युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 10:26am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
जलाइएको आशा र आस्थाको दीयो जलाई र जोगाई राखौं - तारा सुवेदी
Tuesday, 02.28.2012, 10:11am (GMT+5.5)

सर्वोच्च अदालतले झण्डै साढे चार  वर्षपछि फैसला गर्यो
 । उनीलाई “अस्वाभाविक रूपमा आर्जेको ९श्रोत खुलाउन नसकेको० सम्पत्ति अवैध वा नाजायज तवरबाट जम्मा गरेको” ठहर गर्यो । उनले पनि सर्वोच्चको फैसलालाई स्वीकारे र उसै दिन उनलाई पैmसला अनुसार जेल पठाइयो । सञ्चारमाध्यमहरूले यसलाई “सर्वोच्च अदालतको साहसिक र ऐतिहासिक पैmसला” पनि भने । सर्वोच्च अदालत र पैmसला गर्ने न्यायाधीशद्वयलाई बधाई दिने लहर नै चल्यो । यसै सन्दर्भमा कतिपयले “झण्डावाललाई जेल पठाएको पहिलो घटना” भनेर समेत भने ।
यसरी “एउटा यौटा निकाय वा पदाधिकारीको बहादुरी, भक्तिगान वा गुणानुवर्णन गर्दा र जनतामा गलत सूचना प्रवाहित गर्दा पूर्ववर्ति त्यस्तै पैmसला गरी नजीर कायम गर्ने व्यक्ति वा पदाधिकारीको अप्रत्यक्षतः अपमान हुने गरी गर्नुहुन्न” भन्ने कुरातिर हेक्का राख्नुपर्ने थियो । त्यो पाटो खाली रहेको वा राखेको देखियो । सामान्य नागरिकले त्यसको जानकारी नराखेको भए पनि सञ्चार माध्यमले त्यस्तो समाचार प्रकाशित÷प्रसारित गर्दा ख्याल गर्नुपथ्र्यो । उल्टै सञ्चार माध्यमहरूले नै त्यस्तै असत्य र भ्रामक कुरालाई ‘स्याल हुइंया’का रुपमा पैmलाए । तथ्य र इतिहास दुवै सञ्चारका ‘स्याल हुइं््या’मा हराए विलाए ।
किनभने २०४४÷०४५ तिर तत्कालीन वहालवाला वनमन्त्री हेमबहादुर सिंह मल्ल ठकुरी–जसलाई त्यस बेला ‘शेरे धनुषा’ मानिन्थ्यो र जसले तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यको पहिलोपटक वालिग मताधिकारको आधारमा भएको निर्वाचनमा आपूmमात्र नभई आफ्नो श्रीमती शारदा मल्ललाई समेत धनुषाबाट भारी मतले निर्वाचित गराएका थिए । र “अवको निर्वाचनमा नेपाल अधिराज्यभरबाट आपूmले लठ्ठी उठाएर पनि राष्ट्रिय पन्चायतमा  आधाभन्दा बढी सदस्य जिताएर ल्याउछु” भनेर ९घमण्ड गर्दथे०–लाई त्यस बेलाको अख्तियार दुरुपयोग निवारण आयोग” अन्तर्गतको मुद्दा हेर्ने तत्कालिन प्रमुख आयुक्त श्री बासुदेव शर्माको नेतृत्वको पाँच सदस्यीय इजलाशले “कानून विपरीत काठ बिक्री गरी भ्रष्टाचार गरेको”  कसूरदार ठहर गर्दै सात करोडभन्दा बढी बिगो कायम गरी झण्डावाल गाडीबाट निकालेर कारागार पठाएको त्यसबेला निकै संञ्चार माध्यममा छाएको आएको हिजोको तथ्यलाई बिर्सेको देखियो । जेहोस्, यसपटक संचार माध्यममा छाएको जयप्रकाश गुप्ता लाई २०४८ सालमा निर्वाचित संसदमा बहुमतप्राप्त प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले हात समाएर वालुवाटारभित्र नपु¥याएका भए आज पनि अरु सहकर्मी पत्रकार जस्तै ‘सडक छाप’ भएर “दाल भात डुकू”को समस्यामा अल्झेका हुन्थे । तर श्री गिरिजाप्रसाद कोइरालाको कृपाले उनी धेरैपटक सत्ता र शक्तिका प्रत्यक्ष परोक्ष नियन्त्रक भए । चरम भ्रष्टाचार गरे र अकूत सम्पत्ति आर्जे । त्यसलाई त्यसबेलाका कतिपय संचार माध्यमले उजागर पनि गरेका थिए । तर “श्री गिरिजाप्रसाद”को प्रभाव र दवावका सामु कसैको केही लागेन । उनी जति भ्रष्टाचारी भए पनि संचार मन्त्री हुँदा फ्रिक्वेन्सी वितरण र टेलिकम सम्वधी ।।।