युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 08.25.2019, 11:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
विश्वको प्राचीनतम राज्यमा आयातित शासन प्रणाली - वेदराज पन्त
Tuesday, 07.30.2019, 12:32pm (GMT+5.5)

नेपाल अधिराज्यको उत्पत्ति वैदिकालमै भएको मानिन्छ । विश्वका प्राचीनतम राज्यमा यसको अग्रगण्य भूमिका छ । वैदिक सनातन धर्मावलम्बी हिन्दु अधिराज्य हिमवत्खण्डको यो नेपालमा गौरीशंकर, अन्नपूर्ण, धवलागिरि हिमालको नाम वैदिक वाङ्मयमा विविध प्रसंगमा उल्लेख छ । व्यास, जैमिनी, वाल्मीकि, च्यवन आदि ऋषि र जनक जस्ता राजर्षीको नाम यस प्रसंगमा लिइने गरिन्छ । शान्तिदूत बुद्ध र संख्य दर्शनका कपिलमुनि लगायतका दार्शनिक, व्याकरणविद पाणिनि यही भूभागमा जन्मिए । सनातन हिन्दु जीवनशैलीमा अभ्यस्त हुने समाज नेपालमा यसैकारण सुदृढ थियो । 
एकात्मक राजतन्त्रमा आस्था राखेर देशभक्ति, गुरूभक्ति, राजभक्तिको प्रभावमा राष्ट्रिय जीवनचर्या परापूर्वकालमै व्यवस्थित रहेको भयो । त्यस्तो एकात्मक समाजमा हुर्के–बढेको व्यक्ति संघीय लोकतन्त्रात्मक–गणतन्त्र र धर्मनिरपेक्षको आयातीत कर्णकटु ध्वनिको कोलाहलमा एक्कासी प¥यो । ऊ झस्कियो–आत्तियो । वरपर हे¥यो । राजनीतिक–प्राकृतिक मानचित्रको कम्पन अनुभव ग¥यो । सांस्कृतिक मानचित्र भयभित भएको देख्यो । आर्थिक, शैक्षिक, सामाजिक मानचित्रका साथै मानवीय संवेदना र सबै नीति–नियम मुच्र्छित हुँदैगएको देख्यो । राजनीतिक, प्रशासनिक, न्यायिक क्षेत्र लथालिंग, अस्तव्यस्त भएर लुट्ने, चुस्ने, ठग्ने, ढाँट्नेहरू निर्धक्क अट्टहाँस गर्दै हिंडेको भेट्यो । पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुकको प्राकृतिक मानचित्र र यसभित्रका स्थावर जंगमका प्राणी, वनस्पतिको अस्तित्वमाथि नै चुनौति खडा गर्ने विभत्स छायाँ मडारिइरहेको देख्यो । किंकर्तव्यविमुढ बनेका आफन्तहरू र वरपरका बौद्धिक, पाका, पुरानाहरूको विवशता र वाध्यतामा दुःखी भयो । अर्थसापेक्ष, धर्मनिरपेक्ष नारावादीको पट्यारलाग्दो गतिहीन नौटंकी हे¥यो ।
स्वतन्त्रताको पाठ उसले पुर्खाबाटै पढेको थियो । गुरू गोरखनाथ र उनका चेला पृथ्वीनारायण शाहप्रति कृतज्ञ थियो । पृथ्वीनारायण शाहले दुई शताब्दी अघि नै गोरखाबाट स्वतन्त्रताको स्वाराजको परिभाषा गर्दै विदेशी विधर्मीहरूलाई चुनौति दिएका थिए । नेपाल बाहेक भारतीय उपमहाद्वीप वृटिश साम्राज्यको उपनिवेशमा दमित थियो । वैदिक युगको शासन पद्धतिअनुसार यो भूखण्डमा सनातन धर्मले निर्देश गरेको जीवनशैली अनुसार समाज व्यवस्थित हुनुपर्छ भन्ने सूत्रका स्रोत व्यक्ति पृथ्वीनारायण शाह हुन् । उनले धर्मकै रसायनबाट बुद्ध जन्मभूमि लुम्बिनी