युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 03:40pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
संविधानको लोहोरो कहिले पाक्छ खै ? : महेश्वर शर्मा
Friday, 03.23.2012, 03:17pm (GMT+5.5)

एउटी गरिब एकल महिला बोनीबुतो गरेर ससाना छोराछोरी पाल्दिरहिछन् । बेरामी परेर काममा जान नसकेपछि खुवाउने खर्च भएन । छोराछोरी भोक लाग्यो भनेर कराउन थाले । एक दुई छाक त छिमेकमा मागेर खुवाइन, तर सधैं सम्भव भएन । उनलाई रोगले च्याप्तै लान्छ, केटाकेटीको विचल्ली हुन्छ । केही मेलो नपाएर उनले अगेनामा आगो बाल्छिन् र तसलामा पानी बसालेर त्यसमा लोहोरो हाल्छिन् । आमाले लोहोरो पाकेपछि खाउला भनेकीले कुनबेला लोहारो पाक्छ भनेर कुर्दाकुर्दै छोराछोरी अगेनाकै छेउमा निदाउँछन् । आमा चाहिं अलि परको खोलाको रहमा हाम फालेर मर्छिन् । चरम गरिबीको यो कथा गाउँघरमा आज पनि सुनाइन्छ ।
संविधान बनेपछि सबै समस्या छूः मन्तर हुन्छन् भनेर नेताले सुनाउन थालेको चार पाँच वर्ष वितिसक्दा पनि लोहोरो नपाकेजस्तै संविधान पनि आउने छाँट छैन । छोराछोरीलाई खुवाउन नसकेकी कथाकी आमाले आत्महत्या गरेकी थिइन् । तर यहाँ संविधान दिन्छौं भन्नेले जनतालाई डुबाएर आफूहरूले राज गरिराख्ने बाटो समातेको देखेर दुनियाँले आश्चर्य मानेको छ । अझै पनि जनताका आँखाले छारो हाल्न खोज्दैछन् । मूल समस्या जहाँको तही छ । स्वार्थवश पूच्छर मात्रै छिराएर हात्ती बाहिरै राखेका छन् । यस्तो अवस्थामा नाक छोप्न समय छोट्याएर संविधान दिन्छौं भन्ने संविधानसभा अध्यक्षको भनाइ सुन्दा यिनीहरू विकलाङ्ग संविधानको खेस्रा देखाउने सुरमा छन् जस्तो बुझिन्छ । शासकीय स्वरुप नै विवादास्पद भएको स्थितिमा संविधान आउन सक्छ रु पहिले त देशमा कस्तो शासन व्यवस्था लागू गर्ने भन्ने निर्णय हुनुप¥यो । खोइ त्यसको कुनै लक्षण नै देखिंदैन ।
नेताहरू इमान्दार भएर सरल र स्वाभाविक बाटो हिंडेका भए अहिलेसम्म संविधान बनिसक्थ्यो । संविधान बनेपछि स्वाभाविक वैधानिक बाटो हिंड्नुपर्ला भन्ने नेताहरूलाई डर छ । संविधान बनेमा त्यसअनुसार चल्नुपर्ने वाध्यता हुन्छ । तर आज संक्रमणकाल भनेर वेथिति गर्न पाएका छन् । राष्ट्रको सम्पत्तिमा ‘उल्फाको धन फुपूको सराद’ गर्न पाएका छन् । तानाशाही शासन चलाउने सुनौलो मौका पाएका छन् । त्यसैले संविधान बनाउन जति ढिलो ग¥यो उति नै फाइदा देखेका छन् । जनताका निम्ति यिनीहरू ‘नीम हकीम’ सिद्ध भैसकेका छन् । उठ्न त्यति सजिलो छैन, जति खस्न सजिलो हुन्छ । नेताहरू आफ्नै आचरणले तल खसिसकेका छन् । खस्नुको कारण पनि धनको आशक्ति– नेता भनिने प्राणीका लागि कति नसुहाउँदो कुरा । ‘नेता शब्द नै यहाँ बिटुलो भैसक्यो ।
गीतामा एउटा श्लोक छ–
यद्यदाचरति श्रेष्ठ सात्तदेवेतरो जनः ।
स यत्प्रमाणंकुरुते लोकस्तदनुवर्तते ।।
अर्थात् नेतृत्वमा हुने मान्छे जेजस्तो आचरण गर्छ जनताले त्यसैको सिको गर्छन् । नेता भ्रष्ट भए अनुयायी पनि भ्रष्ट हुन्छन् । त्यसैले अगुवाको आचरण शुद्ध हुनु आवश्यक हुन्छ । तर यहाँका अगुवाहरूको निकृष्ट आचरण देख्दा घृणा जागेर आउँछ । “त यथास्थितिवादी”, म होइन तैं होस् यथास्थितिवादी । तँ असफल भैसकिस् । होइन, तँ असफल भएको होस् । तैले राष्ट्रको ढुकुटी रित्याइस । मैले होइन, तैले रित्याइस्” । यस्तै यस्तै दोहोरी खेलेर नेताहरूले समय बिताइरहेका छन् भने उनका कार्यकर्ताले पनि हैसियत अनुसार विकास निर्माणका रकममा झुरसी खेलिरहेका छन् । नेताको मति गतिलो भए पो अरुले पनि राम्रो गर्छन् । यहाँ त जसले नियम कानुन मिच्न सक्यो त्यसैको हाइदुहाइ चलेको छ । बिना भिसा विदेश गएर मन्त्री नै थुनिन्छन् । लाजमर्दो स्थिति छ । कर्मचारी सरुवामा समेत घूस माग्छन् मन्त्रीहरू– कस्तो बेइज्जत १
सर्वसाधारणका निम्ति माओवादी द्वन्द्वकाल र द्वन्द्वोत्तरकालमा केही फरक भएन । अघि गुरिल्ला शैलीमा लुटपाट हुन्थ्यो भने आज खुला छ । राजनीतिक संरक्षण पाएको आजको त्यो आपराधिक शक्ति झन् बलियो छ । न जनताले आफ्ना सकस सुनाउने ठाउँ छ, न त सुन्ने नै कोही छ । भन्छन्– “समयमा संविधान नबने त्यसको जिम्मा माओवादीले लिनुपर्छ, हैन कांग्रेस र एमालेले जिम्मा लिनुपर्छ” । कति बेजिम्मेवार भनाइ हो यो । यसको अर्थ कसैको पनि जिम्मेवारी रहेनछ । त्यसो भए ४–५ वर्ष ६०१ जनाको झुण्डले राष्ट्रको सम्पत्ति केका लागि उडाए रु संविधान नबन्ने भएमा अब सबैले सहमति गरेर जनताको कारणले नबनेको भनेर विज्ञप्ति निकाल्ने त होइनन् रु स्वार्थ मिल्दा त सहमति गरिहाल्छन् नि, भनेको सुनिंदैछ ।
अन्त्यमा,
नेताहरू एकातिर अहंकार प्रदर्शन गर्छन्, अर्कातिर उत्तिकै भयभीत पनि छन् । तर त्यो भयलाई ठूलो डाँको गरेर लुकाउन पनि खोज्छन् । “जसको साथमा खोटो मोहर उसको मन धरमर” । एउटा उदाहरण– पूर्व राजालाई जनताले धार्मिक कार्यमा बोलाएर स्वागत गर्दा नेताहरूको सातो जान्छ । किनभने देश र जनताका पक्षमा हामीले सिन्को पनि भाँचेका छैनौं, राष्ट्रको सम्पत्ति मात्र उडाइरहेका छौं भन्ने उनीहरूलाई थाहा छ । कतै रुष्ट भएका जनताले राजतन्त्र नै पुनः स्थापित गराउने पो हुन् कि १ भन्ने मनको बाघले तर्साएको बुझिन्छ । हुन पनि स्थिति समाल्नुसट्टा जातित्वका नारा लगाएर मिलेर बसेका जनतालाई भँड्याउने र राजतन्त्र फालेपछि जसले जे चाहन्छ त्यही पाउँछ भनेर देखाएका झूटा सपना क्रमशः टुट्तै गएपछि जनताको रोषको बाढी जता पनि बग्नसक्छ नि !


