युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 11:04am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सत्तामा पुगेर मैंमत्ता नवन, मित्रहरु !- तारा सुवेदी
Tuesday, 01.14.2020, 12:15pm (GMT+5.5)


“लुटन सके लूट कान्छा 
जति सक्छस् लूट । 
सवै लुटछन् नेपालमा
लुट्ने लाई छ छुट ।”
सायद गीतका शब्दहरु फरक थिए होलान् । तर भाव वा सार यस्तै थियो । त्यो गीत साहै्र लोकप्रिय हुँदैगएको र नेपालका सबैतिरका गाउँवेशीदेखि काठमाण्डौका काँठ शहरसम्म त्यही गीत घन्केपछि सरकार सन्क्यो । त्यो गीत सार्वजनिक गर्न बजाउन नै प्रतिबन्ध लगाइयो भन्ने सुनियो । अहिले त्यो काहीं कतै सुन्न, किन पाइँदो रहेनछ । 
मनमस्तिष्कमा धेरै कुरा आएका थिए । पंचायतकालको जन्म हुँदा नहुदैतिर बनारसमा पढेको “नङ्गा राजा” (एम्पेरर्स न्यू क्लथ) को कथा संझिएँ । सडकमा राजालाई नाङ्गै हिंडाउनेहरु राजाका प्रत्येक सेवक पुस्कृत हुने, तर विचरा वालकले दण्डित हुनु परेको थियो, त्यो कथामा ।
 त्यो परिकथालाई आजका सत्ताका चाटुकारहरुले साकार पार्न थालेको जस्तो लागेको महसुस गदै थिएँ । तर पञ्चतन्त्र कि कुनै नीति सूत्रमा पढेको 
“मर्कटस्य शूरा पानं, ततो वृश्चिक दंशनम्,
ग्रहणां च गतिर्वक्रा, यद्वा तद्वा भविब्यति”         
झलस्स संझे ! प्रजातन्त्र, लोकतन्त्रमा त देखेको र लागेको कुरा लेख्न, गाउन हरेक कलाकार, पत्रकारले छूट पाएकै थिए । अरु त अरु तत्कालीन प्रधान न्यायाधीशलाई बाँदरको रुपमा चित्रित गदै उनको हातमा देखाइएको नरिवलको तस्वीरमा “संविधान” भनेर “विमर्श” साप्ताहिकमा छापियो । त्यसपछि सर्वोच्च अदालका प्रधान न्यायाधीश र न्यायधीशहरु ताते । “सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर पैmसलागरेको विषयलाई सीमान्त उपहास गर्ने काम भयो, उक्त पत्रिकाका प्रकाशक सम्पादकहरुलाई ‘अदालतको मानहानी’ गरेकोमा मुद्द चलाई कारबाही गर्नु र सजाय दिनु पर्छ” भनेर ‘श्रीमान्हरु’ मात्र लागेनन् । कतिपय  “कालाकोटधारी देखि “माननीय श्रीमान्” का घर भान्छा धाएर झगडीया र “माननीय–श्रीमान्हरु का बीचका लेनदेनका माध्यम” बन्दै आएको “श्रीमान्का श्रीमतीहरु” समेतले  माननीय श्रीमान्हरुलाई “उल्काए उक्साएको” समेत सुनियो ।
 तर तत्कालीन प्रधान न्यायाधीश जो थिए – उनैको अध्यक्षतामा बनेको संविधान (२०४७) को धारा १२ (२) (क) र १३ द्वारा प्रत्याभूत–“प्रेस प्रकाशन” स्वतन्त्रताको उपयोग गरेरै त्यो कार्टून प्रकाशित गरिएको थियो । त्यसैले तत्कालीन प्रधान न्यायाधीशले कार्टून देख्दा रिस पक्कै उठे पनि विवेक र संयमताको प्रयोग गरे, मुद्दा चलाईएन । यदि त्यसमा मद्दा चलाएर हदै सम्मको सजाय भएको भए केही हजार दण्ड जरीवाना र एक दुई महिना सम्मको कैद सजाय गर्न सक्थे । 
