युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.11.2019, 11:21am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
शासन व्यवस्था कसिलो कि खुकुलो ? - महेश्वर शर्मा
Tuesday, 07.10.2012, 02:19pm (GMT+5.5)

आज यहाँ राजनीति गर्नुको मुख्य उद्देश्य सबैले शक्तिलाई एकलौटी पार्ने मात्रै बनाएका छन् । त्यतिबेला नीति–अनीति बराबर हुन्छ । हुन त नेता भन्न लायक विरलै होलान्, तैपनि तिनीहरूले इमानदारीलाई कमजोरको आचरण ठानेजस्तो छ । कानुन नियमका बार–परखाल नभत्काउने पनि के को नेता ? भनेजस्तो व्यवहार देखाइरहेका छन् । त्यसैले उनीहरू सर्वतन्त्र, स्वतन्त्र र स्वच्छन्द छन् । मनपरी गर्नबाट कसैले रोक्न नसक्ने तागत आफूसंग भएको अभिनय गर्छन् । भ्रष्टाचार, बेइमानी र ठगी धन्दा यिनीहरू आफ्नो विशेषाधिकार ठान्छन् । राजनीतिलाई त यिनीहरूले पैसा कमाउने कारखाना बनाएका छन् । इमान र नैतिकतालाई त सोझा सिधालाई सुनाउने उपदेश मात्र बनाइएको छ ।

केही अपवाद छोडेर दिनको दशपटक झूठो बोल्नु, ढाँट्नु, छल्नु र दुनियाँलाई भ्रममा पारेर आफ्नो दुनो सोझ्याउने काममात्रै किन गरिरहेका छन् ? आखिर के का लागि ? सत्य जवाफ एउटै छ– फाइदाका लागि । चोरले किन चोरी गर्छ ? ठगले ठगीधन्दा किन गर्छ ? फाइदा नहुने भए किन गर्थे होलान् त्यस्तो गैरकानुनी काम ! त्यस्तो अनर्थ गर्ने आँट र हैसियत सानातिनासंग हुँदैन । त्यसैले भ्रष्टाचार, दुराचार, शोषण, अन्याय, अत्याचार कथित नेताका एकलौटी विशेषाधिकार भएका छन् । यसरी मित्थ्याचारलाई सदाचार बनाउनेहरूले आफैं लाजमान्नु पर्ने हो तर जस्तोसुकै दुष्कर्म गर्न परे पनि पछि नहट्ने हिम्मत देखाइरहेका छन् । अब नेतृत्वका लागि सच्चरित्रता र अनुशासनको आवश्यकता छैन जस्तो छ । यस्तो स्थितिमा सामान्य मान्छेले के सिक्ने ?

यहाँ आएर टीना–बोतल–कागज–फलाम फलाक्दै कबाडी सामान र फोहरबाट सामान उधिनेर प्राण धान्नेहरूले समेत सोनिया गान्धी र मनमोहन सिंहको प्रशंसा गरेको सुनिन्छ, तर यहाँका नेता भनाउँदा भने सहसचिवस्तरको उनैको राजदूतलाई साष्टांग दण्डवत गरेर एकले अर्काको बदख्वाई गर्छन् किन ? सोच्नुपर्ने अन्तर्वस्तु छ यहाँ । आफूलाई जनजाति भन्नेहरूमा उच्च शिक्षित र सम्पन्नहरूकै बाहुल्य छ । देशको पचहत्तर प्रतिशतभन्दा बढी आर्थिक औद्योगिक पक्षमा उनीहरूकै पकड छ । एनजीओ–आईएनजीओहरूमा उनीहरूकै हालिमुहाली छ तैपनि उनीहरू नै भड्किनुका पछाडिको रहस्य बुझिनसक्नु छ । 

जनताको नाम लिएर जनताकै शोषण गर्नेहरूकै आवाज चर्को छ । नेता जेजे भन्छन् त्यो त्यो गर्दैनन् । हिजो एकथरिले खाए आज अर्काथरिले खाँदैछन् । जनता त जहाँको तहीं । त्यसैले नेताका दुर्नियतले गर्दा आज नेपाली नेपालीबीचको सद्भावना नै खलबलिने अवस्था हुनाले सबै सचेत हुनुपर्ने स्थिति छ ।