उपकरण खरिद गर्दा, ९यू टि।एल।, स्पेस टेलिकम जस्ता० निजी क्षेत्रलाई  टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति दिंदा जति अनियमितता र स्वेच्छाचारिता गरेका भए पनि उनी सत्तारुढ दल ने।का। का। शिर्ष नेतृत्वका अत्यन्त प्रिय विश्वासपात्र र अन्तरङ्ग सहयोगी भएकाले सुरक्षित थिए ।
तर २०५९ साल जेष्ठ ८ गते तत्कालीन प्रधानमन्त्री श्री शेरबहादुर देउवाले स्पष्ट बहुमत प्राप्त ने।का। नेतृत्वको सरकारलई पार्टीभित्रको घर झगडाको मारबाट बचाउन जब २०५६ बैशाखमा मात्र निर्वाचित प्रतिनिधिसभा नै विघटन गर्ने सिफारिस गर्नुभयो,  “भ्रष्टाचारीहरू उपर कारवाही गर्नुपर्ने” भनेर अ।दु।अ।आ।का तत्कालिन प्रमुख आयुक्त श्री सूर्यनाथ उपाध्याय र वहाँको सहयोगीहरू कस्सिएर लाग्यो । त्यसपछि श्री सूर्यनाथ उपाध्यायले जसरी २०३५÷०३६ सालमा तत्कालीन अ।दु।नि।अ।का।का प्रमुख श्री अनिरुद्धप्रसाद सिंहले गलैचा काण्डमा बहालवाला प्रधानमन्त्री डा। तुलसी गिरी र वहाँको नेतृत्वको मन्त्रिपरिषदका अर्थमन्त्री डा। भेषबहादुर थापा, बाणिज्य मन्त्री श्री पीताम्वरध्वज खाती र पर्यटन मन्त्री डा। हर्क गुरुङ्गमाथि अनियमितता र अख्तियारको दुरुपयोग गरी भष्टाचार गरेकोमा जसरी ऐतिहासिक रुपमा प्रधानमन्त्रीसहित चारजना मन्त्रीमाथि मुद्दा चलाई स्वतः राजीनामा दिनुपर्ने पारेका थिए, जसरी माथि उल्लेख गरिए अनुसारका  तत्कालीन वनमन्त्री  श्री हेमबहादुर मल्ल ९ठकुरी० लाई समाएर काठ बिक्रीमा अनियमितता र भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रमुख आयुक्त श्री वासुदेव शर्मा नेतृत्वको आयोगले थुनामा राखी कार्वाही गरेको थियो, त्यसरी नै बहुदलीय संसदीय वाह्रबर्षे प्रजातान्त्रिक शासन कालमा निस्कृय प्रायः रहे–राखिएको अ।दु।अ।आ।लाई सकृय पार्नुभयो ।
फलस्वरुप पहिलो चरणमा सर्वाधिक चर्चित र जनदृष्टिमा “निर्विवाद कीर्तिमानी भ्रष्टाचारी” भनेर कहलिएका चिनिएकाउपर अनुसन्धान गरी सविधानत विशेष अदालतमा मुद्दा दायर गर्न शुरु भयो । विशेष अदालतले पनि मुद्दा दायर भएलगतै आयोगले जस्तै बडो गम्भीरतापूर्वक अभियुक्तहरूलाई थुनामा राखी कारवाही गरेको देखायो । तर मुद्दाको सुनुवाई र कारवाहीको क्रम शुरु भएपछि धरौटी माग गर्नेदेखि लिएर शिथिलता र उदासीनताको संकेत देखा पर्दासम्मका नतिजाबाट धेरैलाई शंका उत्पन्न भइसकेको थियो– “सबै अभियुक्तहरूलाई ससम्मान उन्मुक्ति दिने र वेदागी सावित्त गर्ने प्रकृया पूरा गर्न विशेष अदालत लागि परेको छ ।”


अदालतमाथिको आस्था ध्वस्त गर्ने क्रम