र विष्णुको प्रतीक दामोदरकुण्ड तथा मुक्तिनाथ सहितको मुस्ताङ, तराईको गढीमाई र उपत्यकाको गुह्येश्वरी, गोरखनाथ, पशुपतिनाथ र स्वयम्भूनाथ लगायत मच्छेन्द्रनाथ प्रभृत्ति नाथहरू शीरमा राखेर यो भूमिको एकीकरण गरे । राजर्षि जनकको मिथिला राज्य लगायत गौतम बुद्धको पुर्खाले राजकाज गरेको क्षेत्रमा पृथ्वीनारायण शाहले हाँकेको सेनाले कतै पनि रक्तपात हुने कुनै लडाई लडेन । भावनात्मक वैचारिक अभियानबाट यस्ता क्षेत्र नेपालको राजनीतिक मानचित्रमा एकीकरण भए । पृथ्वीनारायण शाहले हाँकेको सेनाले पूर्व–पीश्चमका पहाडीयासंग नै भिडेको इतिहास छ । मधेश वा हिमाली क्षेत्रमा गोर्खाली सेनाको कसैसंग भिडन्त भएको थिएन । यस्तो अभियानमा उनले न त कुनै गुम्बा, चैत्य वा मठको ध्वंश गरे न त काठमाडौं उपत्यकाभित्रका कुनै सांस्कृतिक सम्पदा र संस्कृतिको उपेक्षा गरे न त त्यसमा कुनै चोट पु¥याउने चेष्टा गरे । बरू संरक्षण र सम्बद्र्धन गरे । उपत्यका लगायत मधेश, पहाड र हिमालमा पृथ्वीनारायणले संरक्षण र सम्बद्र्धन गरेको त्यो धार्मिक–सांस्कृतिक परम्परा अझै जीवित छ ।
यसरी नै पूर्वका हलेसी, पाथीभरा लगायतका मन्दिर र मध्यपश्चिमका चन्दननाथ, सुदूरपश्चिमको बढीमालिका समेतका सबै धार्मिक–सांस्कृतिक पक्ष एकआपसमा आबद्ध हुँदै गए । ‘संगै हिंडौ, संगै भोगौं, संगैसंगै बाँडिचुँडी गरौं’ भन्ने वैदिक सूत्र अनुसार धर्मको रसायनले एकताको अभियान चल्यो । यो अभियान प्रारम्भ गर्दा उनले विदेशी गुहारेनन्, कसैलाई कष्ट पनि दिएनन् । पराजित राजाहरूका अन्तिम इच्छा पूरा गरिदिए । विधर्मीलाई बर्सासर भनेर शान्तिपूर्ण ढंगले नैसम्झाए । हिंस्रक–कुटील चालचल्ने केप्चुन पादरी भने निकालिए । वैदिक शासन व्यवस्थाको सूत्र वा मन्त्रको भरमा एकीकरण अभियानले यसरी गति लियो ।
वैदिक दर्शनका केही जीवनशैलीका सूत्रहरूको मनन् गर्दा प्राच्यको समाज व्यक्तिगत जीवनको संकुचनबाट माथि उठेर ईश्वरीय सृष्टिमा अनुरत हुने ढाँचामा विकसित भएको बुझियो । संयुक्त पारिवारिक संरचनामा त्यो समाज रमाउँथ्यो । आफ्ना लागि कसैले केही सोच्नै पर्दैनथ्यो । संयुक्त परिवारको केन्द्रविन्दु हुँदै समाजले नै समाजका लागि चिन्तन गर्ने हुँदा सुख–शान्तिको निर्माण समाजकै लागि हुने परिस्थिति प्राच्यमा बन्यो । आदर्श समाज बन्न आदर्श व्यक्ति नै अपरिहार्य हो । जुनजुन व्यक्ति वा परिवारबाट समाज बन्यो, तत्तत् क्षेत्रका आदर्श परिवारका व्यक्तिले आफ्नो निमित्त निहित स्वार्थको कामकुरा गर्न छोडेर समाजको निमित्त नै काम कुरा गर्ने शैली विकसित गरेको पाइयो । व्यक्ति संकुचित नभएर उदार हुँ्दा वैयक्तिक निकृष्ट स्वार्थ र कुत्सित वासना परित्याग गरेर जीवन सरल ढंगमा विताउन