युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 09:17pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
आज देशको स्थिति र लाटो साथीको कविता - महेश्वर शर्मा
Wednesday, 11.27.2019, 10:55am (GMT+5.5)

जनताले चासो नलिएको र नेताले लादेको कुनै पनि व्यवस्था दीगो हुँदैन । सरकार र जनताको सम्बन्ध राम्रो नभएसम्म देश उँभो लाग्दैन । सरकारले आज जनतालाई बेवास्ता गरेको अनुभव गरिंदैछ र यो उपेक्षाभावले गर्दा सरकारप्रति जनताको विश्वास पनि घट्तोक्रममा छ । अघिअघि विदेशीसित लडाई पर्दा जनताले नै सरकारलाई रसदपानी जुटाइदिएको इतिहास छ । त्यो चलन सरकार र जनताबीचको विश्वासको प्रतीक थियो । आजको स्थिति उल्टो छ । सरकारमा हुनेहरु मोटाएका छन् भने जनता दुब्लाएका छन् ।
यो स्थितिमा जनताको क्रयशक्ति बढ्ने र आधारभूत आवश्यकता पूर्ति गर्ने कार्ययोजना कार्यान्वयन नभएसम्म सरकारप्रति विश्वस्त हुन सक्दैनन् र जनविश्वास गुमेको सरकार पनि स्थिर हुन सक्दैन । आज सरकार निकासी होइन, पैठारी बढाएर भन्सार आम्दानी गर्नमा लागेकाले स्वदेशी उत्पादनतर्फ ध्यान नदिने आत्मघाती काम भैरहेको छ । आज यहाँ मान्छेको संख्याभन्दा महंगा यातायातका साधन र विलासी बस्तुको आयात बढाइएको छ । व्यापारीलाई पनि उत्पादन गर्नुभन्दा महंगा सामान पैठारी गरेर चाँडै पैसा कमाउन सजिलो भएको छ । यसबाट परनिर्भरता बढेर देश अझ कंगाल हुने स्थिति देखिंदैछ । यहींनेर कवि लाटो साथीको कविता सम्झना हुन्छ–
“मंत्रिणः साधना सन्तु, जनता सन्तु निर्धनाः ।
म्रियन्ताम् सज्जना, दुष्टा जीवन्तु शारदांशतम् ।।”
आज यहाँ सोझो हिसावबाट देश र जनताको हितमा काम गर्नेको अनिकाल परेजस्तो अनुभव गरिंदैछ । ‘सौ चूहे खाकर बिल्ली हज करने चली’ भनेझैं जनता चुसेर अब आयल निगम धर्मकर्मतिर लागेछ । हलेसीमा धर्मशाला (ठेक्कामा) बनाउन आयल निगमले पाँच करोड दियो रे । जनतालाई सुपथ मूल्यमा इन्धन दिलाउने हो कि धर्मशाला बनाउँदै हिंड्ने काम हो आयल निगमको ? यो कसको स्वार्थ सलबलाएको हो ? त्यहाँभित्र पनि कमाउ राजनीति नै त होला ? भनिंदैछ ।
यथार्थ भन्ने हो भने यहाँ अधिकांश नेताले नेताको होइन, मूल्याहाको भूमिका खेलेका छन् । राणाकालमा भएको रक्सोल–अमलेखगञ्जसम्मको र जयनगर–जनकपुरसम्मको रेललाई उतिबेलै तन्काएर ल्याउन सकिन्थ्यो । तर, उल्टै रेल मात्रै होइन रेल–वेको जग्गा समेत हिनामिना गराए । त्यस्तै धुर्सिङ–मातातीर्थ–लैनचौरसम्मको रोप–वे मात्रै समाप्त पारेनन्, रोप–वेका स्टेशनहरुले चर्चेको जग्गा एवं उपकरण समेत हिनामिना पारे । यसैबाट पनि बनाउने होइन, विगार्न मात्रै जानेका रहेछन् भन्ने देखिएकै छ । विकासका नारा अधिकांश ठगीखाने प्रपञ्च देखिएका छन् । पत्याउने आधार नै आफैंले मेटाएका छन् । जायज नाजायज जुनसुकै तरिकाबाट शक्ति हातपार्न जस्तो सजिलो कार्यान्वयन गरेर तर लगाउनु चानचुने कुरा होइन रहेछ ।
चर्चित चरेश काण्ड मुद्दामा घूस खाएर फैसला गरेको आरोपमा जागीर गएपछि तराई केन्द्रित पार्टी फोरमका भागमा परेको उपराष्ट्रपति पद पाएपछि कतैको यशारामा हिन्दीमा शपथ खाएर कानुनको उल्लंघन गरेवापत पद नै निलम्बनमा परेपछि संविधान नै संशोधन गरेर नेपालीमा शपथ लिएका (त्यो बेला जनतामा चरेशानन्द भनेर चर्चित) माननीय पूर्व उपराष्ट्रपति परमानन्द झाले यही कार्तिक १७ गते नयाँ पत्रिकासंगको कुराकानीमा “सरकारले दिएको पैसाले मासु खान पनि पुग्दैन । लुट्नेले मुलुकलाई लुटिरहेकै छन्, सरकार नामर्द जस्तो छ” भनेको विषय पनि खानमै केन्द्रित रहेको स्पष्ट छ ।