यही स्त्तभ्भकारले पनि कतिपय मुद्दामा सरेआम ठूलो रकमको खेल र लेनदेन भएको भनेर सार्वजनिक भएपछि  कैयन् न्यायाधीशलाई “चरेसानन्द” भनेर लेख्यो । कतिपय लाई भेटे सम्म अभियुक्त बनाईएका कुख्यात भष्टाचारीलाई भ्रष्टाचार गरेको प्रमाण नभएको भनेर बचाउने, नभए–नसके ( अकाट्य वा ठोस प्रमाण सहित मद्दा चलाईएको भए) प्रक्रियागत झीना मसीना त्रूटी वा हद म्यादका छिद्र खोजेर, खोतलेर भ्रष्टाचारीलाई उन्मुक्ति दिएको घटनालाई टेकेर (हेरौँ २०६५ भाद्र ११को नयाँ पत्रिका) “यहाँ निशुल्क न्याय निशाफ होइन, बढाबढमा पैmसला हुने रहेछ । न्यायालय न्याय निशाफका पवित्र मन्दिर ठान्नु गलत रहेछ । साहै महंगो मूल्य तिरेर बढाबढमा पैmसाला गराउनु पर्ने रहेछ”, भनेर नै लेख्थो । त्यो संभवत पछिल्ला ५–७ वर्षका २–४ वटा सर्वोच्चका सर्वोच्चतम न्यायपिठासीन वा “काम चलाउ ?” न्याया पीठासीन हुन पुगेकाहरुको योग्यता, क्षमता, इमान्दारिता, सामाजिक, पारिवारिक पृष्टभूमी मात्र नभई “शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली” भन्ने विवाद पुष्टि भएपछि लेखिएको थियो । 
तर पंक्तिकार न कुनै नेताको ढोकामा पुगेको छ, न आजसम्म कुनै पार्टी वा सत्ता नियन्ता भएको वेला कतिपय “वाहिर वाहिर आफुले कसैको चाकडी नगरेको” भनेर फुर्तिदिदै हिड्ने तर साँझ बिहान सधैँ शक्तिकेन्द्र भनिएका कहाँ पुगेर जुत्ता पुछ्ने मित्रहरुको जस्ता चरित्र बोकेर, न त ठूलो र अकुुुल लाभको पदका वा ठाउँ  लागि हात मोल्न गयो ।  न आजसम्म कुनैपनि “माइकालाल” को सकारात्मक र सहयोगात्मक व्यवहार भए गरिएको अनुभूति गर्न पायो । बरु हिजो गिरिजा प्रसादको हुकुमी शासन कालमा जसरी त विधि विधान, न्याय, कानून विपरित वित्थामा कानून मेरो हक भएको दानापानी नै अपहरण भएको थियो । त्यसरी नै कम्युनिष्ट मित्रहरुले मेरो अस्तित्व, पहिचान इतिहास र पृष्ठभूमिको अभिलेख नै मेटिदिने काम गरेर “ठूलो गुन” लगाउनु भएकै हो । त्यति सब हुँदा हुदैँ पनि “एका चलो रे” भन्ने गीतलाई गीता गायत्री मन्त्र जस्तो आर्दशसूत्र मान्दै बाँचेको निरीह पंक्तिकारलाई कुन्नी के कारणले हो, धेरै मित्रहरु  भेट्यो कि आज शासन सत्ताका सिंहासनासीन हुन पुगेका नेता र उनको “लिमिटेड कम्पनी” मा परिणत पार्टीलाई “तेरो नेता, तेरो पार्टी, तेरो सरकार” भनेर व्यङग्य गर्छन् ? मैले निकै घोत्लिदा पनि स्पष्ट बुझन सकेको छैन् । सायद वनारस बसाईको विद्यार्थी जीवन कालमा “दशपुत्र गल्लीमा” हेडक्वार्टर बनाएर बसेका पुष्पलाल कहाँ आधा दशक सम्म आवतजावत गरेको थाहा भएर् हो कि ? २०४६ सालमा तत्कालीन पंचायती सरकारको पालामा राज्यको स्थायी राष्ट्र सेवकका उपसचिव स्तरको अधिकृत भएर अरु खरिदार, ना.