम तथा गरुंगो वृक्ष–वनस्पति वैश्य जातिको हो । अति बलियो र गरुंगो वृक्ष–वनस्पति शुद्रजातिमा वर्गीकरण गरिएको छ ।

यसरी यो सृष्टिमा देवता ब्राह्मण, क्षेत्रिय आदि चारै वर्णको अस्तित्व भएजस्तै पशुमा पनि वर्गीकरण गर्दा सत्य गुणप्रधान पशु ब्राह्मण वर्गमा पर्छन् । यसमा ‘अज’ बोका–बाख्राको उपलक्षण भएका सत्व गुणप्रधान ब्राह्मण कोटीमा गनिन्छन् । ब्राह्मणलाई ‘बाख्रीको छोरो’ भनेर गिज्याउने लोकोक्ति यसैको प्रतीक छ । भेडाको उपलक्षण भएका सिंह, बाघ, भालु आदि पशुजगतका वीरहरु क्षत्रिय कोटीका हुन् । राणा, ठकुरी, खस थर विशेषका क्षत्रियहरुले आफ्नो नामको पछाडि सिंह थप्नुको कारण यही भए जस्तै पशुजगतमा वैश्य उपलक्षण भएका गाई–भैंसी लगायतका जनावर जस्तै शुद्र उपलक्षण भएका घोडा, उट आदि पशु वर्गीकरणमा शुद्र वर्गमा परेका छन् । कुकुर, बिराला, स्याल चाण्डाल कोटीका हुन् ।

पक्षीमा हाँस, कुखुरा, सुगा, मैना, सारस, परेवा, मलेवा आदि ब्राह्मण वर्गमा पर्छन भने बाज, गरुड, ठेउवा आदि क्षत्रिय वर्गका हुन् । तित्रा, बट्टै, मयूर आदि वैश्य वर्णमा र चील, लाटोकोसेरो आदि शुदू तथा बकुला, काग, गीद्ध चाण्डालकोटीका पक्षी हुन् ।

वृक्ष–वनस्पतिको वर्गीकरणमा शमी, पलास, पीपल, अपामार्ग, बेल तुलसी आदि ब्राह्मण वर्गका हुन् । साल, सिसौ, रक्तचन्दन आदि क्षत्रिय वर्णका हुन् । आँप, अनार, खयर, कटहर, बडहर आदि वैश्य वर्णका मानिन्छन् । चाण्डालकोटीमा काँडेदार लहरा भैंसीकाँडो, डम्वरेकाँडो लगायत पर्छन् ।

माटोमा कमेरो लगायतको सेतो फुस्रो माटो ब्राह्मण वर्गमा पर्छ । गेरु लगायत रातो माटो क्षत्रिय वर्णमा वर्गीकृत भएको छ । पहेंलो रंगको माटो वैश्य वर्णभित्र पर्छ । कालोमाटो शुद्रको कोटीमा र खस्रो बालुवा तथा ग्रग्य्रान माटोलाई चाण्डाल माटोमा वर्गीकरण गरिएको छ । 

यसरी नै पत्थरमा फटिक, सिंहमर्मर आदि र रत्नमा, हीरा–मोती, सुनचाँदी, तामा, फलाम धातुहरुको पनि वर्गीकरण भएर ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र र अन्त्यज श्रेणीमा विभाजन गरिएको यतत् ग्रन्थमा सविस्तार वर्णन पाइन्छ । यसका साथै ग्रहमण्डल समेत वर्गीकरणमा पर्छ । सौम्य ग्रह र पाप ग्रहको विशेषता बोधगम्य छ । चन्द्र, वृहस्पति सौम्य ग्रह हुन् । यी ब्राह्मण वर्गमा परे जस्तै अन्य ग्रह तथा नक्षत्रहरु वैश्य शुद्रमा र राहु, केतु अन्यमा पर्छन् । यसरी नै सृष्टिका सबैको वर्गीकरण शास्त्रले गर्छ ।

यता नरनारीमा पैदा हुने स्रावको गुणवत्ता र यौन क्रियापूर्वको मोह वा आकर्षण, उत्तेजनाको केही चर्चा गरौं–

नारीको रजस्वलाको मासिक चक्रमा प्रजननको उर्जा थपिए जस्तै पुरुषको रजोगुणमा असंख्य शुक्रकीट पैदा भएर वीर्य बन्यो । त्रिगुण सम्बन्धी भेदका अनुरुप नरनारीको वर्गीकरण यसरी भयो–

सात्विक नरनारी गुणमोहित हुन्छन् ।
राजसीक नरनारी रुपमोहित हुन्छन् ।
तामसीक नरनारी काममोहित हुन्छन् ।

