युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 06:48pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सकियो दशैं ! कतिले बुझे नारी शक्तिको महिमा र महत्व ? - गीता श्रेष्ठ
Tuesday, 10.15.2019, 11:41am (GMT+5.5)

नेपालीहरुको महान पर्व बडा दशैं सम्पन्न भएको छ । नौ दिनसम्म नारी शक्तिको आराधनाा गरी दशौं दिन त्यसको प्रसाद ग्रहण गरी नवदुर्गा समापन अनि पूर्णिमासंग दुर्गा भवानीको प्रसाद र आशीर्वाद लिन मान्यजनकहाँ टीका थाप्न जाने क्रम पनि सकिएको छ ।  दशैं नारी शक्तिको आराधना गर्ने नेपालीहरुको राष्ट्रिय पर्व हो र यो पर्वले नै नारीको महिमा जागर गर्दछ । किनभने सृष्टि चलाउन न एकल महिलाबाट सम्भव छ न पुरुषबाट मात्रै । महिला र पुरुष दुबैको समान दायित्व र भूमिका प्रकृतिले निर्धारण गरेको छ तापनि पूर्वीय शास्त्रले पुरुषको तुलनामा महिलालाई उच्च स्थान दिएको छ– शक्ति, सामथ्र्य र दायित्व निर्वाहका लागि ।
पौराणिक मान्यताको यो वास्तविकता लिपिबद्ध भएको छ । कुनै न कुनै चाडपर्वमा नारीलाई उच्च स्थान दिने गरेकै छौं तर यो चाडपर्वमा नै सीमित भएको पाइन्छ राज्यदेखि घरसम्म नै । त्यसैले त महिलाले आफ्नो शक्ति आफैंले चिन्न नसकेर आजभोलि महिला हेपिएको, दबिएको, दासत्व स्वीकार्न बाध्य भएको अनेक फुर्कावाला आरोप र टिप्पणी गर्ने पश्चिमाहरुको नाराको पछि कुदेर सांस्कृतिक अतिक्रमणलाई निम्ता दिइरहेका छौं ।
पूर्वीय सभ्यता मातृसत्तात्मक थियो र धार्मिक–सामाजिक अनुष्ठानहरुमा यो परम्परा अझै कायम छ भने महिलाले आफूले आफूलाई चिन्न नसकेको भन्न कुनै अप्ठ्यारो पर्दैन । यस्तै महिलाको उच्च गुणवत्ता, शक्ति र सामथ्र्यको महिमा गाउँदै पुरुषले नतमस्तक भएर नारी शक्तिको उपासना गर्ने पर्व हो दशैं ।
दशैंमा आद्यशक्तिका रूपमा दुर्गा भवानी, महाकाली, महालक्ष्मी, महासरस्वतीको अनुष्ठान, पठनपाठन, होमादि कार्य उल्लासमय वातावरणमा सम्पन्न हुन्छन् । विजयाको शुभकामनाको यो परम्परामा मान्यजनबाट आशीर्वाद लिने र स्नेह दिने गरिन्छ । साथै नौ दिनसम्म जीवनको सुरक्षार्थ कवचका रूपमा ‘दुर्गाकवच’ पाठ गरिन्छ । यसैबाट स्पष्ट छ, यो भूखण्डका पुरूषवर्ग मातृशक्तिप्रति समर्पित र मातृशक्तिमै निर्भर रहेर जीवन यापन गर्न अभ्यस्त थिए र छन् पनि ।
जबसम्म मानिसले आफ्नो क्षमता चिन्न सक्दैन तबसम्म उ अरुको दयाको पत्र बनिरहन्छ । विश्वमै महिलाका कुरा यस्तै पाइन्छ । धनी हुन् वा गरीब देश आधुनिक कालमा महिलाका समस्या एउटै छन् । यसको कारण महिलाले आफ्नो शक्ति र सामथ्र्य नबुझ्नु हो । पश्चिमा मुलुकले घोकाइदिएको स्वतन्त्रताको पाठ पढेर नेपाली महिला कहिल्यै माथी पुग्दैन् । यसका लागि आफूले आफूलाई चिन्नुपर्छ । “लक्ष्मी, सरस्वती र दुर्गाको एउटै रुप मै हुँ र ममा नै सबै शक्ति र अधिकार निहीत छ” भन्ने चेतना जागृत हुनु आवश्यक छ ।
यी भए पौराणिक कुरा र यिनै कुराहरुलाई मनन गर्ने हो भने महिले चर्चामाा ल्याउने गरिएका महिल अधिकारका समस्या स्वतः समाप्त भएर जान्छ । महिलामा शक्ति छ, ज्ञानन छ र धन पनि छ भने उनीहरु किन कमजोर र कसरी कमजोर ? दशैंमा शक्तिको रुपमा देवीको पूजा गर्ने, तिहारमा धनकी देवीका रुपमा लक्ष्मीको पूजा गर्ने र विद्याका लागि सरस्वतीको पूजा गर्ने हामी नेपालीहरुले यिनै त्रिरुप एक नारीलाई किन भेदभाव गर्ने भन्ने प्रश्नको उत्तर सबैले आआफ्नै किसिमले खोज्ने हो भने घोकाइदिएको नाराको पछि लाग्नै पर्दैन ।
माथिका सन्दर्भहरु नेपाली समाजको पौराणिककालीन वास्तविकताा हो । अब कुरा गरौं आधुनिक कालको र आजभोलि उठेका महिला अधिकारको विषयमा । के अधिकारका नाममा पुरुषलाई गाली गर्ने अनि राज्य सत्ताले समान अधिकार दिएन भनेर प्रायोजित नारा लगाएकै भरमा महिला सशक्तिकरण हुन्छ ? नेपाली महिलाका लागि अहिलेको आवश्यकता के हो ? के गर्दा उनीहरुको परिवार र समाजमा स्थापित हुन मद्दत पुग्छ भन्नेतिर कसैको चासो गएको छैन । यसमा महिला कति दोषी, पुरुष कति दोषी अनि शासनसत्तामा बसेकाहरु कति भन्ने प्रश्न त छँदैछ ।
आज संविधानले महिलाा सहभागिता सुनिश्चित गरेको छ । कुनै पनि निकायमा ३३ प्रतिशत महिला हुनैपर्छ । के त्यसका लागि महिलालाई तयार गरिएको छ त ? निजामतीदेखि राजनीतिक तहसम्म महिला सहभागिताको सवालमा अहिले यस्तै प्रश्न उठ्ने गरेको छ । संविधानले निर्दिष्ट गरेका प्रावधान पूरा गर्न राज्यले के कस्तो भूमिका खेलिरहेको छ भन्ने प्रश्नको उत्तर खोज्न टाढा जानु पदैन ! संसदलाई हेरे पुग्छ । महिला सहभागिता अनिवार्य गरिएपछि दलहरुले मनोनित गरेका महिला सांसदहरुको अवस्थालाई हेर्दा पुग्छ । 
महिलालाई आर्थिक–सामाजिक रुपमा सशक्त नबनाएसम्म संविधानले जस्तोसुकै व्यवस्था गरेको भए पनि त्यसले वाञ्छित उपलब्धि दिंदैन । सर्वप्रथम महिलामा शिक्षा र आर्थिक स्रोतमा पहुँच पु¥याउनुपर्दछ । उनीहरुको श्रमको गार्हस्थ उत्पादनमा कदर हुनुपर्छ । यी सामान्य कुराहरुको कदर गर्ने हो भने महिला अधिकार स्वतः स्थापित हुन्छ कानुनी र व्यवहारिक रुपमा ।
मानिसको सबैभन्दा ठूलो शक्ति भनेको धर्म हो र जब धर्मले, शास्त्रले महिलालाई उच्च सम्मान गर्दै पुरुषले पनि स्तुति गर्नुपर्ने शक्तिको स्रोत मानेको छ भने महिला किन पछि हट्ने वा पर्ने ? सनातन वैदिक धर्मले मातृशक्तिको महिमाको गुणगानका साथै यो शक्तिलाई विशेष महत्व दिएको छ । शारदीय नवरात्रमा नवदुर्गाको साथै सचल कन्याको पनि पूजा गरिन्छ । यसरी पूजा गर्नेहरुले घरकी साक्षात लक्ष्मी, दुर्गा र सरस्वतीलाई किन अधिकारविहीन बनाउने ? 
(लेखक श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका संचालक सदस्य हुनुहुन्छ)