अभ्यस्त भएकोले आत्म अनुशासन कायम राख्दा असत्यमाथि सत्यको विजय भयो । “असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतंगमय”को वैदिक उद्घोष चरितार्थ भयो । त्यागी जीवनमा अभ्यस्त हुँदा चिन्तनशैली र कामकुरा समाजकै हितमा केन्द्रित भए । आफ्नो र अन्य व्यक्तिमा अभेद दृष्टिमा जुन सत्व र तत्व विद्यमान हुन्छ त्यसैले सद्भाव पैदा ग¥यो । “वसुधैव कुटुम्बकम्” सूक्ति नै बन्यो । यही सद्भावले समाज सेवामा समर्पित हुन व्यक्तिव्यक्ति अग्रसर भए । ठूलठूला बगैंचा, पाटीपौवा, सत्तल, देवल, चौतारा, पोखरी, गुम्बा, मठमन्दिर, पुरातात्विक महत्वका अन्य सम्पदा जेजति बने समाजसेवामा समर्पितबाटै बनेका थिए । प्राकृतिक मानचित्र स्वच्छ, स्वस्थ, सन्तुलित थियो । प्राकृतिक स्रोत साधन सुरक्षित थिए । त्यसको संरक्षणको कार्य राष्ट्रको सेनाले कर्तव्यधर्म पालना गरेर व्यवस्थित गरेको थियो ।
पशुपतिनाथ स्वयम्भूनाथ लगायतका विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक महत्व राख्ने मठमन्दिरका साथै पुरातात्विक महत्वका अन्य गुफा, चैत्य, गुम्बा, कुण्ड, चौतारा, पोखरी २१ औं शताब्दीपूर्व नै भौतिकरूपले आकार लिएर यतद स्थलविशेषमा ठडिए । यसरी मूर्तरूप दिने कलाकार–सिकर्मी–डकर्मीहरूको शील्पको आफ्नै मौलिक विशेषता रह्यो । यो वैचारिक दृष्टिमा चिन्तन गर्ने चिन्तक हुन् वा यसलाई मूर्तरूप दिन समर्पित हुने राज्य व्यवस्थाका अन्य अंग–प्रत्यंगबारे कुनै अनुसन्धान कसैले गरेन । यसको कुनै अभिलेख राखिएन । यो अतीव सूक्ष्म विषय हो । स्थूलरूपमा यो देखिंदैन । यसको व्याख्या विश्लेषण असम्भव छ । ईश्वरीय सृष्टिमा मानवीय सृष्टिको निवार्थ जीवनशैलीको यो प्रबन्ध वैदिक शासनको एक अभिन्न अंग नै थियो । अहिले कुनै पनि कार्य गर्दा निस्वार्थ कसैले गर्दैन भन्ने धारणा बलवति छ ।
प्राच्य समाजका निमित्त त्याग गर्ने भावनाले यसरी मूर्तरूप लिनुको कारण सनातन धर्मको परस्परकैविशेषता मानिन्छ । परमशब्द र पराशब्दको संयोजनबाट परम्पराशब्द निस्पन्न हुन्छ । परा प्रकृति हो । परम विशेषत हो । यस्तै धारणालाई आत्मसात गरेर समाजसेवामा राजा–प्रजा सबै निरन्तर तल्लिन भए । समाजसेवा गर्ने, मार्गदर्शन गर्ने, त्यागी–ज्ञानी जति धेरै भए त्यति नै त्यो कालखण्डको समाज सभ्य, सुखी र विकसित भयो । प्राकृतिक मानचित्रका स्रोत र साधन सामाजिकरण गरिए  । वनजंगल, वनस्पतिका साथै नदी, पर्वत, गुफा, कन्दरा प्राकृतिक रमणीयस्थल समाजका निमित्त आरक्षण गरिए । प्राच्यका वैदिक शासन प्रणालीले निर्माण गरेका पुरातात्विक महत्वका स्थूल पदार्थ वा स्मारकहरू अहिलेका अन्वेषक–अनुसन्धानकर्ताका निमित्त जति महत्वका छन् त्योभन्दा बढी महत्व वैदिक शासन प्रणालीको छ, परम्पराको छ । तर यो पद्धतिबारे अनुसन्धान भएन । लाखौंलाख वर्ष चलेकको वैदिक शासनका सूत्रहरू प्राच्य वाङ्मयमा लिपिबद्ध भए पनि तीअहिले पठनपाठनमा आउँदैनन् ।
