युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 01:01pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नेपालको मौलिकतामाथिको नियोजित प्रहार : यादब देवकोटा
Friday, 03.23.2012, 03:19pm (GMT+5.5)

नेपालको स्वतन्त्र अस्तित्व र मौलिक संस्कृति मेटाउन अन्तर्राष्ट्रिय स्तरबाटा षड्यन्त्र भैरहेको कुरा आम जनतालाई जति ज्ञात छ त्योभन्दा बढी राजनीतिक तहलाई भए पनि उनीहरू यसबारे चुँ पनि गर्न सक्दैनन् । विदेशीकै इशारा, निर्देशनमा एकपछि अर्को गलत निर्णय गर्न पुगेका नेताहरूले विगतमा गरेको गल्ती सच्याउनसक्ने हिम्मत पनि देखाउन सकेका छैनन् । गरिबी, अशिक्षा र अभावलाई उपयोग गर्दै मुलुकमा धर्म परिवर्तनको लहर नै चलिरहेको छ । पछिल्लो समय पूर्वी पहाडी जिल्लामा गरिबीको उपहास गर्दै धर्म परिवर्तनका लागि रोजगारीको प्रलोभन दिएर अभियान छेडिएको समाचार सार्वजनिक भएको छ । त्यो समाचार विवरणले ‘इसाईहरू एउटा हातमा तरबार र अर्को हातमा रोटी लिएर हिंड्छन्’ भन्ने आरोपलाई पूर्णतः पुष्टि गरिदिएको छ ।
नेपालको अन्तरिम संविधान २०६३ को “धर्म सम्बन्धी हक” महलमा “प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक हुनेछ । तर कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन र एक अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न पाइने छैन ।” भनिएको छ । जवर्जस्ती प्रलोभन दिएर धर्म परिवर्तन गराउने गैरकानुनी काम भए पनि त्यस्ताहरूउपर कार्बाही गर्ने हिम्मत कसैले राखेका छैनन् । 
व्यक्तिले स्वैच्छाले जुनसुकै धर्म धारण गर्न पाउँदछ तर करकाप, प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन हुँदैन । संविधानले यसै भन्छ तर अहिले यस्तै प्रवृत्तिमा बढोत्तरी आइरहेको छ । न्याय, समानता र अधिकारको नाममा मुलुकको सहिष्णुतामाथि ठूलो खेलवाड भैरहेको छ । संविधानसभामा रहेका आधाजसो सभासद्हरू अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियन्त्रणमा रहेको कुरा पनि बेलाबलामा चर्चामा आउने गरेको थियो । धर्म निरपेक्ष राष्ट्र हुनुको अर्थ मुलुकमा इसाई धर्मावलम्बीको संख्या बढाउनु पक्कै होइन । तर जनचेतना र सामाजिक कार्यका नाममा त्यस्तै काम भैरहेको छ । नेपालको मौलिक–धर्म संस्कृतिमाथि डलर र पाउण्डले प्रहार गरिरहेको छ ।
यस्तो कार्यलाई मानवअधिकार हनन्को श्रेणीमा राखिन्छ तर मानवअधिकारको ठेकेदार मुलुकबाटै त्यस्तो काम भैरहेको हुँदा कसले आवाज उठाउने रु कसैको आस्था र विश्वासमा आँच पु¥याएर जवर्जस्ती गर्नु गम्भीर मानव अपराध हो । नेपालमा शिक्षाको नाममा, स्वास्थ्यको नाममा, विकासको नाममा गरिब ग्रामीण बासिन्दालाई इसाई धर्मावलम्बी बनाउने गरिन्छ । यसले अब नेपालको मौलिक चिनारी विस्तारै धुमिल भएर “मन्दिरै मन्दिरको देश” “चर्च नै चर्चको देश” बन्ने अवस्था सिर्जित हुँदैछ । यसको एउटा सानो नमूनाको रुपमा तलका तथ्यलाई लिन सकिन्छ ।
