युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 01:57pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
माओवादी किन जंगल फर्किदैनन् ? - तारा सुवेदी
Monday, 03.26.2012, 03:18pm (GMT+5.5)

माओवादीको जन्म कसरी भयो भनेर इतिहास नियाल्ने हो भने पौराणिक कालका असुर वा दितीका सन्ततिको कथासंग मिल्दो पाउँछौं । नेपालका भू–सामन्त, वर्णाश्रम परक जातीयतावादी  र कठमुल्लावादीहरूको भ्रुणलाई तीस वर्षे पंचायत कालमा परिपोषण गरियो । वाह्य अनुदान÷ऋणका अतिरिक्त आन्तरिक करको भार जनताको थाप्लोमा बोकाएर विकासको प्रतिफल भाग, शान्ति गर्दै आएका महापञ्च, पञ्चहरूले विकासका नाममा छुट्याएको रकम र विकासको प्रतिफलको सुकोदाम नपाएका भोकाजनतालाई वर्षौंसम्म भोक भोकै बाटो खनाउने काम गरे । र माओवादीका वावु आमा जन्माए । तिनै भोका नांगा सीमान्तिकृतहरूमाथि निरंकुश र स्वेच्छाचारी महापञ्च, पञ्च, अंचलाधीश, शासक, प्रशासकहरूले सामूहिक अत्याचार बलात्कार गरे । माओवादीका वावु आमालाई स्पार्टाकस कालीन दास ठाने ।

२०४६ साल पछि सत्तामा उदाएका “संवैधानिक राजतन्त्रात्मक वहुदलीय संसदीय प्रजातन्त्र” का मसीहाहरूले नयाँ शैली र स्वरुपबाट माओवादीलाई जन्माउने, हुर्काउने र प्रशिक्षित गर्ने काम गरे । सत्ताका लागि सांसद खरिददेखि विदेशको सैरसपाट गर्ने, सातपुस्ताका लागि श्रीसम्पत्ति थुपार्ने, ‘नवराणावादी’ सोच बोकेका निकृष्ट, दुष्ट र चरम भ्रष्ट तथाकथित प्रजातन्त्रवादी नेता कार्यकर्ताहरू र उनकै चाकडी, चाप्लुसी गर्दै सत्ता नियन्ताका भ्रष्टाचारी–गुरु बनेका नोकरशाहसम्मका वल बुद्धिबाटै माओवादीहरूका मन मथिङ्गलमा गणतन्त्रका गर्भ बोकाए । र २०५२ सालमा वन पठाए ।

विचार र दर्शनका आधारमा हेर्ने हो भने उनीहरू (माओवादीहरू) “परम्परागत संसदबादको बाटो बाटै सर्वहारा वर्गलाई निर्वाध सत्ता हस्तान्तरण गर्न सकिन्छ” भनेर एमालेले जसरी जनतालाई भ्रमको जालमा फँसाउने र  अन्ततोगत्वा सत्ता र राज्यको ढुकुटी लुट्न कांग्रेसभन्दा दुई कदम अघि बढ्ने काम गरेको थियो, त्यसको अर्को नयाँ संस्करणको  रुपमा उदाउने उसको (माओवादी) उद्देश्य र लक्ष्य थिएन भन्ने लाग्छ ।

त्यसैले उसले एमालेभन्दा पृथक बाटो लियो । र प्राचीन युनानी दार्शनिक एण्टिस्थिनिज (इ.पू. चौथो शताब्दी लगभग) द्वारा प्रतिपादित सिनिक पन्थी र बीसौं शताब्दीको डेरिक एरिडासद्वारा स्थापित ‘विनिर्माणवादी’ दर्शन र विचार निकटस्थ निषेधवादी (नेगेटिभिष्ट) को रुपमा देखाप¥यो । “ध्वंसवादी बाटोबाट अघिबढ्दै ‘नयाँ नेपाल निर्माण गर्न सकिन्छ” भन्ने ध्वंशवादी सोच बोकेर” सशक्त पार्टीको रुपमा स्थापित भयो । त्यही कारणले उस्ले दश वर्षे सशस्त्र जनविद्रोह कालमा विकासका पूर्वाधारहरू पुल, विद्युत उत्पादन केन्द्र (पावर हाउस), पाल्पा र मंगलसेनका दरवार लगायतका ऐतिहासिक प्रशासनिक भवन ध्वस्त ग¥यो र त्यसो गर्नुलाई आजसम्म जायज ठह¥याउँदै आयो ।

