युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 08.25.2019, 11:28pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
वी.पी. र पी.एलका चितामा रोटी सेक्नेहरुलाई देख्दा - तारा सुवेदी
Monday, 07.22.2019, 05:38pm (GMT+5.5)

आज (साउनको ७ गते) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको देहावशान भएको दिन । त्यस्तै हिजो ६ गते नेपाली कांग्रेस पार्टीका संस्थापक नेता वी.पी. कोइराला दिवंगत भएको दिन । संयोग पनि कस्तो ? दुई विपरित दर्शन सिद्धान्त विचारका महान् नेताको भौतिक अवशान अघिल्लो र दोस्रो दिन स्मृति दिवस मनाउने गरी परेको । यद्यपि कालान्तरको हिसाबले ठीक आधा दशकको फरक– २०३५ साल साउन ७ गते पुष्पलालको देहावशान भएको थियो भने वी.पी. कोइरालाको २०३९ साल साउन ६ गते । त्यसैले २०४७ सालको खुला वातावरण सिर्जना भएपछि ती दुवैको सम्झनामा धेरै वर्षदेखि कुनै न कुनै पत्रपत्रिकामा लेख्ने गरेको थिएँ । कारण पनि स्पष्ट गरौं– मेरो छात्र जीवन मैले बनारसम्म यापन गर्दै औपचारिक शिक्षा र नेपालको राजनीतिक दुवै पक्षलाई अगाडि बनाउने प्रयास गरेको थिएँ । 
त्यसैले होला, साउनको पहिलो हप्ता शुरु हुँदानहुँदै यसपटक ती तस्वीर अगाडि उभिएको र त्यसलाई कसरी शब्द रुपमा उतार्ने भन्ने मन मथिंगलमा तरंग आउन थाल्दथ्यो । त्यो बनारस, त्यहाँका ती गल्ली जसलाई वी.एच.यू. लंका, असीघाटतिर बस्ने साथीहरु ती गल्लीलाई शहर भन्थे– स्मृतिपटलमा दृश्य पटलका चित्रहरु जस्तै आउँथे, जुन आज पनि झण्डै उस्तै छन् । हामी केही विद्यार्थीहरु जसले त्यसबेलाको नेपालको शासन प्रणालीका बारेमा एकै प्रकारको फरक राख्दथे र त्यस शासन प्रणालीको विकल्पमा के कस्तो शासन प्रणाली स्थापना गर्नुपर्छ भन्नेमा नितान्त विरोधाभासी धारणा बोकेका थिए– ले साप्ताहिक रुपमा नै एक ठाउँमा (दुवै विचारप्रति आस्थावान्) बस्थ्यौं र झण्डै दुई तीन घण्टा विचार, विमर्श, छलफल, बहस गर्ने गथ्र्यो । त्यो क्रम मार्च महिना लागेपछि परीक्षाको बेला पर्ने हुँदा रोकिन्थ्यो । जब जुलाईको अन्तिम हप्तामा बनारस पुग्ने समय शुरु हुन्थ्यो विद्यार्थीहरुको साझा संगठन “नेपाली छात्र परिषद्”को निर्वाचनको गर्मीले बनारसको उखरमाउलो गर्मीको पर्वाह नै गरिन्नथ्यो ।
त्यस छात्रपरिषद्को निर्वाचनमा नेपालको तत्कालीन शासन सत्ता नियन्ताहरुको निकै ध्यान जाँदोरहेछ । त्यसैले एक दुई पटक आफ्ना गुप्तचरहरुलाई “स्वतन्त्र उम्मेदवार”को रुपमा निर्वाचन लड्न पनि लगानी गरेको थाहा भयो । पंचायत विरोधी विद्यार्थीहरुले लखेटे । त्यसपछि ती विद्यार्थी मित्रहरुले बनारसमा टिक्न पढ्न पनि पाएनन् । निर्वाचन विद्यार्थीहरु बीचको प्रचारमा कांग्रेस कम्युनिष्ट नेताहरु समेत खट्थे । 
