युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 02:29pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
संविधान नामको अग्राह्य खोस्टो फाल्ने दाउ - महेश्वर शर्मा
Thursday, 05.24.2012, 10:16am (GMT+5.5)

गौतम बुद्धले आफ्ना अनुयायी भिक्षुहरूलाई “मैले भनेको भनेर मात्रै नपत्याउनु, तिमीहरू आफैंले विचार गरेर जाँचे बुझेर मात्रै पत्याउनु” भनेका थिए । (परक्ष्य भिक्षवो ग्राह्यम् मद्वचो नाऽथ गौरवात्) । तर आजका नेताले आफ्ना अनुयायी कार्यकर्तालाई मात्रै होइन जनतालाई समेत आफ्ना भनाइ पत्याउन बलजफ्त गर्छन् र भड्काउँछन् पनि । नेपाली जनता पनि कति सोझा छन् भने इमानदारले भनेको बरु नपत्याउलान्, तर बेइमानले भनेको सजिलै पत्याइदिन्छन् । जनताको मनोदशा बडो एकोहोरो हुँदो रहेछ । त्यसै भएर त नेताले ठग्न पाएका छन् ।

गणतन्त्र भएपछि जसले जे चाहन्छ पाउँछ र जनताका सम्पूर्ण समस्या छूःमन्तर हुन्छन् भन्नेले भनिदिए, पत्याउनेले पत्याइदिए । समाल्न पो गाह्रो, भड्काउन कति सजिलो । तर आज सुनिंदैछ– खैः गणतन्त्रले के दियो ? नारा लगाउँदैमा हुन्छ कि, नारा सुहाउँदो काम पनि हुनुपर्छ ? कांग्रेसी समाजवादको कुन गति पारे गिरिजाले ? अब माओवादीको गणतन्त्रको हालत पनि त्यस्तै पार्ने छन् । यिनीहरूले भनेको जनता आफैंले काम हेरेर विश्वास–अविश्वास गर्नसके हुन्थ्यो, तर त्यो स्थिति नै यहाँ आएन । आउनै दिइएन ।

अधिनायकवादी चरित्र हुनेहरू पनि यहाँ प्रजातन्त्रवादी, लोकतन्त्रवादी हुँदै गणतन्त्रवादी हुन आइपुगेका छन्, स्वघोषित गणतन्त्रवादी । राजनीतिमा र शासन सत्तामा पुग्नेहरूमा इमानदारी सबैभन्दा ठूलो गुण र योग्यता पनि हो । आफैं परिस्थितिका भेलमा नवगी विग्रेको परिस्थितिलाई समाल्ने क्षमतामै शासकीय योग्यता प्रतिविम्बित हुनुपर्ने हो, तर यहाँ राजनीति गर्नु र सत्तामा पुग्नुको अर्थ आफ्नो पालामा जनता र वादका नाममा जे जसरी हुन्छ बढीभन्दा बढी पैसा कमाउनु र राष्ट्रको ढुकुटीबाट आफन्तलाई पोस्नु मात्र देखिएको छ । यो आजको दुर्भाग्य नै हो ।

यो देश विगार्ने मूल तत्व उनीहरूकै अविवेक हो, तापनि उनीहरू पश्चाताप गरेर आफूलाई सच्याउने काम नगरी विग्रेको जति दोष सबै अरुमाथि नै थोपर्छन् । आफ्नो गल्ती सुधार्ने चेतनासम्म भैदिए पनि सुधारको क्रम अघि बढ्न सक्थ्यो, तर गर्दैनन् । यथार्थ त के हो भने आफ्नो दोष नदेख्ने या दोष लुकाउन वहाना गर्ने प्रवृत्तिले आफैंलाई हानी हुन्छ भन्ने समेत बुझेनन् । आफूले पनि नगर्ने र अर्काले उछिन्छ कि भनेर बाटो छेक्न अनेक जाल प्रपञ्च गर्छुभन्दा आफैं तलपर्ने स्थितिमा पनि देखिएकै छन् । आफू त जे गर्थे गर्थे, यहाँ त देशैं डुबाउन आँटेर पो वर्वाद भयो त !

