युगसम्बाद साप्ताहिक

राप्रपाको एकीकरण : अर्थ र प्रयोजनीयता ? - तारा सुवेदी
Monday, 03.23.2020, 09:05am (GMT5.5)

तीनतिर चुलो चौको लगाएका भनौ अथवा तीनवटा अखडा बनाएर बसेका राष्ट्रिय प्रजातन्त्र पार्टी–जसलाई अहिले पनि आम जनताले “पूर्वपञ्चहरुको पार्टी” भनेर बढी चिन्दछन्– फेरि एकीकरण भएको समाचार २६ फागुनको “नयाँ पत्रिका”ले पाचौं पेजमा, आफ्नो टिप्पणी सहित छापेको पढियो । यो पटकको एकीकरण कतियौं पटकको शृङखला हो, न उक्त पत्रिकाले भन्न सकेको छ । न त पक्तिकारले नै गनेर यकिनसाथ भन्नसक्ने स्थिति छ । अरु त के त्यसरी एकीभूत भएको संझौता सहमति पत्रमा हस्ताक्षर गर्ने र उनका ईर्द गिर्दमा बसेकाहरुले नै पनि “कति पटक, कुन कुन मुद्दा र मोडमा फुट्न पुग्यो” भनेर भन्न सकोइनन् (?) 
नेपालको राजनीतिक इतिहासमा सवैभन्दा पहिले जन्मेको प्रजापरिषद हराए विलाएर गएपछि र उस्को नाम निसान समेत मेटिएपछिको जेठो “नेपाली काँग्रेस” २०७४ सालको आम निर्वाचन सम्पन्न नहुँदासम्म नेपालको राजनीतिक फाँटको केन्द्र बिन्दुमा थियो । त्यति मात्र होइन– जति अबधिसम्म मुकुटधारी (राजा)को सर्वोपरि सकृय नेतृत्वको निर्दलीय पञ्चायती व्यवस्थाका पक्षधरहरुले राज्य सत्ता हाँकेका थिए । झण्डै त्यति नै अवधिसम्म “बहुदलीय संसदीय प्रजान्त्रवादी”को ताज पहिरिएका ने.का.पार्टीका नेता–कार्य कर्ताहरुको शासन सत्ता पनि आम नेपालीले देखे भोगे, गणतन्त्रको स्वाद पनि चाखे । 
सायद राजा–नेतृत्वको “दल बिहिन पञ्चायती व्यवस्था” भन्दा कोइरालाई नेतृत्वको “बहुदलीय संसदीय प्रजातान्त्रिक शासन प्रणाली”का माध्यमबाट नेपाली जनताको आशा, अपेक्षाको संबोधन र तुष्टिकरण गरिएको भए न त दश वर्षे जनयुद्ध भएको हुन्थ्यो । न झण्डै २० हजार नेपाली सपूतले वित्थामा प्राण त्यागेका हुन्र्थे । न त “विश्वबाटै अस्ताएको र सम्पूर्ण साम्राज्यवादी उपनिवेशवादीहरु सामु टिक्न अड्न नसकेको कम्युनिष्टको परिचय धारी” पार्टीलाई नै झण्डै दुई तिहाई प्रचण्ड बहुमत सहित शासन सत्ता सुम्पिने जोखिम नेपाली आम मतदाताले उठाएका हुने थिए । 
किनकि, तिनै “दलविहिन पंचायती प्रजातन्त्रवादीहरुले झापादेखि दाङ, रोल्पा (थवाङ) सम्मका कम्युनिष्ट मास्न” जे जस्तो अभियान चलाएका थिए । तिनै पंचहरुसंग मिलेर कम्युनिष्टहरुलाई निर्ममतापूर्वक दमन र निर्मूलीकरणका लागि कोइराला, देउवाहरु पनि आफू र आफ्ना देशी–विदेशी सहयोगी मित्रहरुबाट साथ सहयोग लिएर र आफ्नो सम्पूर्ण बल खर्चिएर लागेका थिए । तर त्यस्तो “देशी विदेशी गैर कम्युनिष्ट तत्व र शक्तिहरुले घेराबन्दी गरेर सिध्याउन खोज्दा पनि उल्टै झण्डै दुई तिहाई बहुमत सहित विश्वलाई चकित र गैर कम्युष्टिहरुलाई थकित वा परास्त्त गदै ने.क.पा एमाले र माओवादी मोर्चाले चुनाबी तालमेल गरेर तत्कालीन देउवा नेतृत्वको सरकारको तमाम चलखेल, जालझेलको चक्रब्यूह तोड्दै झण्डै दुई तिहाइको बहुमत हासिल गरी छाड्यो ।