त्यति मात्रै होइन । नेपालको भू–अवस्थितिको मूल आधार मानिंदै आएको जातीय, भाषीय, क्षेत्रीय सद्भावको सुदृढ जग “राष्ट्रिय एकता”लाई जगैदेखि भत्काउन जातीय राज्यको सपना वाँड्ने, आदिवासी, जनजाति, तराई–मधेसवासी र गैर हिन्दू धर्मवादीका मन मथिङ्गल भित्र त्यस क्षेत्रका अन्य जातिविरुद्ध वैर विद्वेषको विषवृक्ष रोप्ने, उमार्ने, र मलजल गर्नेमा शक्ति केन्द्रित गर्न पुग्यो । अल्प संख्यकहरूलाई –“तिमीहरूका प्रधान शत्रु भनेकै वहुसंख्यक ब्राह्मण, क्षेत्री, सन्यासी जस्ता हिंजोका शासन कालमा रजाई गर्ने जाति, वर्ग, समाज समुदायका सदस्य नै हुन् । तिनीहरू सबै बाहिरबाट आएका आप्रवासी श्रेणीका हुन्, तिनीहरूलाई सीमा नकटाई वा तिम्रा थाक थलोबाट मटिया मेट नगरेसम्म तिमीहरूको आर्थिक, सामाजिक, शैक्षिक समुन्नति र विकास संभव छैन, तिमीहरू माथि उनीहरूले शासन गरिरहने छन् । त्यसैले आपैंm आफ्नो जन्म कर्म थलोका अधिपति हुन चाहन्छौ भने उनीहरूका विरुद्ध सशस्त्र विद्रोहका लागि मैदानमा आऊ” भनेर भनियो । परम्परादेखि एउटै समाज समुदायमा ‘मिलिजुली’ बस्दै आएका अलग अलग धर्म वर्ग–जाति, वर्ण, सम्प्रदायप्रति आस्थावान विविध परम्परा, संस्कृति, परिचय, मौलिक वैशिष्ठ्यमा रमे–रमाएकाहरूका हातमा बन्दुक बोकाइयो । उनीहरूलाई अन्ध भएर हिंस्रक रुपमा उत्रिन अभिप्रेरित मात्रै गरिएन, राष्ट्रिय एकताको आधार साम्प्रदायिक सद्भावको सुन्दरसंरचना ध्वस्त पार्न विद्वेषको आगो सल्काउन, उल्क्याउनेसम्मको वहुलठ्ठी काम कुरा समेत भयो, गर्यिो । मध्य पूर्वमा सल्किएको धर्मयुद्धको हजारौं वर्ष पूर्वको आगो नेपालमा पनि बाल्ने वितण्डावादी, ध्वंसात्मक, विवेश शून्य राजनीतिक बाटोलाई नै “प्रचण्ड पथ” को नाउँ दिइयो ।

अलि नमिठो यौटा लोकोक्ति छ “गोर्खालीहरूको पछाडि बुद्धि (होश)” हिंजो वनवाट आपैंmले खुट्टा ढोगेर ल्याएका माओवादीले राजा, राजतन्त्र, राष्ट्रियता, सार्वभौम अक्षुण्णता, अखण्डता, इतिहास र राष्ट्रिय गौरव गाथा सबै ध्वस्त गरेको देखेपछि सायद नेपाली कांग्रेस लगायतका संसदवादी रैथाने दलहरूमा “हिंजोका वनवासी माओवादीले अव आपूmहरूलाई वनवास गराउने” हुन् कि भन्ने आशंका उब्जेको हुनसछ । त्यसैले माओवादीहरू जंगल गए हुन्छ”, “सक्छन् भने फेरी  जंगल पसेर देखाउन् ” भन्ने जस्तो उत्तेजनात्मक अभिव्यक्ति दिन थालेको सञ्चार मार्पmत निकै सघन रुपमा सुनिन थालेको होला भन्ने लाग्छ ।