एक दशको बीचमा नेपालमा इसाई धर्मावलम्बीको संख्या तीन गुणा बढेको छ । जुन नेपालको जनसख्ंया वृद्धिदरभन्दा धेरै बढी हो । जसरी नागरिकता वितरणपछि तराईको जनसंख्यामा एकाएक बढोत्तरी आएको थियो, धर्म निरपेक्ष राष्ट्रको घोषणापछि इसाई धर्मावलम्बीहरूको संख्या सोही अनुपातमा बढेको छ । २०५८ सालको जनगणनामा ०।५ प्रतिशतमा रहेका इसाई धर्मावलम्बी २०६८ सालसम्म आइपुग्दा  १।५ प्रतिशतभन्दा बढी रहेको छन् । यो संख्या वि।सं। २००७ सालअघि ०।०५ प्रतिशत रहेको थियो । नेपालमा प्रजातन्त्र प्राप्तिसंगै खुला सामाजिक वातावरण र कतिपय कानुनी प्रावधानहरू खुकुलो हुनु, पद र प्रतिष्ठाका लागि रुपैयाँ पैसाको खेल हुनु, विकासका नाममा धर्म प्रचारकहरूलाई विनाशर्त नेपाल भित्र्याइनु जस्ता कारणहरूले नेपालमा डरलाग्दोसंग इसाई धर्मावलम्बीहरूको संख्या बढिरहेको छ । 
एक वर्षअघि सार्वजनिक भएको एउटा तथ्यांक अनुसार नेपालमा इसाईकरण सुनामीकै बेगमा अघि बढिरहेको छ । २०१९ सालमा नेपालमा चर्चको संख्या केवल दुईवटा थियो भने २०४६ सालसम्म आइपुग्दा २ सय ९२ पुग्यो । २७ वर्षको बीचमा २ सय ९० वटा चर्च थपिए । जुन स्वाभाविक मान्न सकिन्न । तर २०४६ सालको परिवर्तन लगत्तै अर्थात् २०४६–०५९ सालसम्ममा चर्चको संख्या १ हजार ८ सय ३९ पुग्यो । अहिले आएर त्यो संख्या आठ हजारभन्दा बढी पुगिसकेको छ । २०४६ देखि १३ वर्षको बीचमा १६ सयभन्दा बढी चर्च थपियो भने त्यसपछिको एक दशक पनि नपुग्दै त्यो संख्या ८ हजार नाघ्यो । नेपालमा चर्चहरूको खुल्ने क्रम वार्षिक १२ प्रतिशतभन्दा बढीका दरले वृद्धि भैरहेको जानकारहरू बताउँछन् । 
यस्ता तथ्यांक र सूचनाहरूले दिने सन्देश भनेको नेपालको राजनीतिक परिवर्तन नेपाली जनताका लागि होइन । आयातित नारा भट्याएर नेपाली जनताको परिवर्तनको आकांक्षालाई जसको जे चाहना थियो लोकतन्त्र–गणतन्त्रले त्यही चाहनामा मलजल गरेको प्रष्ट बुझ्न सकिन्छ । नेपाललाई जसरी धार्मिक–सांस्कृतिक रुपमा तहसनहस पार्नु थियो त्यो अभियानमा विधर्मीहरू सफल हुँदै गैरहेका छन् । सदियौंदेखि चलिआएको धार्मिक–सांस्कृतिक–सामाजिक सद्भाव त खल्बलियो नै अब मुलुकको मौलिक पहिचान समेत मेटिने अवस्था सिर्जना हुन थालेको छ । लोकतन्त्रपछि नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न नेपालमा सक्रिय इसाई धर्मगुरुहरूको आग्रह रहेको कुरा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले नै बताउने गरेका छन् । हिन्दु धर्म–संस्कृतिमाथि सधैं वक्रदृष्टि लगाउने इसाईहरू विश्वलाई नै इसाईकरण गर्ने अभियानमा कम्मर कसेर लागिपरेका छन् । उनीहरूको यो अभियानलाई सफल पार्न वैदिक सनातन हिन्दु धर्मलाई कमजोर पार्नैपर्ने आवश्यकता रहेको छ । यसैकारण उनीहरू ‘एक हातमा तरबार र अर्को हातमा रोटी बोकेर’ लोभ, डर, धम्की दिंदै धर्म प्रचारको अभियानलाई तीब्र बनाइरहेका छन् । 
