युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.15.2019, 04:45am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
राष्ट्रपति, सुविधा र नैतिकता (५) - तारा सुवेदी
Monday, 08.06.2012, 05:11pm (GMT+5.5)

“पूर्व विशिष्ट पदाधिकारीहरुलाई दिने सुविधा खारेज गर, राष्ट्रिय ढुकुटी माथिको ब्रह्मलुट बन्द गर” भन्ने माग सहितको मुद्दा लिएर “नेपाल नागरिक समाज” ले मिति २०६९ साउन ११ गते देखि १३ गते (तीन दिन) सम्म चक्रीय भोक हड्ताल (रिले अनशन) शुरु गरेको थियो । यद्यपि उक्त नागरिक समाजले शुरु गरेको रीले अनशनको मुद्दा हरेक नागरिकको मन–मुटुको भावनालाई प्रतिनिधित्व गर्ने राष्ट्रिय महत्वको विषयको कोटीको थियो । “लोकतन्त्र र गणतन्त्र” जस्ता आधुनिक शासन व्यवस्था, संविधान विधि विधान, न्यायिक र सामाजिक परम्परागत मूल्य, मान्यता, अस्तित्व अस्मिताका पवित्रतम आदर्श माथिको पाशविक आक्रमण र बलात्कार विरुद्धका आवाज उठाउने काम भएको थियो । तर पनि त्यस्तो कार्यक्रम आयोजना भएको भनेपछि “कुन दलको आड बलमा, कस्को छाता ओडेर वा कसको बल बलेसीमा बसेर हुर्केको कस्को नेतृत्वको  नागरिक समाज ?” भनेर सोधिने रहेछ । 

११ गते राजधानीको मुटुमा अवस्थित शान्तिबाटिकामा शुरु भएको उक्त भोक हडतालमा नैतिक समर्थन जनाएर फर्किंदा एक जना प्राध्यापकको (प्रा.)को साथै पिएचडी (डा.)को पुच्छर गाँसेर आफ्नो परिचय दिने (त्रि.वि. मा पढाउने) गुरुले गरेको टिप्पणीबाट त्यस्तो भनाइ सुनेको थिएँ । 

त्यसबाट स्पष्ट नै थियो, उनी अर्को कुनै दलका हनुमान रहेछन् । उनको पनि आफ्ना नेताहरुले सेक ताप गरेको र धाप दिएर राखेको कुनै छुट्टै “स्वतन्त्र नागरिक समाज” नामको संघ÷संगठन रहेछ । र त्यो (मैले सहभागिता समर्थन दिएर फर्किएको) “स्वतन्त्र नागरिक समाजसँग उनको सम्बन्धी (नातो जोडिएको) नागरिक समाजको आगोपानी र छोइछिटो बाराबारको सम्बन्ध रहेछ । कहाँको त्यति माथिको उनको, श्रद्धेय पेशा व्यवसाय गत क्षेत्र र स्तर, कहाँ उनको राजनैतिक चिन्तन, दर्शन र समाजप्रति उत्तरदायित्व बोधको सीमान्त दरिद्र, दुर्गन्धी र घृणा लायक अपवित्र धरातल !, तर पनि त्यसलाई “नेपालको आफ्नै मौलिक र राष्ट्रिय वैशिष्ट्य भन्नु नै यही र यस्तै त हो नी !” भनेर सहज र स्वाभाविक रुपमा लिएँ । 

कहाँ हिमवत् खण्ड र कुन कुन शास्त्र र पुराणहरुमा वर्णित पवित्रतम भनिए मानिएको वाग्मती ! कहाँ आजको ढलको मलवाहिनी दुर्गन्धी र सभ्यताकै खिल्ली उडाउँदै गरेको बाग्मती !, तैपनि अझै हामी आधाआधी भन्दा बढी (५०% भन्दा धेरै)  संख्या भएको सीमान्त गरीबहरु भएको देशको राज्यबाट सिटामोल र जीवनजल नपाएर मरिरहेका अभागी नेपालीका थाप्लोमा  पन्ध्र  अर्वभन्दा बढीको कर र ऋणको भार बोकाएर राजधानी बासीको एकीकृत खुला ढललाई “वाग्मती सभ्यता बचाउने” नारा भट्याउँदै, टाठाबाठा र मुठ्ठीभरको पेट भर्न लागि परिहेकाहरुले बाध्यतया यस सुविधाको नामको ब्रह्मलुट र विरोधलाई पनि सहज रुपमा स्वीकार्न सिक्नुपर्छ, जान्नुपर्छ, भन्ने ठाने । र त्यसलाई राष्ट्रिय चरित्र र वैशिष्ट्यको रुपमा स्वीकार्न नसके विक्षिप्तको कित्तामा हुत्याएर वा उभ्याएर पिच्क्याइन्छ, दुत्कारिन्छ आँखा तरेर तिरस्कार गरिन्छ” भन्ने यथार्थतालाई आत्मसात् गर्नुपर्छ” भन्ने एक्लो राय र निष्कर्ष निकाल्दै घर पुगें । 