यसरी हिंजो “आपैmले शासनसत्ता हत्याएर वावु वाजेले भैंm राजकाज हाँक्ने महत्वाकांक्षा बोकेका राजाको राजहठ तोडेर राजालाई ठाउँमा ल्याई संवैधानिक राजतन्त्रको स्वर्ण पिंजराभित्र थुन्न सकिन्छ” भन्ने अन्तरनिहित उद्देश्य र स्वार्थले “संसदवादीहरूले वनबाट बोकेर ल्याइएका” (संसदवादी दलहरूकै भनाइ हो यो)– माओवादीको उपयोगिता र प्रयोजनीयता राजालाई मात्रै नभई राजतन्त्रकै जरो उखेलेर फालेपछि समाप्त भएको थियो होला । जुन संसदवादीहरूको यस्तो ठम्याई पछि हिंजोका मित्र माओवादीसँग सम्बन्ध विच्छेद गर्ने वहाना संसदवादीहरूले खोज्दैगरेका हुन सक्छन् । तर के माओवादीले पनि “संसदवादीहरूको फेरो समात्नुको आवश्यकता समाप्त भइसकेको” ठानेको छ ?, कि “राजधानी, राज्यसत्ता र सिंहदरवार संसदवादीहरूको बाउको मात्र विर्ता होइन, उनिहरूले भने पछि वाध्य भइ छोड्नैपर्छ भन्ने छैन, हामीले जुनसुकै बाटो समाएको किन नहोस्, राज्यसत्ता हत्याएर वा राज्यसत्ता माथि जुनसुकै विधि प्रक्रिया र बलवाट भएपनि कव्जा गरेरै छाड्नै पर्छ” भन्ने सोच माओवादीमा पनि पलाएको छ ? माओवादी सबै नेता र समूहबाट यस्तै दुबै खालको अर्थ दिने गरी आएका उद्घोषलाई संसद्वादीहरूले कसरी लिने हुन्् ? माओवादीलाई जंगल फर्काउनेहरूले नै सोचे बुझेका होलान् । त्यसैले त्यतातिर बढी चर्चा नगर्दा उचित हुन्थ्यो भन्ने लाग्छ ।

तर पनि अहिले सार्वभौम संविधानसभा÷संसदमा प्रत्यक्ष निर्वाचित सदस्य संख्याका दृष्टिले भण्डै स्पष्ट बहुमत ल्याई “संवैधानिक वाटो वाटै राज्यसत्ता माथि आफ्नो आधिपत्य कायम गरी सकेको” र सरकारको नेतृत्व वा लगाम आपैmले हातमा लिई रहेको माओवादी अब फेरि थप कुन उद्देश्य र लक्ष्य लिएर जंगल जाने मूर्ख कालिदास बन्लान् भनेर सोच्ने कुमति संसदवादीमा पलायो ? उदेक लागेको छ ।

अव के निश्चित छ भने संविधान सभाको म्याद समाप्त भएपछि फेरि पनि “सर्वोच्च अदालतलाई ठिङ्गा देखाउँदै” नाकको चालले म्याद थप्न माओवादीहरू मात्रै नभई सबै माओवादी इतरहरू पनि स्वतः उद्यत हुने र उत्ताउलिंदै अघि सर्नेछन् । संविधानसभा÷संसदका अढाई दर्जन दल यही संविधान र संविधान सभाको बाटोबाट सकेसम्म अगाडि बढ्ने छन् ।

तर पनि ‘कथंकदाचित्’ सर्वोच्च अदालतको मर्यादा राख्नैपर्ने वाध्यात्मक स्थिति जनताले उत्पन्न ग¥यो, अथवा अदालतको आदेशको परिपालना गर्दै म्याद नथप्ने स्थिति उत्पन्न भयो रे ! त्यस्ले माओवादीलाई मात्रै “कुन समस्याको पहाडले थिच्ने” हो र ! बरु मौजूदा संविधानको धारा ३८ को उपधारा (९) को आधारमा माधवकुमार नेपाल नेतृत्वको सरकारले कायम गरेको“काम चलाउ” को रेकर्ड तोड्ने अवसर डा. वावुराम नेतृत्वको माओवादीको वर्तमान सरकारले पाउनेछन् । र अर्को निर्वाचन नगर्दासम्म सरकार अंकुश रहित हुनेछ । अहिले अन्य दलहरूले नै भनेकै कुरा साकार पार्ने र साँच्चिकै सर्वसत्तावादी बनेर सरकार हाँक्ने मौका डा.बाबुराम भट्टराईलाई जुर्नेछ । त्यसबेला अहिले बेकाबु र पूरै स्वेच्छाचारी भएर भ्रष्टाचार गर्नमा तल्लीन रहेका मधेस तराईवादीहरूलाई घोक्रेठ्याक लगाएर सरिता गिरी बनाए पनि कसैले केही गर्न नसक्ने स्वर्णिम र निर्वाध अवसर प्राप्त हुनेछ ।

