युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 03:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
संसद् शक्तिसम्पन्न हुनु र व्यक्ति विशेषमा शक्ति केन्द्रीत हुनु फरक हो - महेश्वर शर्मा
Tuesday, 02.28.2012, 10:14am (GMT+5.5)

पूर्ववर्ती व्यवस्था र व्यक्तिलाई दोष दिन जति सजिलो छ त्यति सजिलो आफूले गर्दा हुँदैन । यहाँ विनाविचार हतपतमा निर्णय गर्ने परिपाटी बसेको छ । त्यसबाट पछि आउनसक्ने समस्याबारे विचार विमर्श गरिंदैन । त्यसो गर्दा आफ्नै पार्टी विपरीत आउनसक्ने प्रतिक्रियाको बाटो थुन्न विशेषज्ञताको उपेक्षा गरेर आफ्नै भरियालाई विशेषज्ञताको बिल्ला भिराएर आफ्नै अनुकूलका काम गराइएको छ । पछिल्लो ताजा उदाहरण ‘राज्य पुनःसंरचना आयोग’ नामको भागवण्डे मण्डलीले पेश गरेको विवादास्पद प्रतिवेदन नै भएको छ । जसले जातीय संघर्ष निम्त्याउनु बाहेक त्यसको अरु उपयोगिता देखिंदैन ।
सर्वहाराको राज्य बनाउन हिंडेकाहरूले राजनीतिक, सामाजिक, आर्थिक आदि सबै हिसावबाट शक्तिसम्पन्न पाँच–सातवटा जातका नाममा राज्य निर्माण गरेर यथार्थमै तलपरेका झण्डै एक सय जातको अस्तित्व नै मेटाउन खोजेका त होइनन् ? नत्र नेतालाई चन्दा दिन सक्नेहरूको मात्रै यो देश हो ? पार्टी अध्यक्षको एक लाख घर भाडा तिरिदिने सेठ साहूकारहरूको मात्रै हो यो देश ? होइन भने समानता र न्याय भनेको के हो ? मासिक लाख रुपियाँ भाडा तिर्ने (यदि यथार्थ हो भने)भन्दा ठूलो सामन्त अरु को हुन्छ ? के प्रचण्ड सुकुम्बासी हुन् ? हुन् भने धोवीखोला किनारमा झुप्रो हालेर किन बसेनन् ? आज यस्ता प्रश्न जनजनका जिभ्राबाट निस्किरहेका छन । हामी चाहन्छौं नेताहरूप्रति यस किमिसका प्रश्न उठ्न नपाउने र सम्मानको भाव जगाउने काम होस् ।
सर्वहाराका नेता भनिनेहरू आज राजा महाराजाभन्दा बढी सुखसयलमा छन् भने जनता मरिरहेका छन् । हिजो राजाको विरोध गर्नेहरू आज आफैं राजसी व्यवहार गर्न लाज मान्दैनन् । कुनै बेला भोकभोकै जंगल चहार्नेहरू आज आफ्ना कार्यकर्तालाई बिर्सिसकेका छन् । कार्यकर्ता त नेतालाई भ¥याङ चढाउने लिस्ना मात्रै भए भने जनताको त झन् के वास्ता होस् ! बरु नेताले कार्यकर्ता र जनतालाई सिंही लगाइरहेका छन्– ‘हेर हामी कहाँ पुग्यौं’ भनेर । जनतालाई मालिक भयौ भनिदिएकै छ, नेतालाई अब के को पीर– के को टण्टा ?
स्वाभाव बदलिन साह्रै गाह्रो रहेछ । आजको उदण्डता विगतको माओवादीको विध्वंशक क्रियाकलापकै निरन्तरताको परिवर्तित रुप मानिएको छ । विगतमा भौतिक क्षति गराएका थिए भने अब सांस्कृतिक र जातिगत एकतालाई समेत छिन्नभिन्न पार्ने उपक्रम हुँदैछन् । नेपाललाई अब कसको उपनिवेश बनाउने हुन् कुन्नि, जनता सशंकित छन् । होइन भने किन यहाँ पाइलैपिच्छे जनमतको र जनचाहनाको उपेक्षा गरिन्छ ? जनताका नाममा शासन गर्छौं भन्नेले किन आफ्नै मनाफिक गर्दैछन् ? प्रजातन्त्र भनेको के हो ? कि त यहाँ प्रजातन्त्र छैन भन्नुप¥यो, नत्र यो छद्मभेषी काम किन हुँदैछ ? यो जनताले चाहेको व्यवस्था हो कि नेताले आफैं रोजेको ? धर्मनिरपेक्षता जनताले खोजेका हुन् ? जनता भनेका नेताका झोला बोक्ने केही उरन्ठेउला मात्रै हुन् कि पाखा पखेरामा बस्ने सोझासिधाको ठूलो संख्या पनि ? जातीय राज्य जनताको चाहना हो कि नेताको ? जनतालाई फुटाउने र जुधाउने काम नेता सुहाउँदो भन्न मिल्दैन ।
संसद् सर्वेसर्वा नहुने र व्यक्ति विशेष (राष्ट्रपति)मा अधिकार केन्द्रीत हुने हो भने व्यवस्था कति प्रजातान्त्रिक होला ? एकदलीय प्रणालीमा कार्यकारिणी अधिकार राष्ट्रपतिमा हुने भए पनि बहुदलीय प्रणालीमा त्यो अस्वाभाविक हुन्छ । राजा हुँदा त यहाँ कार्यकारिणी अधिकार प्रधानमन्त्रीमा थियो भने आजको स्थितिमा राष्ट्रपतिलाई सर्वाधिकार सुम्पनु अर्को राजा खडा गर्नु जस्तो हुन्छ । दलीय आधारमा निर्वाचित राष्ट्रपति सर्वस्वीकार्य नहुन सक्छ । दलीय निर्वाचनको प्रतिस्पर्धामा आउने राष्ट्रपति विवादास्पद त हुन्छ हुन्छ । एकथरिले अधिकार भागवण्डा गरेर राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई दक्षप्रजापति बनाउन खोज्दैछन् । संसद् शक्तिसम्पन्न हुनु र व्यक्ति विशेष (राष्ट्रपति या प्रधानमन्त्री)मा शक्ति केन्द्रीत हुनु एउटै कुरा होइन, नत्र त राजतन्त्र नै ठीक थियो नि ! ससद्प्रति उत्तरदायी नहुने प्रणाली प्रजातान्त्रिक होला र ?
