युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.15.2019, 05:03am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
प्रचण्डको धम्की र आफ्नोपन गुमाएकाहरू महेश्वर शर्मा
Monday, 07.30.2012, 04:12pm (GMT+5.5)

विभिन्न दलका नेताहरू आआफ्नै स्वार्थका अडानमा रहेर विवेक गुमाएको स्थितिमा आन्तरिक अप्ठ्यारा हटाउन र राजनीतिक निकास दिएर देशको विग्रदो स्थिति समाल्न राष्ट्राध्यक्षलाई केही न केही विशेष अधिकार चाहिने रहेछ भन्ने कुरा नेताहरूले अझै पनि नबुझ्नु विडम्बना नै भन्नुपर्दछ । भारतका भक्तहरूले भारतीय राष्ट्रपतिलाई भएको जति अधिकार पनि आफ्नो राष्ट्रपतिलाई दिन कञ्जुस्याई गर्नुलाई सत्तासीनले कार्यकारिणी अधिकारको दुरुपयोग गर्ने मनसाय राखेको बुझ्नुपर्ने भएको छ ।

यतिबेला गत जेठ १४ गतेपछि देशमा संविधान र स्थायी सरकारविहीन अवस्थामा अन्योलको स्थिति अन्त्य गर्ने ९ढिलै भए पनि० संवैधानिक अधिकार राष्ट्रपतिलाई हुनैपर्नेमा राजनीतिक दलहरू सहमत हुन सक्नुपर्छ भन्ने कुरा स्पष्ट भैसकेको छ । राष्ट्राध्यक्षबाट अधिकार दुरुपयोग हुने ठानिएको हो भने पनि वर्तमान बाबुरामको कामचलाउ सरकारले मनोमानी गरिरहेको अवस्थालाई राष्ट्रपतिले टुलुटुलु हेर्नुपरेको स्थितिलाई के भन्ने रु यसबाट त राष्ट्रपतिको औचित्यलाई नै चुनौति भएन र भन्या रु प्रजातान्त्रिक परिपाटीमा विश्वास गर्छौं भन्नेहरूले सोच्नुपर्ने कुरा हो यो ।

नेताहरू आफूले त ढाँटे ढाँटे, अरुलाई पनि ढाँट विद्या सिकाइरहेका छन् । नयाँ पुस्तालाई समेत आफूजस्तै ढाँट बनाउन खोजिरहेका छन् । राजतन्त्र हटाएपछि सबै ठीक हुन्छ । जसले जे खोज्छन् त्यो पाउँछ, सुख, शान्ति आउँछ भनेर ढाँटे । तर राजतन्त्रपछि झनै दुर्दशा सुरु भयो । समाजमा मनपरी चल्न थाल्यो । महंगी र बेरोजगारीबाट जनता रन्थनिए, विचलित हुन थाले । त्यसपछि नेताहरूले भाका फेरेर अब संविधान आएपछि ठीक हुन्छ भनेर ढाँट्ने अर्को तरिका निकाले । ढाँटको निम्तो खाइ पत्याउँदो भए पनि जनताले धैर्यसाथ पर्खे । संविधानसभाको दुई वर्षे म्याद वितण्डामै बिताएपछि जनतालाई वास्तै नगरी आफूखुसी दुई वर्ष म्याद थपेर विदेश घुमेर, राष्ट्रको धन उडाए, मोजमस्ती गरे ९अपवादलाई छोडेर० तैपनि संविधान बनेन अथवा बनाउने नियत नै थिएन । संविधानसभा त्यसै सिद्धियो, जनता जिल्लाराम परे । संविधानमै नभएको फेरि अर्को संविधानसभाको निर्वाचनको घोषणा गरे । अहिले त्यसैको फन्दामा तिनीहरू परिरहेका छन् । यथास्थितिमा न निर्वाचन हुनसक्छ न त अरु कुनै वैधानिक बाटो नै बाँकी छ । तैपनि जनतालाई ढाँट्न छाडेका छैनन् । एकपछि अर्को ढाँटको खेती चलिरहेको छ ।

