युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 12:40pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
माओवादी किन जंगल फर्किदैनन् ? तारा सुवेदी
Friday, 03.23.2012, 03:18pm (GMT+5.5)

केही पहिलेको अंकमा “नेपाली कांग्रेस माओवादी जंगल फर्किउन् भन्ने चाहन्छ” भन्ने शीर्षक दिएर लेखिएको थियो । र “माओवादी किन जंगल फर्किएन” भन्ने सम्बन्धमा “अनेकका अनेक तर्कहरू होलान्, तर पनि सबैको के यौटै निष्कर्ष निस्केको हुनेछ भने माओवादीहरू अब फेरि जंगल किमार्थ फर्किदैनन् भलै जस्ले जति ठूलो गुड्डी किन न हाँकून्” उक्त लेखको सार यही र यस्तै थियो ।
कांग्रेस र माओवादीको राजनीतिक दर्शन, सिद्धान्त, विचार र वर्गीय जनाधार नितान्त भिन्न र विरोधाभासी मात्रै होइन, माओवादीको प्रमुख वर्ग शत्रु नै कांग्रेस भन्ने समेत कतिपय ठाउँमा उल्लेख भएको देखिएको थियो । त्यति हुँदाहुँदै पनि दुबैका तात्कालिक स्वार्थ र परिस्थितिजन्य कारणले एक अर्काका लागि “तत्कालिक शत्रुभावलाई थाँती राखेरै हात मिलाउनुपर्ने” अवस्था उत्पन्न भएको थियो । दुबैलाई यस्तो वाध्यात्मक स्थिति त्यसबेलाको परिस्थितिले उत्पन्न गरिदिएको थियो । गएको फागुन २ गतेको अंकमा त्यो र त्यस्तै वाध्यात्मक परिस्थितिको उल्लेख गरिएको थियो । 
कांग्रेसले ‘सक्रिय शासन गर्ने’ राज हठ तोड्ने र राजासामु टोपी थापेर पनि सत्ता र शक्ति नपाएपछि राजगद्दी छोड्न वाध्य पार्ने जुन अठोट गरेको थियो, त्यो लक्ष्यसिद्धिका लागि माओवादीको शरणमा पर्नु र उसकै साथ सहयोग लिनु अनिवार्य र विकल्परहित बाटो थियो । त्यसैले ने।का।ले राजाविरुद्ध माओवादीलाई उपयोग गर्ने नीति लियो । त्यसबेला कांग्रेसले “राजालाई घाँटी अँठ्याएपछि वाध्य भएर कांग्रेस समक्ष आत्मसमर्पण गर्नेछन्, त्यसपछि राजा र कांग्रेस फेरि एक भएर माओवादीलाई सफाया गर्न सेना परिचालन गर्न सकिन्छ” भन्ने रणनीतिक सोच नेपाली कांग्रेस र खासगरी कांग्रेसका सार्वभौम शक्ति प्रयोक्ता नेता ९सभापति० श्री गिरिजाप्रसाद कोइरालाको थियो । त्यसैले दिल्लीलाई माओवादीसंग मित्रता र कार्यगत एकताका लागि सहमतिको वातावरण बनाइदिन आग्रह गर्न पुग्नुभएको थियो । 
उता माओवादीका सर्वोच्च कमाण्डर अध्यक्ष प्रचण्डलाई के राम्ररी बोध भइसकेको थियो भने “१५÷२० हजार लडाकाहरू र १० वर्षको समय खर्चेर वा वली चढाएर राजधानीको चक्रपथ बाहिरको नेपाल त कब्जा गर्न सकिएला तर चक्रपथभित्रको राजदरवार र सिंहदरवारमाथि कव्जा गर्न पचासौं हजार सपूत र बीसौं वर्षको समय खर्चे पनि सायद संभव हुने छैन । बरु त्यसबीचमा वाहिरी–भित्री ‘क्रान्तिविरोधि’हरूले बलियो मोर्चावन्दी गरेर माओवादीमाथि संगठित र व्यापक रुपमा सैन्य कारवाही अगाडि बढाउन सक्छन् । अतः त्यस्तो विनाशको स्थिति उत्पन्न हुन नदिन पनि ‘राजनीतिक–कूटनीतिक–रणनीति’ अपनाउनु पर्छ । त्यसका लागि