युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 09:11am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
देशको दशा, बुद्धीजीवी मित्रको अनुभूति र अभिव्यक्ति - तारा सुवेदी
Monday, 02.20.2012, 03:20pm (GMT+5.5)

यस पटकको स्तम्भमा मैले आफ्नो भन्दा अरू मित्रकै फरक दृष्टिकोणलाई आफ्नो लेखको विषय बनाउने सोच बनाउनु प¥यो । सधै “आफ्नै बाजाको धून”भन्दा अरूका वाजाका आवाजलाई पनि उनकै ताल र लयमा सुन्दा रमाइलो लाग्दोरहेछ । त्यसो त यसभन्दा अघिका कतिपय स्तम्भमा पनि आफूले देखेका कुरालाई ठाउँ नदिई सामान्य नागरिकका भीड, समूह र चियापसलभित्र बसेर राष्ट्रिय ज्वलन्त विषयमा घण्टौसम्म वहस गर्नेहरूका तर्क, विश्वेषणहरूलाई उच्च प्राथमिकताका साथ नराखिएको होइन । यसपटक भने “अरूसंग घुमिल पटक्कै नगरी, एकान्तमा बसेर देश, समाजका प्रत्येक पल र पक्षकाबारेमा अरूका लेख, विचार, तर्क सुनेर, पढेर, गुनेर त्यसको विश्लेषण गर्ने, निचोड निकाल्ने र आफ्ना सहृदयी, समविचार, दर्शन, दृष्टिकोण भएका, अथवा आपूm जस्तै चिन्तन, मनन, अध्ययन गर्ने मित्र भेटाए गम्भीर मन्थन गर्नमा जीवनको धेरै उमेर खर्चेका” आदरणीय व्यक्तित्वका भावनालाई आफ्नो लेखमा समावेश गर्ने सोचें ।
यद्यपि यसभन्दा पहिले जति पनि समसामयिक गम्भीर राष्ट्रिय विषयहरूमा पनि आफ्नै वैयक्तिक विचार, दर्शन र दृष्टिकोणलाई भन्दा आफूभन्दा पृथक फाँटमा काम गर्ने, विरोधाभासी विचार र रुझान भएका व्यक्तिहरूका मन मथिङ्गलवाट निस्केका विचारलाई लेखको केन्द्रीय विषय बनाइएको थियो । त्यस्को पछिल्लो जीवन्त साक्ष्य वा दृष्टान्तका रुपमा गएको माघ १० गतेको “जनताको दृष्टिमा सत्ता र शक्ति श्वेतपोशी कालापोशीको कव्जा शीर्षकमा” यसै स्तम्भमा प्रकाशित लेखलाई लिन सकिन्छ । त्यस्ता राष्ट्रिय साझा विषयमा अधिकांश सचेतदेखि अनुभूति गरेर पनि लेखेर वा बोलेर अभिव्यक्ति गरी आफ्नो पीडा वा विचारलाई सार्वजनिकी गर्न माध्यम नपाएका सामान्य अशिक्षित वा (((सोझो भाषामा लेखपढ गर्न नसक्ने) लेकदेखि तल गाउँ, बेसी मधेश, तराईसम्मका सामान्य नागरिकका ठेठ शब्दमा भन्नुपर्दा “आफू जस्तै सडकछापहरूका” भावना आफ्ना यस स्तम्भमा प्रतिविम्वित भएको सबैलाई अनुभूति होेस्” भन्ने नै आजसम्मको (झण्डै डेढ दशकदेखिको) नियमित रुपमा अनिश्चित विभिन्न माध्यम मार्फत विचार प्रवाहित गर्दा (स्तम्भ लेख्दा) ध्यान दिदै आइएको हो ।
जेहोस्, माथिकै प्रसङ्गतिर लागौं । निकै पहिलेदेखि गएको फागुन १ गतेका दिनको कुनै राष्ट्रिय दैनिकमा प्रकाशित “मधेशीको दमित आक्रोश” शीर्षक स्तम्भमा एकजना विभिन्न प्रशारण र प्रकाशन माध्यमले निकै उच्च प्राथमिकतासाथ स्थान–मान दिदै आएका व्यक्तिको लेख थियो । त्यस लेखसम्म उनीलाई राम्ररी अध्ययन गरेका मित्रले जुन उनको स्वभाव नुसहाउँदो झर्रो र टर्रो टिप्पणी गरे त्यो यसरी शुरु भएको थियो” ः–