नानाथरि कृकृत्य, भ्रष्टाचार, अनाचार गर्ने अन्धविश्वासीले पाप कटनी गर्न भनेर पूजापाठ, तीर्थव्रतको स्वाङ गरेझैं देश र जनताप्रति जिम्मेवार हुनुपर्ने नेताहरूले समेत काँचोपन देखाएर जातित्वका आधारमा राज्य विभाजन गरेर प्रदेशहरूको नामाकरण गर्ने भनिरहेका छन् त्यो नै भोलि समालिनसक्नु समस्याको रुपमा देखिने स्पष्ट भैसकेको छ । प्रथमतः थोरै जनसंख्या र सानो भूभाग भएको नेपालमा संघीयताकै आवश्यकता थिएन । बरु जनतालाई बढीभन्दा बढी अधिकार र सुविधा दिनसकेका भए हुन्थ्यो । संघीयताले त यहाँ जातीय द्वन्द्व निम्त्याउने भूमिका तयार पारेर विखण्डन ल्याउने काम पो गर्दैछ । यो नेताहरूकै अपरिपक्वताको दुष्परिणाम हो । त्यसैले नेताहरूले अझै पनि सोच्नु राम्रो हुनेछ ।

जनतालाई भुलाउने र भँड्याउने गरेर शासन गर्छौं भन्नुभएन । नेताले त यथार्थ कुरा पो गर्नुपर्छ । ‘गरीबको उत्थान’ कति आकर्षक नारा छ । अहिले त ‘गरीबी निवारण मन्त्रालय’ नै बनाएका छन् क्यारे । बाहिरबाट त्यो मन्त्रालयमा प्रशस्त पैसा आएको चर्चा पनि छ । भनिन्छ– गरीबी निवारण त पक्कै भएको छ, तर कसको ? हिजोसम्मका तन्नम् नेताको कि यथार्थमै गरीब जनताको ? जवाफ यही अड्किन्छ । आज संविधानमै झगडा छ । किन छ भने नेताहरू संविधानलाई भोलि आफैंलाई खेल खेल्न सजिलो बनाउन खोज्दैछन् । सत्ता र सम्पत्ति सधैं आफ्नो कब्जामा पार्ने दाउपेच लडाउँदैछन् । त्यसैले भागवण्डाको कुरा अझै मिलिरहेको छैन । अब नमिलेको जति थाती राखेर (आ–आफ्ना अडान कायमै राख्दै) जनताका अगाडि संविधान नामको खोस्टो फाल्ने दाउमा लागेका छन् ।

नेताहरू बाहिरकै इशारामा चलेका हुनाले यहाँ नेपाली जनताका चाहना र आवश्यकता कुल्चिनु स्वाभाविक भएको छ । नेताहरूको परजीवी स्वाभाव नगएसम्म यहाँ संविधान बन्नु र नबन्नु बराबर नै छ । संविधान नमान्ने समूह पनि नेताहरूले नै तयार पारिसकेका छन् । संविधानका वहानामा जातीय युद्धको जग पनि बसालिसकेका छन् । त्यसबाट जोगिने एकमात्र उपाय जनताको एकता नै हो, त्यसैलाई छिन्नभिन्न पारिसके । इतिहासमा नेपाल बनेको र अडिन सकेको मूल तत्व नेपालीको एकत्वमा धमिरा पसालिसकेको स्थिति छ आज । नेताहरूकै साँघुरो सोचाइको परिणाम हो यो ।

