युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 09:36am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सत्ताको नसाले सक्कली बाबुराम देखाइदियो : महेश्वर शर्मा
Monday, 03.12.2012, 03:09pm (GMT+5.5)

जे गर्न खोजिन्छ त्यसको उल्टो पाटो पनि हेर्नुपर्छ । एकोहोरो हेराइबाट विपरीत पनि पर्नसक्छ भनेर विचार पु¥याउन नसक्दा यहाँ सर्वत्र अस्तव्यस्तता छ । विना सोचविचार, विना योजना हचपचमा गरेका कामले कोल दिएका छैनन् । घर बनाउँदा पहिले नक्सा बनाइन्छ । नक्सा पनि जग्गाको स्थिति हेरेर बनाउनुपर्ने हुन्छ । तर यहाँ जताततै मुख्र्याइ मात्रै छ । संविधान बनाउने भनियो तर के कस्तो स्वरुपको राज्य र शासन व्यवस्थाका लागि भन्ने रुपरेखा नै तयार पारिएन । त्यसैले दुईगुना म्याद थप्दा पनि संविधानको छेउ टुप्पो केही छैन । हामी के गर्न कहाँ जान हिंड्दैछौं भन्ने नै पत्तो नभएपछि अलमल हुनु अनौठो होइन । संघीयताका बारेमा पनि त्यस्तै मुख्र्याइ गरियो । त्यसैले अन्योल अझ बाक्लिदै छ । राज्य पुनःसंरचा र शासकीय स्वरुप निर्धारणका सम्बन्धमा पनि नेताहरूले ‘छोराछोरी नपाउँदै कन्धनी बाट्ने’ काम गरे । शक्तिका स्रोत जनता हुन् त भनियो, तर जनतालाई नै नसोधी मनपरी गर्न थालियो । संविधान पनि आआफ्नै पार्टीको अनुकूल बनाउने कसरत अझै जारी छ । त्यसको परिणाम आज थप अन्योल सिर्जना भएको छ ।

आज देशमा अनियमितता, अभाव र भ्रष्टाचार व्याप्त छ । रोजगारीको अवसर छैन, सधैं बन्द र सधैं हड्तालका शृङ्खला जारी छन् । महंगी खपिनसक्नु छ । जनतालाई बाँच्नै मुस्किल छ । चरम अत्याचार हुँदा पनि विद्रोह हुँदैन ? यो प्रश्न व्यापक चर्चामा छ । तर के कुरा निश्चित छ भने सामान्य जनता स्वतः विद्रोहमा उत्रदैनन् । गरिब जनताका माग नै साना र सीमित हुन्छन् । जब ठूलाबडा, हुनेखाने र पढेलेखेकाहरूका स्वार्थमा धक्का लाग्छ, अनि तिनै ठूलाबडाले सोझासिधा जनतालाई उक्साएपछि मात्रै विद्रोह हुन्छ । तर डिवम्बना त्यस्ता आन्दोलन र विद्रोहका उपलब्धि भने तिनै ठूलाबडाले मात्रै पाउँछन्, गरिब जनताका हातमा केही पनि पर्दैन । माओवादी नै उदाहरण छन् । माओवादीका नेता आज राजा महाराजा पल्टेका छन् भने त्यो विद्रोहमा होमिएकाहरू नांगाका नांगै छन् । सत्तामा बसेकाले सत्ताको चरम दुरुपयोग गरेर असीमित अधिकार उपभोग गरिरहेका छन् भने जनताका कुरा सुन्नै छाडेका छन् । त्यसैले आज यहाँ जनतालाई सडकमा उतार्नेहरू नै मालिक बनेका हुनाले जनताले असह्य पीडा भोग्नुपरेको छ ।

