युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.15.2019, 07:42am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सरकारप्रतिको जन धारणा ? - तारा सुवेदी
Wednesday, 09.25.2019, 03:42pm (GMT+5.5)

भदौ ३१ गतेको यसै स्तम्भमा “संविधान दिवस भव्य रुपमा मनाउने” सम्बन्धमा चर्चा गरिएको थियो । त्यसमा आम नागरिकले उत्साह उमंगकासाथ मनाउने सरकारको योजनाको पछाडिको अबोध्य कारणबारे प्रश्न वा स्पष्टीकरण माग गरिएको थियो । निर्दलीय पंचायती राजतन्त्रात्मक शासन व्यवस्थाको अनुशीलन, परम्पराको अन्ध–परिपालन र अनुकरण वर्तमान गणतन्त्रात्मक संघीय लोकतान्त्रिक शासन व्यवस्थाको क्रान्तिकारी आमूल परिवर्तनवादी परम्परा विरोधी पार्टीको सरकारले किन के कस्तो खण्ड खातिर परेर गर्नु परेको हो ? आम जन जिज्ञाषालाई विनम्रतापूर्वक राखिएको थियो । 
त्यसका साथै सरकारले “मौजूदा संविधानालाई सम्पूर्ण नेपालीले पूर्ण र हार्दिक समर्थन गर्दै सरकारलाई साथ सहयोग दिईरहेको छ” भनेर जसरी ने.क.पा. र उसकोे नेतृत्वले सरकारलाई दुई तिहाई सांसदको साथ सहयोग समर्थन छ” भन्दै आएका छन् “त्यसको परिपुष्टि गर्न संविधान दिवस यति ठूलो ताम झामका साथ मनाउने सोचाई आएको हो कि ?, अथवा अहिले प्रधानमन्त्रीले भन्ने जस्तै “चिहानमा गरिएको राजतन्त्रलाई हाड फुकेर जगाउने “असंभवम्” “चेष्टा गर्ने” हरुदेखि संविधान जारी भएकै क्षणदेखी संविधान प्रति असहमति जनाउँदै च्यात्दै पोल्दै आएकाहरु, गैर मर्यादित भद्दा र वेशर्मी कूटनीतिक आवेश आक्रोसपूर्ण व्यवहार देखाउँदै सीमा नाका बन्द गरेका “मित्र” आज पनि एकातिर “सरकारलाई दुई तिहाई संख्या पु¥याई साथ सहयोग समर्थन दिँदै सरकारभित्र बसेर हैसियतभन्दा ठूलो “घुँडेमा भाग” पनि ओगट्ने, अर्कोतिर “संविधान संशोधन नगरे सडकमा गएर संविधान जलाउने घुर्की धम्की दिने निर्वस्त्र सक्कल सूरतका नेताहरु, अथवा आम जनताको साथ समर्थन सरकारप्रति कति रहेछ ? भनेर बुझ्न या सरकार प्रति जनआस्था, आशा, विश्वास, भरोसा विगत स्थानीय तहदेखी केन्द्रीय (संघीय) संसदसम्मले बढाएछ कि घटाएछ ? जनता र प्रतिपक्षीको नाडी छाम्न एवं उक्त यावत् पक्षलाई चोटिलो प्रश्न गर्ने र जवाफ दिने एउटा उपयुक्त अवसरको रुपमा सरकारले “संविधान धान दिवस मूल समारोह समिति” मार्फत् पञ्चायतकालीन भन्दा कडा आदेश, उर्दी, जारी गरायो ? र त्यस निति सरकारी र उसको लगानीमा चले बाँचेका निकाय संस्थान प्रतिष्ठानमा काम गर्नेहरुलाई समेत मात्रै होइन, निजी र अन्य सामाजिक÷सार्वजनिक सेवा क्षेत्र उद्योगजस्ता संस्था अन्तर्गत काम गर्नेहरुलाई अनिवार्य उपस्थित हुन भन्यो ? साथै आम नागरिकका एवं सरकारी गैर सरकारी, संस्था संस्थानहरुमा भवन कार्यालयहरुमा समेत तीन दिनसम्म दिपावली गर्न समन फर्मान सार्वजनिक भए गरिएको थियो होला ? आम नागरिकले के रुपमा कसरी लिए बुझे ? त्यो थाहा भएन । यो स्तम्भकारले भने पट्क्कै लख काट्न सकेन । 