विश्व सम्पदा सूचीमा नेपालको सांस्कृतिक सम्पदाको सूची छ । ऐतिहासिक कालखण्डे भौतिक सम्पदा र प्राकृतिक सम्पदाका नाममा पनि केही सम्पदा सूचीकृत छन् । यस्तो सूची राख्ने र हटाउने अहिले युनेस्कोको आफ्नै नीति नियम छ । सांस्कृतिक सूचीमा मानव निर्मित संरचनाका पुरातात्विक महत्वका सम्पदा सूचीकृत गरिन्छन् । प्राकृतिक सूचीमा प्रकृतिका संरचना सूचीकृत गरिन्छन् । यी दुबैको स्रोत भौतिक हो । जड हो । विकासको रूढ परम्पराको स्रोतसम्म पुग्ने मार्गचित्र नै पुरातात्विक महत्व राख्ने सम्पदा हो । रूढको अर्थ जरो हो । युनेस्कोले भौतिक सम्पदाको जरोलाई सुरक्षित गर्न पुरातात्विक महत्व राख्ने सम्पदा सूचीकृत गर्ने आधार तय गरेको छ । सूचीकृत भएका भौतिक सम्पदा हटाउने नीति नियम तय गरेको छ । प्राच्यका भौतिक मानवीय सृष्टि संरचनाका पुरातात्विक महत्व राख्ने सम्पदा सूचीकृत भए । अध्यात्म जगतका अन्य स्पर्श गर्न नसकिने, जोख्न, नाप्न वा भावनात्मक रूपमा चेतनाले मात्रबोध गरिने परम्परागत संरचनाको सूची तयार गरेको छैन । शाश्वत सत्य र इतिहासको कालखण्डे दुई धारा सृष्टि संरचनामा छन् । त्यसैले प्राच्य परम्परामा वर्गीकृत प्रकृतिका दुई स्वरूपमध्ये अपरा प्रकृतिका पुरातात्विक महत्वका २१ औं शताब्दीपूर्व नै लिपिबद्ध भएका धर्मग्रन्थ वेद–वेदान्त, उपनिषदले चर्चा गर्ने  परा प्रकृतिका सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छैनन् । यनारीप्रधान देवी भागवत र देवीगीताले आद्यशक्तिको महती परिचय दिएको छ । यो जगतको व्यवस्थापन गर्ने परा प्रकृतिको चर्चा श्रीमद्भगवद्गीतामा श्रीकृष्णले गरेका छन् । यसलाई कोमलनाथ अधिकारीले “परा प्रकृति अर्की छ थाम्दछे यो जगत पनि” भनेर संसार व्यवस्थित गर्ने परा प्रकृतिले हो भन्ने आशय व्यक्त गरेका छन् । राजयोग नामक योगको त्यहाँ चर्चा छ । वैदिक राजतन्त्र वा शासन प्रणालीबारे संस्कृत वाङ्मयमा वृहद चिन्तन छ । यसको अध्ययन, संरक्षण, सम्बद्र्धनमा अनास्था राख्दै आत्मविस्मृतिमा परेर औपनिवेशिक छाता ओढेर त्यतैतिर आस्थावान भएर रमाउने प्रवृत्तिको विकास हुँदैछ ।
प्राच्यको हिन्दु सांस्कृतिक समाज धर्मसापेक्ष, अर्थनिरपेक्ष थियो । यसै अवधारणा अनुरूप व्यवस्थित भयो, गुरूकुल स्थापित भए । पीढी शिक्षा निरन्तर चल्यो । “तेन त्यक्तेन भुञ्जिथा मागृध कस्यस्विद्धनम्” । नारायणभावले एक आपस्तमा अन्तरक्रिया हुन्थ्यो । नारायण नै एक अर्काको अभिवादनको शब्दविन्यास बन्यो । व्यक्तिव्यक्तिको भेटघाटमा यही शब्दविन्यास प्रचलित थियो । सबै इमान्दार, विश्वासिला र एक अर्काप्रति सम्वेदनशील थिए । कुनै नियम कानुन वा राजसत्ता दण्ड विधानको आवश्यकता नै परेन । हिन्दुले जति स्वतन्त्र चिन्तन गरे, धार्मिक सहिष्णुतामा अभ्यस्त रहे– त्यति अरूले गरेनन्, गर्न सक्दैनन् ।