हिजोसम्म संसदीय कार्यकालको सबैभन्दा जेठो, र ठूलो, राजा र दरवारको नजीक रहँदै आएको, तर तात्कालिक परिस्थितिले राजासंग प्रतिशोध लिन जस्तोसुकै शर्त उपाय पनि स्वीकार गर्नुपर्छ” भन्दै कुनैबेला “माओवादी नेताहरूको टाउको काट्ने हुकुमनामा जारी गरेको” नेपाली कांग्रेसका नेताकै टाउकोमा टेक्नैपर्छ । यसै उपायबाट सुरक्षित रुपमा चत्रपथ भित्र पस्न र सिंहदरवारको सत्ता हत्याएरपछि राजा र संसदवादीहरूको घाँटीमा पासो कस्न सकिन्छ, अतः श्री गिरिजाप्रसाद कोइरालालाई उपयोग गर्नु नै सर्वोत्तम, सुरक्षित र निर्विकल्प उपाय हो” ।
यसरी पूर्णरुपेण सर्प–मूसा चरित्रका दुबै दलले उपयोगितावादी नीति अख्तियार गरे । राजा विरुद्ध उत्रिने सहमति, सहकार्य, एकता गर्दै अघि बढे त्यसरी माओवादी र नेपाली कांग्रेसको नेतृत्वमा संगठित संसदवादीहरूको संयुक्त प्रहारबाट “बीसौं शताब्दीपछि पनि सक्रिय शासन गर्ने” सपना देख्ने राजा र राजतन्त्र फाल्ने उद्देश्य पुरा गरे । तर गणतन्त्र स्थापना भएपछि र पुरानो शाही शासन ढालेपछि दुबैलाई एक अर्काको उपयोगिता समाप्त भैसकेको महसुस भएको थियो । तथापि “त्यस उपलब्धी ९राजतन्त्रको परिसमाप्ति र गणतन्त्रको स्थापना० लाई सुनिश्चित र संस्थागत गर्न एकले अर्कालाई “घोषणा गरेर परित्याग गर्नु”भन्दा संविधानसभाको निर्वाचनका माध्यमबाट जनताले फालेको वा जननिषेधित सावित गर्नुपर्छ” भन्ने सोच संसदवादीको नेतृत्वकर्ता ने।का। र माओवादी दुबैमा मौलाउंदै गयो । फलस्वरुप संविधानसभाको निर्वाचन भयो । 
संविधानसभाको परिणाम दुबैका लागि मात्र अपरिकल्पित थिएन । नेपालको शासनसत्तामाथि निकै बलियो नियन्त्रण कायम गर्दै आएका भित्री–बाहिरी शक्ति र शकुनीहरूलाई समेत जिब्रो टोक्न वाध्य पार्ने रुपमा देखा परेको थियो । अझ स्पष्ट शब्दमा भन्ने हो भने कांग्रेस, एमाले र माओवादी निर्वाचन मैदानमा उभिएका कुनै पनि दलले “सपनामा पनि नदेखेको” परिणाम देख्नुप¥यो । सबैभन्दा उदेकलाग्दो थप के देख्नुप¥यो भने “दश वर्षे जनयुद्धलाई हाम्रा पाउमा ल्याएर विसर्जन गर्ने विचरा माओवादी मित्रहरूलाई कहीं कतैका मतदाताले यौटासम्म सीटमा जिताई दिएर उनीहरूको ९माओवादीहरूको० लाज बचाइदिए त खुशी नै लाग्दथ्यो, तर कुनै ठाउँबाट पनि माओवादीले जित्ने संभावना छैन” भन्ने घमण्डी पाहा जस्ता एमालेका शीर्षस्थ नेताहरूलाई नै जनताले ढलको मलमा चुर्लुम्म डुबाइदिए, सडकमा धुलो चटाइदिए । एक सीट पनि जित्ने संभावना नदेख्ने नेताहरूको दलको मात्रै नभई ने।का।, एमाले, राप्रपा जस्ता संसदीय वाह«वर्षे शासन कालका सत्ता नियन्ताहरूको कूल सदस्य संख्याभन्दा बढी सदस्य माओवादी एक्लैले ल्याइदियो । “जनताकै प्रत्यक्ष मत”को आधार लिने हो भने उसैले बहुमत ल्याएर “वलिदानीपूर्ण शसस्त्र जनविद्रोहलाई जनताको अदालतबाट” वैधता प्राप्त ग¥यो भन्ने दावी गर्ने मौका प्राप्त भयो ।