संविधान जारी भएको चार वर्ष पूरा भएपछि पहिलो पटक करोडौं रकम खर्चेर (किनकि यस्ता समारोह÷दिवस÷जन्मोत्सव÷जयन्ती आदि मनाउँदा कति खर्च गर्नुपर्दछ भन्ने स्तम्भकारले अनुभव गरेको कुरा भदौ ३१ गतेको स्तम्भमा उल्लेख भएको छ)– जे जस्तो उद्देश्य, अर्थ वा अन्तर्य निहित भएपनि यस पटकको उक्त “संविधान दिवस” प्रचार गरिए र आयोजकले आशा अपेक्षा गरेजस्तो गरी “भव्य र अद्भूत रुपमा” सम्पन्न भएको देखिएन । भलै, “भव्य रुपमा संविधान दिवस सुसम्पन्न भयो” भन्ने उक्त दिवस मनाउनु पहिले नै तयार गरी प्रवाहित समाचार संचार माध्यमहरु मार्फत् यथावत् प्रसारित प्रकाशित भएको किन नहोस् । 
उहिलेको निर्दलीय पंचायती शासन काललाई “निरंकुश, स्वेच्छाचारी”  आदि नकारात्मक वा विरोधबोधक शब्दावलीहरु प्रयोग गरेर गाली गर्ने गरिन्छ । संविधानले नै त्यसको विकल्प वा “प्रतिपक्षी राजनीतिक धाराको निषेध गरेको थियो । त्यसबेला “वाक् प्रकाशन सम्बन्धी मौलिक हक अधिकारमा” पंचायत र राजा अनालोच्य मानिएका थिए । जुन अस्वाभाविक भन्ने ठाउँ थिएन । यद्यपि संविधान प्रतिकूलको गतिविधि गर्ने हक अधिकार कहिल्यै कुनै देशले कसैलाई पनि दिएको देखे पढेको छैन । त्यस्तो अवस्थामा “संविधानतः निषेधित अभिव्यक्तिको अधिकार” सार्वभौम जनताले खोज्ने वा लिन चाहे त्यसमा (तत्कालीन संविधान)का त्यस्ता नियन्त्रणात्मक प्रावधानको विरोधको अर्थ नहुने, वरु समग्र संविधान (पुस्तक) कै खारेजीको माग लिएर वा मुद्दा बनाएर सडक आन्दोलन गरी संविधान नै चाल्न पोल्न, फाल्न र फेर्न पाउँछन् । 
तर आज उहिलेको त्यो “निर्दलीय निरंकुश एकतन्त्रीय केन्द्रीकृत शासन प्रणाली” छैन । त्यसको विकल्पमा आएको भनौं अथवा त्यसको समाधि माथि “बहुदलीय गणतन्त्रात्मक लोकतान्त्रिक संघीय शासन प्रणाली” स्थापित भइसकेको वा गरि सकिएको छ । त्यसैले त्यो बेला (पंचायतकाल) मा नियन्त्रित वा निषेधित अभिव्यक्ति र प्रकाशन स्वतन्त्रतालाई नजीरको रुपमा देखाएर २०४८ सालदेखिकै सरकारहरु जसरी स्वेच्छाचारी र प्रेस प्रकाशन स्वतन्त्र उपयोगको संवैधानिक प्रावधान र प्रत्याभूत हक, अधिकारको निषेध र नियन्त्रणको पक्षमा देखिए त्यो “परोपदेशे पाण्डित्यम्” वा घटिया “द्वैध वा स्वेच्छाचरित्रको” ज्वलन्त उदाहरण नै मान्नुपर्छ । त्यस्ता पनि वर्तमानमा हिजोका “अद्र्ध सामन्ती, परम्परावादी, साम्राज्यवादी, दलाल र अनुदारवादी” सरकारको नीति प्रवृत्ति सिद्धान्त चरित्र र कार्य शैलीको विस्थापनार्थ काम गर्ने” प्रतिबद्धता लिएर जनादेश लिन गएको र  प्रचण्ड जनसमर्थन पाएको दलको सरकार हो । त्यसै प्रतिबद्धता वाचा कसमलाई पूरा गर्नेमा काम गर्नुको विकल्प यस सरकारले हेर्ने, खोज्ने, रोज्ने, नैतिक, संवैधानिक र राजनैतिक अधिकार” पाएको छैन ।
त्यति हुँदाहुँदै पनि जसरी सरकारको नेतृत्व गर्नेहरुलाई चाप्लुसी, चाकडी गर्नेहरुबाट “सत्य, तथ्य, पथ्य, कथ्य, अभिव्यक्त गरी “हितं मनोहरि च दुलभं वच” र “सत्यं व्रूयात् प्रियं व्रूयात्मा वू्रयात् सत्यमप्रियस्” का आदर्श पथ प्रदर्शन गर्ने हित पथ प्रदर्शक आफ्ना सहयोगी समर्थकहरुलाई पनि प्रहार र वहिष्कार गराउने जे जस्तो षड्यन्त्र दुश्चेष्टा भई गरिएको देखिँदैछ । त्यसैले वर्तमान सरकारमा गए रहेका मित्रहरुलाई “विनाशकाले विपरीत बुद्धि को नीति सूत्र अनुसरण गर्दै यी मित्रहरुले पनि भड्खारोको बाटो खोज्न हिँडेको त होइन ? भन्ने लाग्छ । “दीप निर्वाण गन्थ च सुहृद्वाक्यं अरुन्धतिं, न श्रृष्वन्ति, न जिध्रान्ति न पश्यन्ति गतापुषः भन्ने सानो छँदा पढाएर मन मथिङ्गलमा घुसाइएको यी मित्रहरुले चरितार्थ गर्दैछ कि ? 
