युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 04.08.2020, 04:16am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
आजको परिस्थिति : दोषी को ?- तारा सुवेदी
Tuesday, 12.17.2019, 01:04pm (GMT+5.5)

पंक्तिकार अर्थशात्री होइन, न तथ्यांकशास्त्री हो न चिकिस्ताशास्त्री नै हो । बरु विशुद्ध साहित्य र राजनीति शास्त्री हो । त्यसैले देशको आर्थिक अवस्थाबारे सत्ता नियन्ताहरुले निरन्तर जे जस्तो सूचना समाचार संपे्रषण वा चित्र प्रक्षेपण गरिरहेछन् त्यसैमा विश्वास गर्दै आफ्नो निष्कर्ष वा विश्लेषण प्रस्तुत गर्नुको विकल्प देख्दिन । यही र यस्तै कारणले आफूलाई वेदव्यासद्वारा महाभारतको कथामा प्रस्तुत गरिएको मूक दर्शक “वार्वरिक” जस्तै एक्लो, निरीह र अरु सबैले हिडेको देखेकोभन्दा फरक देख्ने र विश्लेषण गर्ने पात्र (स्तम्भकार) को रुपमा पाउँछु वा देख्छु, आत्मसमीक्षा गर्दा । त्यसैले फरक बाटोबाट हेर्ने, सोच्ने र विश्लेषण प्रक्षेपण गरेकैले “फरक पाटो” स्तम्भ शुरु गर्न पुगेको हो । जेहोस् । 
प्रत्येक वर्षको मुलुको आय व्यय विवरण प्रस्तुत गर्दै गर्दा हरेक सरकारका अर्थमन्त्रीहरुले विकास योजनाका कार्यक्रमको सूची र कार्यनीति जे जति फरक शैली र शब्दावलीमा प्रस्तुत गर्ने गरेका किन नहोऊन्, “वैदेशिक ऋण र त्यसको साँवा ब्याज भुक्तानी” शीर्षक फेरेका हुँदैनन् । मात्र अंक (रकमको वृद्धि हुँदै जाने भएकोे होला) मात्र थपिँदै गएको देखिने गरेको छ । निश्चय पनि प्रत्येक वर्ष बाह्य मुलुक अन्तर्राष्ट्रिय वित्तीय वा बैंकिङ संस्था हरुबाट वेपर्वाह ऋण लिने क्रम जसरी बढ्दै गएको देखिएको छ । त्यसबाट त्यस ऋणको भुक्तानी धान्ने अनुपातमा राष्ट्रिय आय वा मुलुकको समग्र उत्पादन र उत्पादकत्वमा वृद्धि भएको छ कि छैन ? यदि ऋणबाट ऋणकाृ व्याज र साँवाको किस्ता तिर्ने क्षमताको वृद्धि पनि गर्न सकिएन र त्यो रकम अनुत्पादक क्षेत्रमा वा शासन सत्ताको आयु बढाउन मात्र खर्च गर्ने गरियो भने वर्षेनी थपिदै गएको ऋणभारले देश टाट पल्टिने संभावना हुन्छ कि हुँदैन ? 