घरमा पुगेर सुस्ताएको चीसो मथिङ्गलले दोहो¥याएर घोत्लिँदा “ती पछिल्ला (प्रा.डा.) ले सोध्नु र टिप्पणी गर्नु पनि अयथार्थपरक थिएन कि” भन्ने सोचेँ । किनकि आफू सहभागी हुन गएको कार्यक्रममा जे जस्तो साझा राष्ट्रिय महत्वपूर्ण मुद्दा उठाइएको थियो, आयोजक समूहहरुको परिचय, पृष्ठभूमि र कार्यक्रममा अभिव्यक्त विचार र तथ्यलाई उल्ट्याएर पेश गरिएका तर्कहरुले भने उक्त मुद्दाको आडमा सत्तासीनदलका जरा काट्ने सत्ता इतरको कुनै दलका निर्देशन र बलमा उक्त कार्यक्रम राखिएको मध्य दिनको घाम जस्तै छर्लङ्ग भएको थियो । जेहोस् 

केही दिन पहिले राष्ट्रपतिबाट जारी गरिएको “पूर्व विशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने  सम्बन्धी अध्यादेश” त्यति हतारो गरेर जारी गर्न राष्ट्रपति किन अग्रसर हुनु प¥यो ? स्वयं त्यस अध्यादेश अनुसार अधिकतम सुविधाको प्रत्याभूति दिइएका सम्माननीय राष्ट्रपति डा. रामवरण यादवका लागि त्यो सुविधाको व्यवस्था कति सुखदायी वा पीडादायी थियो ? त्यो यहाँलाई थाहा होला । किनकि जुत्ताको टोकाई जुत्ता लगाउनको बाहेकले अनुभूत गर्न सक्दैन, त्यो यथार्थ हो । 

तर अध्यादेश जारी गर्ने स्वीकृति दिने निर्णय गरे सँगै “आफूले व्यक्तिगत रुपमा त्यस्तो गरीब, विपन्न र सीमान्त सामान्य राज्य सुविधाविहीन जनताको थाप्लोमा कर भार बोकाएर दिइने भनिएको सुविधा म राष्ट्रपति पदबाट हटेको भोलिपल्टदेखि लिन्न खान्न म जुन माटोमा जन्में, खेले र जुन गाउँले साथी भाइहरुकै माया प्रेम र विश्वासको बलबुतामा गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने सौभाग्य प्राप्त गरें, शितल निवासमा पस्ने बस्ने अब यो भन्दा ठूलो सुविधा र अवसर के राज्यले दिन सक्छ र अब पद निवृत्त भएपछि मैले पनि त्यस्तो सुविधा लिने भोग्ने दरिद्रतम चिन्तन बोक्ने ?” भनेर सार्वजनिक रुपमा वर्तमान राष्ट्रपति डा. रामवरण यादवले घोषणा गरि दिनु भएको भए, जनतामा कति सकारात्मक सन्देश जान्थ्यो ? 

त्यत्रो वैभवशाली राष्ट्र इरानको राष्ट्रपति भएर र राष्ट्रपतिको लागि सर्व सुविधा सम्पन्न “स्वर्णमण्डित विशेष विमान” लगायतका घरायसी सामग्रीहरु हुँदाहुँदै पनि नियमित नागरिक बायु सेवाका सहुलियत दरको टिकटमा विदेश भ्रमण गरेर विश्वमा विशेष पहिचान दिन सफल मोहमह अहमदिनेजकोभन्दा बढी सम्मान पाउने र सकारात्मक सन्देश सम्पूर्ण नेपालीमा जाने थियो कि थिएन ? सम्माननीय राष्ट्रपति डा. रामवरणको पद निवृत्ति उप्रान्त जनकपुरको “यही गाउँ नै महान् आदर्श पुरुषको जन्मथलो भनेर सम्पूर्ण नागरिक समाजका व्यक्तिको तीर्थस्थल बन्ने थियो । त्यस्तो स्थितिमा वहाँको दर्शनार्थ नेपाली समाज ‘सपही’ पुगेर उहाँको सुरक्षार्थ समर्पित हुने थियो कि थिएन ? नेपाली जनताले अपेक्षा गरे अनुसारको त्याग र आदर्शपूर्ण व्यवहार सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट भएन । केही दिनयताको उहाँको संविधानेतर सक्रियताले शितल निवासबाट निस्केपछि ‘सपही’तिर नगई सानेपाको वीपी स्मृति भवनतिर गएर पुनः सक्रिय दलगत राजनीति गर्ने सोचाइ देखायो । तर त्यो वहाँ स्वयंको स्व विवेकीय विषय भएको हुँदा थप टिप्पणी नगराँै । 