जेहोस्, “वैमौसमी ढोल र सहनाई” बजाए जस्तै, पहिलेका चार वर्षका कालखण्डमा नमनाएको संविधान दिवस यस वर्ष “भव्य समारोह” आयोजना गरी मनाउँदा अनिष्ट सूचक सन्देश जनताले दिन्छ कि ? भन्ने सरकारका आशंका र संत्रास शुभचिन्तक समर्थकहरुमा जे जस्तो थियो, त्यही भईदियो । नेताहरुले सैनिक, प्रहरी, स्कुले बालबालिकाहरुसँगै “अनिवार्य उपस्थितिको उर्दी आदेश मान्न उपस्थित सरकारी संस्था र प्रतिष्ठानका माथिल्लो तहका कर्मचारी भेला गरेर “भव्य रुपमा” संविधान दिवस मनाइ रहँदा जनताले सदर टुँडिखेलतिर फर्केर गद्दी बैठक अगाडिबाटै सरकारको धोती खुस्काई दिएको” नचाहँदा नचाहँदै देख्नुप¥यो । 
अझ त्यो भन्दा पनि उदेक लाग्दो भन्ने कि, लाज शर्म त मलाई के लाग्यो भने मलाई चिन्ने जान्ने हाल साविकका कर्मचारी, पत्रकार संघसंस्थाका पदाधिकारी सदस्यहरुदेखी नजीक र टाढाका इष्टमित्रहरु सबैले वर्तमान सरकारलाई “तेरो सरकार” भनेर भन्दै आएका छन् र हो पनि । कारण स्पष्ट छ, निर्दलीय पंचायती सरकार विरुद्ध २०४६ चैत्र १८ गते तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको वहालवाला उप सचिव भएर तत्कालीन व्यवस्था विरुद्ध “बहुदलीय संसदीय प्रजातन्त्र”को माग गर्दै बबरमहलमा निजामती कर्मचारीहरुको जुलुसको अग्रपंक्तिमा हिँडेर प्रदर्शन गर्ने देखी सोही चैत्र २४ गते टाउकोमा कात्रो बाँधेर दरबार सामु जाँदै गर्दा महेन्द्रका शालिक अगाडिको गोलीकाण्डमा झण्डै परेको पंक्तिकारलाई जुन दलका नेता गणेशमान, गिरिजाप्रसाद कोइरालाले चैत्र २७ गते खुलामञ्चबाट “यो प्रजातन्त्र पुनस्थापित गर्नेमा निजामती कर्मचारीहरुको विशेष योगदान छ । त्यसको हामी प्रशंसा गर्दछौं” भनेका थिए । त्यस लगत्तैको (२०४८ को) निर्वाचनपछिको गिरिजा प्रसाद कोइराला नेतृत्वको एकमना तथाकथित् प्रजातान्त्रिक सरकारले नै २०४९ कार्तिक २१ गते सिंहदरबारमा प्रशासनिक कोत पर्व जुन ग¥यो, त्यसमा पंक्तिकार पनि पारेर जागीर सिध्याएको थियो । त्यसपछि मैले न राजनीतिक निरपेक्ष भएर बाँच्न सक्तथेँ न निषेध वादी, सिनिक पन्थी थिएँ । त्यसैले सबैले अनुमान लगानु भन्नु स्वाभाविक थियो । गणेशमान सिंहले भने जस्तै वर्षका ३६४ दिन “बामपन्थी मित्रहरुलाई गाली गरे पनि मतदान केन्द्रमा गएपछि भने “सबैले देश लुटेर, चोरेर खुलेयाम भ्रष्टाचारी माफियाग्याङ र सिण्डिकेटवाला, सबै खाले अपराधीदेखी मानव र भगवान्का मूर्ति, सून र व्यापारिक वस्तु तस्करी गर्ने, भू जल माफियाहरुसम्मले लूट गरे । विचरा यी मित्रहरुले पनि आजीवन दुःख पाए, गरी खान्छन् चोरी खान्छन् भने पनि किन मत नदिने ?, आखीर नेपालमा “राजनीति