युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 10.18.2019, 05:21am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
जुहारी खेलेरै जित्ने सरकारका दाउ - महेश्वर शर्मा
Tuesday, 09.10.2019, 08:19am (GMT+5.5)

‘प्रतिनिधि’ भनेका जनताका वारेस हुन् । उनीहरुलाई जनताले दिएको मतदान जनताको प्रतिनिधित्व गर्ने वारेसनामा हो । वारेसनामाा पाउँदैमा तथानाम गर्न पाइदैन, अह्रोटको काम मात्रै गर्ने हो, अन्यथा गर्न खोजे बदर पनि हुनसक्छ । संसद र सरकारमा पुग्नेहरुले आफूलाई स्वच्छन्द सम्झनु हुँदैन । जनताको आदेश बिर्सेर आफ्नै मनमाफिक गर्ने अधिकार वारेसलाई हुँदैन । कर्तव्यच्यूत भयो भने एकातिर जनताको विश्वासमा घात हुन्छ भने अर्कातिर प्रजातान्त्रिक विविध व्यवहारकै विपरीत हुन्छ । आज कतै त्यस्तै भैरहेको छैन ? भनेर सम्बन्धित सबै होसियार हुनुपर्ने स्थिति देखा पर्दैछ ।
सरकारलाई मर्यादा सीमाभित्र राख्ने दायित्व सांसदको हो । तर, आज न सरकार, न त सांसदहरु नै आफ्ना सीमाभित्र नरहेर छचल्किन थालेको अनुभव गरिंदैछ । आफूले गर्नुपर्ने काम खुरुखुरु नगरेर सरकार सम्पूर्ण साधन र शक्ति किन प्रचारवाजी र खण्डनमा खर्च गरिरहेको छ ? गर्नुपर्ने काम गरे–नगरेको त जनताले देखेकै छन् नि । राम्रो काम गरेको छु भन्ने आत्मविश्वास भए डराउन पर्दैन, अनर्थ गरेको छु भन्ने मनमा भएपछि आफ्नै मनको भूतले तर्साउँछ । अनि सरकार हल्ला र खण्डन मण्डनतिर लाग्छ । आजको सरकारी प्रचारवाजी पनि त्यस्तै खालको बुझिन्छ । त्यसकारण प्रचार होइन, जनता सरकारमा हुनेहरुको प्रवृत्तिमा पनि सुधार चाहन्छन् ।
अघि तालुकदारबाट उर्दी सुनाउन कटुवालले डाँडाबाट घोक्रो फुलाई फुलाई घोक हाले जस्तै सरकारका मन्त्री एकोहोरो प्रचारवाजीमा छन् । त्यो प्रचार पनि राम्रो काम गरेर जनताको मन जित्नेतिर नभै मन्त्रीले कसरी आफ्ना गल्ती–कमजोरी अनि एकमुष्ट क्रियाकलाप ढाकछोप गर्न सकिन्छ भनेर जुहारी खेलेर जित्ने भन्ने कुटिल खेलमा रमाएको अनुभव जनतालाई भएको छ । राम्रो काम गरे त जनताले देखिहाल्छन् नि, सरकारी प्रवक्ताले दुःख गर्नै पर्दैन ।
यहाँ सरकारको चालढाल हेर्दा जेजस्तो नचाहिंदो काम गरे पनि जनताले तारिफै गर्नुपर्छ भनेजस्तो ठालूको व्यवहार देखाउन थालेर जनता कुँडिन थालेका छन् भन्ने वास्तविकता सरकारले बुझ्नुपर्ने हो । तर, यहाँ त उल्टै ‘मान नमान मैं तेरा मेहमान’ भनेझैं सरकारले जे गरे पनि स्तुति नै गर्नुपर्छ भनेजस्तो गर्दा जनतामा प्रतिकूल प्रभाव पर्ने भएको छ । त्यस्तै सरकारलाई बाटो बिराउन नदिने दायित्व भएका सांसद समेत जनचाहना विपरीतका सरकारी क्रियाकलापकै समर्थनमा ताली बजाएर रमाउने हो भने जनअभिमतको अर्थ के रह्यो भनिंदैछ ।
हिजोआज नेपाल अधिराज्यभरि नै जनप्रतिनिधिले विकास बजेटको चरम दुरुपयोग गरिरहेको चर्चा परिचर्चा व्यापक छ । जनतामाथि अस्वाभाविक कर थोपर्ने, आफ्नै सुविधा मात्रै बढाउने, महंगा मोटर किन्ने र बाटो निर्माण भनेर बढी बजेट छुट्याउने अनि आफ्नै साँठगाँठका मान्छेलाई ठेक्का दिने र मोटो रकम कमिशन खाने र त्यस्ता ठेकदारले प्राविधिक हिसावविना नै जथाभावी डोजर चलाएर जनताका खेतबारी, धारा तथा कुवा, चौतारा–पोखरी भत्काएर विजोक पारेका छन् भने कतिका त घर–गोठ नै बगेका छन् । तर, जनताका मर्का बुझ्ने–सुन्ने कोही छैन । मनपरी गर्नेहरुको हौसला बढेको छ । 
सरकारकै काम कार्वाहीको विश्वसनीयताा नरहेपछि बेथिति बढ्ने नै भयो । कानुन मिचेर मेडिकल कलेजहरुले भर्ना गरेको बिरोधमा विद्यार्थीले तालाबन्दी गर्छन्, तर सरकार सुन्दैन भने मेडिकल माफियाको हौसला नबढे कसको बढ्छ ? धेरै भयो भने मन्त्रीले तालाबन्दी खुलाउन निर्देशन दिएको छु भन्छन् । सरकारको र जनप्रतिनिधिको दायित्व यत्तिकैमा पूरा हुन्छ त ? यो त एउटा उदाहरण मात्रै हो । ‘जेठा मामाको त फाटेको धोती कान्छा मामाको के गति’ भनेझैं केन्द्र सरकारको त यो हालत छ भने गाउँगाउँका सरकारहरुको चालामाला कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ ।
अन्त्यमा,
व्यापार घाटाले देश डुबिसकेको छ । घाटावृद्धि दरको तीब्रता रोकिने स्थिति पनि देखिएन । १९५० को असमान सीन्धको आडमा भारत सबै कुरामा समान व्यवहार खोज्छ । आजको जमानामा नसुहाउने त्यो सन्धिलाई समय सापेक्ष बनाउन गठित दुबै देशका प्रबुद्ध समूहको प्रतिवेदन कार्यान्वयन त परै छ, त्यो प्रतिवेदन बुझ्न समेत आलटाल गर्दैछ । भारत भनेको दुई हजार लिटरको टंकी हो भने नेपाल सानो चिया गिलास । ती दुई कसरी समान हुन्छन् ? एक गिलास पानी ठूलो टंकीमाा खन्याउँदा क्यै फरक पर्दैन, तर टंकीको पानी गिलासमा अटाउन त सक्तैनौं नि । अनि कसरी समानताको व्यवहार सम्भव हुन्छ ? हाम्रा नेतालाई भने त्यो सन्धि परिवर्तनमा जोड दिनुभन्दा भारतलाई खुसी पारेर आफ्नो जागीर जोगाउने मात्र धून छ । यही हो आजको सबैभन्दा ठूलो विडम्बना ।