“उनी (मधेशीको दमित आक्रोश लेखका लेखक)लाई केन्द्र विन्दुमा राखेर होइन समग्र राष्ट्रिय परिवेश परिदृश्यको यौटा सानो फाँटको प्रतिनिधि पात्रको रुपमा राखेर हेर्नुपर्छ । यसबाट नै देशको विगतदेखि आजसम्मको दिशा र दशाबारे नियाल्न सकिन्छ । नेपालले आजसम्म जसरी इतिहास प्रति गर्व गर्दै आयो त्यसलाई त्यसरी नै गलत र उल्टाएर उक्त लेखमा प्रस्तुत गरिएको छ । नेपालको सार्वभौम, स्वतन्त्रता, अक्ष्ुाणता, अखण्डता, गौरवपूर्ण इतिहासका यावत् तथ्यहरूलाई ध्वस्त गर्ने यौटा दुर्नियोजित व्यापक षड्यन्त्रको खेल नेपालका पञ्चमाङ्गीहरूलाई विभिन्न नाम र काम दिएर संगठित गर्ने कार्य वाह्य शक्ति, श्रोत र संगठनहरूबाट जुन भई राखेको छ, त्यसैको दवाव र प्रभावमा देश नराम्री फस्दै  गएको छ ।” 
“भनिन्छ मानिसमा संयम र धैर्यको यौटा सीमा वा लक्ष्मण रेखा प्राकृतिले (उसको विवेक शक्ति मार्फत) निर्धारण गरिदिएको हुन्छ । त्यो आवेग आक्रोश रीसलाई रोक्ने धैर्य सीमा भित्रको स्थितिमा व्यक्ति विवेकी, संयमी र सज्जन देखिन्छ । जब त्यसभन्दा विल्कुलै भिन्न परिस्थितिको उपस्थितिको अनुभूति गर्नथाल्छ, ऊ विवेक, धैर्य, संयम, संकोच मर्यादाहरूको उल्लघंन गर्न अनायासै उद्यत भएर देखा पर्दोरहेछ ।” उक्त मानवीय मनोविज्ञानको यथार्थतालाई मेरा मुटुभित्रको आक्रोश पूर्ण अन्र्तव्यक्तिले राम्ररी झझल्को दियो ।
मेरा ती मित्रको मन–मस्तिष्कभित्र दिएको उकुसमुकुसको पीडा मानौ विष्फोटक रुपमा पुगेको लाग्यो । त्यसैले होला उनका शब्दावलीमा झण्डै आधा जति शब्दहरू त उनको पृष्ठभूमि, सामाजिक व्यक्तित्व र परिचय सुहाउँदो मात्र नभई आशिष्ट अशोभनीय र अश्लीलकोटीका समेत थिए ।
जेहोस्, मित्रले फेरि यसरी नै धारा प्रवाह बोल्दै गए– “बुझिस् तारा ! यो देशरुपी हात्तीलाई द्वन्द्वको दलदलमा वा भासमा फँसाएर धसाएर सीनो कुरी बसेका  गिद्धहरूलाई खुवाएर धर्म कर्म कमाउने जमर्को निकै पहिले देखि भइरहेको हो । तर “कालोहि दुरतिक्रम” (समय सबैभन्दा वलवान हो, उसको आज्ञा आदेश, नियम र प्रकृयालाई न त कसैले बदल्न सक्छ, न त उल्लघंन गर्नु नै प्रकृति वा कालको नियमले संसार शासित छ ।) त्यही नैसर्गिक नियमितताको उपज हो कि, यो देशका भाग्य विधाताहरूको मति विपर्यम भएर हो ?  देशकै दुर्नियतिको कारणले हो ? कि विप्ल्याटो पाइला चलेका “उल्टो खोपडी धारी”हरू देश र भावि सन्तातीको अवनति वा विनाश गर्नेतर्फ उन्मुख वा उद्यत भएर हो ?, आजका यत्रतत्रका परिदृश्य परिघटनाले त्यस्तै नहुनु पर्ने सबै सहज भइरहेको र हुनु पर्ने केही नहुने गरेको यथार्थताको परिपुष्टी गरिरहेको देखिदैछ ।”