 “आफ्नो पार्टीले स्पष्ट बहुमत मात्र होइन, दुई तिहाई सभासद प्रतिनिधी सभामा पु¥याई छाड्ने” देउवा नेतृत्वको ने.का.ले एक तिहाई पनि ल्याउन सकेन । जस्ले गर्दा ने.क.पा.ले आफ्नो अनुकूल ऐन नियम बनाएर जारी गर्ने मात्र नभई संविधान नै संशोधन गर्दै पश्चिमा ढाँचाको मौजूदा “प्रधानमन्त्रीय संसदीय शासन प्रणाली” नै संशोधन गरेर “समाजवादी परम्परा अनुसारको प्रत्यक्ष निर्वाचनको माध्यमबाट निर्वाचित कार्यकारी राष्ट्रपतीय पध्दति नै स्थापित गर्न खोजे, सक्ने बन्यो । त्यसलाई रोक्न आवश्यक संख्या पनि नलिई २०४७ पछि झण्डै तीन दशक प्रत्यक्ष शासन सत्ता नियन्त्ता बनेको ने.का प्रतिनिधिसभामा निम्सरो रुपमा पस्न र बस्न बाध्य भयो । 
यद्यपि “त्यस्तो निर्वाचन परिणाम आउने” संभावनाको प्रक्षेपण, (देश २०७४ मंसिरको  दोस्रो र चौथो हप्तामा निर्वाचन हुने दिनको संघारमा पुगेको बेला नै) २४ असोज २०७४ को यसै स्तम्भमा “निरपेक्ष पर्यवेक्षकको नजरमा वर्तमानको राजनीतिक परिदृश्य” शीर्षक लेखमार्पmत गरिएको थियो । त्यस्मा जब “ने.क.पा. एमाले र माओवादी विजयी भएपछि स्थायी रुपमा एकीकृत हुने” सार्वजनिक रुपमा नै घोषणा गरे, जब निर्वाचनको पूर्व सन्ध्यामा देउवा नेतृत्वको ने.का.लाई सरकारको ताला चाबी बुझाएर माओवादी सरकारबाट बाहिरियो । तब “बामपन्थीहरुको मोर्चाको प्रचण्ड बहुमतको सरकारबाट “रोक्ने शक्ति ने.का. र रा.प्र.पा कसैसँग छैन । यदि गैरकम्युनिष्ट दक्षिणपन्थी, सम्पूर्ण पार्टी (मधेसवादी समेत) मिलेर, झण्डै ९२५ संख्याका हिन्दु मतदाताहरुको मत आकर्षित गर्न सके भने मात्र उनीहरु सामु कम्युनिष्ट मोर्चाले खडा गरिदिएको चुनौतीलाई यत्किञ्चित् सामना गर्न सक्लान् अन्यथा ने.क.पा. को चक्रव्यूह एक्लै कसैले  किमार्थ चिर्न, थेग्न सक्ने छैनन्” भनेर स्पष्ट उल्लेख गरिएको थियो ।
गैर वामपन्थी दलहरुले भने “आ–आफ्नो पार्टीले बहुमत ल्याउने त्यो नसके पनि पहिले जस्तै निरकुश सरकार बन्न कसैले रोक्न नसक्ने र पहिले झै चमेरे शैलीमा आफु सत्ता र शक्ति प्रयोक्ता बनिरहने “सोम शर्मा पिता” का सपनाले सबै एक्लाएक्लै लड्न तयार भए ।
