युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 11:08am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सरकारले फितलोपन देखाउन हुँदैन - महेश्वर शर्मा
Tuesday, 01.14.2020, 12:16pm (GMT+5.5)

“सासू मरिन् बधु बियाइन– जत्तिको तत्ति” भनेझैं २००७ सालदेखि आजसम्म साल फेरिए जस्तै सरकार पनि फेरिंदै आए । जाने आउने क्रम चलेकै छ । यो हिसावबाट त केही भएकै भन्नुपर्छ होला, तर जनतालाई भने भालेरुख पालेजस्तो अनुभव भैरहेको छ । उपलब्धिका हिसावबाट हेर्दा बितेका ती सात दशक थारै भएर बितेका हुन् भने हुन्छ । छैन भनौं भने यहाँ प्रकृतिले दिएको सबैथोक छ, तर प्रकृतिले दिएर मात्रै नहुने रहेछ । पुर्खाले कमाइदिएको जोगाउने र जनतालाई अन्याय, अत्याचार, भ्रष्टाचारबाट बचाउने निष्ठा र सक्रियता नेतृत्वमा नदेखिएको अनुभवले वामपन्थी पनि दामपन्थी भए भने अरु कसले जोगाउला खै ? भनेर भुक्तभोगीहरु नैराश्य प्रकट गर्छन् ।
जता हे¥यो उतै जनसेवाका बहानामा आफंैले मेवा खाने मेसो चलेको देखिन्छ । सरकार आदेश–निर्देश दिन्छ । तर मिचाहा दलाल–ठेकदार, कालाबजारियालाई नियममा रहन बाध्य पार्न सक्दैन । बरु उनीहरु नै सरकारलाई आदेश फिर्ता लिन र नियम कानुन संशोधन गराउन सफल हुन्छन् । ठेकदारहरुले आफूलाई सव्य पार्ने हिसावबाट सार्वजनिक खरीद नियमावली नै पटकपटक संशोधन गराउन सफल भएको देखियो । सरकारले आफ्ना आदेश निर्देश र नियमावलीको औचित्य सिद्ध गर्न सकेको देखिएन । सरकारले जनताका पक्षमा दह्रोपन देखाउन नसक्नुको अर्थ बुझ्न गाह्रो भो भनिंदैछ ।
त्यसैले आफ्ना आदेश–निर्देश र नियम कानुन सरकारले दृढताका साथ पालन गराउन सक्नुपर्छ । लुते र दोधारेपन देखाउन सरकारलाई सुहाउँदैन भनेको सुनिन्छ । सरकारमा हुनेहरुले आफूलाई फाइदा हुने भए जनतालाई पेल्ने र सार्वजनिक हित र चासोका विषयमा भने व्यापारी–दलाल र ठेकदारका पक्षमा उभिने हो भने सरकारप्रति मात्रै होइन, व्यवस्थाप्रति नै नकारात्मक प्रभाव पर्न सक्छ । गत वर्ष दशैंकै मुखमा सरकार चिनी उद्योगी– व्यापारीका पक्षमा उभिदा जनताले प्रतिकिलो चिनी ९०–९५ रुपैयाँ सम्ममा किन्न परेको विडम्बना बिर्सिएको छैन । त्यस्ता कुरा दोहारिन दिन हुँदैन ।
अहिले विदेशी पर्यटक ल्याएर फलीफाप हुन्छ भनिएको छ । स्थानीय तहका जनप्रतिनिधिले काम पनि देखिने र दाम पनि आउने सोचमा पाखा पखेरा जताततै जथाभावी डोजर जोतेर पैरा चलाएका छन्, माटो बगाएका छन् । बोटबिरुवा, चौतारा, पोखरी मासेका छन्, उर्बर खेतबारी र पानीका मुहान पुरेका छन् । नेपालको सम्पत्ति भनेकै माटो हो, बगेको माटो फर्कदैन । फेरि विदेशी पर्यटक यहाँ बाटो हेर्न होइन, प्राकृतिक वैभव हेरेर रमाउन आउने हुन् । त्यसैले बरु खट्करीका पदमार्गहरु डाँडाडाँडा पु¥याउने र केबुलकारहरु निर्माण गर्नेतर्फ लागेमा विदेशीहरु बैरिने थिए । नेपालको सौन्दर्य भनेकै यिनै डाँडाहरुमा छ भन्ने बुझेर काम गर्ने होस कहिले आउँछ खै ? आजका जस्तै बाटो बनाउने निहुँमा माटो बगाउने हो भने नेपाल भोलि कङ्काल जस्तो देखिन बेर लाग्ने छैन ।