त्यसै सन्दर्भमा सन् १९६६ तिर हो क्यार ! वी.एच्.यू. मा भर्ना भएर शैलजा आचार्य नै अध्यक्षमा उठेपछि बनारसमा निर्वासित कांग्रेस र कम्युनिष्ट नेताहरु नै आफ्नो शक्ति देखाउने रुपमा उत्रिए । दुर्भाग्य ! त्यसबेलासम्म दुवै पक्षका विद्यार्थी मित्रहरुले आस्था श्रद्धा र विश्वास गर्दै आएका पाल्पाका शिव भट्टराईलाई पुष्पलालको तर्फबाट साथ सहयोग भएकोले होला । वी.पी.ले आफ्नो प्रतिष्ठाकै रुपमा लिए । तर  पनि शैलाजा दिदी निकै ठूलो मतान्तरले पराजित भएको देख्नु प¥यो । त्यत्रो वैचारिक द्वन्द्व हुँदाहुँदै पनि हामी २५–३० जना विद्यार्थीहरु भने वैचारिक रुपमा कुन पक्षीय भन्ने स्पष्ट हुँदाहुँदै पनि कहिले मामुरगञ्ज र कहिले दशपत्रु गल्ली पनि पुग्दथ्यौं । (त्यसबेला मामुरगञ्ज जाने भनेपछि वी.पी. कहाँ र “दशपुत्र गल्ली” भनेपछि पी.एल्.को हेडक्र्वाटर भन्ने बुझिन्थ्यो । 
संयोगले २०४८ सालमा प्रतिनिधिसभाको सदस्य लागि भएको निर्वाचनमा तिनै मित्रहरुमध्ये २०–२२ जना जितेर ने.का. को पहिलो बहुमतको संसदमा पुगेको र केही मन्त्री समेत भएको देख्ने भोग्ने अवसर पाइयो । त्यसैले होला, २–४ वर्षको अन्तरालमा बनारस जाँदा ती बनारसका गल्ली– जहाँ ८–९ वर्ष बिताएको थिएँ– अझै आत्मीय लाग्छ । ती मित्रहरु जो अहिले को कहाँ छन् थाहा छैन– ती र– जो पछि सभ्य काठमाडौंमा भेटिन्थे– हरुसँग वनारसमा दर्शन, सिद्धान्तको वादविवादमा लाप्पा खेलिन्थ्यो मात्र होइन– जो जसलाई पञ्चायतका एजेण्टा (लाल, सुराकी) भनेर लखेटेका थियौं– समेत तिनै मंगलागौरी, दूध विनायक, रामघाट ब्रह्मघाट पञ्चकन्या दशपुत्र गल्लीतिरै बरालिएको परिदृश्य मानस पटलमा जीवन्त रहेको अनुभव गर्दछु । यिनै कारणले होला धेरै पटक बनारस पुगेको बेला दूधविनायक नजीकको दशपुत्र गल्लीमा अनायास पुगेको थिएँ । भलै पी.एल्.ले २०३५ सालमा त्यो गल्लीको हेड क्वाटर मात्रै नभई धर्ती नै छोडेर गएको भए पनि त्यहाँ पुग्दा वहाँ लुंगी र गन्जी लगाएर प्रायः उसिनेको चनाले छाक टार्दै गरेको (२२÷२८ तिर सम्मको) तुलसीलाल, हिक्मतसिंह भण्डारी, डी.पी. अधिकारीहरुका क्लासमा बलराम उपाध्यायले लगेर राखेको सम्झिएको थिएँ । 
तर जब त्यो पार्टीबाट “गद्दार–पुष्पलाल” भन्दै हिँडेकाहरु नेपालको सत्ता सिंहासनमा आसीन भएपछि दशपुत्र गल्ती पुत्र गल्ली पुग्दा त्यो हेडक्वार्टर भएको घर धराशायी भएको देखेपछि आफैंलाई कहाँ कुन धर्तीमा उभिएको छु, भनेर प्रश्न गर्न मन लाग्यो । 
झट्ट सन् २०४७ मा पहिलोपटक राजधानी काठमाडौंका प्रज्ञाप्रतिष्ठानको विशाल प्रेक्षालयमा छिमेकी भारतको पश्चिम वंगालका तत्कालीन मुख्यमन्त्री लगायत भारतको माक्र्सवादी पार्टी र भारतीय कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको समेत उपस्थितिमा आयोजित पुष्पलाल स्मृति दिवस सम्झें । त्यहाँ तत्कालीन ने.क.पा. 