जस्को परिणाम संविधान सभामा तेस्रो ठूलो दलको रुपमा उदाएको रा.प्र.पा ले राष्ट्रिय दल बन्न आवश्यक न्यूनतम प्रतिशत मत पनि पाउन नसकि मटियामेट भएको दुर्दशा भोग्नुप¥यो  । ने. का.ले नेपालको संसर्दीय निर्वाचनको सवैभन्दा निम्छरो र संसदमा “साक्षी सुवेदार”को रुपमा उभिने परिस्थितिमा आफुलाई पु¥यायो । मधेशवादी (क्षेत्रीयतावादीहरु)ले मुस्कीलले ज्यान जोगाए । अस्तित्व मेटिनबाट बचे ।
त्यो २०७४ को (अर्थात् पछिल्लो आमनिर्वाचनको) परिणामबाट पाठ सिकेर रा.प्र.पा. एकिकरण भएको हो भने त्यसलाई पक्कै पनि सम्पूर्ण राष्ट्रियतावादी र खास गरी तिव्रतर रुपमा नेपाललाई “ईसाईकरण” र “क्षयीकरण” गर्दै लगिएको बाट चिन्तितहरुका लागि झिनो “आशाको दियो” बाले, बाल्ने प्रयास गरेको हुनसक्छ ।
तर जसरी साना झिना मसिना कुरामा पनि “मेरो गोरुको बाह्रै टक्का” गर्दै “झुक्न नजान्ने, टुट्न अग्रसर हुने” चरित्र र संस्कार रा.प्र.पा. का नेताहरुमा देखिदै आयो । त्यो मानसिकता परित्याग गर्ने उदारता कार्यगत रुपमा प्रस्तुत गर्न कोहि तयार नभएको, बरु “आफुलाई जसरी पनि शक्तिशाली र नेतृत्वकारी बनाउने” भन्ने “स्वार्र्थी एकता”को संकेत तीन वटै समूहको नेताले दिए । त्यस्तो तीन समूहका अध्यक्षको नेतृत्व हुने गरी पार्टी एकीकरण भएको जुन सार्वजनिक भयो, त्यसबाट भने “भोली एकीकृत पार्टीको नेतृत्वमा आफू स्थापित हुने, अन्यथा (स्वीकार्य नभएमा) आफ्नै पुरानो आखडामा फर्किने वा चुुुुुुुलो चौको बाल्ने” नियत अभिप्रेरित वा अन्र्तनिहित देखिन्छ कि, देखिदैन ?
माथी शुरुमा नै उल्लेख गरिएझै “हिजो–अस्तीका एकीकरणका प्रयास र एकीकृत पार्टी छिन्नभिन्न हुुँदा नेताहरुकै इच्छा महत्वकांक्षाले मात्र निर्णायक भुमिका खेलेको थियो कि ? पार्टीका तल्लो तहका नेता कार्यकर्ताहरुको दबाव र भावनाले फुट्नु परेको थियो ? विगतको पटकपटकको त्यो तीतो अनुभव एकातिर टड्कारै अनुत्तरित र जीवन्त रहेको छ ।
अर्को तर्फ “हिजोका ती सडे गन्हाएका भष्ट्राचारी, अत्याचारी, दुराचारी, मण्डले–कुण्डलेहरुको वगे्रल्ती उपस्थिति मात्र होइन । तिनैको नेतृत्वमा नीति, योजना कार्यक्रमदेखि तात्कालीक र दिर्घकालीन रणनीति निर्माण सम्ममा अहं भूमिका रहे भएको रहेछ त्यो कुरा एकीकृत पार्टीका घटकसँग सम्बद्ध नेता कार्यकर्ताहरुले नै  नकार्न नसकेको स्थिति देखिन्छ ।
अहिले “तेस्रो शक्तिको रुपमा स्थापित हुन एकीकृत भएको” अभिव्यक्ति दिने नेताहरुले के पनि उत्तरदिन सजिलो छैन भने “किन आफुहरुले पटक पटक दुवै “परीक्षित सत्तासीन” र “प्रतिपक्षी वेञ्चमा रहेका पार्टीहरु देश र जनतालाई ठोस वा वस्तु पटक उपलब्धी दिन असफल भए ? हामी यति समयावधि भित्र यति, यति कुरा यसरी यसरी  पूरा गरेर देखाउँछौ” भनेर  भन्न नसकिरहेका हुन् ? 