राष्ट्रपतिको काँधमा बन्दुक (?)
अहिले “राष्ट्रपति डा. रामवरण यादवको सक्रियता निकै अस्वाभाविक रुपमा बढिराखेको छ  । त्यसले गैर माओवादीहरूलाई सायद हौस्याएको पनि हुन सक्छ । तर हिजो माओवादीका नेताहरूको टाउको काट्ने फर्मान जारी गर्दा उल्टै आत्मघाती ठहरिएको र केही वर्ष पछि तिनै माओवादी नेताको  खुट्टा ढोग्नु परेको अतीत विर्सेर ने.का. एमालेहरूले राष्ट्रपतिलाई सक्रिय बनाउँदा राष्ट्रपति र संसदवादी सुरक्षित रहन, बस्न र बाँच्न संभव छ कि छैन ? त्यसको हेक्का राखेको भने देखिएन । डा. रामवरणलाई संसदवादीहरूले हनुमान बनाउने जमर्को गरे पनि उनले हिजोका श्रीपेचधारी राजा ज्ञानेन्द्रबाट शिक्षा नलिई “वेताजका नववादशाह” बन्ने अदूरदर्शी कार्य किमार्थ गरोइनन् भन्ने सबैले विश्वास गरेका छन् ।

कदाचित् राष्ट्रपति सक्रिय भए के होला ? रत्नपार्क केन्द्रित आन्दोलनको भरमा सत्ता फिर्ता नगरी उल्टै “सूच्यग्रं नैवदास्यामि विनायुद्धेन केशव !” भन्ने तत्कालीन महाराजाको नियति विना श्रीपेचका नवमहाराजाले भोग्नु पर्ला कि नपर्ला ? हिजो माओवादी आरोप आशंकामा भुस्याहा कुकुरहरूलाई सरह गोली हान्ने पुरानो राज्य सत्ताका सेना प्रहरी अहिले माओवादीकै अधीनस्थ छन् । तिनका हातमा माओवादीहरूले हतकडी लगाई सकेको स्थिति छ । अहिले गाउँ, वेसी, पहाड–मधेश सबैतिर या त माओवादीका हिजोका युद्धकला निपूर्ण माओवादी युवक दस्ता (वाइ.सी.एल) को गैरकानुनी शासन र दवदवा छ, या त तिनैले जन्माएका विभिन्न जाति, जनजाति, आदिवासी, पृथकतावादी, अराजकतावादी, आतंककारी नाजायज संघ÷संगठन र दस्ताको कव्जामा तत्तत् स्थानीय राज्य सत्तााका मात हतका संगठनहरूका लाचार छाया बनेर उनैका आदेश निर्देशनमा कार्य गर्न वाध्य छन् ।

यस्तो “स्वर्णिम अवसर, नवमहाराजाको जस्तो शान शौकतको जीवन, राज्य सत्ता र राज्य कोषमाथिको संवैधानिक कव्जा” सबै छोडाएर माओवादीहरूलाई जंगलतिर लखेट्न राष्ट्रपतिको काँधमा बन्दुक राखेका सोम शर्माका वावु सुशील बाबुहरूसँगै राष्ट्रपति डा. रामवरण यादवलाई कतै भोली फेरि वनवास वा वी.पी. वावुलाई जस्तै वनारस निर्वास भोग्ने वा दुर्नियतिमा पु¥याउन सक्छन् कि सक्दैनन् ? कामना राम्रो गरौं त्यस्तो दुर्भाग्य भोग्नु नपरोस्, हार्दिक शुभकामना !