(चौम) का नेता निर्मलमा (हाल स्वर्गीय) लाई स्मृति र श्रद्धाञ्जलीका शब्द समर्पण गर्न उपासमा बोलाइएको अवसरमा “मेरो पार्टी र मैले पुष्पलालप्रति ठूलो अन्याय मात्रै होइन, गम्भीर अपराध गरेका छौं । त्यसैले यहाँ श्रद्धाञ्जली अर्पण गर्नुपूर्व मैले र आफ्नो पार्टीले हिजो गद्दार भनेर पुष्पलाललाई जुन भन्यौ, त्यो ठूलो गल्ती थियो । त्यसका लागि आत्मालोचना गर्दै क्षमा माग्दछु” भनेर जुन वक्तव्य शुरु गरेका थिए । तर आज ती पी.एल.को फोटो सामु झुकेर र माला चढाएर दुनियाँलाई “१ नं.को कम्युनिष्ट” पार्टीको शीर्ष नेताहरुले त्यो आत्मालोचना गरे र क्षमा मागेको सुनिएन । 
जेहोस्, यसपटक भने ती महान् नेताहरुलाई बिर्सेका ने.का. कम्युनिष्टहरुले पनि सम्झेका वा सम्झने कार्यक्रम राखेको थाहा पाएर खुशी लाग्यो । 
यसै प्रंसगमा २०३५ साल साउन १२ गते पुष्पलालको अस्थिर कलश ल्याउन रोक्ने जायज नाजायज सबै प्रयास गर्ने, अस्थिकलशका पछाडि मौन जुलुसमा सहभागी नेतादेखि शुभेच्छुक मित्रहरुको नाम टिपेर ल्याउन लगाउनेहरुले र जनमत संग्रहको परिणामलाई निःशर्त स्वीकार्ने वी.पी.को पार्थिक शरीरलाई नगरपरिक्रमा गराउने जुलुसमा हिँड्ने पंक्तिकार जस्ता सहयोगीको अफिसमा छड्के गरी गयल गरेर जागीर खाने धम्की दिने, तत्कालीन सत्तादासहरु नै अहिले “पंचायतकालमा संघर्ष गरियो, दुःख शास्ती पाइयो, व्यवस्था फाल्न ठूलो  खतरा मोलियो भनेर पार्टी नेताका “हजुरीया” बनेको जसरी सुनियो र सुनिँदैछ, त्यसले ती स्वर्गवासी नेताहरुप्रति यिनीहरुको श्रद्धा र अक्षस्था छर्लंग झल्काएको छ भन्ने लाग्छ । त्यसैले यसपटक शब्द श्रद्धाञ्जली समर्पणको पाटो र बाटो तिर अगाडि थप लेख्ने जाँगर थिएन ।
तर तिनै महान् नेताको माला जप्दै उनैको इतिहासलाई उपहास गर्ने गरी जसरी मालामाल हुने बाटो समात्ने काम दुवै धाराका नेता कार्यकर्ताले गरे वा गरिरहेछन्, त्यस्को एउटा कडी भनौं कि शृंखलाको प्रतिनिधित्व ! वर्तमान सत्ता निपन्ता दलबाट भइरहेछ भन्ने लाग्छ । यो सबै उहिलेदेखि अहिलेको कालखण्डसम्मको साढे पाँच दशकभन्दा बढीको राजनीतिक परिवेश परिदृश्यलाई एउटा “वार्वरिक”को नजरियाबाट नियाल्दा निकै दुःख कष्ट र पीर पीडाको तीतो अनुभूति भइरहेको छ । यो यथार्थतालाई ढाँट्नु लुकाउनु पर्ने छैन । तथापि 
“न नूनं पर दुःखेन मृयते कोद्रपि संजय !
यत्र द्रोण महं श्रृत्वा हतं जीवास्मि मन्द धीः !!”