कुनै पनि मुलुकको मौलिक पहिचान हुन्छ । हाम्रो पहिचान धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र चार वर्ण छत्तीस जातको साझा फूलबारी हो । जसबाट सधैं सुवास मग्मगाइरहेको थियो, अहिले त्यही सुवासयुक्त समाजबाटमा विद्वेषको दुर्गन्ध फैलिएको छ । राजनीतिक नेतृत्वको गलत सोच तथा प्रतिशोेधी व्यवहारले गर्दा मुलुक आफ्नो अस्तित्व विलीनको अवस्थामा पुगेको छ । अहिले चर्चको संख्या जे जसरी वृद्धि भएको छ यसले अर्को एक दशकमा मन्दिरै मन्दिरको देश नेपाल चर्च नै चर्चको देश भनेर भन्नुपर्ने अवस्था आउने खतरा बढेको छ । कुल जनसंख्याको ८५ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी रहेको मुलुकमा हरेक वर्ष इसाई धर्मावलम्बीको संख्यामा व्यापक बढोत्तरी आउने छ । धार्मिक–सांस्कृतिक अतिक्रमणको यो डरलाग्दो तीब्रवेगले मुलुक कस्तो दुर्नियतिको शिकार हुनुपर्ने हो भन्ने चिन्ता अहिले जागृत हुन थालेको छ ।
नेपालमा २०४६ सालको परिवर्तनपछि इसाईकरणको अभियान तीब्र भएको हो । यसको पुष्टि प्रजातन्त्र प्राप्तिपछि बनेका चर्चको संख्याले नै गर्दछ । अझ लोकतन्त्र प्राप्तिपछि नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा गरिनु “इसाई धर्मावलम्बीहरूकै चाहना र आग्रहको सम्मान गरिएको” बताइन्छ ।  सबैलाई ज्ञात नै छ । मुलुकमा सबै जात–धर्म, सम्प्रदाय र क्षेत्रका मानिसहरूबीच जुन किसिमको सौहार्दता र सहिष्णुता थियो अब त्यो रहेन । जनतालाई अधिकार दिने नाममा धर्म परिवर्तन मात्र होइन नेपालको मित्र राष्ट्रहरूसंगको सम्बन्धमै खलल पु¥याउने कुचेष्टा हुन थालेको छ । विश्वको दोस्रो ठूलो आर्थिक शक्ति चीनको उपस्थिति र प्रभावलाई विश्व मञ्चमा कमजोर तुल्याउन सो मुलुकमा अस्थिरता सिर्जना गर्नु एकमात्र रणनीति बुनेका पश्चिमा मुलुकहरूले नेपालमा इसाइकरणको बाढी नै हुलेर त्यसमार्फत चीनतर्फ सो अभियान चलाउने र चीनमा धार्मिक विद्वेष फैलाउने दीर्घकालीन रणनीति बनिरहेको आरोप मित्थ्या मान्न सकिन्न । तिब्बती शरणार्थीलाई उनीहरूले गरिरहेको सहयोग र नेपालमाथि कथित ‘फ्रि तिब्बत’ गतिविधिलाई नरोक्न दिइरहेको दवाव पनि यसैसंग जोडिएर आउँछ । त्यसै भएर धर्म परिवर्तनको डरलाग्दो वेग रोक्न हिन्दु–बौद्ध धर्मले संयुक्त अभियान चलाउनु पर्दछ । 
नेपालको मौलिकता मेट्न सकेमा पश्चिमा मुलुकहरूले धेरै ठूलो युद्ध जितेको अनुभव गर्नेछन् । किनभने नेपालबाट हिन्दु र बौद्ध धर्मलाई कमजोर पार्नसके त्यसको ठाउँमा इसाई धर्मलाई स्थापित गराउने र चीन लगायत एसियाका हिन्दु र बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको देशमा इसाईकरणको झण्डा गाड्ने दीर्घकालीन रणनीति पश्चिमा मुलुकहरूको छ । पहिला धर्म निरपेक्ष राष्ट्रको पक्षमा उभिएको भारत नेपालसंगै आफ्नो ‘हिन्दुस्तान’को परिचय पनि मेटिने खतरा देखेर अहिले नेपाल हिन्दु राष्ट्र कायम हुनुपर्छ भन्ने मान्यतामा अडिन थालेको छ ।