रचनात्मक आलोचना पनि नसहने प्रवृत्ति सरकारमा बस्नेहरुमा देखिन्छ । तर आलोचना सकारात्मक दिशाको सूचक हो भन्ने बुझ्नुपर्छ । आलोचना नै भएन भने अराजक प्रवृत्तिले प्रोत्साहन पाउँछ र कतिपय अवस्थामा सरकार नै अराजक बाटोमा डोरिन पनिसक्छ भनेर पनि होस राख्नुपर्ने हुन्छ । नाम र कामका लागि गरिने राजनीतिको कुनै भर हुँदैन, जता पनि फर्कन सक्छ । हिजोआज पनि यस्तै यस्तै लक्षण देखिन थाले भने आश्चर्य नमाने हुन्छ । जनता त आज त्यस्तैखाले विकृति वेहोर्न विवश पारिन्छनु भने यो दिशा सच्याउन राज्य संचालकहरु सचेत हुनुपर्ने अवस्था हो ।
चरित्र नै दरिद्र छ भने समृद्धिको आश गर्नु व्यर्थ हुन्छ । त्यसैले भन्नुपर्छ मूलकुरा चरित्र हो । यो समान्य घरगृहस्थीदेखि राज्य संचालनका उच्च तहमा बस्ने सबैमा लागू हुनुपर्छ । अमूर्त कुरा गरेर केही समय जनतालाई रल्याउन सकिए पनि त्यस्ता चरित्रबाट विकास र समृद्धि आउँदैन । भोलिको रुपलाई वर्तमानका क्रियाकलापले संकेत गर्छन् । वर्तमान नै अँध्यारो भयो भने भोलिको उज्यालो आश्वासनले दिन सक्दैन । दायित्व निर्वाहविना रित्ता आश्वासनमा भरपर्नु भ्रम पाल्नु मात्रै हो, आफैंले आफूलाई धोका दिनु जस्तै हो । सरकारका आजका कतिपय क्रियाकलापबाट त्यस्तै भ्रम फैलिएकाले त्यस्ता प्रवृत्तिमा सुधार ल्याउन ढिलाई गर्नु हुँदैन ।
अन्त्यमा,
पहिले गोरखापत्रमा छापिएका समाचारलाई जनताले आधिकारिक समाचार सम्झेर प्रामाणिक रुपमा लिन्थे । तर आज ? आज त झूट बोल्ने नेता र सरकारका ढाँटछलका समाचारका रुपमा लिन थालेको सुनिन्छ । किन यस्तो भयो ? यो त दुर्भाग्य नै भएन र ? त्यसैले गोरखापत्रलाई जनताले साविकैरुपमा ग्रहण गर्ने स्थिति तयार पार्न सरकारले सोच्नु प¥यो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
सत्तामा पुगेर मैंमत्ता नवन, मित्रहरु !- तारा सुवेदी (01.14.2020)
आजको परिस्थिति : दोषी को ?- तारा सुवेदी (12.17.2019)
राजनीति अब कमाउने धन्दामा परिणत ! - महेश्वर शर्मा (12.17.2019)
निवृत्त राष्ट्र सेवकहरुको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध किन ? - तारा सुवेदी (11.27.2019)
आज देशको स्थिति र लाटो साथीको कविता - महेश्वर शर्मा (11.27.2019)
सीमा अतिक्रमण : जानाजान गरेको हेपाई- महेश्वर शर्मा (11.14.2019)
नेपाल र नेपाली हेपिनुको कारण र समाधान ? - तारा सुवेदी (11.14.2019)
“अभिवादन र बधाई” के.पी. ओलीलाई तर... - तारा सुवेदी (10.22.2019)
सरकार नै नसच्चिएसम्म यहाँ केही हुँदैन - महेश्वर शर्मा (10.22.2019)
चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको छ– राष्ट्रपति सी (10.15.2019)
सकियो दशैं ! कतिले बुझे नारी शक्तिको महिमा र महत्व ? - गीता श्रेष्ठ (10.15.2019)
भारतमा कश्मीरको विलयले नेपालमा पार्ने प्रभाव ? - तारा सुवेदी (10.15.2019)
चिनिया राष्ट्रपतिको भ्रमणः नेपालको अपेक्षा र जोखिम- तारा सुवेदी (10.02.2019)
भूमि संशोधन विधेयकले ल्याएको हलचल - महेश्वर शर्मा (09.25.2019)
छोराछोरी अभिभावकको खोक्रो ‘सान’को भरिया मात्र हैनन् - गीता श्रेष्ठ (09.25.2019)
सरकारप्रतिको जन धारणा ? - तारा सुवेदी (09.25.2019)
संचारमन्त्री जी ! लौन यो बिन्ती लागोस्- महेश्वर शर्मा (09.17.2019)
संविधान दिवस “भव्यरुपमा मनाउने” सन्दर्भमा - तारा सुवदी (09.17.2019)
जुहारी खेलेरै जित्ने सरकारका दाउ - महेश्वर शर्मा (09.10.2019)
जेब्रा क्रसमा रातो बत्ती बल्ने प्रतिक्षा गर्दा जे भोगियो - गीता श्रेष्ठ (09.10.2019)



 
::| Latest News

 
[Page Top]