संसदवादीहरू र खासगरी ने।का। नेताका लागि संविधानसभाको निर्वाचन परिणाम “आपूmले ताक्यो मूढो बञ्चरोले ताक्यो घूँडो” भयो । “उनीहरूकै ९माओवादीहरूकै० मुद्दा ९संविधानसभाको निर्वाचन०मा सहमत भइदिएर वा संझौता गरिदिएर राजधानीको चार भञ्ज्याङ्गभित्र ल्याई निर्वाचनबाट नराम्ररी पराजित गरेपछि माओवादीले निर्वाचन परिणाम स्वीकार्दैन र तोडफोड गर्दै पुन विद्रोह गर्न थाल्छ, त्यसै बेला जनताको निर्णय अस्वीकार गर्नेहरूलाई शमन गर्ने बहानामा दमन गरी आमसंहार गर्न सकिन्छ र सन् १९६० को दशकको इण्डोनेसियाको सुहार्तोले शुरु गरेको कम्यूनिष्ट सफाया आन्दोलनको नेपालमा पुनरावृत्ति गर्ने स्वर्णिम अवसर मिल्नेछ” भनेर संसदवादीहरूलाई सल्लाह दिने वाहिर भित्रका मित्रहरूको जुन निष्कर्ष थियो, त्यसले संसदवादी सात दललाई नराम्ररी धोका दियो ।
यसरी “एक्काइसौं शताब्दीमा पनि सक्रिय भई प्रत्यक्ष शासन गर्ने” सपनाको बलमा अघिबढेका राजा र एक्काइसौं शताब्दीको उदयपूर्व नै पूर्वी यूरोपतिरबाट अस्ताएको साम्यवादीलाई राजतन्त्र र गणतन्त्रबीचको धर्ती फाँटमा हालेर सिध्याउने संसदवादीको विश्वासले उनै ९संसद्वादीहरू०लाई धोका दियो । संवैधानिक राजतन्त्रात्मक संसदीय प्रजातन्त्रको सीमा नाघेर “आफ्नै सक्रिय नेतृत्वको लोकल्याणकारी शासन सत्ताका माध्यमबाट डि–रेल भएको प्रजातान्त्रिक प्रणालीलाई लीकमा ल्याइछोड्ने” राजहठ र संसदलाई राजकाजको सर्वाधिकार सुम्पिएर संविधानले तोकिदिएको आलंकारिक सर्वोच्च सिंहासनमा बसाएर राजपाठ गर्न वाध्य पार्ने संसदवादीको अगुवाई गरिरहेका तत्कालीन” छ श्रीधारी– “दुई जी” ९श्री ५ ज्ञानेन्द्र र श्री गिरिजाप्रसाद०को अदूरदर्शी र अन्यौलपूर्ण अवसरको  बुद्धिमत्तापूर्वक सदुपयोग गर्दै तत्कालको लागि संसदवादीका झण्डा र व्यानर बोकी राजधानीभित्र सुरक्षित बस्न सकिएला भन्ने आशाबाट चक्रपथभित्र प्रवेश गरेको माओवादीलाई सिंहदरवार नै चिठ्ठा प¥यो ।
आत्मा साक्षी राखेर भन्ने हो भने– हरेक राजनीतिक दललाई मूल्यांकन गर्न तम्सिने व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थ, दर्शन र दृष्टिकोणले हेर्नु, त्यै आधारमा ठीक कि वेठीक रु भनेर संपरीक्षण गर्नु किमार्थ सही र न्यायपूर्ण हुँदैन । माओवादी, कांग्रेस, एमालेलाई मात्रै नभई राजावादी दलसम्मलाई कुन सही बाटोबाट हिंडेका छन् र को बाटो विराएर हिंड्दैछन् रु भन्ने कुराको यकीनसाथ भन्ने र हेर्ने आधार वा मानदण्ड” तत्तत् दलको दर्शन, सिद्धान्त, उद्देश्य, लक्ष्य नीति के हो र तदनुरूप ऊ अघि बढिरहेको छ कि छैन रु” भनेर हेर्नु नै हो । उदाहरणको लागि कांग्रेसको नीति के हो र ऊ कसरी अघि बढिरहेछ रु माओवादीको दृष्टिकोण, स्वार्थ र मापदण्डबाट हेर्नु गलत हुन्छ । त्यस्तै  गैरमाओवादीले आफ्नो इच्छा, अभिष्टलाई केन्द्रमा राखेर वा मापक बनाएर हेर्नु पनि गलत हुन्छ । यही यथार्थलाई आत्मसात् गर्दै माओवादी “जंगल गइदिए हुन्थ्यो” भन्नेको चाहना र जपना गर्नेहरूको स्वार्थ र माओवादीको रणनीति, कार्यनीति एवं आजको उसको कार्यदिशाको समीक्षा गर्नु पर्दछ ।