शरीरको एउटा पनि कुनै अंग कमजोर भयो भने शरीर स्वस्थ मानिंदैन । त्यस्तै देशका सम्पूर्ण जनता सम्पन्न र सुखी नभएसम्म प्रगति भएको मान्न सकिंदैन । तर आज यहाँ एकथरि ठूलाबडा भनिने तस्कर, भ्रष्टाचारी र नेता सम्पन्नमाथि सम्पन्न र अर्काथरि विपन्नमाथि विपन्न हुँदै धस्सिदै गएको स्थितिमा समान रुपले सबैको उत्थान हुने कार्ययोजनाबाट कामै देखाउन सके मात्र विश्वास जाग्ने थियो कि ! नत्र आफ्नो यथार्थ धरातल नबुझी दलहरूका खोक्रा नारा र आदर्शका हावादारी गफ अनि जातीय राज्य जस्ता विभेदकारी कुराबाट पारलाग्ने अवस्था छैन । आज जेजस्तो भोगिएको छ यो जनताको नभएर भ्रष्टहरूको व्यवस्था भएको छ ।

घर चलाउन होस्, कुनै संस्था चलाउन होस् वा राज्य चलाउन नै किन नहोस्, आवश्यक नियन्त्रण र अनुशासनको सन्तुलन मिलाउन जानिएन या सकिएन भने त्यहाँ भाँडभैलो चल्छ र अराजक स्थिति उत्पन्न हुन्छ । कसै न कसैको उचित अदप नहुने र नमान्ने हो भने कुनै पनि व्यवस्था वा संस्था चल्न सक्दैन । नियम, कानुन र विधि विधान चाहिने नै त्यसैका लागि हो । स्वतन्त्रता बढी भयो भने पनि त्यसले स्वच्छन्दता निम्त्याउँछ भने त्यसैले मनपरीतन्त्रलाई ढोका खोलिदिन्छ र अन्ततः त्यो विनाशकै कारण बन्न सक्छ । अहिले पार्टी भाँडिएर फुटेपछि प्रचण्डका आँखा खुलेजस्तो छ । उनले केन्द्र बलियो पार्ने दस्तावेज बनाउने भए । केन्द्र बलियो नभै तहतहमा अनुशासन कायम नहुने रहेछ भन्ने तत्वबोध भयो भने ढिलै भए पनि राम्रै होला ।

त्यसै गरी केन्द्र बलियो नभै संघ राज्यहरू पनि भाँडिन्छन् र चल्दैनन् भन्ने महसुस पनि बेलैमा भैदिए हुन्थ्यो । बलियो केन्द्रले मात्रै तल अनुशासन कायम गराउन सक्छ र छिरलिएर भताभुंग हुनबाट जोगाउन सक्छ भन्ने शुद्धि चाँडै आएर आवश्यक विकेन्द्रीकरणद्वारा देशलाई सुल्टो बाटोमा हिंडाउनुपर्ने आवश्यकता बोध पनि भैदिए हुन्थ्यो । संघीयताका प्रसंगले यहाँ आजै अराजकता निम्त्याइसक्यो भने भोलि लागू भएमा के होला ? बोराको तोरी छिरलिएपछि समेलीनसक्नु हुन्छ । त्यसैले आवश्यक अनुशासन कायम गर्ने प्रविधि वेगर कुनै पनि काम राम्रोसंग चल्न सक्दैन । देशको केन्द्रीय शासनलाई बेहद खुकुलो बनाएर काम छैन भन्ने बुद्धि पहिले नै आइदिएको भए देशले आजको दुर्गति नै भोग्नुपर्ने थिएन । जे होस्, अझै पनि केही सम्पन्न जातलाई जातीय राज्य बाँडेर देशमा अरु अराजकता मच्चाउने काम नहोस् ।