माओवादी वारेका भ्रम र यथार्थ
अहिले एकातिर गैर माओवादी नेताहरूले “माओवादीहरू नसच्चिए अर्थात् एमाले र कांग्रेसले अख्तियार गरेको वाटोमा नहिंडे छिट्टै मटियामेट हुने र अस्तित्व विहीन भएर जानेछन्” भनेर भनिरहेका छन् । अर्कोतिर “नेपाली मन मथिंगलमा मात्रै होइन हिमाल, पहाड, मधेस, तराईका अधिसंख्यक मान्छेहरूलाई मात्रै नभइ ढुंगा माटोलाई समेत “माओवादी दर्शन, चिन्तनको चैते भूँमरीले गाँजिसकेको छ । सम्पूर्ण नेपाल र नेपाली नै माओवादीमय भइसकेकोले अव नेपाल र नेपाली जीवन्त रहेसम्म माओवादी अजम्बरी र अपराजेय शक्तिका रुपमा रही निर्विकल्प शासन सत्ता नियन्त बनिहरनेछ” भन्नेहरूको संख्या पनि अत्यधिक ठूलो छ ।

तर “ती दुबै खाले भनाई र सोचाईमा अतिवादी दृष्टिकोण, आग्रह, दुराग्रह र पूर्वाग्रहको महारोगको दुष्प्रभाव नपरेको भए सायद यस्तो मूल्याङ्कन गरिएको हुने थिएन” भन्ने पनि थोरै छैनन् । यथार्थपरक मूल्याङ्कन वा वर्तमानका यावत् वाह्य र आन्तरिक गतिविधि र काम कारवाहीलाई आधार बनाएर माओवादीको भविष्यवारे प्रक्षेपण गर्ने हो भने नत माओवादी, “कांग्रेस र एमालेको रुपमा परिवर्तित हुन सक्छन्, न लोकतन्त्रका चोंगा नभिरेकै कारण समाप्त हुनेछन् । बरु माओवादीले ने.का. एमालेभन्दा स्पष्ट भिन्न चरित्रको पार्टी”को पहिचान छोड्ने हो भने “नयाँ लोकतन्त्रका कठमुल्लाहरूलाई भन्दा ‘पुरानै लोकतन्त्रवादी जेठो पार्टी’ भनेर चिनिएका ने.का. एमाले कै पक्षमा जनता किन न उभिने?” “हरेकको प्रश्न यही र यस्तै आउने गरेको छ ।

यस्तै “माओवादी अव अनन्तसम्म नेपालको जनमतमा निर्विकल्प सर्वशक्तिमान र अपराजेय पार्टीको रुपमा स्थापित, सम्पूर्ण नेपाली जनताबाट अभिस्वीकृत र आत्मसात् गरिसकेको पार्टी हो, त्यसैले उसलाई सयौं वर्षसम्म शीर्ष स्थानमा मात्रै होइन निर्विकल्प रुपमा नै जनताले “माया गरी राख्नेछन्” भन्ने एक थरिको जुन अकाट्य विश्वास छ त्यो पनि यथार्थ होइन । वरु त्यो ठम्याई पनि एक प्रकारको अतिवादी विभ्रम हो, एकाङ्की मनोरोग हो ।

नेपालका माओवादीहरूको राजनीतिक दर्शन र चिन्तनको धरातल अध्यक्ष माओले निर्दिष्ट गरेकोभन्दा धेरै भिन्न मात्रै होइन विपरीत चरित्रको देखिएको छ । माओले आफ्नो पार्टीका योद्धा, कार्यकर्ताहरूलाई “जुन वर्गका जनताका लागि संघर्ष गर्दछौं, त्यसमा त्यही वर्गको अत्यधिक समर्थन र माया लिने प्रयास गर्नुपर्छ, जनताबाट यौटा सियो पनि सहायता लिने अपराध नगर । युद्ध गर्दा अल्छी, स्वार्थी र लोभी नहुनू” भनेका थिए । त्यस मानदण्डबाट नेपालका माओवादीको सार्वभौम अधिकार सम्पन्न अध्यक्ष प्रचण्डदेखि गाउँ घरका आपूmलाई माओवादी” भनेर भ्mयाली पिट्दै हिंड्ने उरन्ठेउला ठेट्नासम्मका आचरण, अभिव्यक्ति र गतिविधिलाई नियालौं सबै तथ्य छर्लङ्ग हुनेछ ।