राष्ट्रिय हितका लागि चालिनुपर्ने कदमहरू विदेशीहरूको स्वार्थपूर्तिका लागि चालिन थालेका छन् । समाजमा अग्रज भनिनेहरू विदेशीले रटाइदिएको सुगा रटानमा लठ्ठ छन् । आफ्नोपन बिर्सदै विदेशीकै रहनसहनमा अग्रसर भैरहेको छ नेपाली समाज तर आर्थिक–सामाजिक विकासमा भने विदेशीको सिको पटक्कै गर्न नसक्ने र व्यक्तिगत स्वार्थका लागि राष्ट्रघाती निर्देशनहरू सहर्ष स्वीकार गर्ने प्रवृत्ति बढिरहेको छ । त्यसै भएर नेपाल दिन प्रतिदिन विदेशी प्रभावमा पर्दैछ । राजनीतिमा त विदेशीको निर्देशनवेगर केही हुनै नसक्ने जगजाहेर विषय बनिसक्यो । अब धार्मिक–सांस्कृतिक क्षेत्र पनि त्यस्तै अवस्थाको सामना गर्न विवश हुनुपरेको छ । 
२०६३ अघिसम्म नेपाल हिन्दु अधिराज्य थियो, तर सबै धर्मावलम्बीहरूबीच सहिष्णुता थियो । के हिन्दु, के बौद्ध, के इसाई, के मुसाई सबैले सबैलाई समान रुपमा सम्मान गर्दथे । तर अहिले मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाइएको छ । यसको परिणाम अहिले धर्म परिवर्तनको तीब्रवेग चलेको छ । मुलुकमा इसाईकरणको बाढी नै आएको छ । धर्म निरपेक्ष राष्ट्र नेपाली जनताको नारा थिएन । यो नारा अरुले नै लादिदिएका थिए र उनीहरूकै स्वार्थका लागि त्यस्तो घोषणा गरिएको थियो । विदेशीले सिकाइदिएको नारा भट्याएर मुलुकमाथि घात गर्ने राजनीतिक नेतृत्वका कारण मुलुक आफ्नो मौलिकताबाट विमुख हुन थालेको छ । प्रजातन्त्र र नागरिक स्वतन्त्रताका नाममा राष्ट्रिय परिचय नै निमिट्यान्न पार्न उद्यत हुनेहरूले प्रजातन्त्र र मानवअधिकारको नाममा विदेशी स्वार्थ आयात नगरेका भए मुलुक धार्मिक–सांस्कृतिक रुपमा यति कमजोर र भताभुङ्गको अवस्थामा पुग्ने थिएन ।
हरेक परिवर्तनले विदेशी स्वार्थलाई दह्रोसंग टेकोदिने काम गरेको छ । जनआन्दोलन–२ ले भारतीय स्वार्थ र पश्चिमा मुलुकको इसाईकरणको अभियानलाई वैधानिकता दिने काम ग¥यो । तर विडम्वना त के भने नेपाल धर्म निरपेक्ष राष्ट्र हुनुपर्छ भनेर नेपालको मौलिक धार्मिक–सांस्कृतिक पहिचान मेट्न चाहने मुलुक स्वयं भने धर्म निरपेक्षताको नाममा कुनै एक धर्म विशेषलाई आफ्नो मौलिक धर्म मान्ने गर्दछन् । पश्चिमा राष्ट्रका नेताहरू नेपाल जस्ता गरिब देशमा धर्म निरपेक्षताको अर्थ र परिभाषा नै बदल्ने गरेका छन् । उनीहरू ‘बाइबल’ छोएर शपथ खान्छन् भने अरुलाई कुनै एक धर्मको पछि लाग्नुहुन्न भन्दै उपदेश दिने गरेका छन् । ‘भ्याटिकन सिटी’लाई धार्मिक राष्ट्रको रुपमा मान्यता दिने संयुक्त राष्ट्रसंघ नेपालजस्तो विश्वका अर्बौ हिन्दुहरूको पवित्र भूमिलाई हिन्दु राष्ट्रको रुपमा मान्यता दिनुपर्छ भन्न सक्दैन । स्वयं नेपाली शासकहरू पनि आफ्नो मौलिकता बेचेर सत्ता शिखरमा बसिरहने लालचमा छन् । मुलुक विस्तारै इसाईकरणको दलदलमा फस्दै गएको छ ।
