युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.22.2019, 03:48am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
दुबै कुरा देशका निम्ति अशुभ सूचक हुन् - महेश्वर शर्मा
Tuesday, 08.20.2019, 01:26pm (GMT+5.5)

नियत नै खराब भएर अथवा कामगर्ने ढंग नपुगेर अव्यवस्था फैंलिदै जनतामा आएको असन्तुष्टि पन्छाउन नेता र मन्त्रीले– “कतैबाट प्रेरित तत्वहरु सरकारलाई असफल पार्ने प्रयत्नमा छन्” भनेर बारम्बार भाषण गरेको सुनिन्छ । नाँच्न नजानेर आँगन टेढो देख्ने अथवा नियतवश खोटी काम गर्नेहरु आफ्नो अकर्मण्य र अपवित्र व्यवहार ढाकछोप गर्न यस्ता अनेक वहाना गर्दैआएका छन् । सरकार बिरोधी यो व्यवस्था नै उल्ट्याउन खोजेको आरोप लगाएर आफूहरु चोखा देखिन खोज्ने सरकारका मन्त्रीको प्रवृत्ति जनताले बुझिसकेका छन् ।
आज हरेक पक्षमा सुधार्नेभन्दा उधार्ने काम भैरहेकोलाई नै उपलब्धि मान्नुपर्ने हो भने त विडम्बना नै भन्नुपर्दछ । हिजो आजका सरकारी क्रियाकलाप हेर्दा ‘सुकाइदे गाँड भन्दा थपिदे गाँड’ भनेजस्तो देखिन्छ । जता हे¥यो उतै ‘जो चोर उसैको ठूलो सोर’ भनेजस्तो स्थिति छ । नेता र मन्त्रीहरु जनतालाई सदाचारका उपदेश पस्कन्छन्, तर संसदमा मनोनित गर्दा दलाल, पूँजीपति, ठेकेदार, हरेक क्षेत्रमा सिण्डिकेट चलाउनेहरु मनोनित गरेर आफ्नै भ्रष्ट प्रवृत्ति देखाउँछन् भने पत्याउने स्थिति कहाँ रहन्छ ?
भ्रष्टाचारमा गन्हाएको कुनै आफन्त वा पोषक प¥यो भने उसलाई अख्तियार नलाग्ने बरु अर्का ठाउँमा सरुवा गरे–गराएर जोगाउने मन्त्री परिषद् र अदालती अभ्यासको अनुशरण अब विस्तारै निजामती र अन्य क्षेत्रमा समेत हुन थाल्यो भने पनि आश्चर्य हुनेछैन । वाइडबडी जस्ता काण्ड त्यसै सेलाएका त हैनन् होला ! भनिरहेको सुनिन्छ । सरकारका अनर्थ कसैले कोट्यायो भने त्यसलाई ढाकछोप गर्न अनेक बहाना गरिन्छ । हालै सरकारी पार्टीका एउटा अध्यक्ष प्रचण्डले– “केही तत्व परिवर्तन उल्ट्याउन लागिपरेका छन्” भन्नु आफ्नै पार्टीभित्रको अन्तर्घुलन हुन नसक्नुको झुसिलो डकार सम्झिएको छ ।
बाढी–पैरो जस्ता प्राकृतिक प्रकोप हरेक वर्ष आउँछन् भन्ने थाहा छ । तर, योपटक सिकेर अर्कोपटक प्रकोप नियन्त्रण र व्यवस्थापनका उपाय बेलैमा सोचिदैनन् । यसैपटक पनि नेता र मन्त्रीले सबैतिर हाहा र हुहु गरे, हेलिकोप्टरबाट निरीक्षण गरेर उपदेश पनि दिए, सिद्धियो । आगामी दिनलाई ध्यानमा राखृेर बेलैमा तटबन्ध निर्माण गर्ने, जोखिमका बस्ती स्थानान्तरण गर्ने, भारतसित कुरा गरेर पानीको निकास खोल्ने इत्यादि काम गरिंदैन । भारतले अन्तर्राष्ट्रिय नियम विपरीत बनाएका तटबन्धले डुबान पारेकोमा यहाँका नेता र सरकार निरीह छन्, बोल्न सक्दैनन् ।
संसदीय टोलीले हालैको बाढीको प्रकोप निरीक्षण गरेर बाढीको कारण चुरे दोहन, बालुवा–गिटी निकासीलाई कारण देखाएको छ । के त्यो कुरा पहिले थाहा थिएन ? एकछिन मनांै– आज मात्रै थाहा भएछ रे, तर अब त नियन्त्रण गर्नुप¥यो नि, खै त्यसको चासो ? नियन्त्रण नगरिनुमा ठेकेदारीको चासो छ, कमिशनको स्वार्थ लकेको छ । होइन भने किन सरकारले ढुंगा, वालुवा र गिटी ठेक्का दिन्छ र निकासी गराउँछ ? वास्तविक कुरा सरकारले नै चाहेको छैन, चाहेमा तुरुन्तै रोक्न सकिन्छ । यस्तै हो भने कसरी समाधान निस्कन्छ ? के प्राकृतिक प्रकोपबाट पनि नेताले नै फाइदा लिन खोजेका हुन् ? होइन भने चाहेमा चुरे जोगाउन किन सकिंदैन ?
यस पटकको बाढी, पहिराको विनाशले उठिबास लगाएपछि अब ‘विपद व्यवस्थापन प्राधिकरण’ गठन गर्ने भनेको सुनियो । विपद व्यवस्थापन शाखा त गृह मन्त्रालयमा छँदैछ । प्रहरी परिचालित छन्, सेना परिचालित गरिन्छ । आवश्यक साधनको संग्रह भने गरिंदैन । प्राधिकरण बनाएर कतिलाई जागीर खुवाउने र खर्च बढाउने मात्रै हुन पनि बेर छैन । नत्र आवश्यक सुविधा मात्रै जुटाइदिए गृह मन्त्रालय, सेना र प्रहरी नै सक्षम छन्, अरु धाचाकाचा नै चाहिंदैन । तर यहाँ काम होइन कुरा मात्रै गर्ने परिपाटीले स्थायी रुप धारण गरेको छ । गर्नुपर्ने कामभन्दा प्रचार मात्रै बढी हुन्छ । यथार्थको धरातलमा उभिएर निष्पक्षतासाथ कामगर्ने इमानदारीको अभाव नै दुर्भाग्य भएको छ ।
बाहिरबाट हेर्दा आजको सरकार आफैं शक्तिशाली छ । तर एक प्रकारको तानाशाही कम्युनिष्ट सरकार सम्झिएको छ । बहुमतको मातमा अँठ्ठिएको विपक्षी कांग्रेस लाचार भएर आफ्नै रागले चाउरिएको स्थितिमा शक्तिशाली सरकार ढुक्कसंग अघि बढ्नुपर्नेमा किन अलमलिएको छ त ? अरु कारण होइन, केवल यो सरकार बिरुद्धसंयोगी तत्वको मिश्रणले बनेको हुनाले ती दुई तत्व परस्पर घुलन हुन नसकेर आन्तरिक उल्झनमा परेको स्थितिले गर्दा यहाँ सरकारको मेसो अघि नसरेको यथार्थ हो ।
बिरुद्धसंयोगी पदार्थ सात्म्य हँुदैन । एउटा ग्रुपको रगत अर्को ग्रुपमा नमिले जस्तै स्थिति छ आज सरकारको पनि । बिरुद्धसंयोगी पदार्थ विषाक्त पनि हुन्छन् । यतिबेला विपक्षी कांग्रेस भाँडिनु अर्को कुलक्षण हो । विपक्ष अहिले मणि हराएको स्थितिमा छ । यी दुबै कुरा देश, जनता र प्रजातन्त्रका निम्ति अशुभ सूचक हुन्– चेतना भया !