त्यतिमात्र होइन । सामाजिक न्याय सिद्धान्तले पनि भन्छ, “ऋण लिने घरमुलीले यदि कसैसँग ऋण लिएर उसले आफ्नो परिवारको सामूहिक परिपालनमा वा घरको आर्थिक समृद्धि, समुन्नति र उपार्जन गर्ने प्रयोजनका लागि लिएको रहेछ भने (भलै कुनै ऋणको प्रतिफल दुर्घटनाबस हुन नसके पनि) त्यसको “प्रति भुक्तानी दायित्व” परिवारका सबै सदस्यहरुको थाप्लोमा पर्छ । तर घरमूलीले विवेकहीन भएर आफ्नो मनमोज गर्न जुवा, जाँड–रक्सी वा त्यस्तै अन्य कुव्यसनका क्षेत्रमा खर्चिन्छ भने अथवा धेरै दाजू भाई दिदी बहिनीमध्ये कुनै वा केहीको शिक्षा दिक्षा वा आर्थिक आर्जन हुने देखिएको प्रयोजनमा खर्चिन्छ भने त्यसको दायित्व त्यसको थाप्लोमा मात्र पर्नुपर्छ वा पर्दछ जसले त्यो ऋणको लाभ प्राप्त गरेका हुन् ।” 
तर नेपालमा त्यस्तो “सामाजिक न्याय सिद्धान्त”को कहिल्यै कसैले हेक्का राखेको देखिन । सरकार धेरै फेरिए, संस्कार फेरिएन । सत्ता हाँक्ने व्यक्ति धेरै फेरिए प्रवृत्ति फेरिएन । शासन पद्धति धेरै पटक फेरिए, शासन संस्कृति उही विकृतिपूर्ण नै देखियो । धेरै व्यवस्था फेरिए– अवस्था उस्ताको उस्तै देख्नुप¥यो ।
उहिलेको कुरा होइन, अहिलेकै कुरा गरौं । आज यो मुलुकमा शिक्षाको विकास भयो । वर्षेनी राज्यले सयौं अर्बको बजेट शिक्षाको विकासमा खर्च गरिरहेको छ । हिजो एउटा मात्र विश्व विद्यालय भएको देशमा झण्डै दर्जनको संख्यामा विश्व विद्यालयहरु खोलिएका छन् । त्यति हुँदा हुँदै पनि वर्षेनी हजारौंको संख्यामा उच्च शिक्षा अध्ययनका लागि विदेश गइरहेछन् । राज्यको ढुकुटीबाट अर्बौ नेपाली रुपिया बराबरको दुर्लभ्य विदेशी मुद्रा उनीहरुसँगै बाहिर्रिइ रहेको छ । 
त्यसले सयौं समाजशास्त्री न्यायशास्त्री (कानून वेत्ता), अर्थशास्त्री तथ्यांकशास्त्री चिकित्साशास्त्रीको जसरी संख्या थपेको छ, त्यसको दशांश त कै एकांश पनि त्यसको प्रतिफलबाट देशको परिवर्तन भएको बोध र विश्वास आय जनतालाई गराउन सरकारले सकेको देखिएन । अरु त अरु स्वयं सत्ता नियन्ता नेताहरु “ठूला ठूला डिग्री लिएर पाएर मात्रै मख्ख पर्ने होइन, बानी व्यहोरा सुधारेर जनताले हामीले करभार व्यहोरेर सन्तानलाई शिक्षित मात्र होइन, सुरक्षित सुसंस्कृत सभ्य र उन्नत श्रेणीका नागरिक बनाएका रहेछौं भन्ने सावित गर्न सक्नुपर्छ” भनेर दीक्षान्त भाषण दिँदै गर्दा त्यहाँ त्यसै विश्वविद्यालयका पूर्व सहकुलपति उप कुलपतिहरुलाई बोलाएर पूर्ववत्र्तीकोे सम्मानको संस्कार स्थापित गर्ने सोचको अभाव महसुस गर्दछन् कि गर्दैनन् । 
त्यतिमात्र होइन । अन्य अनगिन्ती संस्था, निकायहरुका राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरकार कार्यक्रमहरुमा पनि त्यही अनुदार, घटिया प्रवृत्ति, संस्कार र संस्कृति अझ मौलाउँदै गएको देखियो, सुनियो । व्यवस्था वा शासन पद्धति फेरेको भाषण सयौं पटक दोह¥याउँदै गरेका शासन सत्ता नियन्ताहरुले समाज र जनताको अवस्था परिवर्तनका स्वर्णिम सपना भरिएका घोषणा बोकेर जनताको घर दैलोमा पुगेका थिए । त्यसरी जनताको विश्वास लिएर लिएर शासनाधिकार पाएको सरकारमा बस्नेहरुकै व्यवहार, संस्कार, सोंच, शैलीमा झन् झन् अनुदार बन्दैछन् । आफ्नै सरकारका नीति कार्यक्रममा पूर्ण अविश्वास गरेर आफ्नै उपहास हुने काम गरि रहेछन्, किन? 