त्यहाँ–
“न राज्यं न च राजाऽऽसिन्न दण्डो न च दण्डिक
धर्मेणैव प्रजाःसर्वा रक्षन्ति च परस्परम्” भन्ने सूक्ति नै बन्यो । यो शाश्वत सत्य हो ।
अर्को ऐतिहासिक कालखण्डे प्रसंग छ– ईशाको ३०० वर्ष पूर्व नै मगधमा चन्द्रगुप्त मौर्य सम्राट हुँदा मगधका राजा धनानन्दलाई सत्ताच्यूत गर्ने योजना नेपालका राजाको दरवारमा बन्यो । यसको लगत्तै धनानन्दका प्रतिनिधि पनि नेपालमा आएर नेपालको राजदरबारमा राजासंगै भेट गरे । धर्मकै दुहाई दिएर मगधका शत्रुलाई कुनै सहयोग नगर्न अनुरोध गरेको धारावाहिक “चाणक्य”को भारतीय दूरदर्शनबाट प्रदर्शित वृत्तचित्रमा देखिन्छ । भारतीय इतिहासकारले २५ सय वर्ष पुरानो नेपालको इतिहासबारे विविध प्रसंग यसरी उल्लेख गरेका छन् ।
आफ्ना हजूरबुबाको राज्यसत्ता स्थापनामा नेपालले सहयोग गरेको कारण सम्राट अशोक नेपालप्रति कृतज्ञ थिए । लुम्बिनीमा उनले ठड्याएको स्तम्भ यसैको प्रतीक हो । नेपालको अस्तित्वबोध गराउने यस्ता अभिलेख प्रशस्त छन् । अठार महापुराणभन्दा पूर्व नै लेखिएको मानिन्छ देवीभागवत । भगवदगीतापूर्व नै लिपिबद्ध देवी गीतामा नेपालका हिमशिखरको चर्चा छ । यसका साथै तीर्थ र पीठको वर्णनमा “गृहस्थकालल्या महास्थाने नेपाले यत्प्रकिष्टितम” भन्ने उद्घघोष देवीले गरेकी छिन् । शैलपुत्री पार्वती नेपालकै हिमालमा प्रादुर्भाव भएको विवरण वैदक वाङ्मयमा छ ।
महाभारतयुद्धमा कौरबबिरूद्ध पाण्डव पक्षमा नेपालका राजाले हाँकेको नेपाली सेना सम्मिलित भएको प्रसंग छ । यस्ता पुरातात्विक अभिलेख संस्कृत वाङ्मयमा प्रशस्त छन् । नेपालको राजतन्त्र वैदिककालीन शासनको अवशेष मानिन्छ । त्यसैले नेपालका राजाको पाउ समातेर भारतका वरिष्ठ नेताले प्रणाम गरे । यसबारे उनलाई प्रश्न गरियो । उत्तर थियो– हिन्दुले राजालाई विष्णुको प्रतीक मान्छन् । विष्णु पादुकाको पूजा गर्छन् । राजाको पाउ छुन्छन् । राजाको हुकुम शिरोपर गर्छन् । राजाको हुकुम शास्त्रसम्मत, लोकसम्मत हुन्छ । यही विश्वास गर्छन् । 