यसै स्तम्भमा झण्डै आधा दर्जनभन्दा बढी लेख सर्वोच्च अदालत, विशेष अदालत लगायतबाट न्याय सम्पादनका सन्दर्भमा भए गरिएका अपारदर्शी, शंकास्पद र जनताले स्वीकार्न नसकेको आदेश पैmसलाहरूको चर्चा गर्दा जे जस्तो अनुमान वा प्रक्षेपण गरिएको थियो विशेष अदालतले पनि त्यही सत्य सावित ग¥यो । सर्वोच्च अदालतबाट चिनी काण्ड, रविन्सन प्रकरण, विवादास्पद लागूऔषध सम्बन्धी मुद्दा, भारु काण्ड, चरेशको चर्चित काण्डमा सफाई दिने जस्ता जेजति फैसला भएका थिए त्यसै आधारमा “विशेष अदालले जे जति गम्भीर रुपमा मुद्दाको सुवाइको अभिनय गरे पनि अन्ततोगत्वा सकेसम्म साक्षी प्रमाणको अभाव वा अपर्याप्तताको आधारमा, त्यसरी संभव नभए–नदेखे, प्रकृयागत वा हदम्यादका झीना मसिना कमी कमजोरीका जस्केलोबाट अभियुक्तहरूलाई उन्मुक्ति दिएर स्वच्छ र इमान्दार सावित गरेर देखाइने छ” भनेर जे लेखियो, आखिर  त्यही र त्यस्तै हुनपुग्यो । दुई–तीन वर्षसम्म मुद्दाको सुनुवाई वहस् पैरवीको त्यति लामो प्रकृया पूरा गरिसकेपछि “ए रु यो त हदम्याद नाघेपछि पो त दायर भएको रहेछ” भनेर विशेष अदालतले छुट्टाछुट्टै दायर भएका र त्यत्रो समय लगाएर सुनुवाई गरेका मुद्दाहरूमा प्रवेश नै नगरी निल्र्लज खारेज गरिदियो । उही हदम्यादको झिनो मसिनो अत्तो थापियो ।
त्यसपछि नेपालको न्याय प्रशासन ९अदालत०प्रतिको आफ्नो आस्था र विश्वासको मन मस्तिष्कभित्रको धरहरामा चिरा मात्र देखापरेन, ध्वस्त नै भएको अनुभूति भयो । “अदालततको आवरुको प्र्रश्न” जस्ता कैयन् स्तम्भ मार्फत अदालतमाथि कठोर प्रहार गरियो । कतिसम्म पनि लेखियो भने केही शब्द वा शब्दावली अपाच्य मात्रै नभई अवाच्य पनि प्रयोग हुन पुगेका थिए । नैतिक आँट र वल भएका न्यायकर्ताहरू भएका भए “अदालतको अपमाननमा मुद्दा चलाइको” हुने थियो । तर “कृतापराधः स्वयमेव सशते” ९गिल्टी माइण्ड अल्वेज सस्पेसियस० नैतिक शक्तिहीनहरूको भीडले कुनै पनि लेख उपर अदालतको मानहानी मुद्दा दायर गर्ने साहस गर्न सकेन ।
यद्यपि अदालत पवित्र न्याय मन्दिर हो । तर न्याय मन्दिरभित्रका पुजारीले न्याय कानूनको पवित्रता, अस्तित्व, अस्मितामाथि निर्लज्ज र विभत्स वलात्कार र हत्या गर्ने नीचतम दुष्कार्य गर्छ भने दोषी र पापी पुजारी हो मन्दिर किमार्थ होइन । तथापि न्याय इन्साफ को पवित्रतम अस्तित्व, अस्मितामाथि त्यस्तो पटकपटक बलात्कार, हत्या र अपराधपूर्ण कार्य हुने मन्दिरप्रति भने त्यसका भक्तहरूमा अनायासै विकर्षण वा अनास्था बढ्ने रहेछ । आपूmलाई “अदालत यौटा अमूर्त पवित्रतम मन्दिर हो” भन्ने पूरा थाहा हँुदाहुदै पनि त्यहाँ बसेर न्याय, निशाफ र फैसला गर्नेहरूले बढाबढमा मुद्दा बेच्ने र मुद्दाका पक्ष–विपक्ष ९झगडिया०संग खुलेआम भयदोहन गर्ने व्यवहार एवं चरित्रले जे जस्तो छाप पारेको थियो, यर्थाथमा त्यसले आस्थाको सूचकांकलाई धरै तल  झारेको थियो ।