Rating (Votes: )   
Share     Print


Other Articles:
जेब्रा क्रसमा रातो बत्ती बल्ने प्रतिक्षा गर्दा जे भोगियो - गीता श्रेष्ठ (09.10.2019)
दुबै कुरा देशका निम्ति अशुभ सूचक हुन् - महेश्वर शर्मा (08.20.2019)
शिक्षण संस्था दक्ष जनशक्ति उत्पादन गर्ने थलो कि कार्यकर्ताको कारखाना (08.20.2019)
“हिन्दूराष्ट्र” र “राजतन्त्र” को पुनःस्थापनाको सम्भावना (?) (१)- तारानाथ सुवेदी (08.20.2019)
विश्वको प्राचीनतम राज्यमा आयातित शासन प्रणाली - वेदराज पन्त (07.30.2019)
जनताप्रतिको दायित्वबोध विलोप हुँदैछ - महेश्वर शर्मा (07.30.2019)
संघीयता “बाँदरको हातमा नरिवल” नबनोस् !- तारा सुवेदी (07.30.2019)
सरकारलाई आलोचना असह्य भएको छ - महेश्वर शर्मा (07.22.2019)
वी.पी. र पी.एलका चितामा रोटी सेक्नेहरुलाई देख्दा - तारा सुवेदी (07.22.2019)
सन्दर्भ : नागरिकता विधेयकको “रक्तं जीव इति स्थिति”- वेदराज पन्त (06.18.2019)
आइएलओ नेपालमा लागू हुने सन्धि नै हैन - महेश्वर शर्मा (06.18.2019)
विसंगतिका यी विविध बान्की - महेश्वर शर्मा (06.05.2019)
“सर्वाधिक सवल” सरकार किन निरीह बन्दै गएको ? - तारा सुवेदी (06.05.2019)
चर्चाको घेरामा ‘राष्ट्रपतिको सरकार’ !- महेश्वर शर्मा (05.28.2019)
गताङ्को बाँकी ... यताको तीस वर्षे शासनको शब्दचित्र - तारा सुवेदी (04.30.2019)
यहाँ प्रजातन्त्रको अर्थ नै हराउन लाग्यो- महेश्वर शर्मा (04.30.2019)
अधिकारको भोक हन्तकारी नै हुँदोरहेछ - महेश्वर शर्मा (04.25.2019)
फर्केर हेर्दा- त्यो तीस वर्ष, यो तीस वर्ष : तारा सुवेदी (04.25.2019)
दोस्रो लगानी सम्मेलनले दिएको सन्देश - तारा सुवेदी (04.10.2019)
आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा (04.10.2019)



 
::| Latest News

 
[Page Top]