माओवादी ककस्को बल–वीर्य विचारको भ्रूणबाट जन्मे, स्याहार सुसार गर्ने हुर्काउने र संरक्षण गर्नेे को को थिए भन्ने बाटो र पाटो नियाल्ने हो भन्ने हरेकका आआफ्नै दृष्टिकोण र निष्कर्षका बीच संघर्ष हुने स्थिति छ । त्यसैले त्यतातिर ननियालेरै अघि बढ्नुपर्ने हुन्छ । यद्यपि नेपालका माओवादीको जन्म र जीवनभरको भरणपोषणको पक्ष जस्तै उनको अन्त्य पनि विवाद रहित विषय छैन । तथापि माओवादीलाई न अब गलित स्खलित विचलित विगतको विडूप रुपधारी संसदवादीले पराजित र विस्थापित गरेर बनवासमा पठाउने हिम्मत र सामथ्र्य राख्छन् । नव अभिजात्य वर्गभन्दा ऐयासी जीवन बाँच्ने र सातपुस्ताका लागि जुनसुकै उपायबाट पनि सोहोर्ने र थुपार्नेमा नै मनमस्तिष्क केन्द्रिकृत गरेका माओवादी नै जे जस्तो सुकै विप्ल्याँटो परिस्थिति आए पनि वन र निर्वासनमा जाने सोच र आँट गर्न सक्छन् । यस्तो साह्रै जटिल र कठिन परिवेश र परिस्थितिमा माओवादीलाई या त उनकै पाटीभित्र सँग्रालिँदै गएको ‘लूट गूट र फूटको डढेलोले सखाप पार्न सक्छ, या त कुनै हिटलर सुहार्तो नयाँ पोलपोट नै जन्मेर मटिया भेट गर्नसक्छ । तर ती दुवै मात्रै नभई अन्य अदृश्यशक्ति उल्का झैं झुल्किएर तिलश्मी शैलीमा संहार गरे पनि त्यसले कतिपय स्वार्थी तत्व, व्यक्ति वा समूहलाई भलै केही दिनका लागि भलो गरेको आत्मरतिको सुखानुभूति होला । अपितु नेपाल, नेपाली र नेपालको राष्ट्र, राष्ट्रियता अक्षुष्णता अखण्डताका साथै नेपाली जनताको भने किमार्थ कल्याण गर्ने हुनेछैन, चेतना भया !



Rating (Votes: )   
Share     Print


Other Articles:
परमात्माभन्दा सैतान शक्तिशाली भएको स्थिति - महेश्वर शर्मा (03.26.2012)
नेपालको मौलिकतामाथिको नियोजित प्रहार : यादब देवकोटा (03.23.2012)
माओवादी किन जंगल फर्किदैनन् ? तारा सुवेदी (03.23.2012)
संविधानको लोहोरो कहिले पाक्छ खै ? : महेश्वर शर्मा (03.23.2012)
महिला दिवस : नारा, भाषण र क्षुद्र आलोचना हैन, नतिजा चाहिन्छ - यादब देवकोटा (03.12.2012)
कठीन छैनः न्यायिक सुद्धीकरण, सुदृढीकरण र सवलीकरण गर्न : तारा सुवेदी (03.12.2012)
सत्ताको नसाले सक्कली बाबुराम देखाइदियो : महेश्वर शर्मा (03.12.2012)
स्पष्ट नीतिको अभावमा युवाशक्तिको विदेश मोह - यादब देवकोटा (02.28.2012)
संसद् शक्तिसम्पन्न हुनु र व्यक्ति विशेषमा शक्ति केन्द्रीत हुनु फरक हो - महेश्वर शर्मा (02.28.2012)
जलाइएको आशा र आस्थाको दीयो जलाई र जोगाई राखौं - तारा सुवेदी (02.28.2012)
संविधानसभालाई ‘नाबो’ बनाउने षड्यन्त्र - यादब देवकोटा (02.20.2012)
देश टुक्र्याउनेले देश बनाउँदाको पीडा के बुझुन् - महेश्वर शर्मा (02.20.2012)
देशको दशा, बुद्धीजीवी मित्रको अनुभूति र अभिव्यक्ति - तारा सुवेदी (02.20.2012)
नेपालमा जलवायु परिवर्तनको प्रभाव र रोकथामका उपाय - यादब देवकोटा (02.13.2012)
शान्ति र संविधान अझै दोधारमै छन् - महेश्वर शर्मा (02.13.2012)
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी (02.13.2012)
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा (02.06.2012)
जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा (02.06.2012)
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी (02.06.2012)
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा (01.30.2012)



 
::| Latest News

 
[Page Top]