युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 05.30.2020, 05:31pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सन्दर्भ : राष्ट्रको एकता र हाम्रो पहिचान - महेश्वर शर्मा
Monday, 06.11.2012, 04:24pm (GMT+5.5)

नेताहरूले संविधानसभाका नाममा जति गोहीका आँसु चुहाए पनि उनीहरूको ध्यान माने घुमेझैं सत्ताकै वरिपरि छ । अहिले चलाइएको पहिचानको चर्चा पनि स्याल हुइयाँ भएको छ । विभिन्न जातजातिका विशेषताका साथ समष्टिमा नेपाली हुनु पहिचान होइन ? त्योभन्दा अर्को उपयुक्त पहिचान के हुनसक्छ ? वास्तवमा म नेपाली हुँ भन्नु नै हाम्रो सक्कली पहिचान हो । हामी देशबाहिर जाँदा आफ्नो परिचय नेपाली भनेरै दिने गरेका छौं र त्यसैबाट हामी संसारमा परिचित छौं ।

विदेश गएर म संखुवासभा अथवा बझाङबाट आएको फलानो जात भन्ने हो भने त्यो हाम्रो पहिचान हुँदैन । त्योबेला हामी जुनसुकै जिल्ला वा जातका भए पनि हाम्रो जात नेपाली र पहिचान पनि त्यही नै हुन्छ । विभिन्न भाषाभाषी, जात जातिका हामी नेपालीको योभन्दा राम्रो साझा पहिचान अरु हुनै सक्दैन । त्यस्तै हाम्रा अरु पहिचान भनेका सगरमाथा, लुम्बिनी, खप्तड, मुक्तिनाथ, धनुषा र गण्डकी–कोशी–कर्णाली हुन् । तर विभिन्न जातजातिका नाम भनेका हाम्रा आन्तरिक कुरा हुन् र ती राष्ट्रिय पहिचान हुन सक्दैनन् ।

नेपाल हाम्रो देश हो । यहाँ अनेकौं जातजाति र थरका उपसंस्कृति भए पनि समग्रमा हाम्रो संस्कृति नेपाली संस्कृति हुन्छ । चाहे लाखे नाच होस्, देउडा होस्, रोदी होस्, तीज होस्, चण्डीनाच होस्, माघी होस्, घाटु होस्, फागु होस्, जनैपूर्णिमा होस् विभिन्न ल्होसार होस्, चाहे छैठ होस्, या दशैं तिहार आदि अनेकथरि चाडपर्व समष्टिमा साझा संस्कृति भएर नै हाम्रो राष्ट्रिय एकताको गाँठो बलियो भएको हो र यो गाँठो खुकुलो हुनासाथ हामी बोराको तोरी छिरलिएझैं भएर कमजोर हुन्छौं र अन्ततः हामीलाई अरुले ठुङ्छन् । अनि अस्तित्वकै खतरा हुनसक्छ भन्ने बुझेर पनि नेताहरू स्वार्थवश जातीय नारामा अल्झेर किन आफ्ना चिहान आफैं खन्दैछन् कुन्नि ?

आज उदेकलाग्दो के छ भने नेता र मन्त्री भैसकेकाहरू पनि जातपातका आधारमा राज्य बाँड्न तम्सिएका छन् । कति संकुचित धारणा ! राष्ट्रकै मन्त्री भैसकेकाले पनि प्रान्तीय पार्टी खोलेर खुम्चिन खोज्दैछन् । नेतृत्व गर्नेहरूकै यो हाल छ भने निरक्षर, अचेत, निर्धा, निमुखा जनताले जातीय राज्यका खराबी र खतरा कसरी बुझुन् ? स्वार्थबश जातपात र धर्म सम्प्रदायका आधारमा राज्य छुट्याउने कुरा गरेको सुन्दा यो उनीहरूको आफ्नै सोचाई हो भनेर पत्याउन गाह्रो छ । त्यसैमा पनि अल्पसंख्यक जातका आधारमा राज्यका नामाकरण गर्न खोज्नु त अनर्थ निम्त्याउन खोज्नु होइन ? चेतनाको कमी र अन्धविश्वासमा रुमलिएका जनतालाई जातीय राज्यका नारा लगाएर बाठाटाठाले शोषण गर्ने यो नयाँ तरिका निकाल्न खोजेका छन् । नेताले तिनै शोषित पीडित जनतालाई रल्याएर राजगर्न खोजेका छन् । दलितलाई आर्थिक रुपबाट समर्थ नबनाएसम्म राजनीतिक नाराले केही लछार्दैन ।

संघ राज्य भन्नेहरूले ‘संघ’ भनेको टुक्राटुक्रा जोडेर बन्ने सग्लो वस्तु हो भन्ने बिर्सेका छन् । सग्लोलाई टुक्रा पारेर संघ बन्दैन । पृथ्वीनारायण शाहले टुक्राहरू जोडेर बनाएको नेपाल नै संघ हो । तर आज माओवादीले संघलाई फोरेर टुक्राटुक्रा जातीय राज्य बनाउन खोजेका छन् भन्ने यथार्थ चेतनाको कमीले गर्दा एकथरि जनताले बुझ्न सकेका छैनन् भने अर्काथरि बाठालाई स्वार्थले बाटो दिएको छैन । नहुने कुरा बोलेर जनतालाई आफ्नो पक्षमा तान्छौं भन्दा नेताहरूले देशमा अन्तद्र्वन्द्व निम्त्याएका छन् । कम्युनिष्टले नै जाति, धर्म र सम्प्रदायका आधारमा जातीय राज्य बनाउनु भनेको धर्मच्यूत हुनु हो । उनीहरूले पहिचानका वास्तविक आधारको उपेक्षा गरेका छन् ।

