युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 09:29am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
देश टुक्र्याउनेले देश बनाउँदाको पीडा के बुझुन् - महेश्वर शर्मा
Monday, 02.20.2012, 03:36pm (GMT+5.5)

निष्पक्ष भएर हेर्ने र सोच्ने हो भने नेपालको जातीय जटिल संरचना, भौगोलिक स्थिति, नदीहरूको वहावको अवस्था, प्राकृतिक–धार्मिक, भाषा–संस्कृति, उपसंस्कृतिको विविध परिवेश र सामाजिक आर्थिक समस्याको चिरफार नगरी हतार र आवेशमा जातीय राज्य विभाजन गर्नु भनेको अन्त्यहीन समस्या सिर्जना गर्नु हो । यस्तो स्थितिमा विना सोचविचार जातीय राज्य निर्माणका पक्षमा निर्णय लिइने हो भने त्यो सदाका लागि पीडादायी बन्नु निश्चित छ । त्यसैले यस्ता विषयमा राजनीतिक निर्णय लिनुभन्दा विषयविज्ञहरूलाई जिम्मा लगाउनु र व्यापक प्रचार गरेर प्रश्नावली सहित जनमत लिनु बुद्धिमानी र व्यवहारिक पनि हुन्छ । अहिले यहाँ हरेक कुरामा जनताले मान्दैनन् भनेर नेताले आफूखुसी निर्णय लाद्ने गर्न थालेका छन् । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र जातीयता त्यस्तैखाले निर्णय हुन् ।

सर्वप्रथम देशमा कस्तो राज्य र कुन किसिमको प्रशासनिक परिपाटी स्थापित गर्ने भन्ने विमर्श गरेर त्यसै आधारमा एउटा निष्पक्ष आयोग बनाएर एक सर्वस्वीकृत खाका तयार पारेपछि त्यसै अनुसारको संविधान बनाउने प्रक्रिया थाल्नुपर्नेमा सो केही नगरी दुलहीको ठेगानै नभै जन्ती लिएर जाने जस्तो काम गरियो । राज्य नै यस्तो खालको बनाउने भन्ने टुंगो नभै संविधान बनाउन हिंड्नु मूख्र्याइ सिवाय केही भएन । अलिअलि सबै पार्टीका कुरा राखेर बनाइने संविधानले कस्तो ऊँटको रुप लिने हो, भन्न सकिने अवस्था नै रहेन ।

राज्य निर्धारण र सीमा विभाजन गर्नुपूर्व ध्यान दिएर गर्नुपर्ने के के थियो ? प्राथमिकता र सम्भावना के हुनुपर्ने हो ? इत्यादि सोचविचार र विमर्श नै नगरी हचपचमा अदूरदर्शी हिसाबबाट अघिबढ्नु काँचो काम हो । अझ स्पष्ट भन्नुपर्दा साम्प्रदायिक सद्भाव खल्बल्याउने र अन्ततः जातीय संघर्ष निम्तिने सम्भावना अझ फराकिलो हुनेछ । त्यसैले राजनीतिक आवेशमा निर्णय लिने काम भयो भने योभन्दा ठूलो अव्यवहारिक र मूर्खतापूर्ण काम अर्को हुनेछैन । पृथ्वीनारायण शाहले जुन दूरदर्शी काम गरेर यो देशलाई जोरेका थिए, त्यसलाई टुक्र्याउन तम्सिएकाहरूले यो देश बनाउँदाको पीडा के बुझुन् !

संविधान भनेको साधन मात्र हो । साध्यकै टुंगो नभै कस्तो साधन प्रयोग गर्ने ? बञ्चरोले बारी त खन्दैन, बारी खन्न कोदाली नै चाहिन्छ । यहाँ त राज्यकै खाकामा मतभेद छ, शासकीय प्रणालीमै मतैक्य छैन भने कसरी कस्तो संविधान बन्छ ? जनतालाई त्यसै भ्रममा राख्ने काम गरिंदैछ । अहिलेको चालामालाले गतिलो संविधान बन्ने सम्भावना नहुनाले गैरदलीय योग्य विज्ञहरूको छोटो छरितो आयोग वा समितिलाई जिम्मा दिन दलहरू सहमत हुनसके त्यस्तो मस्यौदा संसद्मा पेश गरेर टुंगोमा पुग्न सजिलो हुन्थ्यो । नेताका क्रियाकलाप हेर्दा उनीहरूमा अधिकांश जनताको होइन, बरु सेठ साहूकार, जमीनदार, ठेकेदार र तस्करहरूको मात्र प्रतिनिधित्व गरेको देखिनाले यी ६०१ जनाले संविधान बनाइहाले पनि तिनै ठूलाबडाको हितमा बनाउने छन् । किनभने यिनीहरूले इमानदार प्रयास गरेकै छैनन् । आफैंले जनता भड्काउने, हड्ताल, तालाबन्दी र विध्वंश मच्चाउन लगाएर त्यसको फाइदा उठाउँदै शासन गरिरहने इरादा बुझिसकिएको छ ।

