युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.15.2019, 05:59am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
संविधानसभा ब्यूँताउने विन्तिपत्र बुझ्दैछन् - महेश्वर शर्मा
Monday, 07.23.2012, 04:35pm (GMT+5.5)

राजधानीले भर्खरै घण्टाकर्ण चतुर्दशी मनायो । घण्टाकर्ण भनेको समाजलाई दुःख दिने किम्वदन्तीको पात्र भए पनि उसलाई राक्षसकै प्रतीक मानिंदैआएको छ । भगवान्को नाम सुन्न नपरोस् भनेर कानमा घण्टा झुण्ड्याएर हिंडथ्यो भनिन्छ भने आजका नेता भनाउँदा ९अपवाद छोडेर० घण्टाकर्णहरू जनताकै नाम लिएर जनताकै हुर्मत लिइरहेका छन् । फरक कति भने घण्टाकर्णलाई राक्षस भनिए पनि ऊ जनताकै पक्षमा काम गर्ने पात्र थियो । तर नेता चाहिं आफूमा देवत्व ९नेतृत्व० आरोहण गरे पनि काम चाहिं जनभावना र चाहना विपरीत गरिरहेका छन् । यस्तो गरेर जिम्मेवारी पूरा हुन्छ रु हुँदैन । त्यसैले नेताहरू आफूभित्रको दानवलाई विसर्जन गरुन र यथार्थमै जनताका पक्षमा काम गर्ने कसम खाएर अघि बढुन् । जनता यही चाहन्छन् ।

नेताहरूले यहाँ अनौठो चलन चलाएका छन् । राजनीतिक सहमति भनेर दुई वर्षे संविधानसभाको म्याद आफूखुसी थपेर चार वर्ष मलिलो जागीर खाएकाहरू अहिले फेरि अर्को राजनीतिक सहमति गरेर मरेको संविधानसभा ब्यूँताउने प्रपञ्चमा लागेका छन् । केही भँडुवा नेताहरू मिलेर राजनीतिक सहमति भन्दै सधैं यसरी नै राज गर्ने हुन् भने प्रजातान्त्रिक परिपाटीको अर्थ के हुन्छ रु अहिले कांग्रेस सभापति कोइराला आफ्ना भरौटेबाट माग गर्न लगाएर संविधानसभा पुनःस्थापित गराउने बिन्तिपत्र बुझिरहेका छन् । माओवादीका चाहना पूरा नगरी प्रधानमन्त्री हुन नपाउने बुझेर नै सम्भवतः त्यसो गरिंदैछ ।

नेताहरूमा अझै पनि इमान्दारीको केही अंश छ र देश नडुबोस् भन्ने हो भने संविधानसभा होइन, आजको आवश्यकता भनेको गैरदलीय निर्वाचन प्रयोजनको सरकार हो भन्ने स्वीकार गरुन् । अब फेरि अर्को संविधानसभा होइन, चुनावी सरकारद्वारा संसदको निर्वाचन गरिनुपर्दछ । त्यस निम्ति प्रधान न्यायाधीशको अध्यक्षतामा उनैले रोजेका निष्पक्ष व्यक्तिको छोटो छरितो मन्त्रिमण्डल बन्नुपर्दछ । साथै निष्पक्ष विशेषज्ञको टोली गठन गर्ने र त्यसले तयार पारेको संविधानको मस्यौदा संसदद्वारा पारित गराउनु पर्दछ । होइन र यसरी नै स्वार्थका झगडामा अल्झिरहने हो भने यो देश कुनै पनि दिन कसैको एउटा प्रान्तमा परिणत नहोला भन्न नसकिने परिस्थिति निर्माण हुँदैगएको बुझ्न कठिन छैन ।

कामचलाउ सरकारका अर्थमन्त्रीले भर्खरै आव २०६९।०७० का लागि तृतीयांश बजेट पेश गर्दा भाषण चाहिं पूर्ण बजेटकै ठोके । पूर्ण बजेट ल्याउन पाएको भए यो गर्थे, त्यो गर्थे भनेर जनतालाई लोभ्याएर प्रभावमा पार्ने र सस्तो जनप्रियता हाँसिल गर्न खोजे । जनतालाई झुक्याउन अझै पुगेको रहेनछ कि कुन्नि १ यस्तो गर्न पाएको भए यस्तो हुन्थ्यो भन्ने जस्ता बाह्रसत्ताइस गन्थन बजेट भाषणमा किन चाहिएका थिए रु केवल अझै पनि जनताका आँखामा छारो हालेर झुक्याउन खोजिएको होइन रु अर्थात् बजेट वक्तव्य पनि सत्तामा आफ्नो पकड बलियो पार्ने दूषित राजनतिक मनसायबाटै आयो । त्यसभित्र अरु केके छ के के रु

मौलिक अर्थ र धर्म नछोड्ने हो भने कम्युनिष्ट भनेको एकदलीय कठोर तानाशाही व्यवस्था हो भन्ने बिर्सनु हुँदैन । उनीहरू पार्टी जसरी चलाउँछन्, शासन पनि त्यसरी नै चलाउँछन् । अनुशासनका नाममा त्यहाँभित्र क्रुरताको पराकाष्ठा हुन्छ । पार्टीको निर्णय जवर्जस्ती निरंकुशता त्यहाँ लादिन्छ । प्रजातान्त्रिक स्वतन्त्रता र उदारता जस्ता शब्दको त्यहाँ कुनै अर्थ हुँदैन । आँखामा पट्टी बाँधेर घोडा जस्तै हिंड्न नमान्ने त्यहाँ भौतिक कार्बाहीमा समेत पर्नसक्छ । त्यहाँभित्र छलफल, बहस र मतभेद प्रकट गर्नु अक्षम्य अपराध मानिन्छ । हालै राजधानीमा सम्पन्न एमाओवादीको विस्तारित बैठकमा शीर्ष नेताहरूले कसैलाई छुट नदिई कसिकसाउ गरेर जनवादी क्रान्ति पूरा गर्ने अठोट गरेकोबाट वास्तविकता बुझ्न सकिन्छ । तर एमाले मात्रै होइन, कांग्रेस समेत सती जान तयार भएको देखेर जनता अचम्मित भएका छन् । देशमा प्रजातन्त्र आएको ६० वर्ष भैसक्दा पनि मान्छेमा आएन, पार्टीकै जोर जवर्जस्ती मात्रै चलेको छ ।