गर्ने”भन्नु नै “शासन सत्तामा नपुगेसम्म निकै इमान्दार, राष्ट्र, राष्ट्रियता र जनता प्रति संवेदनशील, नैतिकवान्, समाजसेवी र मानौं “महात्मागान्धी, मोदी, योगी” कै नेपाली संस्कारका भान पार्ने, कोही जन्मेन । शासन सत्ताको गन्ध पायो कि ¥याल चुहाउँदै जो जस्ताको सुकै भ्रष्ट, दुष्ट निकृष्ट नेतृत्वको सरकारमा पनि छिरेर खुलेयाम लुट्न पटक्कै संकोच नमान्ने, एकपटक शासन सत्तामा पुग्यो कि आफू मात्र होइन आफ्नो परिवार, इष्टमित्र, नातेदार, चाकडीदार देखी आफ्नो गूट, आफ्नो दलका लागि शानसँग दुई हातले सोहोर्नपछि नपर्ने, सबैको नीति प्रवृत्ति र नियत भएपछि अझै केही नेता र कार्यकर्ता सापेक्षया भ्रष्टाचारीको सूचीमा नपरेको र भ्रष्टाचार गर्नेमा कहलिएकाहरु पनि सापेक्षया कम र स्वयं विलीन हुँदै, मर्दै र झर्दै गएको “पार्टी खोज्नेहरुका लागि यो दलको विकल्प पनि छैन” भनेर नै “गरी खाऊन् मित्रहरुले” नभनेको किमार्थ होइन । 
फेरी पनि भन्नै पर्छ, “मेरा आशा, आस्था र भरोसाका मित्र मण्डलीहरुको मौजूदा सरकार”लाई जनताले कोइराला, देउवा, थापाहरुलाई जस्तो पटक पटक जनता झुक्याउन सक्ने” पुरुषार्थीको रुपमा मान्न र ठान्न सकोइनन् भन्ने लागेको थियो । त्यस्तै नपुसंक, नालायक, उट्पट्याटङ कुरा गर्ने, हावादारी गफाडीहरुको सरकार” भनेर नाक थुनेर छिछिùù भनेर गर्लान् भन्ने पनि लागेको थिएन । तर शुरुमा नै “नमच्चिने पिङको सय झड्का, पोइल जाने चेलीको सय ठस्सा” भनेझैं उता “सी. जिङफिङ” वाट प्रत्याभूति नपाई” ओ.वी. आर आई भोलीबाटै बनाउन थाल्ने हो कि ? भन्ने भ्रम पारे, अर्कोतिर मोदीजस्ता “भाषण र आश्वासन वीर नेता”सँग लिखित रुपमा नेपालका सीमावर्ती नदीका घाट (भू–भाग) सम्म पानीजहाज चलान गराइदिने लिखित वाचाकसम नखुवाइ “झ्याली पिटेर “आफूले “लङ्कै जिनेको” जस्तो गरी एक वर्षमै पानी जहाज चलाएर देखाउने प्रचार गर्नु हुन्नथ्यो । 
त्यतिमात्र पनि होइन । चार वर्ष सम्म जे जस्तो परम्परागत रुपमा पूर्ववर्ती सरकारहरुले मात्र  नभई यही सरकारले पनि (गत वर्ष) संविधान दिवस मनाएको थियो, त्यो भन्दा फरक देखाउने गरी “भव्य रुपले” मनाउने भन्दै पंचायत कालमा पनि अनिवार्य नगरिएका निकाय, निगम, प्रतिष्ठानदेखी निजी क्षेत्रका उद्योग व्यवसायीका कर्मचारीहरुलाई समेत वन्धनकारी हुने गरी उर्दी उपस्थित हुन आज्ञा आदेश जारी भए गरिएको भन्ने जुन सुनियो, त्यसले सरकारको छवि अझ धुमिल होइन कलंकित गरिदिएको” धेरैको धारणा सुनियो । “सबै ठाम छोडी पुच्छरमा हात” गर्दै बेमौसमी बाजा बजाएको सुनेर ठानेर होला ? सरकारी उर्दीको उपहास भए गरिएको, पातलो उपस्थितिले देखाई