यिनै प्रेरणाले “हिन्दु धर्मका तात्विक विशेषता, प्रदक्षिण, राजतन्त्रका तात्विक विशेषता, पीढी शिक्षा, स्फोटवाद, षष्टि संवत्सर, दशैं, अनुचिन्तन” लगायतका कृति प्रस्तोताले यसअघि प्रस्तुत गरिसकेको छ । प्राच्यमा प्रत्येक व्यक्ति नियममा आबद्ध हुने र त्यस्तो नियम संस्कारकै रूपमा ग्रहण गर्ने परिपाटी रहेको बोध गर्न व्रतबन्ध विधानतिर पनि ध्यान केन्द्रित भयो । यसबारे अर्को छुट्टै कृति प्रकाशित छ । व्यक्तिव्यक्ति नियममा आबद्ध भएजस्तै सृष्टि संरचनाको पनि विधि र विधान भएको यतकिञ्चित बोध यसरी ग¥यो । प्राच्यका मनीषीहरूले नै राज्य संचालनको विधि र विधान तर्जुमा गरेकोमा ऊ विश्वस्त छ । यसैले प्रेरित गर्दा व्रतबन्ध विधान र वैदिक शासन प्रणालीबारेका केही टिपोटलाई छुट्टाछुट्टै दुई कलेवरमा नेपाली भाषामा लिपिबद्ध ग¥यो ।
ज्ञानको स्रोत अथाह छ । यसलाई एउटा शब्दमा वेद भन्छन् । पराविद्या अर्को छ । यो छुट्टै अनुशीलनको विषय हो । 
बौद्ध धर्मका प्रणेता सिद्धार्थ गौतम क्षेत्रीय राजकूलका नै घोषित युवराजाधिराज थिए । अन्य जति पनि बुद्ध भए ती ब्राह्मण कुलका हुन् । उनीहरूले प्रतिपादन गरेको धर्म विश्वव्यापी भएको छ । उच्च हिमाली क्षेत्रमा होस् वा समथल मैदानमा, विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने करोडौं जनता यही धर्म मान्छन् । ओमकार र अहिंसाको मूल मन्त्रलाई आधार मान्ने केहीले आफूलाई आदिवासी वा जनजातिको विशेषणयुक्त पहिचानको दावा हाल गर्न थालेको सुनिन्छ । उनीहरूले मानिआएको धर्म जसले प्रतिपादन ग¥यो, उसको वंश अन्यजाति हुने, प्रतिपादित धर्म मान्ने आदिवासी वा जनजातिको पहिचानका निमित्त उत्तेजित हुने यो विडम्बना यसबीचको राजनीतिक दुष्प्रभावकै उपज हो । यो मानसिक रूपमा हिंसाकै पर्याय हो । यस्तै राजनीतिक क्षेत्रको दुष्प्रभाव अन्य धर्ममा पनि प¥यो । धर्म निरपेक्षको यस्तै दुष्प्रभावको नारा कतैबाट आयातित गरियो । जन्म, जात, जाति यी सबै संस्कृत शब्द हुन् । यसको भावबोधक शब्द ‘जन’ हो । ‘जन’ यो शब्द पर्यायवाची शब्द हो । यसैबाट जनता हुन्छ । जनजाति शब्दको प्रयोग नै गलत छ । जाति शब्द जनि प्रादुर्भावे धातुबाट बनेको छ । यसको अर्थ हुन्छ– उत्पन्न हुनु । जहाँ उत्पन्न भए पनि अर्थात् जन्मिए पनि मानिसजाति जन्मन्छ । जनजाति जन्मदैन । जहाँ मरे पनि मानिस मर्छ, जनजाति मर्दैन । यसैले यो शब्दको प्रयोग नै गलत दुष्प्रभावको कारक हो भनिन्छ । वैदिक सनातन धर्ममा ‘मनसा, कर्मणा, वाचा, हिंसा’ त्याज्य छ । अहिंसाका पूजारी, शान्तिको अग्रदूत बौद्धावतार गौतमबुद्धले आफ्नो पहिचान यसै भावले विश्वभर स्थापित गरेका हुन् । वैदिक वाङ्मयमा अध्यात्मको परिभाषा विस्तृत छ । आध्यात्मिकको पर्याय अन्तरमुखी भएर चिन्तन गर्नु हो । यो चिन्तनको स्रोत ऋषिवृन्द नै हुन् । गोरखनाथद्वारा निर्देशित र प्रशिक्षित पृथ्वीनारायण शाहले वैदिक युगकै अनुरूप एकात्मक राज्यको परिकल्पना गरेर एकीकरण अभियान संचालन गरे । हिमवत्खण्डको यो भेगमा गंगाको साँधसीमाना तय गरेर समुद्रसंग दूरीमै रहने उनको अभिप्रायबारे अनुसन्धान भएकै छैन । संघीयतामा मुलुकलाई फँसाएर एकात्मक राज्यलाई खण्डित गर्ने दूराग्रह राजनीतिक दुष्प्रभावकै खेल हो ।