(जति दुःख कष्ट परे पनि बाँच्नै पर्दो रहेछ, हेर न पुत्र अश्वत्थामा र उनी जस्ता सयौं महारथीहरुलाई महाभारतमा मराएर पनि म मूर्ख द्रोणाचार्यलाई बाँचिरहेको तिमीले देखिरहेछौ) भनेर संजयलाई द्रोणले भनेको महाभारतमा द्रोणपर्व ८।९ सम्झिरहेछु ।
त्यति मात्र होइन । विश्व मानचित्रभित्र कहीँ कतै कम्युनिष्ट पार्टीको झण्डा बोकेको दलले प्रजातान्त्रिक निर्वाचनको माध्यमबाट शासन सत्ता हत्याएको नदेखिएको परिवेशमा नेपाल जस्तो अति संवेदनशील भूअवस्थितिमा रहेको नेपाल जस्तो भर्खर मात्र एउटा शासन फ्ँयाकेर अर्को नितान्त उग्र र क्रान्तिकारी परिचय दिएको शक्ति समेतलाई खुला रुपमा अंगाल्दै जनमतको आडबलमा शासन सत्ता नियन्ता बन्ने दलको ल्याकत हैसियतबारे सम्भवत अरु त के, त्यही पार्टीलाई नै अद्भुत लागेको हुनसक्छ । कारण माथि पनि स्पष्ट गरिसकिएको छ । थप भन्ने हो भने नेपालमा कम्युनिष्टको परिचय दिएर जस्तोसुकै र जोसुकै संघीय शासन पनि स्थापित गर्न सकिन्छ भन्ने भ्रमका खेती गर्नेहरुले कस्को आडबल र भरमा त्यसो भनिरहेछन् ? त्यो पनि स्पष्ट हुँदै गएको छ । 
तर फेरि पनि शुरुतिर फर्कौं । वी.पी.को नाम बेचेर पटक पटक सत्तामा पुगेका जी.पी.ले दिल्ली पुगेर मलुवा कम्युनिष्ट पार्टीको शेखी झारी दरकिनार गर्न उग्र बामपन्थीवादीकै परिचय दिँदै निर्वाचनमा गए । राजासँग निःशर्त राष्ट्रिय मेलमिलाप गर्ने र कम्युनिष्टलाई एक्ल्याउने वी.पी.को नाम लिएर जनतासँग निर्लज्ज भोट माग्न छोडेनन् । 
त्यस्तै पुष्पलाललाई “गद्दार” भन्नेहरुले विना क्षमायाचना र आत्मालोचना  उनको तस्वीर पुजेर नौलो जनवादको समाधि माथि “जनताको जनवाद”को स्तम्भ खडा गरी जनतालाई “समाजवाद”को रुपमा बाँड्दै सत्ता शिखर पुगेको देखियो । यस्तो परिवेशमा यो देशमा वी.पी. र पुष्पलालको इतिहास र योगदानको कसरी व्याख्या गर्ने ? वी.पी. र पी.एल.को चितामा स्वार्थमा रोटी सेक्ने होडमा लाप्पा देख्दै गरेकाहरुलाई के भन्ने ?


Rating (Votes: )   
Share     Print


Other Articles:
सन्दर्भ : नागरिकता विधेयकको “रक्तं जीव इति स्थिति”- वेदराज पन्त (06.18.2019)
आइएलओ नेपालमा लागू हुने सन्धि नै हैन - महेश्वर शर्मा (06.18.2019)
विसंगतिका यी विविध बान्की - महेश्वर शर्मा (06.05.2019)
“सर्वाधिक सवल” सरकार किन निरीह बन्दै गएको ? - तारा सुवेदी (06.05.2019)
चर्चाको घेरामा ‘राष्ट्रपतिको सरकार’ !- महेश्वर शर्मा (05.28.2019)
गताङ्को बाँकी ... यताको तीस वर्षे शासनको शब्दचित्र - तारा सुवेदी (04.30.2019)
यहाँ प्रजातन्त्रको अर्थ नै हराउन लाग्यो- महेश्वर शर्मा (04.30.2019)
अधिकारको भोक हन्तकारी नै हुँदोरहेछ - महेश्वर शर्मा (04.25.2019)
फर्केर हेर्दा- त्यो तीस वर्ष, यो तीस वर्ष : तारा सुवेदी (04.25.2019)
दोस्रो लगानी सम्मेलनले दिएको सन्देश - तारा सुवेदी (04.10.2019)
आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा (04.10.2019)
कहिलेसम्म छोरालाई बोर्डिङ र छोरी सरकारीमा ? – गीता श्रेष्ठ (04.04.2019)
धर्मको स्वाङमा अलमलिएको राजनीति - महेश्वर शर्मा (04.04.2019)
सूचनाको महत्व र सूचनाप्रद निकाय - महेश्वर शर्मा (03.28.2019)
हल्लामा आएको “विधेयक” माथिको “सडक बहस” - तारा सुवेदी (03.28.2019)
संघीय शासनको चक्र : अर्थको अनर्थ - महेश्वर शर्मा (03.18.2019)
‘‘विप्लव’’ प्रचण्ड बन्न सक्लान् है - तारा सुवेदी (03.18.2019)
संघीयता : बिसौलीको भाँडो– धार्नेको पन्यू - महेश्वर शर्मा (01.01.2019)
विवादास्पद अन्तरिम आदेश : अनुत्तरित प्रश्न ! - तारा सुवेदी (01.01.2019)
नेपालमा अग्र्यानिक बुद्धिजीवीको खाँचो ! - महेश्वर शर्मा (12.11.2018)



 
::| Latest News

 
[Page Top]