‘आफैं बोक्सी आफैं धामी’को भूमिकामा रहेका नेताहरूले नै जनतामा विचलन ल्याइदिएका छन् । संघीयता र जातीय राज्यका दुष्परिणाम नेताले नै बुझ्न सकेनन् भने जनताले के बुझुन् ? विग्रेको स्थिति समाल्ने दायित्व बोकेका प्रचण्डले नै जातीय द्वन्द्व निम्त्याउन भड्काउँदैछन आन्दोलन गर भनेर । एकथरि जातिलाई अर्का जातिबिरुद्ध भड्काउने र उक्साउने कामले धार्मिक सहिष्णुता र जातीय सद्भावको अवस्थामा के कस्तो प्रभाव पर्ला ? कि नेताको जिम्मेवारी यस्तै हुन्छ । राजनेताको अनिकालै परेको हो त नेपालमा ? चारैतिर प्रश्नैप्रश्न मात्रै छन् । नेताहरूले बुद्धि पु¥याउनुपर्ने बेला यही हो । त्यसैले आ–आफ्ना पक्षका जनता उक्साएर आन्दोलनमा उतार्ने र लडाउने भिडाउने काम नेताहरले तुरुन्तै बन्द गरुन् । अन्यथा जातीय युद्धजनित बन्धुहत्यउाको लाञ्छनाले सधैं पोल्नेछ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
“डोबरम्यान ग्याङ्ग” र “रुपान्तरित संसद” - तारा सुवेदी (05.24.2012)
नाममा राज्य दिंदैमा पिछडिएका वर्गको उत्थान हुँदैन - यादब देवकोटा (05.15.2012)
सत्ता र सम्पत्तिमा केन्द्रित आजको राजनीति - महेश्वर शर्मा (05.15.2012)
झुठो नबोल्नु दिन एक खुलस्त हुन्छ ..........(२) : तारा सुवेदी (05.15.2012)
नारा जस्तै व्यवहार भए मात्र मुलुक सप्रिन्छ - यादब देवकोटा (05.07.2012)
शक्ति राजनीति र जनावरहरूको घर - महेश्वर शर्मा (05.07.2012)
“झूठो नबोल्नू दिन एक खुलस्त हुन्छ ..........” (१) - तारा सुवेदी (05.07.2012)
मुलुक उकासिनुको साटो झन्झन् गिर्दो अवस्थामा - यादब देवकोटा (04.30.2012)
संविधानका नाममा आ–आफ्नै दाउपेच लडाउँदै - महेश्वर शर्मा (04.30.2012)
नेपाल भारत सम्बन्धमा सिक्किमको गन्ध - तारा सुवेदी (04.30.2012)
नेताहरूको बुद्धिको बिर्को खुल्न अझै कति लाग्ने ? - यादब देवकोटा (04.23.2012)
पहिले मति सपार, अनि सहमति खोज - महेश्वर शर्मा (04.23.2012)
जेष्ठ १४ र तदुपरान्तको बारेमा घोत्लिँदा (२) - तारानाथ सुवेदी (04.23.2012)
शान्त, स्थिर, सुदृढ र समुन्नत राष्ट्र निर्माणका लागि प्रेरणा प्राप्त होस् - यादब देवकोटा (04.16.2012)
देश निरापद अघि बढोस् भन्ने हो भने - महेश्वर शर्मा (04.16.2012)
“जेष्ठ १४ र तदुपरान्त” का बारेमा घोत्लिंदा (१) तारानाथ सुवेदी (04.16.2012)
दलीय स्वार्थ अनुकूलको संविधान बन्नुपर्ने भ्रमबाट मुक्ति : राष्ट्रिय एकताको भावना विकसित गर्ने (04.09.2012)
बेथितिको पराकाष्ठा : चाहेमा व्यवस्था गर्न नसकिने काम होइन - महेश्वर शर्मा (04.09.2012)
माओवादी जनसेना समायोजनपछि शान्ति स्थापनाको सम्भावना ? - तारा सुवेदी (04.09.2012)
पर्वतीय राष्ट्रहरूमा जलवायु परिवर्तनको प्रभाव - यादब देवकोटा (04.03.2012)



 
::| Latest News

 
[Page Top]