“उक्त भनाइको जिउँदो जाग्दो ठेट उदाहरण बनेका छन् नेपालका अहिलेका ठूला संचार गृह र माध्यमहरूले कतिपय वेश्या चारित्रका लेखन पेशा अंगालेका सोझा सिधाहरूलाई तिनै संचार गृह मार्फत र कतिपय छट्टु टाठा बाठाहरू सोझै ती संचार माध्यमका मुहानबाटै छुट्टै पाइपलाइन मार्फत सिञ्चित दिक्षित र निर्देशित छन् । हिजो भर्खरको ‘मधेसीहरूको दमित आक्रोक’ लेख तस्ता सयौ हजारौ शृङ्खला अन्तर्गत कै यौटा कडी मात्र हो ।”
“हिजोको सबैभन्दा बढी अन्न उब्जाउ हुने उर्वराभूमि ‘मधेश’लाई आज सबै देशी–विदेशी शक्तिले सत्ताको सर्वाधिक उब्जाउ भूमि ठान्दै र बनाउँदै आएका छन् । र त्यतिमात्र होइन– त्यहाँका पंचमाङ्गी पेशा व्यवसायी (कर्मचारी लेखक, पत्रकार, सांसद, कार्यकर्तादेखि नेतासम्म) का लागि ‘मधेश’ कामधेनु बनेको छ  । यद्यपि देशलाई द्वन्द्वको दलदलमा फँसाएपछि त्यसको पूरा भार र मार अरूलाई होइन, यही आजको नेपालको सरहद सीमाभित्रको भूक्षेत्रका वासिन्दाका साथै तिनैका शाखा सन्तान। दरसन्तानकै थाप्लोमा वा भाग्यमाथि पर्ने हो । यी मौसमी “राजनीतिक पेशेवर मुनाफा खोरहरू”ले त आज यौटा मकुण्डो लगाएर हिंडछन्, भोलि अर्कैको । यी परम्परागत बाह«भैरव धार्मिक नाटकका पात्र न हुन् । निर्देशकले जस्लाई जुन मकुण्डो लाइदिन्छ र जुन तालमा नाच्नुपर्ने निर्देशन दिन्छ, त्यही भूमिका निर्वाह गर्दछन् ।”
“तर पनि आज के मधेश के पहाड, के हिमाल, के तराई ? सशैतिर सबै दलको वल (तागत) “देशलाई जातीय, क्षेत्रीय, भाषीय विद्धेषको अन्त्यहीन द्वन्द्वको दलदलमा फसाउने” मा लागेको छ । ठूला साना सबै दलभित्र ठूला साना मिसन (नियोग)बाट निर्दिष्ट मिशन (उद्देश्य वा लक्ष्य) पूरा गरिदिन भाडाका भरिया वा दलालहरू नियुक्त र प्रयुक्त गरिएको यत्रतत्र तिरका घटनाावली, र परिघटनाका परिदृश्यहरूबाट अनुभूत गर्न सकिन्छ ।”
“आज कुरा अद्वैत वेदान्तवादीहरूले ईश्वर र आत्मतत्वको विषयमा व्याख्यान गरे जस्तो भयो नि, मित्र ! तपाईका कुराहरू, अलिक सरल र सुवोध्य हुन्थे । त्यस्तै शब्द र शैलीमा सहज रुपमा बुझन सकिने र अरूलाई पनि बुझाउन सकिने गरी अथ्र्याइ दिनुपर्छ कि ! तपाईका आजका कुरा मैले त पूरा बुझन सकिन । तपाईको भनाई जस्तो छ त्यसै गरी लेखिदिएँ भने बुभ्mने कति होलान ?” मैले उनलाई भनें ।