उदाहरणका लागि केही खट्केका कुरा नै राखौं । वर्षेनी अर्बौंको बजेट स्वास्थ्य क्षेत्रमा खर्चिदा शहरबासीहरुमात्र नभई सुदूर  दराजका सुधार र गाउँ तहका सीमान्त गरीब विपन्न नागरिकसम्मलाई आधारभूत प्राथमिक उपचारको सेवा पु¥याउने” प्रतिबद्धता हरेक दलले आ–आफ्ना निर्वाचन कालीन घोषणा पत्रमा उल्लेख गरेको देखिन्छ । तर निर्वाचन सम्पन्न भएर सरकार गठन भएलगत्तै प्रधानमन्त्री, मन्त्रीहरुमात्र होइन । सबै दलले देशको ढुकुटीबाट आ–आप्mनो गच्छे अनुसार आफू आफ्ना श्रीमती, सन्तानदेखि आफ्ना गूट, उपगूट र आफ्नो निर्वाचनमा सहयोग गरेका कार्यकर्तासम्मको स्वास्थ्य परीक्षण र उपचारको लागि “भाग शान्ति जय नेपाल” गर्ने क्रम बढ्दै गएको देखिन्छ । तर त्यो सबै जति गोप्य राख्दा पनि सार्वजनिक हुँदै गएको छ, किन ? 
प्रधानमन्त्रीले काठमाडौं विश्व विद्यालयको दीक्षान्त समारोहमा “उच्च शिक्षाको प्रमाणपत्र धारीको सुपरिक्षण उसको व्यवहार र संस्कारमा त्यत्ति नै उच्चता देखिएपछि मात्र त्यस्तो प्रमाणपत्रको अर्थ सावित हुनेछ” भनेर भनेको एक डेढ हप्ता नवित्दै वहाँकै सरकारले आयोजना गरेको तेह्रौं दक्षिण एशियाली खेलकुद (साग)को समुद्घाटन गर्न सवारी भएकी राष्ट्रपतिले हेक्का राखे नराखेको त थाहा भएन ? तर त्यत्रो अन्तर्राष्ट्रिय कार्यक्रममा आफ्ना पूर्व खेलकूद मन्त्री, उक्त मन्त्रालयका सचिव, सदस्य सचिवहरुलाई पनि निम्तो पठाएर प्रतियोगितामा विजयीहरुलाई पदक प्रमाण पत्र वितरण गराउँदा कार्यक्रमको महत्व बढ्नेतिर न खेलकूदमन्त्री न सचिव न सदस्य सचिवले नै उच्च उदारता देखिएको सुनियो । बरु सबैले आफू र आफ्ना गूट उप गूटका चाकडीदार चौकडकिो भीड जम्मा गरेको सुनियो । त्यो सबै देख्दा अस्पतालबाट प्रत्यक्ष प्रसार हेरेका प्रधानमन्त्रीलाई असहज लाग्यो कि लागेन ?
संभवत् यही र यस्तै नीचता, घटिया व्यवहार र कथनी र करनीको बीचको दुस्प्रभाव झण्डै दश पन्ध्र वर्षपछिको अन्तर्राष्ट्रिय खेलकूदमा दर्शकको शून्य प्रायः उपस्थिति देखी राज्यका सबै कालखण्डका सरकार आयोजक बनेका जनसरोकारका कार्यक्रमप्रति जनताको उपेक्षा भाव र सरकारका प्रति जनतामा व्यमोह जाग्दै गएको स्पष्ट हुँदै गएको देखियो । 
दोषीको ? 
भनिन्छ “अरुलाई दोषी देखाउनेले एउटा चोर औंलाले अरुतिर संकेत गर्दैगर्दा अरु तीन औंलाले आफ्नैतिर औल्याई रहेका हुन्छन्, सबैले त्यसको ख्यालै नराखी अरुलाई नै भक्कुुमार गाली दिइरहेका हुन्छौं सराप्दै गरेका हुन्छौं । आफूलाई भने शुद्ध पवित्र साधु सन्त सावित गर्ने प्रयास गरिरहेका हुन्छौं । तर तेस्रो (दर्शक) ले त्यस्को हेक्का राखिरहेको हुन्छ, बोल्दैन ।”
हो, आज त्यही भइरहेछ । हामी सचेत प्रवुद्ध र पढे लेखेको घमण्ड गर्नेहरु त्यही सब देखिरहेको मौन दर्शक” भइबसेका छौं । त्यति मात्र होइन, दिनभर “सरकार राजनीतिक पेशा व्यवसायी कम्पनीका अधिपति” (नेता) हरुको धुवाँधार आलोचना र वदख्यायी गर्दै हिँड्नेहरु सखारैको झिसमिसे र साँझको अँध्यारोमा आ–आफ्नो पहुँच भएका शक्ति र सत्ता केन्द्रहरुमा टाट्ने हात जोड्दै, चुक्की चाकडी चापलुसी गर्न पुग्ने उहिलेको निरंकुशकालीन सोंच संस्कारबाट कहिल्यै मुक्त हुन सकेका छैनौं । यस्तोमा आम सर्वसाधारण नागरिकलाई कसले को दोषी भन्ने र जवाफ दिने ? 