यसरी हेर्दा “हरेक राजनीतिक दलको उद्देश्य, लक्ष्य र कार्य दिशा के हो रु त्यसै अनुसार उनीहरू अघि बढिरहेका छन् कि बाटो छोडेर भौंतारिरहेका छन् रु भनेर हेर्ने हो भने प्रारम्भदेखि आज पर्यन्त आफ्नो उद्देश्य लक्ष्य, रणनीति, कार्यनीति र कार्यदिशावीच सही सन्तुलन राखेर हिंडेको वा बढ्दै गरेको दल नै एक मात्र माओवादी हो” भनेर भन्नु किमार्थ गलत हुने छैन । भलै गैरमाओवादीहरूका लागि यस्तो यथार्थ अप्रिय, अहितकर, अपाच्य किन नहोस् रु
माओवादीहरूको शास्त्रीय राजनीतिक दर्शन, सिद्धान्त र आदर्श के हो रु त्यसबारे व्याख्या गर्ने आधिकारिक व्यक्ति प्रचण्ड वा मोहन वैद्य किरणहरू हुन् । उनीहरूको रणनीति, कार्यनीति र आन्तरिक उद्देश्य र लक्ष्य पनि प्रचण्ड, वैद्य, डा। भट्टराई र बादल जस्ता त्यस पार्टीका सारथीहरूलाई मात्र थाहा होला ९रु० तर पनि उनीहरूको तात्कालिक घोषित दर्शन, सिद्धान्त, उद्देश्य, लक्ष्य, रणनीति, कार्यनीति र कार्यदिशा जेजति घोषित छ त्यसका आधारमा हेर्दा ती सबैबीच माओवादीले जति सन्तुलन कायम गर्दैआएको छ त्यति अन्य कुनै पनि दलको देखिन्न ।
“परम्परागत राजतन्त्र, हिन्दू धर्मवादीहरू र सामन्ती पूँजीवादी वर्ग, समूह, समाज”को साथ सहयोग, समर्थन मात्रै नभई त्यही धरातलमा जन्मे हुर्केर झण्डै छ दशकदेखि सबैभन्दा शक्तिशाली बनेर शासन सत्ता नियन्ता बन्दैआएको नेपाली कांग्रेसले २०६२ सालमा जसरी सामन्तवाद, पूँजीवाद, राजतन्त्र विरोधी, सर्वहारावादी माओवादीसंग सहकार्य गरी आफ्नै आधार शक्ति परम्परागत राजासंग बदला लिने बाटो लियो । त्यो उसको लागि आत्मघाती कार्यदिशा थियो भन्ने तथ्य वर्तमानले पुष्टि गरेर छर्लङ्ग पारिदिएको छ । 
यद्यपि तत्कालीन राजा र नेपाली कांग्रेसका नेताहरूबीच “सत्ता नियन्ता को बन्ने रु” भन्ने तात्कालिक सत्ता केन्द्रित क्षणिक वा अस्थायी स्वार्थ जनित संघर्ष थियो । तथापि ने।का। का नेताहरूको त्यही “सत्ताच्यूति जनित आवेश, आक्रोश र प्रतिशोध लिएरै छोड्ने” अराजनीतिक, अविवेकपूर्ण र अदूरदर्शी तात्कालिक कार्य नीति र कार्यदिशाको कारण आज ऊ आफ्नै स्थायी मित्र शक्तिहरूसंगै आपूm पनि भड्खारोमा खस्न पुगेको छ । 
यद्यपि राजनीतिमा विजय–पराजय, उत्थान र पतन स्वाभाविक, सहज र अस्थायी हुन् । राजनीतिक दर्शन, सिद्धान्त, नीति र उस्को वर्गीय आधार भने स्थायी हुन्छन् र त्यही नै पार्टीको जग मानिन्छ । त्यो जग नै धसियो, भासियो, भत्कियो भने त्यो पार्टी या त नयाँ जगबाटै पुननिर्मित हुनुपर्छ या ऐतिहासिक अवशेषको रुपमा मात्र देखापर्न पुग्ने हुन्छ । यसरी हेर्दा हिजोका आफ्ना स्थायी मित्रशक्ति, वर्गीय आधार र आफ्नो दर्शन सिद्धान्त स्वतन्त्र र मौलिक अस्मिता सबै गुमाएको र दश वर्षे सशस्त्र जनविद्रोहमा मारिएका झण्डै पन्ध्र हजार युवाहरूको समाधिमाथि लोकतन्त्रको नयाँ चाँगाधारीका रुपमा माओवादीले उभ्याएको बुख्याँचा भन्दा खास फरक भनेर मानिने ठानिने स्थितिमा नभएको निरीह स्थितिमा ने।का। पुगेको देख्नुप¥यो, संविधानसभाको निर्वाचनपछि ।