देव भाषालाई परिस्कृत गरेर संस्कारित गरिएको भाषालाई संस्कृत भनिन्छ । अर्को संस्कृति शब्दले विविध भाषाो अतिरिक्त जीवनशैलीको स्रोत समेत समेटेको छ । भेषभ्षा र भाषा हाम्रो संस्कृति सबैले भन्छन् । तर, त्यस्तो संस्कृतिको स्रोत के हो र कोद्वारा कहिलेबाट निसृत भएको छ ? त्योबारे अनभिज्ञ छन् । यो भाषा संस्कार गर्ने, परिस्कृत गर्ने व्याकरणका रचयिता पाणिनि लुम्बिनी अंचलकै थिए । मन्त्रद्रष्टा ऋषिहरू विश्वामित्र, वशिष्ठ, वामदेव, गौतम, अत्रि, भारद्वाज भृगु, पुलहस्त, रैव्य, मरीची, अंगिरा, मनु, च्यवन, दक्ष जैमिनि लगायतका ऋषिवृन्दले हिमवत्खण्डमै कठोर तप गरे । यही तपोबल, धर्मकोबल, नैतिकबल, आत्मबलको ऊर्जाबाट वैदिक राज्य शासन व्यवस्थाका विधान लिपिबद्ध गरे । त्यसैले यी सबै नै यो भूखण्डका आदिवासी हुन् । मानवजाति हुन् । संस्कृतिका स्रोत हुन् । सृष्टि संरचनाका यावत् तत्वलाई संरक्षण गर्ने हेतुले त्यस्तो वैदिक राज्यशासन व्यवस्था लाखौं वर्षसम्म यो भूभागमा कायम रहेको थियो । त्यो राज्य व्यवस्थाले असंख्य अद्भूत कार्य ग¥यो । यसको अवशेषका रूपमा विशाल वैदिक वाङ्मयको प्राच्यमा विस्तार भएको छ । महाभारत शान्ति पर्वमा यसबारे यस्तो उल्लेख छ–
शतानि त्रीणि शास्त्राणं महातन्त्राणि सप्ततिः
तन्त्रं पाशुपतं नाम पाञ्चरात्रं च विश्रुतम्
योगशास्त्रं च साख्यं च तन्त्र लोकायतं तथा
तन्त्र ब्रह्मतला नाम तर्कविद्या दिगौ कसाम
सुख दुखऽवसाद जिज्ञासा कारणं चेति विश्रुतम
वैदिक वाङ्मयमा ३ सय शास्त्र, ७० महातन्त्रको विशाल चाङ छ । चौध विद्यामा यो समेटिएको छ । चारै वेदका ६ ओटा थप अंग छन् । मीमांसा र न्याय पुराण र धर्मशास्त्रका अतिरिक्त कालान्तरमा उपवेद आयुर्वेद, धनुर्वेद, अथर्ववेद, गन्धर्ववेदका साथै महापुराणका उपपुराण पनि लिपिबद्ध भए । चौध विद्यामा सात सिद्धान्त समावेश गरिए । ती सात सिद्धान्त हुन्– पञ्चरात्र, कपिल, अपान्तरम्, ब्रह्मनिष्ठ, पाशुपत हैरण्यगर्भ, शैव यिनै सिद्धान्तको जगमा खडा भएका वैदिक राज्य र शासन व्यवस्था प्राच्य वाङ्मयमा लिपिबद्ध भए । पाश्चात्य शासन व्यवस्थाले यस्ताा राज्य र शाष्नपद्धति विस्थापित गरे पनिन सार सिद्धान्त र आदर्श अहिलेसम्म यथास्थान यथामति यथावत चर्चा हुनेगर्छ । पाश्चात्य विद्वान, राजनेताले त्यसैलाई आआफ्नो भाषामा शब्दमाआफ्नै पाराले व्याख्या गर्छन् ।