सायद लेख वा प्रसंग “डी–रेल” भएको वा बहकिएको भन्ने पनि लाग्न सक्छ । त्यसैले शुरुमा उल्लेख गरिएको विषयकै पाटो र बाटोतिर लागौं । एकातिर झण्डै २०–२५ प्रतिशत उत्पादकत्वपूर्ण मुख्य जनशक्ति देशबाट बाहिरिएर रोजगारीमा गएको अवस्थालाई अस्वीकार नगर्ने । अर्कोतर्फ पहाड र मधेशका अधिकांश जिल्लाको खेती योग्यभूमि बाँझो रहन थालेको अवस्थामा राष्ट्रिय उत्पादन र वार्षिक रुपमा ३–५ प्रतिशत बढेको देखाउन संकोच नमान्ने अर्थशास्त्री र तथ्यांक शास्त्रीहरुले “वैदेशिक ऋण जति बढी भित्रियो त्यति नै बढी समृद्धि, समुन्नति र प्रगति हुने” तर्क दिंदै “प्रधानमन्त्री स्वरोजगार कार्यक्रम जस्ता सत्ता शक्ति नियन्ताका कार्यकर्ताहरुलाई बाँड्ने, पोस्नेमा समेत झण्डै पचासौं अर्ब वैदेशिक ऋण लिएर खर्चिएको सुनियो । तर त्यो ऋणबाट ती सुदूर दराजका लाटा सोझाले के पाए र उनीहरुले नून चामल किन्दा त्यो ऋणभार करका माध्यमबाट तिर्नुपर्ने ? 
नेता कि नियतिबाट हामी ठगिएका ?
विश्वमा सायदै नेपालजस्तो प्रकृतिले सबै कुरा दिएको पु¥याएको कमै मुलुक होलान् । जन, जल, जमिन, जलवायु, जंगल, जडिबुटी र अनुपम सौन्दर्य सम्पन्न हिमशैल भएको मुलुकले आज विश्वको समृद्ध, समुन्नत र शक्ति सामथ्र्य सम्पन्न हुनुपर्नेमा किन कुन नियतिले विपन्नतम मुलुकहरुको कित्तामा उभ्यायो ? संसारमा वीर र स्वाभिमानी वीर पुर्खाका सन्तान भनिए, गनिएका हामी किन आज सबैबाट हेपिए पेलिएर निर्वल निर्धन र निम्छरो देखियौं ? संसारकै सबैभन्दा धेरै जनसंख्या भएको एउटा मित्र राष्ट्र एकातिरको छिमेकी र विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक अर्कोतिरको सँधियार पाएर पनि किन उनीहरुलाई असल छिमेकी बनाएर दुवैको साथ सहयोग लिई उनीहरुकै हाराहारीमा उभिन र हिड्न सकेनौं ? 