दियो । तीन दिन सम्म सबै सरकारी, संस्थान, प्रतिष्ठानका भवनहरुसँगै “हरेक शहर वस्तीमा समेत दीपावली गर्नू” भनेको आज्ञा उर्दी शैलीको आग्रह अनुरोधलाई आम रुपमा कति परिपालना भएछ, गरिएछ ? आफ्नै आँखाले भृकुटीमण्डप, टँुडिखेल वरपरदेखी नयाँ सडक नारायणहिटी लगायतका मुख्य ठाउँहरुसम्म घुमेर हेर्दा, टुँडीखेल पूर्व पश्चिमका दुई अध्र्द सरकारी निकायका भवनमा झारा गर्ने हिसाबले दीपावली गरेको जस्तो देखियो । त्यसवाहेक अन्यत्र कहीं कतै झिलमिल देखिएन । 

यसैले माथि कै कुरा दोहो¥याउँ । यी मित्रहरुले मात्र होइन । सबैले राजनीतिक पार्टीलाई “व्यवसायिक लि. कम्पनी”मा परिणत गर्दै लगिएको देखेकोले अब मेरो कुनै पार्टी नेताहरुसँग गोरुबेची साइनो पनि छैन । त्यति हुँदाहुँदै पनि २०२२ सालमा वनारसको दशपुत्र गल्लीमा क. पुष्पलालले भित्राएपछि झण्डै आधा शताब्दीसम्मको (पछिल्लो एक दशकमा त एकतर्फी पारपाचुके भएको) सम्बन्धको कारणले हो कि ? यी मित्रहरुलाई जनताले दिएको शासन सत्ताको भोग दीर्घकाल पर्यन्त गरिरहन पाउनू” भन्ने शुभेच्छा थियो र अझै छ । 
तर यिनीहरुले अरुले जस्तै जनतालाई आश्वासन, झुठा सपना देखाउने र अझ फोसामा उट्पट्याङ र गजेडी गफ सुनाउने जे जस्ता काम बाहेक मनमोहनको पालाको सामाजिक सुरक्षा भत्ता जस्तो कुनै ठोस कुरा दिन सकेको नदेखेरै होला आम जनतामा सरकार प्रति चरम व्यामोहले सीमा छुन पुग्दै गरेको देखियो । 
“सरकारले गएको दुई वर्षमा (सरकारप्रति) आशा, आस्था, विश्वास भरोसा बढायो कि घटायो ? यी कुराको सुपरिवेक्षण र मूल्यांकन गर्न सरकारले “संविधान दिवस भव्य रुपमा मनाउन” गरेको आग्रह अनुरोधलाई जनताले धोती तानेर देखाइदियो” एक मित्रले ठेठ टिप्पणी सुनाए । त्यस्तो टिप्पणी प्रति मेरो कुनै प्रतिक्रिया थिएन, छैन । तर आम संचार माध्यमलाई अगुवाई गर्ने ठूलो संचार गृह र उसका प्रकाशनहरुले ३ गते कुनै विशेषांक निकालेन । संविधान दिवस “भव्य रुपमा मनाइएको” सरकारी दावीलाई मौन र व्यङ्ग्यात्मक वा उपहासात्मक उत्तर दिँदै ४ गतेका मुख्यपृष्ठमा “यार्चा बेचेर मोटरसाइकल” किनेको र “झिनामसिना मै अल्झिए मुख्यमन्त्री” भन्ने समाचार मुख्यमा छापियो । त्यतिमात्रैबाट सायद सरकारलाई लोप्पा नपुगेको ठानेर होला ? दोस्रो पेजमा पूरा शीर्षक व्यानरमा “टुँडिखेलमा तामझाम, वसन्तपुरमा विरोध” छापियो  । त्यस्को संकेत के ? “आम संचार जगत्ले नै सन् एक्काइसौं शताब्दीमा शस्त्रास्त्र वललाई परास्त गरेर आफ्नो साम्राज्य स्थापित गर्ने” सन् १९८० को दशकको प्रक्षेपण हेक्का राखे पुग्छ । 