यो गहन विषय हो । यहाँ त्यसबारे समग्र व्याख्या गर्न प्रस्तोता असमर्थ छ । केही टिपोट गर्ने प्रयत्न मात्र हो यो । अनुसन्धानकर्ता, प्राज्ञिक चिन्तक–लेखक र विश्लेषकको ध्यान यसतर्फ आकर्षित होस् भन्ने आग्रह गर्छ । वैदिक राज्य र शासन व्यवस्थाको प्रचलनमा समग्र वैदिक वाङ्मयको विशेष प्रभाव छ । चराचर यो विश्व ब्रह्माण्ड नियममा आवद्ध छ । यसैलाई विधिको विधान भनिन्छ । प्रत्येक व्यक्ति नियममा चल्नुपर्छ । त्यसैलाई आर्यहरूले व्रतबन्ध विधानको संज्ञा दिए । यसरी नै राष्ट्र संचालन गर्ने विधि पनि निर्माण गरे । वैदिक राज्य र शासन व्यवस्था, प्राच्य हिन्दु अधिराज्यका राजधर्म र धर्मराज्यको नियम–विनियम बने । बुद्धधर्मको प्रणेता सिद्धार्थ गौतम आर्थ नै हुन् । मिथिलाधिपति राजर्षि जनक आर्यमूलकै थिए । याज्ञवल्क्य, अष्टावक्र आर्य नै हुन् । यसैको सतही अध्ययन क्रममा आफूले ग्रहण गर्न सकेका केही टिपोटलाई यहाँ प्रस्तुत गरिएको छ । वैदिक वाङ्मयमा वैदिक शासन व्यवस्था र राष्ट्रको मानचित्रबारे विस्तृत वर्णन छ । करोडौं वर्षको यो सामग्रीमाथि युगान्तर, कल्पान्तरमा चिन्तकहरूले चिन्तन गरेका छन् । त्यस्ता चिन्तनको अनुचिन्तन हुँदैआएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
जनताप्रतिको दायित्वबोध विलोप हुँदैछ - महेश्वर शर्मा (07.30.2019)
संघीयता “बाँदरको हातमा नरिवल” नबनोस् !- तारा सुवेदी (07.30.2019)
सरकारलाई आलोचना असह्य भएको छ - महेश्वर शर्मा (07.22.2019)
वी.पी. र पी.एलका चितामा रोटी सेक्नेहरुलाई देख्दा - तारा सुवेदी (07.22.2019)
सन्दर्भ : नागरिकता विधेयकको “रक्तं जीव इति स्थिति”- वेदराज पन्त (06.18.2019)
आइएलओ नेपालमा लागू हुने सन्धि नै हैन - महेश्वर शर्मा (06.18.2019)
विसंगतिका यी विविध बान्की - महेश्वर शर्मा (06.05.2019)
“सर्वाधिक सवल” सरकार किन निरीह बन्दै गएको ? - तारा सुवेदी (06.05.2019)
चर्चाको घेरामा ‘राष्ट्रपतिको सरकार’ !- महेश्वर शर्मा (05.28.2019)
गताङ्को बाँकी ... यताको तीस वर्षे शासनको शब्दचित्र - तारा सुवेदी (04.30.2019)
यहाँ प्रजातन्त्रको अर्थ नै हराउन लाग्यो- महेश्वर शर्मा (04.30.2019)
अधिकारको भोक हन्तकारी नै हुँदोरहेछ - महेश्वर शर्मा (04.25.2019)
फर्केर हेर्दा- त्यो तीस वर्ष, यो तीस वर्ष : तारा सुवेदी (04.25.2019)
दोस्रो लगानी सम्मेलनले दिएको सन्देश - तारा सुवेदी (04.10.2019)
आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा (04.10.2019)
कहिलेसम्म छोरालाई बोर्डिङ र छोरी सरकारीमा ? – गीता श्रेष्ठ (04.04.2019)
धर्मको स्वाङमा अलमलिएको राजनीति - महेश्वर शर्मा (04.04.2019)
सूचनाको महत्व र सूचनाप्रद निकाय - महेश्वर शर्मा (03.28.2019)
हल्लामा आएको “विधेयक” माथिको “सडक बहस” - तारा सुवेदी (03.28.2019)
संघीय शासनको चक्र : अर्थको अनर्थ - महेश्वर शर्मा (03.18.2019)



 
::| Latest News

 
[Page Top]