मुद्दाका पक्ष–विपक्षसँग सँगै बसेर न्यायकर्ता स्वयं तास खेल्न,े जाँड रक्सी खानेदेखि म्यारिज खेल्दा प्वाइण्ट ढाँट्न चोर्न नदिएको, हजारको नोटमा हजारै पुगेपछि नोट मागेर लिएको रीस र तुस राखेर वैरभाव साध्ने र त्यस्ता खेलाडीका नजिकका आफन्तका मुद्दा विगारिदिने “हदसम्मका घटिया चरित्र र व्यवहार भएका वग्रेल्ती व्यक्तिहरूलाई उच्च र उच्चतम न्याय पीठमा आशीन भएको देखें भोगेको व्यक्ति भएकोले होला ९रु० इमान्दापूर्वक भन्नुपर्दा निकै पहिलेदेखि नै अदालतको काम कारवाहीप्रति न आपूm सन्तष्ट थिएँ न अरु कोही विस्वस्त नै देखेको थिएँ ।
“नेपालका कानून व्यवसायीहरूका गुरु” भनेर सम्मानित वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले नै” न्यायालय स्वच्छ गङ्गाको पानी हो । तर न्यायालय पनि भ्रष्ट, दुर्गन्धी र चिलाउने भइसके को छ । हे युवा हो रु सक्छौ भने हिम्मत गर, सक्तैनौ भने तिमीहरू पनि दुर्गन्धी हुनेछौ” भनेर २०५३ सालको वारको  राष्ट्रिय अधिवेशन तिर नै भन्नु भएको थियो ।
त्यसरी पहिलेदेखि चर्के–भत्केको आस्था विश्वास को धरहराको खण्डहरमा उभिएर न्यायालय, न्यायकर्मीको वैयक्तिक आचरण, चरित्रका बारेमा मात्र नभई सर्वोच्च अदालत र मातहत अदालतबाट भएका विवादास्पद फैसलाका सम्बन्धमा समेत झण्डै आधा दर्जनभन्दा बढी लेख यसै स्तम्भमा लेखिएको थियो । संम्झना भएअनुसार “अदालतको आवरुको प्र्रश्न” “सर्वोच्चबाटै विगे्रको न्याय व्यवस्था” “जनअदालतका पूर्वभ्यासहरू” “पतनशील न्यायकर्मी” र “क्षयोन्मुख न्याय प्रणाली”  र यस्तै अन्य विविध शीर्षक थिए ।
सर्वोच्च अदालत सार्वभौम र विधिशासित लोकतान्त्रिक शासन व्यवस्थाका पक्षधर नागरिकको अन्तिम आशा र एक मात्र नागरिक हक अधिकार को सुरक्षाको आस्था केन्द्र हो  र लोकतन्त्रको आत्मा पनि । तर नेपाल र नेपालीको दुनियतिले नै भन्नुपर्छ– नेपालका न्याय मन्दिरहरू मुद्दा किनबेच गर्ने र बढाबढमा फैसला दिने वनियाका पसलका  रुपमा परिवर्तित गर्ने दुर्मतिबाट मुक्त न्यायकर्मी विरलै देखिए । एकजना प्रधान न्यायाधीशले “मुद्दै किनबेच हुदोरहेछ” भनेर यौटा राष्ट्रिय दैनिकमा अन्र्तवार्ता नै दिनुभएको थियो । त्यही नै माथिका भनाईका पक्षमा साक्षी बक्नु हो भन्ने लाग्छ ।
त्यस बाहेक  नेपालका कानून व्यवसायीहरूको एक मात्र राष्ट्रिय संगठन “नेपाल वार एशोसिएशन”को नवौ आधिवेशनमा जसरी तत्कालीन प्रधान न्यायाधीशलाई निषेध गरेर अन्य कुनै न्यायाधीशलाई ल्याई गाली गराउने काम गरियो, त्यस्ले पनि “सर्वोच्च अदालतको गरिमालाई क्षयीकरण गर्न स्वयं त्यहींका अनैतिक न्यायाधीश लागी पर्दा रहेछन्” भन्ने निष्कर्षमा पु¥याउने थप प्रमाण जुटेको थियो ।

फेरी जागेको आशा र आस्था
अतिततिरको कहालीलाग्दो विद्रूप र विभत्स तस्वीर हेर्नबाट फर्केर, वर्तमान र आगततिर नियाल्ने जमर्को गर्ने हो भने पूर्ववर्ती सम्माननीय प्रधानन्यायाधीश श्री रामप्रसाद श्रेष्ठले शुरु गरेको न्यायालय र न्यायकर्मीको छवि शुद्धढीकरण र उज्वलीकरणको अभियानलाई वहाँका उत्तरवर्ती वर्तमान सम्मानीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मीले मात्र नभई “संविधानसभाको म्याद अब एकपटक मात्र छ महिनाभन्दा नबढ्ने गरी बढाउन सकिने” भन्ने सर्वसम्मत फैसला गर्ने पूर्ण ईजलासका माननीय न्यायाधीसहरू र जे।पी। गुप्ता सम्बन्धी मुद्दाका फैसलाकर्मी माननीय शुसिला कार्की र तकराज भट्टले अझ सशक्त र प्रभावकारी रुपमा कायम राखी अधि बढाउनेमा धेरै नेपालीले विश्वास गरेको सम्पूर्ण सञ्चार माध्यमबाट स्पष्ट भएको छ ।
