युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 01:16pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
शान्ति र संविधान अझै दोधारमै छन् - महेश्वर शर्मा
Monday, 02.13.2012, 03:17pm (GMT+5.5)

मन नलागी नलागी गरेको काम सफल हुने सम्भावना ज्यादै न्यून हुन्छ । अहिले शान्ति प्रक्रिया र संविधान निर्माणको काम त्यस्तै स्थितिमा छ । नेताहरूको मन सत्ताको कुर्सीमा केन्द्रीत हुनाले शान्ति र संविधानको काम उनीहरूलाई बेमनले गर्नुपरेको छ भने कसरी सफल हुन्छ ? मन एकातिर, काम अर्कातिर हुनाले अझै म्याद थपेर खाने मनसुवा प्रकट भएको छ । शान्ति र संविधान झाराटराइमा परेका छन् । काम गर्न खोजेजस्तो देखाउने, तर आफ्नै मान्छे उठाएर विरोध गर्न पनि लगाउने दोधारे नीति लिएर सरकारले हरेक क्षेत्रमा झुक्याउने काम मात्रै गर्दैआएको छ । बाग्मती नदी किनारका अनधिकृत बस्ती हटाउँछु भन्ने, तर आफ्नै भातृ संगठनका कार्यकर्ता उठाएर आन्दोलन गर्न लगाउने सरकारको दोधारे नीतिको ताजा उदाहरण हो । शान्ति र संविधान पनि अझै दोधारमै छन् । प्रतिदिन कार्यतालिका फेरिंदैछन् ।

संसारमा सबैभन्दा बढी अविश्वासी प्राणी को हो ? भनेर सोधिएमा ‘राजनीति गर्ने मान्छे’ भनेर ढुक्कसंग भन्न सकिन्छ । कमसल मालकै प्रचार बढी हुन्छ । ग्राहक पनि विज्ञापनकै भरमा दगुर्छन् । एकथरि मान्छे बढी प्रचार भएकै वस्तुमा विश्वास गर्ने हुन्छन् । असलै छ भने पनि थोरै पैसाको सामानलाई कमसल ठान्छन् । भनिन्छ– इमान्दारको राजनीति चल्दैन । झूटो बोल्ने, भ्रष्टाचार र बेइमानी गर्ने टपर्टुइयालाई नै मान्छेले पत्याउँछन् । यो अविकसित अवस्थाको लक्षण हो, तापनि यहाँ झूटोलाई दशपटक दोहो¥याएर साँचो बनाउन खोजिन्छ र पत्याउने पनि त्यस्तै छन् । यस्तै छ यहाँको राजनीति ।

लौः माओवादी आएपछि जनता मालिक हुन्छन्, खुसी हुन्छन् भनेर खुब प्रचार गरियो र गरिंदै पनि छ, तर मालिक त उनै महिनाको एकलाख भाडा लाग्ने महलमा बस्ने पो रहेछन् । गरिबका छोराछोरीका मुखमा माड नलागेको देख्ने यहाँ को भयो खै ? सर्वहाराका नेता हुँ भन्नेले नै यहाँ सर्वहरण गरिरहेका छन् । स्वच्छन्द भएर मनोमानी गर्ने बानी परेकालाई कानुनी सीमा पच्दैन । अहिले सरकारमा बस्नेहरू नै स्वच्छन्द छन् । मनपरी पैसा बाँडेका छन् । नियम, कानुन आफैंले मिचिरहेका छन् । बाटो देखाउनेहरूकै आचरण भ्रष्ट हुन्छ भने स्थिति कसरी सुध्रिन्छ ? झन् ठूलो आश्चर्य त के छ भने राज्यशक्तिमै बसेर दार्इं हाल्नेहरू नै असन्तुष्ट देखिन्छन्, अभावमा पिल्सिएकाहरूका कुरा उनीहरू सुन्नै चाहँदैनन् । तर भोलि यिनै पुगिसरी नआउनेहरूको रोषको राँकोले पोल्न बेर लाग्ने छैन भनेर बुझ्नसके हुन्थ्यो ।

देश आज संकटै संकटमा छ । राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक संकट त छँदैथिए, उपसंकटहरू झन् उग्र भएर देखा पर्दैछन् । तेल संकट, विजुली संकट, पानी संकट, महंगी संकट, बेरोजगारी संकट आदि संकटै संकटमा जनता निसासिनु परेको छ, तापनि सत्तामा बस्नेहरूलाई कुनै कुराले छोएजस्तो छैन । यिनीहरू सबै आपसी विश्वासको संकटमा छन् । पार्टी पार्टीमा, नेता नेतामा, नेता कार्यकर्तामा विश्वास हराउँदै गएको छ । सरकार आफैं कसरी झुटको सहारामा अडिइराखौं भन्नेमा छ । यस्तो स्थितिमा जनताको उपेक्षा हुनु अनौठो होइन, तर नेताहरूको जनताप्रतिको धर्मछाडा प्रवृत्तिले ढिलो या चाँडो विस्फोटक स्थिति ननिम्त्याउला भन्न सकिंदैन । ठूलाबडा जातका नाममा राज्य विभाजन नै विस्फोटको कारण हुनसक्छ ।

