युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 06:34pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
जेब्रा क्रसमा रातो बत्ती बल्ने प्रतिक्षा गर्दा जे भोगियो - गीता श्रेष्ठ
Tuesday, 09.10.2019, 08:18am (GMT+5.5)

काठमाडौंमा सडक क्षमताको तुलनामा सवारी साधनको संख्या अत्यधिक भएका कारण यहाँको सवारी व्यवस्थापन निकै जटिल छ । एकातिर अनुशासनहिन सवारीचालक अनि त्यस्तै स्वाभावका पैदल यात्रु र सडक व्यवस्थापनका लागि राखिएका बत्तीहरुको दुरावस्थाले कतिबेला कस्तो दुर्घटना निम्त्याउने हो भन्ने त्रास भैरहन्छ ।
विषय अब शीर्षकबाटै उठाऔं– केही दिन अघिको कुरा हो सडक पारगर्दा जेब्रा क्रसिङको उपयोग गर्ने र त्यसमा पनि सवारी साधन रोकेर पैदल यात्रुका लागि बाटो काट्ने संकेत आउने प्रतिक्षा गर्दा जति समय खर्च भयो त्यो वयान गरिसाध्य छैन ।
एउटा केही जानेको, बुझेको र नियम पालना आफ्नै लागि हो भनेर नियमको प्रतिक्षा गर्दा आधा घण्टा चर्को घाममा धुलो र गाडीका धुवाँ खाँदै बिताउनुप¥यो । किन पैदल यात्रुले बाटो काट्ने समय किन आउँदैन भनेर आँखा माथितिर लैजाँदा त त्यहाँ बत्ती नै विग्रेको रहेछ । बत्ती विग्रेपछि सडक काट्न समस्या हुने नै भयो तर ट्राफिक प्रहरी समेत त्यहाँ थिएनन् ।

परिणामतः सवारी चालकहरुले पैदलयात्रुको समस्या र उनीहरुलाई पनि प्राथमिकता दिनुपर्छ भन्ने सामान्य नैतिकता पनि देखाइरहेका थिएनन् । उनीहरु जेब्रा क्रसमा गति अरु बढाउँदै हर्न बजाउँदै हुँइकिरहेका थिए । लाग्थ्यो अरुलाई मौका दिए आफू पछि परिन्छ वा सडक यात्रीलाई बाटो काट्ने मौका दिए गाडी चढ्नेको इज्जत घट्छ । सवारी साधनको तेज गति अनि सडक किनारमा बढ्दै गएको बाटो काट्नेहरुको भीड । आधा सडक भरिइसक्दा पनि कुनै एउटा गाडीवालाले रोकेर बाटो काट्ने मौका दिएन । उनीहरु ट्राफिक प्रहरी पनि नभएको र बत्ती पनि नबल्नुलाई आफ्नो हैकम प्रदर्शन गर्ने मौका ठान्दा रहेछन् भन्ने मेरो अनुभूति रह्यो ।
यी कुरा किन उठाएको भने सडक र शहर गाडी चढ्नेहरुको मात्रै हो वा आम नागरिकका लागि पनि हो ? शहरबासीको सभ्यतासंग जोडिएको हुन्छ सडक उपयोगको नियम र बिधिको पालना ! तर यहाँ नियम मिच्न सक्नुलाई बहादुरी ठानिन्छ । जसका कारण जेब्रा क्रसमै गाडीले मानिस किचेर मारेका घटना अनेक छन् । यो भनेको नियम पालना नगर्नु नै हो । 
सडकमा बसेका ट्राफिक प्रहरी चालकहरुले कहाँनेर गल्ती गर्ला र लाइसेन्स समातेर जरिवाना गराउँ भनेर कुनामा लुकेर बस्ने तर जेब्रा क्रसलाई व्यवस्थित गर्न पटक्कै ध्यान नदिने गरेको पाइन्छ । यी दृश्य देख्दा आजभोलि के लाग्न थालेको छ भने सरकारले सडकलाई सुरक्षित गर्न देखाएका लापरवाही कारबाही गरेर राजश्व संकलन गर्नका लागि मात्रै त हैन भन्ने प्रश्न उठेको छ ।
जथाभावी बाटो काट्नेलाई जरिवाना गराउने तर आवश्यकता अनुसार जेब्रा क्रस नराख्ने । ट्राफिक बत्ती पोलमा झुण्डिने तर आवश्यक परेका बेला बल्दै नबल्ने । यस्तो गर्दा पैदल यात्रुहरु भेडा–बाख्रासरह दगुर्नुपर्छ बाटो काट्न । के हाम्रो शहरी सभ्यता यही हो ?
नियम बनाउनुअघि नियम पालना गर्ने र गराउने पूर्वाधार पनि बन्नुपर्छ भन्ने तथ्यलाई कसैले पनि ध्यान दिएको छैन । दिनभरि सडक बत्ती बलिरहन्छन् निभाउने कोही हुँदैन । ट्राफिक बत्ती बल्दै बल्दैन बनाउने कोही हुँदैन ? ट्राफिक प्रहरी दोबाटो ढुकेर चालकको कमजोर पत्ता लगाउन बस्छ त्यसलाई नियन्त्रण गर्ने कोही हुँदैन । के यही हो नयाँ नेपाल ?
नियम बनाएपछि नियम पालना गराउने विधि र संयन्त्र भएन भने त्यो नियम उल्लंघन हुनु स्वाभाविक छ । अहिले देशमा नियम नमान्ने प्रवृत्ति बढ्नुमा यिनै कारणहरु रहेका छन् । तसर्थ कम्तिमा सडक बत्ती र पैदल यात्रुलाई बाटो काट्ने सहज व्यवस्थापन महानगपालिका, सडक विभाग, भौतिक पूर्वाधार मन्त्रालय कसले गर्ने हो, कसले पहल थाल्ने हो थाल्नुप¥यो ?
नेपाल जापान डटकमबाट साभार