गाउँघरमा यौटा उखान छ– “धोती लगाउनेको त यो गति कछाड लगाउनेको झन् कुन गति” । डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलेको आफ्नो विवादास्पद पहिचानलाई सानेपाको वि.पी. स्मृति भवनमा राखेर हिमाल, पहाड, मधेस, तराईको साझा भावना र एकताको निर्विवाद प्रतीक बनेर देखाउनु भयो । तर पनि संविधान सभाभित्रका ६०१ थारा सेता हात्तीबाट भत्केको जनताको विश्वासलाई दह्रो टेको दिएका व्यक्तिले जनादेश विपरीत पटक पटक संविधान सभाको म्याद थप गर्नेदेखि उक्त पूर्व विशिष्ट पदाधिकारीहरुलाई विशेष सुविधा दिने सम्बन्धी अध्यादेशमा तात्तातै सही गरेर आफ्नो आयु बढाउनुले आफू निवृत्त भइगएपछिको जोहो गर्ने गलत नियत देखाउनु भयो भन्ने जनता पर्न गयो । त्यसले गर्दा धेरैलाई आफूले अगाध आस्थाको शिखरबाट चिप्लेर गहिरो खरपासतिर हराएको हो कि भन्ने पर्न गयो । जनताले सरे आम “चोर, भ्रष्ट, देशघाती; जनता र सोझा सादालाई ऐन कानुन विधि विधानका तगारो तेस्र्याएर केही गर्न नदिने आफूहरु सधैँ चैन गर्ने भनेर कुख्याती कमाएका, भत्ता र सत्ताका लागि कहिल्यै विवाद नगर्ने, जनता र देशका सवालमा सधैँ असहमत हुने अपपरम्परा, विकृति र विसंगतिकै बलबूतामा राजनीति गर्दै आएका” भन्दैआएका र नेतादेखि उनहरुका हरुवा चरुवा र आसेपासे गासे कार्यकर्ताहरुसम्मले देखे र भेटे जति सबै जायज नाजायज तरिकाले कुम्ल्याए बुत्याए, हसुरे”को देखेका आम नागरिकले त्यस्ता नेताहरुले सराप गर्नु कुन अस्वाभाविक र अनोठौ भन्ने ?
 
संघीयताको सवालमा “राष्ट्रलाई विकेन्द्रीकरणबाट नभएर विखण्डीकरण नै गर्नुपर्छ” भन्ने पक्षमा विश्व ब्रहमाण्डको उदाहरण पेश गर्ने महापण्डितहरुले विश्वको नेपाल जस्तो गरीबतम मुलुकमा मात्रै होइन, कुन सम्पन्नतम मुलुकमा नै पनि यसरी कुनै मौकामा २।४ दिन शासन सत्तामा पुगेको नाताले गरीब र विपन्नतम जनताको थाप्लोमा अर्बौंको कर भार बोकाएर करोडौँ मूल्यका विलासी गाडी, दर्जनौँ सुरक्षाकर्मी, भत्ता र जुत्ता पुछ्नेहरुको व्यवस्था गरिदिइएको छ र यहाँ लागू गर्नु प¥यो ?” यसको उत्तरकरभार व्यहोर्ने जनतालाई किन दिइएन ? हिजो तीस वर्षे निरंकुश शासन कालमा समेत विशिष्ट पदाधिकारी सडकमा लिखुर लिखुर हिंडेकै थिए । आफूलाई पञ्चायत व्यवस्थाको महारथी मान्ने र सबे पञ्चले “शेरे धनुषा” भन्ने वहालवाला मन्त्री हेमबहादुर मल्ल ठकुरीलाई भ्रष्टाचारी ठहर गर्दै खोरमा थुन्ने तत्कालीन अदुअआका प्रमुख श्री वासुदेव शर्मा बिनासुरक्षा विहान पशुपति वनकाली घुम्नुभएकै थियो । तर त्यसबेला पनि शुरु नगरेको पी.एस. ओज मात्र नभै नववादशाह शैलीको सवारी चलाउनुपर्ने किन ? राष्ट्रिय पञ्चायत सदस्यबाट निवृत्त भएकाहरुलाई पेन्सन दिन शुरु गरिएको परम्परालाई उठाएर तत्कालीन व्यवस्थाको घोर विरोध गर्नेहरु नै अहिले शासन सत्तामा पुगेर त्यस्तो निर्लज्ज ब्रह्मलूट लूट गर्नु कति नैतिक र शोभनीय भन्ने वा कति शर्म लाग्दो, घटिया चिन्तन र दिवालिया सोचाइ भन्ने ? जेहोस्, सर्वोच्च अदालतले त्यो ब्रह्मलुट रोक्न आदेश दियो । अहिले दिएको आदेश खारेज भएन गरिएन भने निकै राम्रो भयो भन्नु पर्छ भनिरहौला ।