यहाँ प्रजातन्त्रकै बारेमा मतभेद छ । कोही संसदीय व्यवस्था भन्ने, कोही जनवादी भन्ने, कोही राष्ट्रपतीय त कोही प्रधानमन्त्रीय पद्धति भन्ने । यसरी मूल विषयमै मत बाझिएपछि सर्वसम्मत संविधान बन्ने कुनै सम्भावनै छैन । कसैले जातीय राज्य भन्ने, कसैलाई मधेश एक प्रदेश हुनुपर्ने, कसैलाई विशेष आरक्षण र अग्राधिकार नभै नहुने त कसैलाई त्यस्ता कुरा कसैलाई मान्य नहुने भएपछि देश र जनताको हितमा हुनुपर्ने के हो त ? भन्ने नै स्पष्ट नभएर उपर्युक्त सबै पक्ष अन्धकारमै रुमलिएको स्थिति छ आज । स्पष्ट चित्र कसैका अगाडि छैन, केवल आ–आफ्ना पार्टीका मागका डम्फू बजाएर हिंडिरहेका छन् । यस्तो स्थितिमा कुनै नियामक अंग यहाँ छैन, यो नै बिझ्ने कुरा भएको छ ।

अन्तरिम संविधानले नै सबै जात, वर्ग, समुदायलाई बराबरी दर्जामा राखिसकेपछि प्रत्येकले आफ्नो हित सुरक्षित भएको ठान्नुपर्ने हो, तर यहाँ भड्काउनेहरूले नै खलबल पारिदिएका छन् । विवाद नै नहुनुपर्ने साझा सामान्य विषयमा पनि दलगत भन्दा पनि व्यक्तिगत स्वार्थका कारण एउटै बाटोमा हिंड्न नसक्नु ठूलो कमजोरी हो । अरु छोडौं, जनतालाई समान रूपले अधिकार सम्पन्न गराउनुपर्ने विषयमा पनि दलहरू एकजुट हुन नसक्नुलाई के भन्ने खै ? समस्या समाधानको जिम्मा लिनुपर्नेहरू नै समस्या बनेर उपस्थित भएपछि परिस्थिति जटिल त हुने नै भयो । आज यस्तै स्थिति छ ।

जुनसुकै कुरामा पनि प्राथमिकता निर्धारण गर्दा वा कार्यक्रम संचालन गर्दा पार्टी पार्टी मात्रै नभएर गुट–उपगुटका समेत आधार लिइनाले हालत खराब भएको छ । जनाधारको राजनीतिमा नेताहरूले विश्वास गर्न छाडिसकेका छन् । आज त लडाकु, वाईसीएल, यूथ फोर्स, तरुण दल, ट्रेड यूनियन र संघ संगठनहरू जस्ता बम, बन्दुक एवं वाहुबलीका बलमा राजनीति गरेर चुनाव जित्ने र जनता एवं प्रजातन्त्रका नाममा तानाशाही चलाउने परिपाटी बसिसकेको छ । नेताका व्यक्तिगत स्वार्थमा आधारित राजनीतिले जनहितको उपेक्षा गर्नु अनौठो होइन । आज त्यही भएको छ, जो नहुनुपर्ने थियो ।

नेताहरूका बीच यदाकदा देखिने विमित र असहमतिलाई भागवण्डा नमिलेको स्थिति भनेर बुझ्नुपर्छ । देश बनाउने जिम्मा लिएकाहरू नै अरुका पछि लाग्नाले आफ्नै खतिभएको छ । जवर्जस्ती चन्दा लिने, नत्र बम पड्काउने, कलकारखाना बन्द गराउने जस्ता काम दलहरूकै छम्डाहरूबाट भैरहेको छ । काम गरेर खान्छौं भन्नेले पनि काम नपाएर विदेशिनु परेको छ । नेताका छम्डा चाहिं धम्क्याउने, लुट्ने, अपहरण गर्ने, पैसा असुल्ने, ठेक्कापट्टामा हुल्याई गर्ने र कमिशन खाने धन्दामा छन् ।, यस्तो अवस्था देखेर जनता निराश छन् । नेताहरूमा जनताका पीडा बुझेर कामगर्ने सोच कहिल्यै आएन । बरु उल्टै विदेशीका इशारामा नाचेर आफ्नो स्वार्थ पूरा गर्नमै रमाएका छन् । नेताहरूमा अझै पनि होश आवस् र भाषण होइन, कामै गरेर देखाउने सद्बुद्धि पलावस् ।



Rating (Votes: )   
Share     Print


Other Articles:
देशको दशा, बुद्धीजीवी मित्रको अनुभूति र अभिव्यक्ति - तारा सुवेदी (02.20.2012)
नेपालमा जलवायु परिवर्तनको प्रभाव र रोकथामका उपाय - यादब देवकोटा (02.13.2012)
शान्ति र संविधान अझै दोधारमै छन् - महेश्वर शर्मा (02.13.2012)
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी (02.13.2012)
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा (02.06.2012)
जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा (02.06.2012)
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी (02.06.2012)
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा (01.30.2012)
क्षितिज कतै पनि उज्यालो नभएको बेला... (01.30.2012)
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा (01.23.2012)
जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी (01.23.2012)
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा (01.23.2012)
मुलुक सपार्ने शैक्षिक क्षेत्रमा कहालिलाग्दो विभेद : यादब देवकोटा (01.16.2012)
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा (01.16.2012)
आमाको अवशानबाट मन विचलित भएपछि चिन्तनशून्य हुन पुगिएछ : तारा सुवेदी (01.16.2012)
राष्ट्रिय दिवस नै नभएको लाजमर्दो स्थिति : किरण बुर्लाकोटी (01.16.2012)
राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा (01.09.2012)
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा (01.09.2012)
वर्तमान राजनीतिक नेतृत्व असफलताको दिशातिर : यादब देवकोटा (01.02.2012)
सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा (01.02.2012)



 
::| Latest News

 
[Page Top]