ती मित्रले झन् रातो रातो अनुहार बनाउँदै र तात्तिदै भन्न थाले “हेर तारा ! संविधानसभामा बसेर गरिब जनताको थाप्लोमा करको भार थप्दै जनताको रगत खाएर मोटाएका कीर्नाहरूलाई सोध्नु त ! तिनीहरूलाई संविधानको “कखरा” थाहा छ कि छैन ? अझ तिनीहरूलाई संविधानको प्रसङ्ग निकाल्ने वित्तिकै उनीहरूवाटै प्रतिजिज्ञाशा आउँछ, हैन तपाईहरू जस्ता सबैतिर संम्र्पक र सूचनाको पहुँच भएका, देश विदेशका संचार माध्यमबाट जानकारी लिनेहरूले संविधान वन्छ कि बन्दैन ? आउँदो जेष्ठ १४ अगावै संविधान नबने संविधानसभाको म्याद थपिन्छ कि थपिन्न ? सर्वोच्च अदालतको आदेशको के स्थिति हुन्छ, सत्तारुढ पार्टी माओवादीका अध्यक्ष प्रचण्डले “हामी सर्वोच्च अदालतलाई मान्दैनौ सर्वोच्चभन्दा माथिका तपाई जनता नै हो, म कठघरामा उभिएको छु, तपाईहरूको फैसला मान्छु” भन्नुहुन्छ । टँुडिखेलमा जम्मा भएका दश÷बीस हजारले ताली बजाइदिएपछि मुलुक भरकाले गाली गरे पनि अर्थ नहुने हो कि ? जनताले त निर्वाचनमा मतदानबाट फैसला गरि पनि अर्थ नहुने हो कि ?, जनताले त निर्वाचनमा मतदानबाट फैसला गर्ने हो, निर्वाचन नै नगराई १०÷२० हजारको ताती र होहल्लाकै भरमा देशको शासन–प्रशासन, अदालत र सुरक्षा सम्बन्धी निकायहरू पनि थर्किने र हल्लिने हो कि, के हो ? हामीले ४ वर्षदेखि केही बुझेका छैनौ । अर्काको मेलापात–चुलो–चौको गरेरै आएकाहरूको भीडबाट कस्तो संविधान बन्ने हो ?” “आजका बहुसंख्यको सभासदहरूको हविगत र हैसियत यस्तो छ ।
अध्यारो र दिशाहीन परिवेश परिस्थितिवाट देश भौतारिइरहेको छ । ठेठ शब्दमा भन्नुपर्दा शासन–प्रशासन एवं विधि–विधान शून्यता, अपराध, अपहरण, अन्याय, अत्याचार, व्यभिचार, हत्या, हिंसा व्यक्तिघात र राष्ट्रघातसम्म गर्नेमा नै नेतादेखि कार्यकर्तासमम लागेका छन् । यस्तो स्थितिले नै सिङ्गो नेपाललाई गाजिसकेको अवस्थामा तिमी हामीले चिच्याउनु भनेको सडकमा रूंदै वा गाउँदै हिडने पागलको रुपमा आपूmलाई प्रस्तुत गर्नु हो ।”
“अझ उदेकलाग्दो भनौं वा हास्यास्पद कुरा सुनाऊँ । केही संविधानसभामा पुगेका मित्रहरू र कतिपय दलका नेताहरूका भनाइ सुन ! सभासद् डा. शेखर कोइरालाले संविधानसभा स्थापना भए लगत्तै ‘संविधान दिल्लीमा बनेर आइसकेकोले संविधान समयमा नै बन्ने’ भनेर नवलपरासीमा बोल्नुभएको थियो । हालै भारतीय राजदूत श्री जयन्त प्रसादले ‘संविधान तयार भैसकेकाले छिट्टै नेपालका राजनीतिक दलहरू सहमतिमा पृग्ने र संविधान जारी गर्नेछन्, सेना समायोजनबारे हरियो संकेत आइसकेकोले अब कुनै समस्या छैन, छिट्टै समायोजनको प्रक्रिया पुरा हुने” भन्ने अभिव्यक्ति सार्वजनिक कार्यक्रममा दिनु र हिजोसम्म जातीय राज्यलाई न्यूनतम आधारविन्दु (वटम लाइन) भन्दै आएको माओवादीका अध्यक्ष प्रचण्डबाट अहिले आएर “सर्वहारा र जनवादीहरूले चाहेजस्तो संविधान नआउने, सबै दलका विचार, भावना, दर्शन, सिद्धान्त, अडान र प्रतिवद्धता एवं मागलाई मिलाएर संझौताको दस्तावेजका रुपमा