आज हामी न प्रजातान्त्रिक ढाँचालाई व्यवस्थित गरेर चलाउने क्षमता देखाउन सकेका छौं, न त चुनौतिहरूकै सामना गर्न । तत्कालका समस्याबाट पन्छिन टालटुले काम गर्दै जसले जे भन्छ, जे माग्छ आँखा चिम्लेर ‘हुन्छ’ भनेर माग पूरा गरिदिने गरेका छौं । तापनि मागमाथि माग थप्दै र बढाउँदै लाने काम रोक्न सकेका छैनौं र अन्तहीन माग आइरहेका छन् । त्यस्ता माग पनि सरकारमा बस्नेहरूबाटै आइरहेको स्थिति छ । यस्ता प्रवृत्तिबाट शासन व्यवस्था कसरी चल्छ ? आफ्नै देश, आफ्नै व्यवस्था र आफ्नै समस्या सम्झने भए सरकारमा बस्नेले नै अत्तो थापीथापी माग बढाउँदै जाने र प्रधानमन्त्रीले पनि ‘हुन्छ’ भन्दै जाने हो भने मन्त्रिमण्डलभित्रै दिने र लिने, जनताको उपेक्षा गर्ने यो के चाला हो, के अर्थ हो ? प्रजातन्त्र भनेको त सबैको समान अधिकार भएको व्यवस्था हुनुपर्ने होइन ?

हामी आज आफ्नै आस्था र विश्वासमा छैनौं । त्यसैले आपसमा झगडा गर्छौ । मानसिक गुलामी छ । आपसमै विश्वास नभएर दिल्लीमा गएर अर्काले बनाइदिएको सम्झौतामा आँखा चिम्लेर सही गर्छौं । त्यसैको दुष्परिणाम भोगिरहेका छौं । त्यतिले पनि नपुगेर उनैको इशारामा देशलाई टुक्राटुक्रा पार्न पनि उद्यत छौं । किनभने हाम्रो सोच्ने शक्ति नै दिल्लीको गुलाम भएको छ, चाहे ती प्रचण्ड बाबुराम होउन या कांग्रेस–एमाले–मधेशवादी या अरु कोही ।

यहाँ नेता भनाउँदाहरूले अगाडिको भाग मात्रै हेरेका छन् । पछिको कुरा पनि सोच्ने क्षमता भएको भए आज यो स्थिति नै आउने थिएन । परिणाम पनि सोच्नसक्ने मान्छे नेता भयो भने मात्रै देश अघि बढ्छ, नत्र हरेक क्षेत्रमा पराजय भोग्नुपर्ने हुन्छ । नेता हुन्छु भन्नेको व्यक्तिगत सोचाइ र आफ्ना सबै अहंकार एवं आकांक्षा त्याग्न सक्नुपर्छ । तर आजका नेता अहंकारी छन् । किनभने यिनीहरूमा ज्ञान र अनुभव दुवै कुराको अभाव छ । जुन दिन यिनीहरूमा गर्न हुने र नहुने छुट्याएर काम गर्ने ज्ञान पलाउला त्यसै दिन मात्र फोस्रो अहंकार हटेर जनताका पक्षमा काम गर्ने आकांक्षा जागृत होला । नत्र यिनीहरूबाट गतिलो काम हुने आशा समाप्त भैसकेको छ ।

हाम्रा नेता समस्याको गहिराइ नबुझी सतहमा हेरेर प्याट्ट बोल्छन्, अनि त्यसैबाट अनेक समस्या निस्कन्छन् । विचार पु¥याउनुपर्ने ठाउँमा विवेक प्रयोग गर्न नसक्दा विपरीत पर्छ । प्रधानमन्त्रीले नै प्रधान सेनापतिलाई नसोधी सैनिक मुख्यालयबीचको बाटो खोल्ने भनेर आफैं हलुंगा भए । यो त घरभित्रैको कुरा भयो सानै भए पनि । तर अर्कातिर “सन्तुलनको कुरा गरेर बस्यौं भने हाम्रो देश कतै मर्ज हुनसक्छ” भन्दै बडो नमीठो कुरा बोलेर बाहिर समेत विवाद निम्त्याए । यस्ता हलुका कुरा बोलेर आफ्नो मर्यादा आफैं तल झार्ने होइन, नेताले त सोचेर पो बोल्नुपर्छ, तर खोई ? यो एउटा उदाहरण मात्रै हो, यस्ता धेरै प्रसंगले गर्दा ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भएको कुरा हाम्रा नेताले कहिल्यै अनुभव गर्ने हुन् कि होइनन् कुन्नि !



Rating (Votes: )   
Share     Print


Other Articles:
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी (02.13.2012)
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा (02.06.2012)
जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा (02.06.2012)
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी (02.06.2012)
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा (01.30.2012)
क्षितिज कतै पनि उज्यालो नभएको बेला... (01.30.2012)
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा (01.23.2012)
जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी (01.23.2012)
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा (01.23.2012)
मुलुक सपार्ने शैक्षिक क्षेत्रमा कहालिलाग्दो विभेद : यादब देवकोटा (01.16.2012)
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा (01.16.2012)
आमाको अवशानबाट मन विचलित भएपछि चिन्तनशून्य हुन पुगिएछ : तारा सुवेदी (01.16.2012)
राष्ट्रिय दिवस नै नभएको लाजमर्दो स्थिति : किरण बुर्लाकोटी (01.16.2012)
राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा (01.09.2012)
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा (01.09.2012)
वर्तमान राजनीतिक नेतृत्व असफलताको दिशातिर : यादब देवकोटा (01.02.2012)
सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा (01.02.2012)
अभाव पूर्तिको नाममा व्यक्तिगत लाभको चलखेल : यादब देवकोटा (12.26.2011)
जातीय संघीयता ‘घरको न खोप्राको’ : महेश्वर शर्मा (12.26.2011)
नेताहरूको विपरीत मतिले पार्टीको थप क्षति नहोस् : तारा सुवेदी (12.26.2011)



 
::| Latest News

 
[Page Top]