जनताले कुरा बुझ्दै जान थालेपछि फेरि ढाँट्ने नयाँ बहाना चाहियो र भन्न थालेका छन्– “लहैः प्रतिगामीले टाउको उठाउन थालेकाले जनता होसियार हुनुपर्यो । नत्र शिशु गणतन्त्र समाप्त पार्छन् । अब हामी फेरि चुनावमा जान्छौं । हामीलाई दुई तिहाई मत दिनुभयो भने जनताका सारा व्यथा वेदना छूः मन्तर पार्छौं” भन्न थालेका छन् । त्यसैमा पनि चुनावको मिति र केको चुनाव भन्ने नै टुंगो लगाउन नसकेर एकले अर्कालाई दोष दिन छोडेका छैनन् । यिनीहरू गैरदलीय चुनावी सरकार गठन गर्ने कुरा पनि मान्दैनन् । त्यस्तो गर्दा सरकारी साधन दुरुपयोग गर्न पाइँदैन । त्यसैले फेरि सहमतिको ९सबै दलको० सरकार बनाएर गच्छेअनुसार चुनाउमा धाँधली गर्न अब पहलमानी देखाउने सुरमा छन् । तैपनि पटकपटक पछारिएको हुनाले माओवादीसित कुस्तुर कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाएर केही जित्ने आशामा छ, तैपनि माओवादी सकेसम्म कांग्रेस र एमालेलाई पेलेरै लान खोज्दैछ । कताको हावाले कसलाई कता ढल्काउँछ, पछि थाहा होला ।

शुरुमा माओवादीले आफ्ना गुरिल्लालाई थामथुम पार्न सोझै नेपाली सेनामा हुलेर ठूलठूला दर्जा दिलाउने आश्वासन दिएको भए पनि सेनाको मापदण्डका हिसाबले त्यो हुनै नसक्ने कुरा थियो । त्यसै भएर सात बुँदे सहमति गरेर समायोजन विशेष समितिले समेत अनुमोदन गरिसकेको अवस्थामा सेनाले भर्ना छनोट प्रक्रिया थालेपछि आफ्नो योग्यता नपुग्ने ठानेरै होला गुरिल्लाहरू तर्से । अनि प्रचण्डले समेत कुरा फेरेर सम्मानजनक समायोजन नभए अर्को हिंसात्मक युद्ध हुनसक्ने भनेर कांग्रेस र एमालेलाई धम्की दिएका छन् । गुरिल्लालाई सेनामा पठाउनुभन्दा स्वैच्छिक अवकाशका नाममा मोटो रकम दिलाएर पार्टीमै राख्ने र तिनैका बलमा चुनाव जित्ने योजना प्रचण्डले बनाएको बुझ्न सकिन्छ ।

त्यसैले लडाकु समायोजनभन्दा स्वैच्छिक अवकाशमा लगेर आन्दोलनमा उतार्ने धम्की दिनुका पछाडि राजनीतिक चालवाजी रहेको यथार्थ कांग्रेस–एमालेले पनि बुझेकै हुनुपर्छ । एमाओवादीको हालैको विस्तारित बैठकमा गुरिल्लाले समेत नेताका भ्रष्टाचारको व्यापक विरोध गरेपछि कार्यकर्ता र लडाकुलाई थामथुम पार्ने र कांग्रेस–एमालेलाई तर्साउने नयाँ बाटो निकाले जस्तो छ । हुन त कांग्रेस–एमाले माओवादीबाट लतारिंदै लतारिंदै निष्प्राण जस्तै भैसकेका छन् । यी दुबैले आफ्नो धरातल छोडिसकेका हुनाले माओवादीसितै लतारिन विवश छन् ।