आउने” जुन भनाइ संशोधित रुपमा आइरहेछ, त्यस्ले हामी कता जाँदैछौँ भन्ने नै थाहा भएन ।” बेला बेलामा भेट हुने काँग्रेस, एमाले, माओवादी मित्रहरूका कुराहरू सबै घटनावली वा परिदृश्यलाई नियाल्नुपर्छ । देश कता गइरहेछ स्पष्ट हुन्छ । त्यो सबैबाट के स्पष्ट हुन्छ भने देशलाई दास बनाउने र द्वन्द्वको भासमा धसाउनेमा ठूला साना झण्डै ३ दर्जन दलभित्र पञ्चमाङ्गी दलालहरू नै सर्वाधिक वलशाली रहेछन् । देशको माया र चिन्ता हुनेहरू निरीह र आफ्नै दलभित्रका शरणार्थीको हैसियत भन्दा बढी भूमिकाका रहेनछन् । यस्तो राष्ट्रिय परिवेशमा कसैले देश बचाउनु पर्छ, सक्छन् ?
संभावना शून्य छैन । “जब जब राष्ट्र संकटको लामो कालखण्डबाट गुज्रिन्छ त्यसबेला त्यस राष्ट्रको कोखबाट राजनेता जन्मिएको हुन्छ” भन्ने विश्व इतिहासले सिद्ध गरेको तथ्य छ । तर जनताले राजनीति र राज्य शासन व्यवस्थाको मैदानबाट रातो कार्ड देखाएर निष्काशित गरिसकेका व्यक्तिहरू नै नेता (क्यापटेन) बनेर खेल मैदानको सेन्ट्रल प्लेयरको रुपमा रहेसम्म भने देशलाई असफल हुनबाट बचाउन शत प्रतिशत असंभव छ ।
ती चरम निसारता निराशावादका जिउँदोजाग्दो प्रतीक बनेका मेरा आदरणीय मित्रका मन–मस्तिष्कभित्रका आक्रोश र आवेग थिए । तर पनि हरेक राष्ट्रियतावादीका मनमथिङ्गभित्र खेलिरहेको कुरा थिए । यो देशको अस्तित्व, अस्मिता र “नेपाल र नेपालीको परिचय” लाई मटियामेट गरेर “नयाँ नेपालको निर्माण”का नारा लगाउदैँ हिंड्ने कुनै दलका दास वाहेक सबैका साझा चिन्ता र पीडा थिए । साथै भोलिको सुनौलो भविष्यको सपना देखेर वा देखाएर आज भोक भोकै चिसो भुइँमा सुत्ने ववुराहरूको भविष्यबारे सोच्ने र उनिहरूको जिम्मेदारीबारे चिन्ता बोकी हिंड्नेका व्यथा थिए ।
उनी भन्दै थिए– “देश बिग्रियो भने अहिले दलभित्रका पञ्चमाङ्गी दलालहरूले कुनै जिम्मेदारी लिने होइनन् । उनिहरूको एकमात्र लक्ष्य भनेको ‘देशलाई द्वन्दको दलदलमा कुनै हालतमा उत्रन वा पार लाग्न नसक्ने गरी फँसाएर छोड्ने” मिशन पूरा गरेर त्यसको मूल्य तिनै मिसन (निकाय÷नियोग)बाट लिएर छोड्ने सम्म हो । यस्ता अर्काको भाडामा आफ्नै देशलाई विभिन्न बहानामा ध्वस्त गर्ने दलालहरूले जसरी विभिन्न दलभित्र सफलतापूर्वक प्रवेश (घुस–पैठ) गर्ने र सिंगो राष्ट्रलाई आफ्नो कव्जामा पारी डुबाएर मात्रै छोड्न लागि परेको स्थितिमा “आलङ्कारिक पगरी गुताएर विना वेताजको वादशाह”को आसन(पद) मा स्थापित गरिएका भएपनि जनताले भने आशाभरी नजरले नियालिइरहेका    निरीह दुई डाक्टर (राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री (डा. बाबुराम भट्टराई) ले डुब्दै गरेको देशको नौकालाई वर्तमान संकटको भूमरीबाट कसरी पार लगाउन सक्लान ? यो आजको सबैभन्दा सोचनीय विषय हो । ”