अझै समय बितिसकेको छैन । अहिलेको एक मात्र दायित्व भनेको धर्म निरपेक्ष वा सापेक्षको मुद्दामा केन्द्रीत नभएर मुलुकको मौलिकपनको रक्षाको हो । राष्ट्रिय पोशाकमा हिनताबोध गर्ने, राष्ट्रिय धर्ममा हिनताबोध गर्नेहरूले आयातित धर्म–संस्कृति र पोशाकमा रमाउनु आश्चर्यको विषय हैन । यस्ताहरूको जगजगी सधैं कायम हुँदैन । समय छँदै जिम्मेवारहरूले नसोच्ने हो भने उनीहरूमाथि घोर राष्ट्रघातको आरोप लागिरहनेछ । उनीहरूको इतिहासमा कालो दाग लाग्नेछ । अहिलेको आवश्यकता नेपालको अस्तित्व र नेपालीपनको रक्षाको हो, धर्म परिवर्तनको वेग रोक्नु हो र सामाजिक–धार्मिक सहिष्णुता कायम गर्नु हो । सापेक्ष र निरपेक्षको विषयले राजनीतिक रंग पाएपछि धार्मिक विद्वेषको संकेतहरू देखिइसकेका छन् । यसलाई रोक्न सकिएन भने मुलुकमा धार्मिक अराजकताको विजारोपण नहोला भन्न सकिन्न । समय छँदै गरिएको उपचारले मात्र काम गर्छ । नेताहरूले बुझ्नुपर्ने एउटै कुरा के हो भने भाषण गर्दा जहिले पनि हिन्दु धर्मशास्त्रका पात्रहरूको उद्धरण गर्ने तर सोही धर्म समाप्त पार्न उद्यत हुने हो भने उनीहरूको पनि अस्तित्व रहँदैन । धर्म माने पनि नमाने पनि सबैको शरीरमा हिन्दु धर्म संस्कृतिकै प्रभाव छ । त्यसैले नेपालीको जीवनसंग गहिरो सम्बन्ध भएको हिन्दु धर्म–संस्कृतिको जगेर्ना गर्नेतिर सबैको ध्यान जाओस् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
माओवादी किन जंगल फर्किदैनन् ? तारा सुवेदी (03.23.2012)
संविधानको लोहोरो कहिले पाक्छ खै ? : महेश्वर शर्मा (03.23.2012)
महिला दिवस : नारा, भाषण र क्षुद्र आलोचना हैन, नतिजा चाहिन्छ - यादब देवकोटा (03.12.2012)
कठीन छैनः न्यायिक सुद्धीकरण, सुदृढीकरण र सवलीकरण गर्न : तारा सुवेदी (03.12.2012)
सत्ताको नसाले सक्कली बाबुराम देखाइदियो : महेश्वर शर्मा (03.12.2012)
स्पष्ट नीतिको अभावमा युवाशक्तिको विदेश मोह - यादब देवकोटा (02.28.2012)
संसद् शक्तिसम्पन्न हुनु र व्यक्ति विशेषमा शक्ति केन्द्रीत हुनु फरक हो - महेश्वर शर्मा (02.28.2012)
जलाइएको आशा र आस्थाको दीयो जलाई र जोगाई राखौं - तारा सुवेदी (02.28.2012)
संविधानसभालाई ‘नाबो’ बनाउने षड्यन्त्र - यादब देवकोटा (02.20.2012)
देश टुक्र्याउनेले देश बनाउँदाको पीडा के बुझुन् - महेश्वर शर्मा (02.20.2012)
देशको दशा, बुद्धीजीवी मित्रको अनुभूति र अभिव्यक्ति - तारा सुवेदी (02.20.2012)
नेपालमा जलवायु परिवर्तनको प्रभाव र रोकथामका उपाय - यादब देवकोटा (02.13.2012)
शान्ति र संविधान अझै दोधारमै छन् - महेश्वर शर्मा (02.13.2012)
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी (02.13.2012)
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा (02.06.2012)
जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा (02.06.2012)
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी (02.06.2012)
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा (01.30.2012)
क्षितिज कतै पनि उज्यालो नभएको बेला... (01.30.2012)
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा (01.23.2012)



 
::| Latest News

 
[Page Top]