नैतिकताको सवालमा
“नैतिकताको परिभाषा देश र समाज सापेक्ष नहुनुपर्ने हो” भन्ने लाग्दथ्यो, तर व्यवहारमा हुने रहेछ । विधर्मी भन्ने गरिएका इशाई, मुस्लिमहरुको देश अमेरिका, फ्रान्स बेलायत, न्यूजिल्यान्डमा मात्रै होइन छिमेकी भारतमा समेत कुनै सार्वजनिक पदमा बसेको जिम्मेदार व्यक्तिले कुनै वेश्यासँग होस् अथवा कर चोरी गरेको शंकास्पद व्यक्तिसंग व्यक्तिगत सम्बन्ध राखेको घटना होस्, त्यस्तै कुरा सार्वजनिक भयो भने सत्य सदाचार र सद्विचारको आधारमा नढाँट्ने बरु नैतिकताको आधारमा राजीनामा दिने गरेका सयौँ उदाहरण छन् । 

तर विश्वको उत्कृष्ट भनेर भनिएको हिन्दू धर्मावलम्बीहरुको परिचय दिनेहरु भने जतिसुकै अनाचार, व्यभिचार, भ्रष्टाचार दुराचार गरेको सार्वजनिक मात्र नभई, अदालतबाट प्रमाणित हुँदा पनि “आफूलाई राजनीतिक पूर्वाग्रहले फँसाइएको, आफू माथि अन्याय भएको र आफू जत्तिको इमान्दार र उच्च नैतिकता पूर्ण आचरण र व्यहवार गर्ने कोही नभएको भन्ने गुड्डी हाँक्नेलाई नै जनताले विश्वास गर्ने ग¥यो । यसका लागि फर्केर हेर्दा छर्लंग हुने हुँदा थप प्रष्ट्याई र स्पष्टिकरणको आवश्यकता पर्दैन । तर पनि हामी तिनै भ्रष्टतम् राजनीतिक पेशा व्यवसायीहरुलाई नेता मान्दै र नैतिकताको गीता पाठ गर्दैछौं ।

हामी नेपालीहरु “हाम्रँे देशमा नै बुद्ध जन्मेका थिए” भनेर विश्वका सम्म र सम्पन्न बौद्धमार्गीहरुको बाहुल्यता भएको देशमा गएर वडप्पन देखाउन कहिल्यैपछि परेनोँ, पर्दैनौँ । तर बुद्धले “सबै भन्दा गर्हित र वर्जित पाप” भनेर भनेका “स्तेय, परिग्रह, हिंसा, घृणा गर्ने, परपीडादिने मिथ्या वचन बोल्ने” जस्ता सबै कुरा मा नै हामी सबै व्याप्त र लिप्त देखिन्छौं । र त्यो पनि “यो देशमा जो जति शक्ति सम्पन्न छ त्यो त्यतिनै बढी निकृष्ट भ्रष्ट दुष्ट छ, जो जति बदनामी कमाएको र नालायक थियो र छ त्यो त्यतिनै ठूलो महानायक मानिन्छ ठानिन्छ “भन्दै यिनै सीमान्त अनैतिकलाई सलाम गर्छौं ।