अब एउटा के कुरा जनताले स्पष्ट बुझिसकेका छन् भने, कुनै पनि “वाद र तन्त्रको स्वर्णिम सपनाका व्यापार व्यवसायका राजनीतिक आवरण भित्रका चतूर पेशा व्यवसायीहरुका घोषणापत्र वा प्रतिबध्दताका कुरा फगत आम उपभोक्ता रुपी मतदाता झुक्याउने र ठग्ने बजारिया सस्ता विज्ञापन सिवाय केहि होइनन्, रहेनछन् ।”
त्यसबाहेक “रा.प्र.पा लाई मुकुटधारीको सकृय नेतृत्वको छाया मायामा जन्मे उनकै  आड वलमा हुर्के बढेकाहरुको बूढो पुरानो, पञ्चायतका अवशेषहरुको पार्टी हो । यो राजधानी र केही मोफसलसम्म पैmलिएको आकाशबेली जस्तो पार्टी हो । कुनै पनि घटक (राप्रपका विभिन्न समूह) को ग्रासरुट आधारभूत (गाउँ, जिल्ला तह) सम्म ने.का.र ने.क.पा. को जस्तो गरी संठगनगत सुदृढ सञ्जाल पैmलिएको छैन । उनीहरु (रा.प्र.नेताहरु) ले ती गाउँ बस्ती टोल र सुदूर दराजका आम जनताको मन मुटुको स्पन्दन, र क्रन्दन न हिजो सुने बुझे– न अहिले पनि त्यस्को आवश्यकता बोध गरे । कोही कुनैले राप्रपाको बिल्ला भिरेर आम निर्वाचनको बेला “आफ्नो निर्वाचन क्षेत्र ”भनेर गए भने उनले गुण्डा, डण्डा, पण्डाहरुमात्र होइन । भष्टाचार गरेर थुपारेकोदेखि कालाबजारिया, तस्कर, माफिया, लागूऔषधका कारोबारीसम्मबाट “भयदोहन” गरेर उठाएको चुनावी खर्च र त्यसै धनबाट भाडामा लिएका जन, डनलाई गन बोकाएर आम मतदातालाई आतंकित गर्दै निवार्चन जितेको पगरी गुतेर आए । तिनै रा.प्र.पा का “महान् नेता वरिष्ठ नेता, प्रभावशाली नेतामा स्थापित भए” भन्ने आम धारणा रहेछ ।
आम नेपाली जनताको मन मस्तिष्कमा यही र यस्तै सीमान्त नकारात्मक छाप परेको रहेछ । नत्र एकजना प्रबुद्ध मित्रकै शब्दमा भन्ने हो भने “झण्डै तीन दशकसम्म निर्विकल्प र एकत्र शासन सत्ता हाँकेकाहरु आज भित्ता लागेर सधैं कुइरो भित्र हराएका काग जस्तो गरी हराउनु पर्दैनथ्यो । कहिले काँग्रेस र कहिले कम्युनिष्टहरुको फेरो समाएर सत्ता र शक्तिको लित्को पित्कोको लागि एकीकृत पार्टी फुटाएर तँ छाड मछाड गरी धोती फालेर दौडिएको नग्न दृश्य देख्नु पर्दैनथ्यो ।
त्यो बाहेक अहिलेको प्रतिनिधि सभामा पनि रा.प्र.पा.को कुनै घटकका ५÷१० जना सांसद अगाडिको ढोका (प्रत्यक्ष निर्वाचित भई आउने) बाट नभए पनि जस्केल्लो (समानुपातिक)– जस्लाई राजनीतिक रुपमा चोरबाटो पनि ठानिने मानिने रहेछ– बाट पुगेका भए र त्रिशंकु संसद भएको भए रा.प्र.पा को एकीकरणको आवश्यकता कसैले महसूस गरेका हुँदैनथे । मौसम अनुसार कहिले दक्षिपन्थीको र कहिले उत्तर वा उग्रपन्थीको कलोमा नै  रमाएका हुन्थे  । त्यसरी तुष्टिकरण र भ्रष्टिकरण भएको अतीतको गन्हाएको थाङ्नोमा रमाएकाहरुको एकीकरण र पृथक्कीकरणले नेपालको वर्तमान राजनीतिमा कुनै अर्थ राख्दैन ।”