Rating (Votes: )   
Share     Print


Other Articles:
भारतमा कश्मीरको विलयले नेपालमा पार्ने प्रभाव ? - तारा सुवेदी (10.15.2019)
चिनिया राष्ट्रपतिको भ्रमणः नेपालको अपेक्षा र जोखिम- तारा सुवेदी (10.02.2019)
भूमि संशोधन विधेयकले ल्याएको हलचल - महेश्वर शर्मा (09.25.2019)
छोराछोरी अभिभावकको खोक्रो ‘सान’को भरिया मात्र हैनन् - गीता श्रेष्ठ (09.25.2019)
सरकारप्रतिको जन धारणा ? - तारा सुवेदी (09.25.2019)
संचारमन्त्री जी ! लौन यो बिन्ती लागोस्- महेश्वर शर्मा (09.17.2019)
संविधान दिवस “भव्यरुपमा मनाउने” सन्दर्भमा - तारा सुवदी (09.17.2019)
जुहारी खेलेरै जित्ने सरकारका दाउ - महेश्वर शर्मा (09.10.2019)
जेब्रा क्रसमा रातो बत्ती बल्ने प्रतिक्षा गर्दा जे भोगियो - गीता श्रेष्ठ (09.10.2019)
शिक्षण संस्था दक्ष जनशक्ति उत्पादन गर्ने थलो कि कार्यकर्ताको कारखाना (08.20.2019)
दुबै कुरा देशका निम्ति अशुभ सूचक हुन् - महेश्वर शर्मा (08.20.2019)
“हिन्दूराष्ट्र” र “राजतन्त्र” को पुनःस्थापनाको सम्भावना (?) (१)- तारानाथ सुवेदी (08.20.2019)
विश्वको प्राचीनतम राज्यमा आयातित शासन प्रणाली - वेदराज पन्त (07.30.2019)
जनताप्रतिको दायित्वबोध विलोप हुँदैछ - महेश्वर शर्मा (07.30.2019)
संघीयता “बाँदरको हातमा नरिवल” नबनोस् !- तारा सुवेदी (07.30.2019)
सरकारलाई आलोचना असह्य भएको छ - महेश्वर शर्मा (07.22.2019)
वी.पी. र पी.एलका चितामा रोटी सेक्नेहरुलाई देख्दा - तारा सुवेदी (07.22.2019)
सन्दर्भ : नागरिकता विधेयकको “रक्तं जीव इति स्थिति”- वेदराज पन्त (06.18.2019)
आइएलओ नेपालमा लागू हुने सन्धि नै हैन - महेश्वर शर्मा (06.18.2019)
विसंगतिका यी विविध बान्की - महेश्वर शर्मा (06.05.2019)



 
::| Latest News

 
[Page Top]