मित्रका भनाइ अवश्य पनि आज प्रत्येक नेपालीका लागि गम्भीर रुपमा विचारणीय एजेण्डा हुन् । तर फेरि पनि प्रश्न र प्रसङ्ग त्यही अगाडि तेर्सिन आउँछ । “देशलाई घिच्याएर, धकेलेर क्रुसेडकालीन “सलीव र हिलाल” को जस्तो आत्मघाती द्वन्दमा फँसाउने दलालहरूको वाहुल्यता भएका दलहरूको वललाई निस्तेज पारेर यो सङ्क्रमण काल हुँदै महासंकटमा फँसेको मुलूकलाई त्राण र प्राण दिने कस्ले ? आजको सबैभन्दा कठिन काल प्रश्न हो यो । तथापि हामी आशावादी र सकारात्मक सोच बोकेर र “सुन्दर शान्त विशाल नेपाल”को सपनामा बाँचेका हामीहरूले विश्वास गर्नै पर्छ नेपालीको मन–मस्तिष्कमा प्रवेश गरेर मृत्युशै्ययामा छटपटाएको नेपालको उद्धार गर्ने कमै “मुस्तफा” कमाल पाशा जन्मिनेछ । त्यसको लागि श्री परमेश्वर पशुपति नाथले कल्याण गर्नेछ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
नेपालमा जलवायु परिवर्तनको प्रभाव र रोकथामका उपाय - यादब देवकोटा (02.13.2012)
शान्ति र संविधान अझै दोधारमै छन् - महेश्वर शर्मा (02.13.2012)
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी (02.13.2012)
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा (02.06.2012)
जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा (02.06.2012)
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी (02.06.2012)
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा (01.30.2012)
क्षितिज कतै पनि उज्यालो नभएको बेला... (01.30.2012)
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा (01.23.2012)
जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी (01.23.2012)
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा (01.23.2012)
मुलुक सपार्ने शैक्षिक क्षेत्रमा कहालिलाग्दो विभेद : यादब देवकोटा (01.16.2012)
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा (01.16.2012)
आमाको अवशानबाट मन विचलित भएपछि चिन्तनशून्य हुन पुगिएछ : तारा सुवेदी (01.16.2012)
राष्ट्रिय दिवस नै नभएको लाजमर्दो स्थिति : किरण बुर्लाकोटी (01.16.2012)
राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा (01.09.2012)
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा (01.09.2012)
वर्तमान राजनीतिक नेतृत्व असफलताको दिशातिर : यादब देवकोटा (01.02.2012)
सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा (01.02.2012)
अभाव पूर्तिको नाममा व्यक्तिगत लाभको चलखेल : यादब देवकोटा (12.26.2011)



 
::| Latest News

 
[Page Top]