यस्तै यस्तै सन्दर्भमा एउटा अनौपचारिक जमघटमा कुरा हुँदा– भ्रष्टाचार र बेरोजगारीका बिरोधमा इराकमा आन्दोलन जारी छ, कैयौंको मृत्यु र कैयौं घाइते छन् । फ्रान्समा राष्ट्रपतिले इन्धनमा कर वृद्धि गरेको बिरोधमा उग्र प्रदर्शन भयो । हङकङमा गत मार्चदेखि सुरु भएको प्रदर्शन चलिरहेको छ । चिलीमा सान्टियोगमा मेट्रो रेलका शुल्क वृद्धिको बिरोधमा हिंसात्मक प्रदर्शन भैरहेको छ । तर नेपालमा महंगीले सीमा नाघ्दा र अनेकथरि आपराधिक घटना हुँदा पनि सरकार कानमा तेल हालेर बस्छ । यहाँ जनता किन सहेर बस्छन् ? भन्ने एकजनाको जिज्ञासामा– अपराधी नै कोतवाला भएपछि यस्तै हुन्छ । जनतालाई बिरोधमा उतार्ने उग्रचरित्रका जति सत्तामा ढलीमली गर्ने भएपछि कसले बिरोध गर्न ? बिरोध गर्ने, गराउने पनि साधन चाहियो नि भन्ने घतलाग्दो जवाफ दिएका थिए ।
हो, सरकार कस्तो (निरंकुश, भ्रष्ट या असल) छ ? भन्दा जनता कति जागरुक छन् ? त्यसै अनुसार बुझ्नुपर्ने हुन्छ । जनता सहेरै बस्ने खालका भएपछि सरकार पनि मात्तिन्छ । आज हैकमवालाले मनपरी गर्नुको कारण पनि जनता सचेत नहुनु नै हो । जनताको यही सोझोपन र विपक्षको नालायकीले गर्दा यो संघीय व्यवस्था नै बाँदरको हातमा नरिवल भएको छ– चेतना भया ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सीमा अतिक्रमण : जानाजान गरेको हेपाई- महेश्वर शर्मा (11.14.2019)
नेपाल र नेपाली हेपिनुको कारण र समाधान ? - तारा सुवेदी (11.14.2019)
“अभिवादन र बधाई” के.पी. ओलीलाई तर... - तारा सुवेदी (10.22.2019)
सरकार नै नसच्चिएसम्म यहाँ केही हुँदैन - महेश्वर शर्मा (10.22.2019)
चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको छ– राष्ट्रपति सी (10.15.2019)
सकियो दशैं ! कतिले बुझे नारी शक्तिको महिमा र महत्व ? - गीता श्रेष्ठ (10.15.2019)
भारतमा कश्मीरको विलयले नेपालमा पार्ने प्रभाव ? - तारा सुवेदी (10.15.2019)
चिनिया राष्ट्रपतिको भ्रमणः नेपालको अपेक्षा र जोखिम- तारा सुवेदी (10.02.2019)
भूमि संशोधन विधेयकले ल्याएको हलचल - महेश्वर शर्मा (09.25.2019)
छोराछोरी अभिभावकको खोक्रो ‘सान’को भरिया मात्र हैनन् - गीता श्रेष्ठ (09.25.2019)
सरकारप्रतिको जन धारणा ? - तारा सुवेदी (09.25.2019)
संचारमन्त्री जी ! लौन यो बिन्ती लागोस्- महेश्वर शर्मा (09.17.2019)
संविधान दिवस “भव्यरुपमा मनाउने” सन्दर्भमा - तारा सुवदी (09.17.2019)
जुहारी खेलेरै जित्ने सरकारका दाउ - महेश्वर शर्मा (09.10.2019)
जेब्रा क्रसमा रातो बत्ती बल्ने प्रतिक्षा गर्दा जे भोगियो - गीता श्रेष्ठ (09.10.2019)
दुबै कुरा देशका निम्ति अशुभ सूचक हुन् - महेश्वर शर्मा (08.20.2019)
शिक्षण संस्था दक्ष जनशक्ति उत्पादन गर्ने थलो कि कार्यकर्ताको कारखाना (08.20.2019)
“हिन्दूराष्ट्र” र “राजतन्त्र” को पुनःस्थापनाको सम्भावना (?) (१)- तारानाथ सुवेदी (08.20.2019)
विश्वको प्राचीनतम राज्यमा आयातित शासन प्रणाली - वेदराज पन्त (07.30.2019)
जनताप्रतिको दायित्वबोध विलोप हुँदैछ - महेश्वर शर्मा (07.30.2019)



 
::| Latest News

 
[Page Top]