Rating (Votes: )   
Share     Print


Other Articles:
महिला दिवस : नारा, भाषण र क्षुद्र आलोचना हैन, नतिजा चाहिन्छ - यादब देवकोटा (03.12.2012)
कठीन छैनः न्यायिक सुद्धीकरण, सुदृढीकरण र सवलीकरण गर्न : तारा सुवेदी (03.12.2012)
सत्ताको नसाले सक्कली बाबुराम देखाइदियो : महेश्वर शर्मा (03.12.2012)
स्पष्ट नीतिको अभावमा युवाशक्तिको विदेश मोह - यादब देवकोटा (02.28.2012)
संसद् शक्तिसम्पन्न हुनु र व्यक्ति विशेषमा शक्ति केन्द्रीत हुनु फरक हो - महेश्वर शर्मा (02.28.2012)
जलाइएको आशा र आस्थाको दीयो जलाई र जोगाई राखौं - तारा सुवेदी (02.28.2012)
संविधानसभालाई ‘नाबो’ बनाउने षड्यन्त्र - यादब देवकोटा (02.20.2012)
देश टुक्र्याउनेले देश बनाउँदाको पीडा के बुझुन् - महेश्वर शर्मा (02.20.2012)
देशको दशा, बुद्धीजीवी मित्रको अनुभूति र अभिव्यक्ति - तारा सुवेदी (02.20.2012)
नेपालमा जलवायु परिवर्तनको प्रभाव र रोकथामका उपाय - यादब देवकोटा (02.13.2012)
शान्ति र संविधान अझै दोधारमै छन् - महेश्वर शर्मा (02.13.2012)
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी (02.13.2012)
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा (02.06.2012)
जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा (02.06.2012)
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी (02.06.2012)
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा (01.30.2012)
क्षितिज कतै पनि उज्यालो नभएको बेला... (01.30.2012)
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा (01.23.2012)
जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी (01.23.2012)
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा (01.23.2012)



 
::| Latest News

 
[Page Top]