यद्यपि उनले (प्रबुद्ध मित्रले) आमजनताको अनूभूतिको तरस्वीर देखाएका थिए । तर झण्डै सात दशकदेखिको “राजावादी राजनीतिक धार”मा बगेर अहिलेको परिवर्तित परिवेशको देशको चौतर्फी पतनोन्मुख वा क्षयोन्मुख परिस्थीतिलाई नियाल्दै रहेका, उहिलेका सशक्त कलमजीवि आदरणीय मेरा पथप्रदर्शकका अभिव्यक्ति पनि अति–निषेधवादी मूल्यांकन नै थिए ।
तथापि जस्ले “तीस वर्षसम्म राजाको सर्वोपरि सकृय नेतृत्वको निर्दलीय पञ्चायती शासन व्यवस्था अप्रजातान्त्रिक भयो, भ्रष्ट, दुष्ट, निकृष्ट पंचहरुले देशै खाए, डुवाए” भन्दै दुनियासामु कोहलो मच्चाएर प्रजातन्त्र, गणतन्त्र ल्याएका थिए । तिनैले देशलाई जादूगरी शैलीमा “सिंगापुर, स्विट्जरल्याण्ड बनाउने” सपना बाँडेका वाचाकसम खाएका थिए । तर उनीहरुले पनि तीस वर्षमा जे जति भ्रष्टाचार, दुराचार बढाउने मात्र होइन सबै पार्टीले पालैपालो सत्ता नियन्ता बनेर “आआफ्ना कार्यकर्तालाई मात्र “नेपाली जनता” देखे र तिनैको तुष्टिकरणका लागि सम्पूर्ण कार्यक्रमहरु केन्दित भए । कुनै दलका घेराभित्र नपरेका भोका नाङ्गा जनताका थाप्लोमा थाम्दै नसक्ने भार बोकाए । झन संघीयता लागू गर्ने नाममा झण्डै ४० हजार सेता हात्तीलाई “नवराज”को रुपमा पाल्नु पर्ने स्थिति देखे । त्यसैले अहिले “जनता त्राहीमाम” भन्दै सडकमा उत्रिने कि मुग्लान् पस्ने ? संकटको स्थितिमा पुगेका छन् । यसबेला “साच्चिकै जनतालाई तत्काल दुःखमोचन गर्ने” दल वा शक्तिको आवश्यकता थियो । त्यस्ता शक्तिशाली नेता र नीति ने.का र कम्युनिष्टबाट आउन नसक्ने निश्चित प्रायः भएको छ ।
त्यस्तो नयाँ शक्तिको उदयको प्रशवबेलामा कुनै पनि चामत्कारिक व्यक्ति र शक्ति जन्मिन सक्थ्यो । तर रा.प्र.पा ले पनि प्रजातन्त्र, उदारवाद को“ उधारवादी” भेग (अस्पष्ट वा अपरिभाषेय) शब्दावलीको वैशाखी टेक्दै पुनः गीता समाएर एकीकरण गर्दै देखाप¥यो । त्यस्ले सायदै आम नेपालीको मनमुटुमा पस्न सक्ला ।
हो, यस बेला उस्ले स्पष्ट भन्न वा संकल्प साथ “हाम्रो पार्टीले नेपालको भू संवेदनशीलतालाई दृष्टिगत गर्दै त्यसका संरक्षण, सम्बध्र्दन गर्न सम्परीक्षित भइसकेका ने.का.को प्रजातन्त्र, लोकतन्त्र र वामपन्थीको गणतन्त्रको प्रयोगबाट सम्भव छैन । अब हामी २०१९ वा २०४७ कै संविधानकै पक्षमा छौ । नेपाललाई अझै अन्तराष्ट्रिय शाक्तिको खेलमैदान बनाउने तत्वबाट देश बचाउनु छ । हिजो एउटा राजा फालेर जसरी हजारौं राजा जन्माएर मूलूकलाई खण्डीकरण मात्र नभई ध्वस्तीकरण गर्ने दुष्प्रयास भईरहेछ । त्यस विरुद्ध हामी पनि टाउकोमा कात्रो बाँधेर पुनः एउटा लोककल्याणकारी निरंकुश राजतन्त्रकै लागि लड्छौं” भनेर आउन सक्नुपथ्र्यो । तर त्यो ह्याउ हिम्मत “कृतापराधः स्वयमेव संशते” ले हो कि ? आउन सकेन– आउने लक्षण पनि देखिएन ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com