देश हाँक्ने जनताले होइन । जनता सामु गएर उनीहरुलाई विश्वास दिलाई उनको (जनताको) साथ, सहयोग समर्थन लिएर शासन सत्ता हत्याउने हो । तर हरेक पटक “राष्ट्र, राष्ट्रियता र जनताको हकहित समृद्धिका लागि समर्पित भई लाग्ने” वाचा कसम खाएर त्यही आधारमा जनादेश लिएर सत्ता हत्याए लगत्तै तिनै (राष्ट्र, राष्ट्रियता र जनता) लत्याइए । सबै सरकार र दलका नेताहरुले आफू आफ्ना र आफ्नो पाटी र समूहको स्वार्थ संरक्षण र परिपूर्तिमा मात्र परिसीमित देखिँदै गए, किन ? तिनीहरुको नियत गलत भयो कि उनीहरुले निर्माण गरेको नीति गलत भयो ? कि इमान्दार हुन खोजेर पनि बाटो बिराए र देशलाई आजको दुर्नियति भोग्न बाध्य पारेको देखिएको हो ? अथवा, यी सबैभन्दा नेपाल र नेपालीको ग्रह, दशा वा नियति नै खोटो भएर सबैतिर विप्ल्याँटो भएको देख्नु परिरहेको हो ? अतीततिर फर्केर हेरौं । भीम मल्ल भीमसेन थापा मात्र होइन । 
बहादुर शाहा देखी महेन्द्र शाहा वीरेन्द्र शाहको अन्त्य अपरिकल्पित, असमय र अत्यन्त दुःखद रुपमा भयो । जनताले आशा भरोसा गरेका वी.पी. पुष्पलालदेखी गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, मनमोहन अधिकारीहरुको भौतिक अवशानसम्मलाई नै हेरौं । सबैको अन्त्य दुःखद रह्यो उनीहरुले देशको भाग्यरेखाको रे पनि कार्यान्वयन गर्ने पाएनन् । देशको शासन सत्ता सिंहदबरबार भित्रबाट हाँकिनु पथ्र्यो । तर सिंहदरबार भन्दा बढी वालुवाटार र अझ अहिले त त्यो भन्दा बढी अस्पतालको शय्याबाट चलेको” पो देख्नु भोग्नु परिरहेछ । त्यसैलाई “नायकको छापा वा नायवीबाट शासन चले चलाईएको” भन्ने गर्न थालिएको होला । राज्यलक्ष्मी राजराजेश्वरी देखी ऐश्वर्य राज्य लक्ष्मी, सुजाता, कपाली, आरजूहरुको नायवी र विवेकबाट हाँकिएको मुलूकले यस्तै हविगत न व्यहोरे के कस्तो व्यहोर्ने त ?” एकमित्रको टिप्पणी सुनेर आवाक्  हुनुप¥यो । 



Rating (Votes: )   
Share     Print


Other Articles:
राजनीति अब कमाउने धन्दामा परिणत ! - महेश्वर शर्मा (12.17.2019)
निवृत्त राष्ट्र सेवकहरुको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध किन ? - तारा सुवेदी (11.27.2019)
आज देशको स्थिति र लाटो साथीको कविता - महेश्वर शर्मा (11.27.2019)
सीमा अतिक्रमण : जानाजान गरेको हेपाई- महेश्वर शर्मा (11.14.2019)
नेपाल र नेपाली हेपिनुको कारण र समाधान ? - तारा सुवेदी (11.14.2019)
सरकार नै नसच्चिएसम्म यहाँ केही हुँदैन - महेश्वर शर्मा (10.22.2019)
“अभिवादन र बधाई” के.पी. ओलीलाई तर... - तारा सुवेदी (10.22.2019)
चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको छ– राष्ट्रपति सी (10.15.2019)
सकियो दशैं ! कतिले बुझे नारी शक्तिको महिमा र महत्व ? - गीता श्रेष्ठ (10.15.2019)
भारतमा कश्मीरको विलयले नेपालमा पार्ने प्रभाव ? - तारा सुवेदी (10.15.2019)
चिनिया राष्ट्रपतिको भ्रमणः नेपालको अपेक्षा र जोखिम- तारा सुवेदी (10.02.2019)
भूमि संशोधन विधेयकले ल्याएको हलचल - महेश्वर शर्मा (09.25.2019)
छोराछोरी अभिभावकको खोक्रो ‘सान’को भरिया मात्र हैनन् - गीता श्रेष्ठ (09.25.2019)
सरकारप्रतिको जन धारणा ? - तारा सुवेदी (09.25.2019)
संचारमन्त्री जी ! लौन यो बिन्ती लागोस्- महेश्वर शर्मा (09.17.2019)
संविधान दिवस “भव्यरुपमा मनाउने” सन्दर्भमा - तारा सुवदी (09.17.2019)
जुहारी खेलेरै जित्ने सरकारका दाउ - महेश्वर शर्मा (09.10.2019)
जेब्रा क्रसमा रातो बत्ती बल्ने प्रतिक्षा गर्दा जे भोगियो - गीता श्रेष्ठ (09.10.2019)
शिक्षण संस्था दक्ष जनशक्ति उत्पादन गर्ने थलो कि कार्यकर्ताको कारखाना (08.20.2019)
दुबै कुरा देशका निम्ति अशुभ सूचक हुन् - महेश्वर शर्मा (08.20.2019)



 
::| Latest News

 
[Page Top]