एकछिन सोचौं त– आजसम्मका क्रान्ति, आन्दोलन, विद्रोह या द्वन्द्व केका लागि गरिएका थिए ? कसका बलमा गरिएका थिए र त्यसको फल कसले पाएका छन् ? समाजमा नैतिकता किन खलबलियो ? भ्रष्टाचार कसले गरेको छ ? बेइमानी गर्ने को हो ? आजको अराजकता र बेथिति नेताका कारणले होइन ? शक्ति कसको हातमा छ ? नेता मालिक बनेका छन् कि जनता ? आजको अशान्तिका कारक नेता हुन् कि जनता ? जनताको फिक्री कसले गरेको छ ? हुनुपर्ने के थियो र के भएको छ ? आजको अव्यवस्था ल्याउन नेता जिम्मेवार छन् कि जनता ? यहाँ त धनकै फिक्रीमा मन्त्रीहरू नै धमाधम जेल जाँदैछन् । जनतालाई दोष दिने ठाउँ कतै छैन । नेताजीहरू ! तपाईहरूले आआफ्नो नाम लिएर ‘मम’ भने हुन्छ । सर्वसत्तावादी सोच राखेर निरन्तर असीमित अधिकार प्रयोग गर्नु कुन प्रजातन्त्र हो ? आजको स्थिति त प्रजातान्त्रिक होइन, झन्झन् अनुदार बन्दैगएको छ । संघीयता र जातीयताका नारामा जनतालाई भुलाएर, जुधाएर देशलाई टुक्राटुक्रा पारेर समालिनसक्नु अवस्थामा पु¥याउन खोज्नु जायज हो ? देशप्रतिको जिम्मेवारीबोध यस्तै हुन्छ त ? जनताका प्रश्न हुन् यी ?

यहाँ राम्रा भनिएका मान्छेको असली चरित्र पनि देखिइसक्यो । रक्सी खाएपछि मात्र मान्छेको असली स्वाभाव थाहा हुन्छ रे । बाहिरबाट हेरेर मात्र मान्छे चिनिंदैन, रक्सी लागेपछि मात्र मान्छे भित्र के रहेछ भन्ने थाहा हुन्छ रे । बाबुराम पनि सत्ताको नसा नलागुन्जेलका भलाद्मी, बुद्धिमान अनि के के विशेषण पाएका मान्छेको सक्कली रुप त अहिले पो खुल्दैछ । प्रधानमन्त्री पद जोगाउन उनले राष्ट्रिय ढुकुटीको चङ्खु नै खोलेर बसेका छन् । तराईको सम्बन्ध राजधानीसित टुटाउन धम्की दिनेलाई उनले छुनै सकेनन् । सत्ताको नसाले बाबुरामभित्रको सक्कली बाबुरामलाई अहिले बाहिर ल्याइदिएको छ । त्यसैले उनी अहिले आफ्ना भाषणहरूमा सफाइ पेश गर्ने उपक्रममा छन् ।

जनताका माझमा गएर जनइच्छा बुझेर जनता रिझाएर सत्ता प्राप्त गर्ने कि, जसरी हुन्छ बलै सत्ता कब्जाको राजनीति गर्ने ? यहाँ नेताहरूले दोस्रो विकल्प मनपराएका छन् । यतिखेर बाबुराम सत्ताको आघात ९क्जयअप०बाट इलेक्ट्रीफाइड छन् । प्रधानमन्त्रीको कुर्सी नै इलेक्ट्रीफाइड छ, उनलाई छुन सकिंदैन । छोएमा जनतालाई नै करेन्ट लाग्छ । उनको फुर्ति जनसमर्थनले होइन, आयातित दक्षिणतिरको विद्युतको चमत्कार हो भनिंदैछ । जनतालाई लोडसेडिङ भए पनि प्रधानमन्त्री र उनका मन्त्री (विशेषतः तराई केन्द्रीत) विद्युत्मय अर्थात् इलेक्ट्रीफाइड छन् । शायद यसैलाई शक्ति राजनीति भन्छन् क्यारे । त्यसैले पनि होला यिनीहरू जनताको उपेक्षा गर्न किञ्चित मान्दैनन् ।