सु स्तरका निजामती संगठनका साथीहरुसँग “सडकमा पंचायत व्यवस्था विरुद्ध आन्दोलन गरेको संझेर हो ? कि २०४८ सालको गिरिजा नेतृत्वको सरकारको “सरकारी सेवाका उच्च अधिकृत तहकाहरुलाई राजावादी र तल्लो वा मध्यम तहका अधिकृतहरुलाई कम्युनिष्ट हुन्” भन्ने निकृष्ट, दरिद्र मानसिकताको मानदण्डले २०४९ को “सिंहदबारको प्रशासानिक कोतपर्वमा दानापानीहरणमा परेकाले त्यस्तो अन्याय र स्वेच्छारी निर्णय विरुद्ध सडक देखि सर्वोच्व अदालत सम्म लड्न पुगेको देखेर हो, अथवा राजाको अर्को सकृय नेतृत्वकाल (२०५९) का तत्कालिन प्रधानमंत्री सुवथाको पालामा राजाको कदमको विरुद्धमा भएको सडक आन्दोलनमा उत्रिंदा पक्राउ परेर सिंहदवार प्रहरी वृत्त भित्र बसेको थुनुवाको अभिलेख देखे बुझे, जाने, सुनेर हो ? मेरा मित्रहरुले अहिले पनि “ए नेता ! तिमी कता, तिम्रो के हाल खबर छ” भन्दै मीठो घोचपेच सहित संबोधन र कुराकानी गर्छन, किन ? अहिले त जब स्वतन्त्र पत्रकार (फ्रील्यान्स) को प्रमाणपत्रधारी भएर, पत्रकारको आदर्श र आचार संहिता को र्धम र मर्मपरिपालन गरिरहेछु ः तरपनि मलाई “नेता”भन्न र कुनै पार्टीको एकलो सरकारको प्रवक्ता कै रुपमा मित्रता पूर्ण,व्यङ्ग्यवाण हान्दै पनि घनिष्ठ मित्रवर कुराकानी गर्छन ?
जेहोस, गएको अंकमा मलाई जसरी एकजना प्रा.डा मित्रले “के हो ?राजा र गिरिजाको पालामा त “निर्लज्ज शैलीमा चरम भ्रष्टाचार भयो, गलैचादेखि धमिजा, लाउडा काण्ड भए, मित्र राष्ट्रले बनाई दिएका उद्योग, प्रतिष्ठानहरु अनागरिकका हातमा सुम्पिने काम भयो, ,माओवादी जनयुद्ध शमन र दमन गर्ने व्रहानामा कृष्णसेन “इच्छुक” हिमाल शर्मा जस्ता  लेखक, विद्यार्थी नेता, पत्रकार, कलाकार हत्यासम्मका कयौ संगीन काण्ड भए भनेर “बहुदलीय प्रतिस्पर्धात्मक बाटोबाट समृद्ध नेपाल र सुखि नेपाली समाज को स्वर्णिम सपना देखाएको कम्युनिष्ट पार्टीलाई सरकार बनाउन दिनुपर्छ” भनेर भन्यौ । हामीले पनि सकारात्मक सकृय भूमिका खेल्यौ । पहिला गृहमन्त्रीत्वको कार्यकालमा र पछिल्लो आफनै प्रधानमत्रित्वकालमा नाकावन्दी विरुद्ध निकै दह्रो र राष्ट्रियताको पक्षधर देखिएका के.पी ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको दुई वर्ष पूरा हुदाँ नहुदै जसरी भ्रष्टाचारी, दुराचारी, को संरक्षण गर्ने, देखि आआफनै पेशाव्यवसायीहरुको सिण्डिकेट खडागरी आमजनतामा संत्रास फैलाउने आतंककारीहरु सम्मको लाचारछायाँबन्दै सरकार स्वेच्छाचारी  सर्वसत्तावादी शैलीमा अगाडि वढिरहेको छ, त्यसलाई कसरी हेर्ने ?
                त्यतिमात्र होइन । धुम्बराहीमा “यति ग्रुप” को घरमा मुकामकायम गरेर ओली,प्रचण्ड,ईश्वर जस्ता वर्तमान कालखण्डका नेपाल र नेपालीका भाग्य–विधाताहरुले जे जस्ता कहाली लाग्दा र अपत्यारिला  अबौ अर्बका  भ्रष्टकार गरेको र अनेकन अनुचित र  अख्तीयारको दुरुपयोग गरेको सार्वजनिक भएको कुरालाई आफैले रातारात नियम संशोधन गर्दै “आफनो सरकारले  जे जति काम कुरा निर्णय गरेको छ,गर्दैछ त्यो नियम संगत छ, हुन्छ” भन्दै सुन्नेलाई नै लाज लाग्ने र जेजस्ता काम गर्दैछ किन ?