Rating (Votes: )   
Share     Print


Other Articles:
दुबै कुरा देशका निम्ति अशुभ सूचक हुन् - महेश्वर शर्मा (08.20.2019)
शिक्षण संस्था दक्ष जनशक्ति उत्पादन गर्ने थलो कि कार्यकर्ताको कारखाना (08.20.2019)
“हिन्दूराष्ट्र” र “राजतन्त्र” को पुनःस्थापनाको सम्भावना (?) (१)- तारानाथ सुवेदी (08.20.2019)
विश्वको प्राचीनतम राज्यमा आयातित शासन प्रणाली - वेदराज पन्त (07.30.2019)
जनताप्रतिको दायित्वबोध विलोप हुँदैछ - महेश्वर शर्मा (07.30.2019)
संघीयता “बाँदरको हातमा नरिवल” नबनोस् !- तारा सुवेदी (07.30.2019)
सरकारलाई आलोचना असह्य भएको छ - महेश्वर शर्मा (07.22.2019)
वी.पी. र पी.एलका चितामा रोटी सेक्नेहरुलाई देख्दा - तारा सुवेदी (07.22.2019)
सन्दर्भ : नागरिकता विधेयकको “रक्तं जीव इति स्थिति”- वेदराज पन्त (06.18.2019)
आइएलओ नेपालमा लागू हुने सन्धि नै हैन - महेश्वर शर्मा (06.18.2019)
विसंगतिका यी विविध बान्की - महेश्वर शर्मा (06.05.2019)
“सर्वाधिक सवल” सरकार किन निरीह बन्दै गएको ? - तारा सुवेदी (06.05.2019)
चर्चाको घेरामा ‘राष्ट्रपतिको सरकार’ !- महेश्वर शर्मा (05.28.2019)
गताङ्को बाँकी ... यताको तीस वर्षे शासनको शब्दचित्र - तारा सुवेदी (04.30.2019)
यहाँ प्रजातन्त्रको अर्थ नै हराउन लाग्यो- महेश्वर शर्मा (04.30.2019)
अधिकारको भोक हन्तकारी नै हुँदोरहेछ - महेश्वर शर्मा (04.25.2019)
फर्केर हेर्दा- त्यो तीस वर्ष, यो तीस वर्ष : तारा सुवेदी (04.25.2019)
दोस्रो लगानी सम्मेलनले दिएको सन्देश - तारा सुवेदी (04.10.2019)
आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा (04.10.2019)
कहिलेसम्म छोरालाई बोर्डिङ र छोरी सरकारीमा ? – गीता श्रेष्ठ (04.04.2019)



 
::| Latest News

 
[Page Top]