अहिलेको त्यो यौटा तात्कालिक सुखद पक्ष हो भने यो पंक्तिकारको लागि र आधा आकाशका दावेदार महिलाहरूका लागि मात्र नभई संभवत विश्व ईतिहास र वर्तमानमा समेत विरलै देखिएका महिला प्रधान न्यायाधीशको रुपमा श्री सुशीला कार्की जसरी उदाउनु भएको छ इमान्दारीपूर्वक भन्नैपर्छ यो नेपालका लागि मात्र नभई विश्वकै महिला जगत एवं आफु जस्तै “नारीवादी पुरुषवर्ग” समेतले गर्व गर्ने विषय बनेको छ ।
सबैले सतत् शुभकामना दिंदै प्रार्थना गरौं, वहाँ (सुशिला कार्की) प्रधान न्यायाधीशमा स्थापित हुन सफल हुनुहोस्, विकासको साटो विनाशको संघारमा उभिएको नेपाललाई सिध्याउने जमर्को गरिरहेका मानव आकृतिका भ्रष्टाचारी, दुराचारी, अत्याचारी, अनाचारी, व्याभिचारी, अपहरणकारी, देखि हत्या हिंसा, अपराध का संरक्षणकारीहरू सम्मका असुरहरूलाई जगज्जनी दुर्गामाताले झै सफाया गर्ने सद्बुद्धि एवं सुविचार सदा कायम रहोस् । पुनः साधुवाद र शुभकामना ।



Rating (Votes: )   
Share     Print


Other Articles:
संविधानसभालाई ‘नाबो’ बनाउने षड्यन्त्र - यादब देवकोटा (02.20.2012)
देश टुक्र्याउनेले देश बनाउँदाको पीडा के बुझुन् - महेश्वर शर्मा (02.20.2012)
देशको दशा, बुद्धीजीवी मित्रको अनुभूति र अभिव्यक्ति - तारा सुवेदी (02.20.2012)
नेपालमा जलवायु परिवर्तनको प्रभाव र रोकथामका उपाय - यादब देवकोटा (02.13.2012)
शान्ति र संविधान अझै दोधारमै छन् - महेश्वर शर्मा (02.13.2012)
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी (02.13.2012)
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा (02.06.2012)
जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा (02.06.2012)
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी (02.06.2012)
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा (01.30.2012)
क्षितिज कतै पनि उज्यालो नभएको बेला... (01.30.2012)
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा (01.23.2012)
जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी (01.23.2012)
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा (01.23.2012)
मुलुक सपार्ने शैक्षिक क्षेत्रमा कहालिलाग्दो विभेद : यादब देवकोटा (01.16.2012)
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा (01.16.2012)
आमाको अवशानबाट मन विचलित भएपछि चिन्तनशून्य हुन पुगिएछ : तारा सुवेदी (01.16.2012)
राष्ट्रिय दिवस नै नभएको लाजमर्दो स्थिति : किरण बुर्लाकोटी (01.16.2012)
राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा (01.09.2012)
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा (01.09.2012)



 
::| Latest News

 
[Page Top]