त्यसले धेरै पुराना वाम छि१ छी१ छी१ भन्दै आँखा मुख छोपेर भाग्नुपर्ने बनाएको रहेछ । त्यो कुरा उनकै पार्टीका केन्द्रीय तहका नेताहरुले नै “आफ्नो पार्टीका प्रभावशाली नेता र मंत्रीहरुले कुख्यात व्यापारी घराना देखी विदेशी बैंकहरुसम्म आफ्नो कालो कमाइ पु¥याउन पत्नी, सालासाली, साडुभाइ, नातागोता, मात्र होइन, खेतालाहरु सम्मलाई प्रयोग गर्दै गरेकाछन्” भनेर मंगलबारे  विद्युतीय आम सञ्चार माध्यममा नै सार्वजनिक गरिरहे । 
सायद गोप्य राख्न खोज्दा खोज्दै पनि सार्वजनिक हुन पुगेका यस्ता घटनाहरु नियन्त्रण गर्न नै सरकार एकपछि अर्को गर्दै “ सूचना प्रविधि नियमन सम्बन्धी विधेयक” को आवरणमा सरकारलें धेरै गर्नु नहुने कार्य गरेको सुने छन् क्यार ! मेरा, आदरणीय मित्रले निकै आक्रोश पोखे । यस्तै कुरा सुनेर पत्याउन नसके पनि “त्यस्तो भएको भए यो त अति नै भयो नी !” भनेर गत अंकमा लेखिएको थियो । 
त्यसपछि पंक्तिकारले “आफ्नो झन्डै सरकारले दुई बर्षको कार्यकाल पुरा गर्दा नगर्दै आम जनतालाई रेल, पानीजहाज, मेलम्ची—दु्रतमार्ग, बुडिगण्डकी लगायतका राष्ट्रीय गौरवकै प्रगति सन्तोष नभएको, सरकार कै सञ्चार (माध्यमहरु ले समाचार दिइरहेको सुन्नुप¥यो) । तर यतिछिटो जसरी रुसी विचारक “पिसारोम” द्धारा लेखिएको “रुस्को स्लोपो” को र सन् १८६० मा सेन्टपिटर्स वर्गमा नै छापिएको  “जे जति पनि ध्वस्त हुन सक्छ सबै चुरचुर ध्वस गर, जस्ले प्रहार सहन खप्नसक्छ, त्यो खरो भएर देखा पर्छ, स्थपित हुन्छ, । जो चूरचूर भएर जान्छ, त्यो कवाड वा धुुुलो भएर हराउँछ । त्यसैले प्रहार गर्न ध्वस्त गर्ने सबैतिर प्रहार गर्न ढिलो नगर, बाँकि नराख “जुन भएका थिए यस्ता रुसी लेखकका भनाईहरुलाई निकै हेक्का राखेर वर्तमान सरकार अघि बढ्दैँ गरेको त होइन ?” भने आशंका गर्दै रहनु पर्ने भयो ।
कुरा त्यति मात्र होइन । एकजना “ज्याक डेरिडार” भन्ने दार्शनिकले “विनिर्माणवादी ” सिद्धान्तको निर्माण गरेका थिए– सन् १८६० ताका । उनले प्रतिपादन गरेको दर्शन यद्यपि साहित्यकार, पत्रकार र नयाँ नीतिसूत्रकारहरु लक्षित थियो । तर अराजकतावादी लगायतका धेरै उग्रवादी आमूल परिवर्तनवादी वर्तमान नेपालका राजनितिक दलहरुको लागी पनि त्यो (विनिर्माणवादी ) दर्शनलाई मार्गदर्शक नीतीसूत्र बन्न पुगेको लाग्यो । नेपालमा संसदीय प्रजातान्त्रिक शासन प्रणाली पुनस्थापित भएपछि नेपाली कांगे्रसका तत्कालीन सर्वोच्च दुई नेता गणेशमान र कृष्ण प्रसाद भट्टराईलाई गलत्याएर निषेधित गरेर गिरिजा प्रसादले पनि त्यस्तै विनिर्माणवादी  बाटोबाटै प्रजातन्त्र (२०६३ पछिको लोकतन्त्र ) सवल र सृदृढ गर्ने सायद सोच जुन बनाएका थिए तिनै ! गिरिजा प्रसादको जीवनमा उनका जानि दुश्मन देखिएका (कुनै वेला उनलाई पानी हटक गरेका ) वर्तमान सत्ता नियन्त्रक नेताहरु त्यही गिरिजापथमा गिरिजालाई धेरै पछाडी पारेर विधिविधान, सुशासनका यथावत् मूुल्यमान्यताका सीमा रेखाहरु मेट्दै अघिबढ्दै गरेको देखिदैछ । 