बाह्य हस्तक्षेप भयो भन्नेहरूले नै यहाँ हस्तक्षेप निम्त्याइरहेका छन् । स्वार्थसिद्धिका लागि नेताहरू हस्तक्षेपकारीका अगाडि घुँडा टेकर आफ्ना आन्द्राभुँडी खोलेर राख्छन् । तराईलाई सकेसम्म एउटै प्रदेश बनाउने कामले कसलाई सजिलो हुन्छ ? जनजाति समूहका पूर्व सांसदहरूलाई जातीय राज्य नभए पार्टी छोड्छौं भनेर कांग्रेस–एमालेलाई धम्की दिन लगाएको कसले हो ? तराई प्रदेश छुट्याउन खोज्नेकै मच्चाटमा जनजाति भनिएकाहरू पनि लाग्नु भनेको जानी जानी संकट निम्त्याउनु हो । टुप्पातिर बसेर फेद काट्ने हामीजस्ता मूर्ख भेट्टाएपछि हस्तक्षेप हुँदैन त ? हिमाल र पहाडलाई अनेक टुक्रा पार्ने र तराई एउटै हुनुपर्ने यो कसको इशारा हो ? कसको स्वार्थ हो ? जनजाति भनिएकाहरू यो छलछाम किन बुझ्दैनन् र उनैका पछि दगुरेका छन् ?

आज हाम्रो धार्मिक, सांस्कृतिक सद्भाव, सामाजिक सहिष्णुता र एकता किन खल्बलिंदैछ भनेर जिम्मेवारहरूले किन सोच्दैनन् ? बडाबडा नेता नै बाह्य प्रभावमा प्रेर सामाजिक विखण्डनको खाल्टो आफैं खन्दैछन् । भन्छन्– संविधान बनाउँछौं, त संविधान बन्न र बनाउन नदिने र बने पनि भत्काउने गायत्री मन्त्र सिकाउनेहरूकै पछिलाग्ने नेता भएसम्म संविधानले केही लछार्दैन । काम गर्ने मान्छेले हो, त्यस्ताको अनुहार र ल्याकत देखिइसकेको छ ।

यदि नेताहरू इमान्दार छन् र जनतामा विश्वास गर्छन् भने संघीयता र जातीय राज्य चाहिन्छ या चाहिंदैन भनेर जनमतसंग्रह गर्ने हिम्मत गरुन् । आफैंले निर्णय गर्ने, जनतालाई नसोध्ने र प्रजातान्त्रिक (अझ लोकतान्त्रिक र जनतान्त्रिक रे !) राज्य चलाउँछौं भनेर जनता झुक्याउनु सरासर बेइमानी हो । राजतन्त्र र धर्मका सम्बन्धमा पनि नेताहरू जनमत लिन किन डराए ? किनकि उनीहरूलाई थाहा छ– यसमा जनताको विमति छ भन्ने कुरा । यस्तै कामले गर्दा यहाँ द्वन्द्वको विजारोपण भएको छ । त्यसकारण उल्टो बाटो हिंडेर पारलाग्दैन भन्ने यथार्थको उपेक्षा अझै पनि नगरुन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रधानमन्त्री डा. भट्टराई सामु काल–प्रश्न ः तपाई कुन बाटो लाग्ने ? - तारा सुवेदी (06.11.2012)
नेपाल र दक्षिण अफ्रिकाको संविधानसभा : त्यहाँ किन सफल ? हामी कहाँ चुक्यौं ? - यादब देवकोटा (06.04.2012)
दोषी को ? घर मूली कि घटिया छिमेकी ? - तारा सुवेदी (06.04.2012)
गैरदलीय चुनावी सरकार : आजको आवश्यकता - महेश्वर शर्मा (06.04.2012)
नाम पहिचान हो, प्रमुख मुद्दा आर्थिक–सांस्कृतिक हो - यादब देवकोटा (05.28.2012)
मुलुक अनिश्चय र आशंकाको घेरामा - महेश्वर शर्मा (05.28.2012)
नैतिकताको सवालमा - तारा सुवेदी (05.28.2012)
नेपालको भौगोलिक अवस्था र नागरिकताको सवाल - यादब देवकोटा (05.24.2012)
संविधान नामको अग्राह्य खोस्टो फाल्ने दाउ - महेश्वर शर्मा (05.24.2012)
“डोबरम्यान ग्याङ्ग” र “रुपान्तरित संसद” - तारा सुवेदी (05.24.2012)
नाममा राज्य दिंदैमा पिछडिएका वर्गको उत्थान हुँदैन - यादब देवकोटा (05.15.2012)
सत्ता र सम्पत्तिमा केन्द्रित आजको राजनीति - महेश्वर शर्मा (05.15.2012)
झुठो नबोल्नु दिन एक खुलस्त हुन्छ ..........(२) : तारा सुवेदी (05.15.2012)
नारा जस्तै व्यवहार भए मात्र मुलुक सप्रिन्छ - यादब देवकोटा (05.07.2012)
शक्ति राजनीति र जनावरहरूको घर - महेश्वर शर्मा (05.07.2012)
“झूठो नबोल्नू दिन एक खुलस्त हुन्छ ..........” (१) - तारा सुवेदी (05.07.2012)
मुलुक उकासिनुको साटो झन्झन् गिर्दो अवस्थामा - यादब देवकोटा (04.30.2012)
संविधानका नाममा आ–आफ्नै दाउपेच लडाउँदै - महेश्वर शर्मा (04.30.2012)
नेपाल भारत सम्बन्धमा सिक्किमको गन्ध - तारा सुवेदी (04.30.2012)
नेताहरूको बुद्धिको बिर्को खुल्न अझै कति लाग्ने ? - यादब देवकोटा (04.23.2012)



 
::| Latest News

 
[Page Top]