नगर्नु भ्रष्टाचार गर्छन् । यदाकदा उजुर परेर अदालतले दोषी ठह¥यायो भने उल्टै अदालतमाथि नै जाइलागेर त्यहाँ पनि आफ्नो शक्तिको विद्युत प्रवाह फैलाउने दुष्प्रयास गर्छन् । हुँदाहुँदा अब त अदालतलाई पनि ६०१ जना भुस्याहा जमातको (अपवादबाहेक) अधिनमा राख्ने प्रलाप पनि गर्नथालेका छन् । यिनीहरूको के तन्त्र हो कुन्नि, शक्ति जति आफ्नै कुर्सीमुनि पार्ने प्रयासमा रहेको बुझिन्छ । शक्ति केन्द्रीत भयो भनेर एकातिर विना सुझबुझको संघीय व्यवस्था भन्न पनि छोड्दैनन् भने अर्कातिर शक्ति पृथकीकरणलाई लत्याउन खोज्दैछन् । विचित्रको स्थिति देखिंदैछ ।

आजको राज बलजफत र हुल्याईको राज भएको छ । जवर्जस्ती गर्नसके राज्य पनि पाइने तर सोझो बाटो हिंडेर देश र जनताको भलाइमा समर्पित हुनेहरू पाखा फालिने स्थिति तयार पारिंदैछ । हुल्याई गर्नसके आफ्नै गल्तीले मरे पनि दश लाखे शहीद बनाइन्छ । योग्यता नभए पनि समावेशी र समायोजन शब्द जोडेपछि पुग्यो । निरक्षरहरू समेत संविधान लेख्नेमा दरिए भने अरुको के कुरा ! यता स्नातकहरू भने सिपाहीमा भर्ना हुन पनि पाउँदैनन् । सम्पन्नहरूलाई आरक्षण र अग्राधिकारका हकदार बनाइएको छ । राज्यको साधन स्रोत पाखुरेहरूले दुरुपयोग गरिरहेका छन् । पार्टीका भातृ संगठनका सम्मेलन र अधिवेशनलाई लाखौं रुपैयाँ खर्च दिइन्छ सरकारी कोषबाट । नेताले नै राष्ट्रिय सम्पत्तिमा दाइ हालेका छन् तर गरिब जनताको बिचल्ली छ ।

सम्भवतः यस्तै स्थिति दर्शाउन चाणक्यले ‘वरम् न राज्यम् न कुराजराज्यम्’ अर्थात् कुराज्य चलाउनेहरूको राज्यभन्दा त बरु राज्य नै नहुनु वेश भनेका हुन् कि !



Rating (Votes: )   
Share     Print


Other Articles:
स्पष्ट नीतिको अभावमा युवाशक्तिको विदेश मोह - यादब देवकोटा (02.28.2012)
संसद् शक्तिसम्पन्न हुनु र व्यक्ति विशेषमा शक्ति केन्द्रीत हुनु फरक हो - महेश्वर शर्मा (02.28.2012)
जलाइएको आशा र आस्थाको दीयो जलाई र जोगाई राखौं - तारा सुवेदी (02.28.2012)
संविधानसभालाई ‘नाबो’ बनाउने षड्यन्त्र - यादब देवकोटा (02.20.2012)
देश टुक्र्याउनेले देश बनाउँदाको पीडा के बुझुन् - महेश्वर शर्मा (02.20.2012)
देशको दशा, बुद्धीजीवी मित्रको अनुभूति र अभिव्यक्ति - तारा सुवेदी (02.20.2012)
नेपालमा जलवायु परिवर्तनको प्रभाव र रोकथामका उपाय - यादब देवकोटा (02.13.2012)
शान्ति र संविधान अझै दोधारमै छन् - महेश्वर शर्मा (02.13.2012)
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी (02.13.2012)
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा (02.06.2012)
जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा (02.06.2012)
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी (02.06.2012)
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा (01.30.2012)
क्षितिज कतै पनि उज्यालो नभएको बेला... (01.30.2012)
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा (01.23.2012)
जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी (01.23.2012)
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा (01.23.2012)
मुलुक सपार्ने शैक्षिक क्षेत्रमा कहालिलाग्दो विभेद : यादब देवकोटा (01.16.2012)
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा (01.16.2012)
आमाको अवशानबाट मन विचलित भएपछि चिन्तनशून्य हुन पुगिएछ : तारा सुवेदी (01.16.2012)



 
::| Latest News

 
[Page Top]