हुँदा हुँदा अब त आम जनताले “जसरी पंचायतको खिल्ली उडाउन नानी मैयाँ लहर ल्याएर देश विदेशमा जे जस्तो सन्देश पठाएको थियो, आज ज्ञानेन्द्र शाह÷शाही, रवि लामिछाने, नेत्र विक्रम, सीके राउतलाई अगाडि सारेर उनको छापामा सरकार हराए विलाएको देखाइदिन थाल्यो ।” भन्ने यत्रतत्र सुन्नु परिरहेछ । आजको सरकारमा रहेका मित्रहरुलाई मैले “मूर्ख, स्वाँठहरुको मण्डली” कदापि ठाने मानेको र भन्ने गरेको थिइन, छैन । त्यस्तो भन्ने पक्षमा पनि छैन । 
तर छात्तीमा हात राखेर र सरस्वतीका प्रतीक प्रतिनिधि कलम र कागज समाएर इमान्दार र नैतिकवान् विरालाकोटीका पत्रकारको रुपमा प्रस्तुत हुन देखिन तम्सिएपछि ले त भन्नै पर्छ”, “सरकार आफैले आफ्ना सबै वस्त्रहरु फालेर एम्पेर’र्स न्यूक्लथ कथाको राजा जस्तो रुप देखाई रहेछ । यस्तै भनिरहेछन् सबैले के गर्ने ? 


Rating (Votes: )   
Share     Print


Other Articles:
संचारमन्त्री जी ! लौन यो बिन्ती लागोस्- महेश्वर शर्मा (09.17.2019)
संविधान दिवस “भव्यरुपमा मनाउने” सन्दर्भमा - तारा सुवदी (09.17.2019)
जुहारी खेलेरै जित्ने सरकारका दाउ - महेश्वर शर्मा (09.10.2019)
जेब्रा क्रसमा रातो बत्ती बल्ने प्रतिक्षा गर्दा जे भोगियो - गीता श्रेष्ठ (09.10.2019)
दुबै कुरा देशका निम्ति अशुभ सूचक हुन् - महेश्वर शर्मा (08.20.2019)
शिक्षण संस्था दक्ष जनशक्ति उत्पादन गर्ने थलो कि कार्यकर्ताको कारखाना (08.20.2019)
“हिन्दूराष्ट्र” र “राजतन्त्र” को पुनःस्थापनाको सम्भावना (?) (१)- तारानाथ सुवेदी (08.20.2019)
विश्वको प्राचीनतम राज्यमा आयातित शासन प्रणाली - वेदराज पन्त (07.30.2019)
जनताप्रतिको दायित्वबोध विलोप हुँदैछ - महेश्वर शर्मा (07.30.2019)
संघीयता “बाँदरको हातमा नरिवल” नबनोस् !- तारा सुवेदी (07.30.2019)
सरकारलाई आलोचना असह्य भएको छ - महेश्वर शर्मा (07.22.2019)
वी.पी. र पी.एलका चितामा रोटी सेक्नेहरुलाई देख्दा - तारा सुवेदी (07.22.2019)
सन्दर्भ : नागरिकता विधेयकको “रक्तं जीव इति स्थिति”- वेदराज पन्त (06.18.2019)
आइएलओ नेपालमा लागू हुने सन्धि नै हैन - महेश्वर शर्मा (06.18.2019)
विसंगतिका यी विविध बान्की - महेश्वर शर्मा (06.05.2019)
“सर्वाधिक सवल” सरकार किन निरीह बन्दै गएको ? - तारा सुवेदी (06.05.2019)
चर्चाको घेरामा ‘राष्ट्रपतिको सरकार’ !- महेश्वर शर्मा (05.28.2019)
गताङ्को बाँकी ... यताको तीस वर्षे शासनको शब्दचित्र - तारा सुवेदी (04.30.2019)
यहाँ प्रजातन्त्रको अर्थ नै हराउन लाग्यो- महेश्वर शर्मा (04.30.2019)
अधिकारको भोक हन्तकारी नै हुँदोरहेछ - महेश्वर शर्मा (04.25.2019)



 
::| Latest News

 
[Page Top]