Rating (Votes: )   
Share     Print


Other Articles:
“हिन्दूराष्ट्र” र “राजतन्त्र” को पुनःस्थापनाको सम्भावना (?) (१)- तारानाथ सुवेदी (08.20.2019)
विश्वको प्राचीनतम राज्यमा आयातित शासन प्रणाली - वेदराज पन्त (07.30.2019)
जनताप्रतिको दायित्वबोध विलोप हुँदैछ - महेश्वर शर्मा (07.30.2019)
संघीयता “बाँदरको हातमा नरिवल” नबनोस् !- तारा सुवेदी (07.30.2019)
सरकारलाई आलोचना असह्य भएको छ - महेश्वर शर्मा (07.22.2019)
वी.पी. र पी.एलका चितामा रोटी सेक्नेहरुलाई देख्दा - तारा सुवेदी (07.22.2019)
सन्दर्भ : नागरिकता विधेयकको “रक्तं जीव इति स्थिति”- वेदराज पन्त (06.18.2019)
आइएलओ नेपालमा लागू हुने सन्धि नै हैन - महेश्वर शर्मा (06.18.2019)
विसंगतिका यी विविध बान्की - महेश्वर शर्मा (06.05.2019)
“सर्वाधिक सवल” सरकार किन निरीह बन्दै गएको ? - तारा सुवेदी (06.05.2019)
चर्चाको घेरामा ‘राष्ट्रपतिको सरकार’ !- महेश्वर शर्मा (05.28.2019)
गताङ्को बाँकी ... यताको तीस वर्षे शासनको शब्दचित्र - तारा सुवेदी (04.30.2019)
यहाँ प्रजातन्त्रको अर्थ नै हराउन लाग्यो- महेश्वर शर्मा (04.30.2019)
अधिकारको भोक हन्तकारी नै हुँदोरहेछ - महेश्वर शर्मा (04.25.2019)
फर्केर हेर्दा- त्यो तीस वर्ष, यो तीस वर्ष : तारा सुवेदी (04.25.2019)
दोस्रो लगानी सम्मेलनले दिएको सन्देश - तारा सुवेदी (04.10.2019)
आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा (04.10.2019)
कहिलेसम्म छोरालाई बोर्डिङ र छोरी सरकारीमा ? – गीता श्रेष्ठ (04.04.2019)
धर्मको स्वाङमा अलमलिएको राजनीति - महेश्वर शर्मा (04.04.2019)
सूचनाको महत्व र सूचनाप्रद निकाय - महेश्वर शर्मा (03.28.2019)



 
::| Latest News

 
[Page Top]