गणतन्त्र, धर्म निरपेक्षता, जातीय राज्य विभाजन जस्ता उग्रबाटो समात्न कांग्रेस–एमालेलाई माओवादीले नै बाध्य पारेको भए पनि अब आएर आँखा केही खुलेजस्तो छ र माओवादीकै कारण हामी आफ्ना आदर्श र लाइनबाट च्यूत भयौं भन्ने पनि बुझे जस्तो छ । यसरी आँखा चिम्लेर आफ्नोपन गुमाउन पुगेका कांग्रेस र एमाले अहिले ‘घर न घाट’ भनेजस्तो स्थितिमा छन् । अब हेर्नु के छ भने लडाकुलाई स्वैच्छिक अवकाशमा लगेर चुनावमा प्रयोग गर्छन् भन्ने डरले समायोजन प्रक्रिया खुकुलो पार्न कांग्रेस र एमाले राजी हुन्छन् कि, सैनिक मापदण्ड खल्बल्याउन हुन्न भनेर जनविश्वासमा अडिन्छन् । त्यसैको प्रतिक्षा छ ।

संक्षेपमा भन्नुपर्दा राजतन्त्र नै राष्ट्रिय एकताको मूल आधार थियो । त्यसको अभावमा आज राष्ट्रको एकता खल्बलिएको छ । यस्तो स्थितिमा राष्ट्रपतिलाई समेत खोपाको देउता बनाएर थन्क्याउने हो र नेताहरूको चालामाला यस्तै रहने हो भने यो देश रहला रु देशभक्तहरूले सोच्ने बेला आएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सम्मान्य राष्ट्रपति ज्यू ! गुस्ताखी माफ पाउँ (४) तारा सुवेदी (07.30.2012)
पिउने पानीकै लागि संघर्ष गर्नुपर्ने दिन आउँदैछ - यादब देवकोटा (07.23.2012)
संविधानसभा ब्यूँताउने विन्तिपत्र बुझ्दैछन् - महेश्वर शर्मा (07.23.2012)
सम्माननीय राष्ट्रपतिज्यू को सकृयताको अर्थ ? (३) - तारा सुवेदी (07.23.2012)
मुलुकको केन्द्रीय राजनीति सधैं अस्थिर रहने - यादब देवकोटा (07.17.2012)
“राष्ट्रपतिले गल्ती गर्दैनन्” (२) - तारा सुवेदी (07.17.2012)
प्रधानमन्त्रीजी ! तपाईं आफ्नै माग त पूरा गर्नोस् - महेश्वर शर्मा (07.17.2012)
विगत बिर्सेर वर्तमान र भविष्य सुखद् हुँदैन - यादब देवकोटा (07.10.2012)
शासन व्यवस्था कसिलो कि खुकुलो ? - महेश्वर शर्मा (07.10.2012)
सम्मान्य राष्ट्रपति डा.रामवरणः व्यक्ति र अभिव्यक्ति (१) - तारा सुवेदी (07.10.2012)
दिगो विकासमा जलवायु परिवर्तनको अवरोध - यादब देवकोटा (07.03.2012)
स्पष्टता र दिशाबोध बेगरको कुर्सीताकाई - महेश्वर शर्मा (07.03.2012)
गाँठो फुकाउने उपाय यौटा मात्रै – तारा सुवेदी (07.03.2012)
असफलताको ढाकछोप गर्न आरोप–प्रत्यारोपको बाढी - यादब देवकोटा (06.18.2012)
“सहमतिको”असंवैधानिक बाटो खोज्ने कि, संविधान सम्मत बाटो रोज्ने ? - तारानाथ सुवेदी (06.18.2012)
सधैं आन्दोलनकै मानसिकता राखेर हुँदैन - महेश्वर शर्मा (06.18.2012)
मुलुकलाई सही मार्गमा हिंडाउने आत्मचेत खुले, प्रमुख नेताहरूले राष्ट्रघातको कलंक बोक्न पर्दैन - य (06.11.2012)
सन्दर्भ : राष्ट्रको एकता र हाम्रो पहिचान - महेश्वर शर्मा (06.11.2012)
प्रधानमन्त्री डा. भट्टराई सामु काल–प्रश्न ः तपाई कुन बाटो लाग्ने ? - तारा सुवेदी (06.11.2012)
नेपाल र दक्षिण अफ्रिकाको संविधानसभा : त्यहाँ किन सफल ? हामी कहाँ चुक्यौं ? - यादब देवकोटा (06.04.2012)



 
::| Latest News

 
[Page Top]