यसै परिवेश, परिप्रेक्ष्य र मानदण्डबाट माओवादीलाई पनि नियाल्ने हो भने उ २०५२ सालदेखि आजपर्यन्त नेपालको मौलिक राजनीतिक सबै चरणका वा सबै कालखण्डका ‘बुलेटदेखि व्यालेटसम्म’का छलपूर्ण खेलमा ऊ ९माओवादी० नै अपराजेय र अग्रस्थानमा देखिन सफल हुँदै आएको छ । 
माथि उल्लेख गरिएझैं माओवादीलाई सफल र असफल दाँज्ने मानदण्ड “माओवादीले अख्तियार गरेका वा अवलम्बन गर्दै आएको रणनीति, कार्यनीति र कार्य दिशालाई नै बनाउनुपर्ने” हुन्छ । दर्शन, सिद्धान्त जनतासामु गरेका वाचा, कबोल र घोषणा पत्र सबै दलका देखाउने दाँत भएकाले माओवादीलाई मात्र त्यसबाट अलग गरेर हेर्नु गलत हुनेछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
संविधानको लोहोरो कहिले पाक्छ खै ? : महेश्वर शर्मा (03.23.2012)
महिला दिवस : नारा, भाषण र क्षुद्र आलोचना हैन, नतिजा चाहिन्छ - यादब देवकोटा (03.12.2012)
कठीन छैनः न्यायिक सुद्धीकरण, सुदृढीकरण र सवलीकरण गर्न : तारा सुवेदी (03.12.2012)
सत्ताको नसाले सक्कली बाबुराम देखाइदियो : महेश्वर शर्मा (03.12.2012)
स्पष्ट नीतिको अभावमा युवाशक्तिको विदेश मोह - यादब देवकोटा (02.28.2012)
संसद् शक्तिसम्पन्न हुनु र व्यक्ति विशेषमा शक्ति केन्द्रीत हुनु फरक हो - महेश्वर शर्मा (02.28.2012)
जलाइएको आशा र आस्थाको दीयो जलाई र जोगाई राखौं - तारा सुवेदी (02.28.2012)
संविधानसभालाई ‘नाबो’ बनाउने षड्यन्त्र - यादब देवकोटा (02.20.2012)
देश टुक्र्याउनेले देश बनाउँदाको पीडा के बुझुन् - महेश्वर शर्मा (02.20.2012)
देशको दशा, बुद्धीजीवी मित्रको अनुभूति र अभिव्यक्ति - तारा सुवेदी (02.20.2012)
नेपालमा जलवायु परिवर्तनको प्रभाव र रोकथामका उपाय - यादब देवकोटा (02.13.2012)
शान्ति र संविधान अझै दोधारमै छन् - महेश्वर शर्मा (02.13.2012)
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी (02.13.2012)
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा (02.06.2012)
जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा (02.06.2012)
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी (02.06.2012)
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा (01.30.2012)
क्षितिज कतै पनि उज्यालो नभएको बेला... (01.30.2012)
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा (01.23.2012)
जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी (01.23.2012)



 
::| Latest News

 
[Page Top]