त्यसैले नरनारीको मैथुनकालको पनि तीनै दशा हुन्छ । जस्तै (१) सात्विक नरनारीको प्राकृतिक दशा (२) राजसीक नरनारीको विकृत दशा । (३) तामसीक नरनारीको उन्माद दशा । यसमा प्राकृतिक दशा मुक्तिप्रद मानिन्छ । यसैलाई चार पुरुषार्थमा धर्म, अर्थ, काम, मोक्ष भनियो । ब्रह्मारन्ध्रको कपाट दुईपटक खुल्छ । पहिलो यौनक्रिडामा रत हुँदा चरम उत्तेजित अवस्थामा र दोस्रो ध्यानावस्था चरम समाधिमा रहेर नश्वर शरीर छोड्ने अवस्थामा । शरीर छोडेपछि दागबत्ती दिंदा ब्रह्मारन्ध्रमा हान्ने प्रचलनको पनि रहस्य छ । 

यौनक्रिडाका सबै आसन योगासनमै पर्छन् । योगको अर्थ जोड्नु हो । यौनक्रिडामा प्रकृति र पुरुष जुटेर सृष्टि सुचारु गर्न योगदान दिन्छन् । त्यसैले ब्रह्मारन्ध्र खुल्छ । वात्सायन जस्ता ऋषि महर्षिले कामक्रिडामा खुल्ने ब्रह्मारन्धको कपाटलाई रहस्यमय बनाए । ध्यानावस्थित अवस्थामा खुल्ने कपाटलाई विशेष महत्व दिए । तर, धर्म, अर्थ, काम, मोक्षको सूत्र भने वैदिक वाङ्मयमा विविध परिभाषा र अर्थका साथ उल्लेख हुँदै आयो । रजनीश (ओसो)ले “सम्भोगदेखि समाधितक” भन्ने पुस्तकै लेखे । उनलाई विश्वभर ‘सेक्स गुरु’का नामले पनि परिचित गरायो । रजनीश (ओसो)ले यौन समागमबारेको रहस्य उदांग पारे । 

यस्तै विकृतदशालाई स्वर्गप्रद भन्नुको अर्थ छ । यसबाट संयुक्त परिवारको सुखद् निरन्तरताका साथै सृष्टि संरचनामा विधेयक उर्जा थपिने हुँदा यो स्वर्गतुल्य मानियो । ‘धन्यो गृहस्थाश्रम’ यसैको प्रतीक हो । गृहस्थका नरनारीलाई दम्पत्ति भनिन्छ । सम्पत्ति र दम्पत्तिको लाक्षणिक अर्थ नै सुख–सुविधा सम्पन्न जीवनचर्याको पर्याय हो ।

तामसीको उन्माद दशाको बेलिविस्तार लगाउन जरुरी छैन । यो पागलपनको द्योतक हो । बलात्कार, यौनहिंसा विविध अपराधिक क्रियाकलाप यसका उपविज्य कर्म हुन् । यसरी नै सात्विक नरनारी स्वल्प मैथुनसेवी हुन्छन् । 

राजसीक विचारवान हुन्छन् । मैथुनका निमित्त शयनकक्ष नै सजिसजाउ पार्छन् ।  तामसीक अविचारी, अविवेकी, हिंस्रक हुन्छन् । 

यस अनुरुप सात्विक नरनारी ज्ञाननिरत परम्परार्थी हुन्छन् । राजसीक नरनारी भोगनिरत स्वार्थी हुन्छन् । तामसीक नरनारी विचारविवेकशून्य अनर्थकारी हुन्छन् । 

त्यसैले सात्विक नरनारीका सन्तान ज्ञानवान, कुशल, कर्मयोगी र राजसीक नरनारीका सन्तान अद्भूत क्रियाशील वैज्ञानिक हुन्छन् भने तामसीक नरनारीका सन्तान पशुभावयुक्त पक्षपाती हुन्छन् ।

सात्विकको धीर स्वाभाव हुन्छ । राजसीक स्वाभाव चञ्चल हुन्छन् । तामसीक स्वाभावतः उन्मादि हुन्छन् । त्यसरी नै सात्विकको जीवनचर्यामा नित्य प्रेम र सद्भाव एकअर्काप्रति समर्पणभाव हुन्छ । राजसीकको दिनचर्या कुटिल र छलछाममा बित्छ । तामसीकको दिनचर्या निर्लज्ज, बेइज्जतपूर्ण झैझगडामा, क्रुरतापूर्ण हिंसाजन्य विकृतिमा बित्छ ।

सात्विक नरनारीको संगम दशामा आध्यात्मिक लक्ष्य उत्तेजित हुन्छ । एकले अर्कालाई आनन्द दिने, सन्तुष्टि प्रदान गर्ने तत्परता रहन्छ । राजसीक नरनारीको संगमदशामा एउटै मात्र भौतिक लक्ष्य चरम उत्तेजित हुनु हो । कामवासनाका साथै सुखभोगको अभिलाषाले भोगप्रति नै पुरुष केन्द्रित हुन्छ । नारी पनि भोग्याकै रुपमा प्रस्तुत भएर कामक्रिडाबाट पुरुषलाई पराजित गर्ने र वशमा राख्ने चेष्ठामा नै केन्द्रित हुन्छे । तामसीक नरनारीको संगमदशामा प्रमादजनित आफ्नै मात्र विशेषताको भ्रम र अहंकार उत्तेजित हुन्छ । संभोग शब्द अनुसार परस्परको समान भोग नभएर एकाधिकारको क्षुद्र संकुचित मनोदशामा एकले अर्कालाई थकाएर पराजित गर्ने हिंस्रक रुपमा यौन क्रिडा टुंगिन्छ ।