कांग्रेसी शासन सत्ताकालका तीयावत (विधि विधान माथि बलात्कार गर्ने, कृष्ण सेन “इच्छुक” हिमाल शर्मा, जस्तै गरी कुमार पौड्यालको गैर न्यायिक हत्या गर्ने, लाखौ करोडौको ठाउँमा अबौ अर्बको भ्रष्टाचार गर्ने अप र्कीतिमान तोड्न आँखाचिम्लेर  र धोती फालेर दौडिने अपचेष्टा गर्दा पुराना मित्रहरु सत्तामा पुगेर मै मत्ता बन्दै गएको” जस्तो लाग्छ । तर त्यसो गदौ भलो हुन्न मैमत्ता भएपछि जनताले सत्ता बाट गलत्याउन सक्छन, मित्रहरु । 


Rating (Votes: )   
Share     Print


Other Articles:
आजको परिस्थिति : दोषी को ?- तारा सुवेदी (12.17.2019)
राजनीति अब कमाउने धन्दामा परिणत ! - महेश्वर शर्मा (12.17.2019)
निवृत्त राष्ट्र सेवकहरुको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध किन ? - तारा सुवेदी (11.27.2019)
आज देशको स्थिति र लाटो साथीको कविता - महेश्वर शर्मा (11.27.2019)
सीमा अतिक्रमण : जानाजान गरेको हेपाई- महेश्वर शर्मा (11.14.2019)
नेपाल र नेपाली हेपिनुको कारण र समाधान ? - तारा सुवेदी (11.14.2019)
“अभिवादन र बधाई” के.पी. ओलीलाई तर... - तारा सुवेदी (10.22.2019)
सरकार नै नसच्चिएसम्म यहाँ केही हुँदैन - महेश्वर शर्मा (10.22.2019)
चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको छ– राष्ट्रपति सी (10.15.2019)
सकियो दशैं ! कतिले बुझे नारी शक्तिको महिमा र महत्व ? - गीता श्रेष्ठ (10.15.2019)
भारतमा कश्मीरको विलयले नेपालमा पार्ने प्रभाव ? - तारा सुवेदी (10.15.2019)
चिनिया राष्ट्रपतिको भ्रमणः नेपालको अपेक्षा र जोखिम- तारा सुवेदी (10.02.2019)
भूमि संशोधन विधेयकले ल्याएको हलचल - महेश्वर शर्मा (09.25.2019)
छोराछोरी अभिभावकको खोक्रो ‘सान’को भरिया मात्र हैनन् - गीता श्रेष्ठ (09.25.2019)
सरकारप्रतिको जन धारणा ? - तारा सुवेदी (09.25.2019)
संचारमन्त्री जी ! लौन यो बिन्ती लागोस्- महेश्वर शर्मा (09.17.2019)
संविधान दिवस “भव्यरुपमा मनाउने” सन्दर्भमा - तारा सुवदी (09.17.2019)
जुहारी खेलेरै जित्ने सरकारका दाउ - महेश्वर शर्मा (09.10.2019)
जेब्रा क्रसमा रातो बत्ती बल्ने प्रतिक्षा गर्दा जे भोगियो - गीता श्रेष्ठ (09.10.2019)
शिक्षण संस्था दक्ष जनशक्ति उत्पादन गर्ने थलो कि कार्यकर्ताको कारखाना (08.20.2019)



 
::| Latest News

 
[Page Top]