माओवादी नेताहरू अध्यात्मवादी नै रहेछन् कि कुन्नि १ जनतालाई ठाडै मुक्ति दिलाउने सूत्र उनीहरूसित रहेछ । माओवादी द्वन्द्वमा १५–२० हजार मारिए भनेको त तिनले त मुक्ति पो पाएका रहेछन् । गरीबी र सांसारिक दुःखबाट मुक्ति अथवा मोक्ष । गीताको सार त माओवादीले पो बुझेका रहेछन्– “न जायते मृयते वा कदाचित् ।।।” आत्मा अमर भएपछि मार्ने र मर्ने कुरा गौण भैहाल्दा रहेछन् । आत्मा मर्ने होइन क्यारे, भौतिक शरीरलाई भौतिक कार्वाही सुहाउँदै त होला नि । दुःख पाएका गरीब जनतालाई मोक्ष दिलाउनुलाई कसरी चानचुने काम भन्ने रु हिजोआज माओवादीबारे यस्तै व्याख्या–विश्लेषण सुनिन्छ ।

राजनीतिमा अरु लण्ठा टण्टा गर्नुभन्दा जेजे परिआउँछ त्यसैमा समाहित हुन सजिलो रहेछ । शुरुमा गोरखा दल ओरालो लाग्न थालेपछि त्यसका मान्छे कांग्रेसमा सरेका हुन् । भरत शमशेर नै कांग्रेस भैदिएपछि अरु त्यहाँ आइहाले । सत्र सालमा दुई तिहाई जितेको कांग्रेसका ५५ जना त सांसद नै पञ्चायत पसेका थिए । पञ्चायत ढलेपछि तिनीहरू फेरि कांग्रेस भए । तर पछि दैवगति हो कि आफ्नै मतिले हो माओवादी कुमालकोटीका फेला परेपछि त कांग्रेस मात्रै होइन, एमाले समेत गुन्द्रुक खाँदिएझैं भैहाले । आआफ्ना लाइन छोडेर कांग्रेस र एमाले गणतन्त्रवादी, धर्म निरपेक्षवादी, जातिवादी र अरु के के वादीमा परिणत हुन पुगेको परिणाम सबैका अगाडि छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सम्माननीय राष्ट्रपतिज्यू को सकृयताको अर्थ ? (३) - तारा सुवेदी (07.23.2012)
मुलुकको केन्द्रीय राजनीति सधैं अस्थिर रहने - यादब देवकोटा (07.17.2012)
“राष्ट्रपतिले गल्ती गर्दैनन्” (२) - तारा सुवेदी (07.17.2012)
प्रधानमन्त्रीजी ! तपाईं आफ्नै माग त पूरा गर्नोस् - महेश्वर शर्मा (07.17.2012)
विगत बिर्सेर वर्तमान र भविष्य सुखद् हुँदैन - यादब देवकोटा (07.10.2012)
शासन व्यवस्था कसिलो कि खुकुलो ? - महेश्वर शर्मा (07.10.2012)
सम्मान्य राष्ट्रपति डा.रामवरणः व्यक्ति र अभिव्यक्ति (१) - तारा सुवेदी (07.10.2012)
दिगो विकासमा जलवायु परिवर्तनको अवरोध - यादब देवकोटा (07.03.2012)
स्पष्टता र दिशाबोध बेगरको कुर्सीताकाई - महेश्वर शर्मा (07.03.2012)
गाँठो फुकाउने उपाय यौटा मात्रै – तारा सुवेदी (07.03.2012)
असफलताको ढाकछोप गर्न आरोप–प्रत्यारोपको बाढी - यादब देवकोटा (06.18.2012)
“सहमतिको”असंवैधानिक बाटो खोज्ने कि, संविधान सम्मत बाटो रोज्ने ? - तारानाथ सुवेदी (06.18.2012)
सधैं आन्दोलनकै मानसिकता राखेर हुँदैन - महेश्वर शर्मा (06.18.2012)
मुलुकलाई सही मार्गमा हिंडाउने आत्मचेत खुले, प्रमुख नेताहरूले राष्ट्रघातको कलंक बोक्न पर्दैन - य (06.11.2012)
सन्दर्भ : राष्ट्रको एकता र हाम्रो पहिचान - महेश्वर शर्मा (06.11.2012)
प्रधानमन्त्री डा. भट्टराई सामु काल–प्रश्न ः तपाई कुन बाटो लाग्ने ? - तारा सुवेदी (06.11.2012)
नेपाल र दक्षिण अफ्रिकाको संविधानसभा : त्यहाँ किन सफल ? हामी कहाँ चुक्यौं ? - यादब देवकोटा (06.04.2012)
दोषी को ? घर मूली कि घटिया छिमेकी ? - तारा सुवेदी (06.04.2012)
गैरदलीय चुनावी सरकार : आजको आवश्यकता - महेश्वर शर्मा (06.04.2012)
नाम पहिचान हो, प्रमुख मुद्दा आर्थिक–सांस्कृतिक हो - यादब देवकोटा (05.28.2012)



 
::| Latest News

 
[Page Top]