यसरी रक्त शुद्धता आउने विकृति र तदजन्य वंशाणुगत गुण–अवगुणका आधारमा सृष्टिचक्र अनादिदेखि चलेको छ, घुमेको छ । श्रीकृष्णले गीतामा दैवी र आसुरी दुईथरीको चर्चा गरेका छन् । सात्विकीले मनपराउने अन्न र राजसी–तामसीले मनपराउने भोज्य पदार्थको वर्णन गरेका छन् । छान्दोग्यपनिषदले खाएको अन्न नै रगत र वीर्यमा परिणत हुने प्रक्रियाको चर्चा गर्छ । वैदिक वाङ्मयले अन्न नै ब्रह्म हो– यसैबाट सृष्टि चल्छ भनेको छ । आयुर्वेदले ‘रक्तं जीव इति स्थिति’को सूत्रमा जीवको समस्त जीवनचर्याको परिभाषा दिंदै रक्तविकृति र रक्त शुद्धताको रहस्य उद्घाटन गरेको छ ।

पूर्व प्रधानसेनापति प्यारजंग थापाको अध्यक्षतामा डिल्लीरमण रेग्मी प्रतिष्ठानमा केही दिन अघि भएको ‘नागरिकता ऐन’ सम्बन्धी गोष्ठीमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा टिप्पणी गर्ने बालकृष्ण न्यौपाने र यो टिप्पणीमा चित्त नबुझी प्रतिकार गर्ने अधिवक्ता महिलाहरुको जवाफ दिंदै डा. शास्त्रदत्त पन्तले ‘ क्रोमोसम’ शब्द प्रयोग गरेर नागरिकता विधेयकको प्रसंगमा प्रकट गर्नुभएको विचार स्मरणीय छ । अहिलेको नागरिकता विधेयक नत शास्त्रीय, न त आधुनिक दुबै प्रकारले नेपालको भौगोलिक परिस्थिति अनुरुप मेल खाने देखिंदैन । वैदिक वाङ्मय अनुसार यो क्षयकारक हुने प्रसंग त्यसपछि गोष्ठीका सहभागीबीच चलेको थियो । सिक्कमीकरणको ढोका खोल्न यो विधेयकले सघाउ पु¥याउने पनि त्यहाँ प्रसंग उठेको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
आइएलओ नेपालमा लागू हुने सन्धि नै हैन - महेश्वर शर्मा (06.18.2019)
विसंगतिका यी विविध बान्की - महेश्वर शर्मा (06.05.2019)
“सर्वाधिक सवल” सरकार किन निरीह बन्दै गएको ? - तारा सुवेदी (06.05.2019)
चर्चाको घेरामा ‘राष्ट्रपतिको सरकार’ !- महेश्वर शर्मा (05.28.2019)
गताङ्को बाँकी ... यताको तीस वर्षे शासनको शब्दचित्र - तारा सुवेदी (04.30.2019)
यहाँ प्रजातन्त्रको अर्थ नै हराउन लाग्यो- महेश्वर शर्मा (04.30.2019)
अधिकारको भोक हन्तकारी नै हुँदोरहेछ - महेश्वर शर्मा (04.25.2019)
फर्केर हेर्दा- त्यो तीस वर्ष, यो तीस वर्ष : तारा सुवेदी (04.25.2019)
दोस्रो लगानी सम्मेलनले दिएको सन्देश - तारा सुवेदी (04.10.2019)
आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा (04.10.2019)
कहिलेसम्म छोरालाई बोर्डिङ र छोरी सरकारीमा ? – गीता श्रेष्ठ (04.04.2019)
धर्मको स्वाङमा अलमलिएको राजनीति - महेश्वर शर्मा (04.04.2019)
सूचनाको महत्व र सूचनाप्रद निकाय - महेश्वर शर्मा (03.28.2019)
हल्लामा आएको “विधेयक” माथिको “सडक बहस” - तारा सुवेदी (03.28.2019)
संघीय शासनको चक्र : अर्थको अनर्थ - महेश्वर शर्मा (03.18.2019)
‘‘विप्लव’’ प्रचण्ड बन्न सक्लान् है - तारा सुवेदी (03.18.2019)
संघीयता : बिसौलीको भाँडो– धार्नेको पन्यू - महेश्वर शर्मा (01.01.2019)
विवादास्पद अन्तरिम आदेश : अनुत्तरित प्रश्न ! - तारा सुवेदी (01.01.2019)
नेपालमा अग्र्यानिक बुद्धिजीवीको खाँचो ! - महेश्वर शर्मा (12.11.2018)
‘मिसनरीकरण मिसन’को इतिवृत्तान्त - तारा सुवेदी (12.11.2018)



 
::| Latest News

 
[Page Top]