आवश्यक नियन्त्रण विनाको कुनै पनि काम या व्यवस्था अराजक हुन्छ । संघ राज्य प्रणाली लागू गरिएमा त्यसबाट त झनै स्थिति विस्फोटक हुनसक्छ । आज देशमा एकता, परस्पर सहयोग, सद्भाव र अनुशासन भन्ने कुरा नै भताभुंग भैसकेको छ । त्यसेले देशमा अरु भाँडभैलो नहोस् भन्ने हो भने १४ अञ्चल, ७५ जिल्ला, ५ विकास क्षेत्र एवं नगरपालिका र गाविसहरूलाई यथोचित अधिकार दिएर कसिलो र खुकुलोपनको सन्तुलन मिलाउने हो भने यहाँ कुनै विपत्ति आउँदैन । आफ्नो देशको वस्तुस्थिति र आफ्नो यथार्थ धरातल बिर्सेर अरुकै नक्कल गर्ने र अरुकै इशारामा चल्ने हो भने विपत्ति आउनु स्वाभाविक हुन्छ । आशा गरौं, नेता हुँ भन्नेहरूमा सदबुद्धि जागोस् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सम्मान्य राष्ट्रपति डा.रामवरणः व्यक्ति र अभिव्यक्ति (१) - तारा सुवेदी (07.10.2012)
दिगो विकासमा जलवायु परिवर्तनको अवरोध - यादब देवकोटा (07.03.2012)
स्पष्टता र दिशाबोध बेगरको कुर्सीताकाई - महेश्वर शर्मा (07.03.2012)
गाँठो फुकाउने उपाय यौटा मात्रै – तारा सुवेदी (07.03.2012)
असफलताको ढाकछोप गर्न आरोप–प्रत्यारोपको बाढी - यादब देवकोटा (06.18.2012)
“सहमतिको”असंवैधानिक बाटो खोज्ने कि, संविधान सम्मत बाटो रोज्ने ? - तारानाथ सुवेदी (06.18.2012)
सधैं आन्दोलनकै मानसिकता राखेर हुँदैन - महेश्वर शर्मा (06.18.2012)
मुलुकलाई सही मार्गमा हिंडाउने आत्मचेत खुले, प्रमुख नेताहरूले राष्ट्रघातको कलंक बोक्न पर्दैन - य (06.11.2012)
सन्दर्भ : राष्ट्रको एकता र हाम्रो पहिचान - महेश्वर शर्मा (06.11.2012)
प्रधानमन्त्री डा. भट्टराई सामु काल–प्रश्न ः तपाई कुन बाटो लाग्ने ? - तारा सुवेदी (06.11.2012)
नेपाल र दक्षिण अफ्रिकाको संविधानसभा : त्यहाँ किन सफल ? हामी कहाँ चुक्यौं ? - यादब देवकोटा (06.04.2012)
दोषी को ? घर मूली कि घटिया छिमेकी ? - तारा सुवेदी (06.04.2012)
गैरदलीय चुनावी सरकार : आजको आवश्यकता - महेश्वर शर्मा (06.04.2012)
नाम पहिचान हो, प्रमुख मुद्दा आर्थिक–सांस्कृतिक हो - यादब देवकोटा (05.28.2012)
मुलुक अनिश्चय र आशंकाको घेरामा - महेश्वर शर्मा (05.28.2012)
नैतिकताको सवालमा - तारा सुवेदी (05.28.2012)
संविधान नामको अग्राह्य खोस्टो फाल्ने दाउ - महेश्वर शर्मा (05.24.2012)
नेपालको भौगोलिक अवस्था र नागरिकताको सवाल - यादब देवकोटा (05.24.2012)
“डोबरम्यान ग्याङ्ग” र “रुपान्तरित संसद” - तारा सुवेदी (05.24.2012)
नाममा राज्य दिंदैमा पिछडिएका वर्गको उत्थान हुँदैन - यादब देवकोटा (05.15.2012)



 
::| Latest News

 
[Page Top]