आफ्नो देशप्रति माया नहुने र बाहिरियालाई रिझाए मात्र स्वार्थ पूरा हुन्छ भन्ठान्नेहरू सरकारमै बसेर बर्बराइरहेका हुन्छन् । क्षुद्र स्वार्थ पूरा नहुनासाथ हाकाहाकी देश टुक्रा्याउने धम्की दिन्छन् । के यस्तै हुन्छ नेताको जिम्मेवारी ? भौतिक संरचना त ध्वस्त पारेकै थिए, अब सार्वभौमिकताको क्षतितर्फ पनि मन्त्रीहरू नै लाग्नु कस्तो दुर्भाग्य ! तराईका १६ जिल्लालाई अलग्गिन कसले रोक्नसक्छ भन्ने एउटा मन्त्रीको जागिर चट भएको देख्दादेख्दै अर्का चटकी मन्त्रीले तराईलाई केन्द्रबाट अलग्याउने धम्की दिएर पनि उनलाई प्रधानमन्त्रीले खोस्न सकेनन् । तै पाप धुरीबाट कुल्र्यो– सर्वोच्च अदालतबाट भ्रष्टाचार गरेको ठहर भएपछि उनी मन्त्री पदबाटै जेल चलान भए । यस्ता देशद्रोही काम कुरा गर्नेहरूलाई पनि यहाँ भाँडभैलो गर्ने छुट दिइएको देख्दा आश्चर्य लाग्छ ।
यो देशमा बुद्धि विवेकको काम हराएजस्तो छ । भालुभुत्तेहरू लुटेर खान स्वतन्त्र छाडिएका छन् । जनता कराए भने नेताहरूले– हाम्रो बलजफत गर्ने नीति छैन, भनेर लूटपाट गर्नेका अपराध ढाकछोप गरिदिन्छन् । यस्तो घ्यू गणतन्त्र नेपालमा बाहेक अन्त कहाँ होला र ? बसमा र बाटामा हिंड्नेहरू योभन्दा त पञ्चायत व्यवस्था कता हो कता राम्रो थियो भन्न थालेका छन्, तर नेताहरू सुन्दैनन् । किनभने नेताहरू न बस चढ्छन्, न त पैदलै हिंड्छन् । राजालाई दोष दिनेहरू आज मनपरी गरिरहेका छन् । शायद यस्तै स्थिति दर्शाउन चाणक्यले भनेका छन्– ‘वरं न राज्यम् न कुराजराज्यम्’ भनेर । आज राज्यको सम्पूर्ण साधन स्रोत पाखुरेहरूले दुरुपयोग गरिरहेका छन् भने अर्कातिर जनताको विल्लीबाँठ छ । देशकै अस्तित्व कता मेटाउने हुन् भन्ने जगजगी छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
जलाइएको आशा र आस्थाको दीयो जलाई र जोगाई राखौं - तारा सुवेदी (02.28.2012)
संविधानसभालाई ‘नाबो’ बनाउने षड्यन्त्र - यादब देवकोटा (02.20.2012)
देश टुक्र्याउनेले देश बनाउँदाको पीडा के बुझुन् - महेश्वर शर्मा (02.20.2012)
देशको दशा, बुद्धीजीवी मित्रको अनुभूति र अभिव्यक्ति - तारा सुवेदी (02.20.2012)
नेपालमा जलवायु परिवर्तनको प्रभाव र रोकथामका उपाय - यादब देवकोटा (02.13.2012)
शान्ति र संविधान अझै दोधारमै छन् - महेश्वर शर्मा (02.13.2012)
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी (02.13.2012)
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा (02.06.2012)
जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा (02.06.2012)
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी (02.06.2012)
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा (01.30.2012)
क्षितिज कतै पनि उज्यालो नभएको बेला... (01.30.2012)
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा (01.23.2012)
जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी (01.23.2012)
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा (01.23.2012)
मुलुक सपार्ने शैक्षिक क्षेत्रमा कहालिलाग्दो विभेद : यादब देवकोटा (01.16.2012)
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा (01.16.2012)
आमाको अवशानबाट मन विचलित भएपछि चिन्तनशून्य हुन पुगिएछ : तारा सुवेदी (01.16.2012)
राष्ट्रिय दिवस नै नभएको लाजमर्दो स्थिति : किरण बुर्लाकोटी (01.16.2012)
राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा (01.09.2012)



 
::| Latest News

 
[Page Top]