जहाँ जनताले निषेध गरेको मात्रै होइन जनताले जहाँ पायो त्यही चड्काउने र पिच्क्याउने हदका घृणित, दुर्गन्धित र कुनै हैसियत विनाका नीच नेताहरुमध्ये “जनताले आफ्नो सुरक्षार्थ करभार बोकेर राखे पालेका दर्जनौँ पुलिस र सरकारी, गाडीको घेराभित्र हिँडेको र उनैले निर्लज्ज अर्काको नैतिकताको उपदेश दिने गरेको देखेपछि जनताले के सोच्छन् होला” भन्नेतर्फ सायदै कसैले सोचेको होला ?, “सकृय राजतन्त्र” विरुद्ध त्यत्रो विशाल जनसागारले जनआन्दोलन गरे” पश्चात् प्राप्त लोकतन्त्र र गणतन्त्रले स्थापित गरेको निर्वाचित संविधान सभाले जसरी दुई वर्षमा संविधान जारी गर्ने शर्त तोड्दै र आफू खुशी समय सीमा सार्दै चार वर्षसम्म राज्य लुटेर संविधान सभालाई ‘थारै मार्ने’ काम भयो त्यसरी नै त्यसप्रतिको आक्रोश र घृणा भाव प्रकट गर्न भने संविधान सभाको अवशानपछि शक्ति प्रदर्शन गर्नेलाई जनताले कुम पड्काउँदै ठिंगा देखाई प्रकट गरिसकेका छन् । त्यसैले समयले समाधिस्थ गरेका विषयतिरबाट फर्केर अगाडि हेरौँ ।

अहिले कतिपय राजनीतिक पेसा व्यवसायी संगठन र नेताहरुले आफूलाई “जनता ठग्ने होइन” भन्ने देखाउन अरुलाई “भाटेगाली” दिएर सत्तो सराप गर्ने र ठुमरी गाउने काम भइरहेछन् । त्यसले कसलाई कति फायदा हुन्छ, कसले कसलाई ठग र चोर सावित गर्ने बाजी मार्छ ? त्यो भोलि थाहा होला । तर केही दिनका लागि भन्ने वहानामा “संविधान सभाको पुनस्र्थापना गरेर ‘वामन’ शैलीमा जनतालाई ‘वली’ बनाउने र फेरि केही वर्ष विना निर्वाचन खाने जुन षड्यन्त्रमूलक स्याल हुइय्याँ मच्चाइएको छ, त्यसले हिजोको ‘६०१ को जम्बो भीड’का लागि त फेरि केही वर्ष खाने चाँजो मिल्ला ? तर त्यसले जनताले सडकमा कुनै पनि सभासदलाई जुत्ता हान्ने र पिच्क्याउने सम्मको जमर्को गराईबाट बचाउन भने नसक्ला (?) त्यो सब ख्याल नगर्ने वेशर्मीहरुमध्येकैले अहिले “फलानोको नैतिकता भए...” भनेर भन्नु कति लाजमर्दो होला ? सबैले अनुमान गर्ने विषय बाहेक के हुन सक्छ ?

यो सब यथार्थता एकातिर हुँदाहुँदै पनि “लोकतन्त्रको मूल्य मान्यताको खिल्ली उडाउनेमा सर्वोच्चतम पदासीनदेखि सीमान्तीकृत पदविहीन निरीह जनतासम्म आआफ्नो हैसियत अनुसार कोही अंशियार होइन, छैन” भन्ने स्पष्ट छ । त्यति मात्र होइन । आज देशलाई यो दुर्दशाको भड्खारोमा पु¥याउनेमा आज यस धरतीका वासी मात्रै होइनन् नेपाल र छरछिमेकका परलोकवासी हुन पुगेकाहरु पनि दोष मुक्त छैनन् । मात्रात्मक भिन्नता मात्र हो । आज गाउँको कुनै वडातहको वासिन्दाले वडाका पूर्व जनप्रतिनिधिलाई, वडा तहको कर्मचारीले गा.वि.स. सचिवलाई, गाविस सचिवले जिल्ला तहको सचिवलाई, जिल्ला सचिवले (स्था.वि.अ. वा त्यस्तैले) मन्त्रालयको सचिवलाई मन्त्रालयको सचिवले मुख्य सचिव र मन्त्रीलाई, मुख्य सचिव र मन्त्रीले प्रधानमन्त्रीलाई नैतिकता (आर्थिक, राजनीतिक, कानुनी र दायित्व वा भूमिका निर्वाह सम्बन्धी समष्टिगत) सम्बन्धी प्रश्न उठाउँदै खुला र निःसंकोच रुपमा भ्रष्ट, वदनाम, जनताले घृणा गर्दै तपाई नै होइन ? भन्ने औँला देखाएर ठाडै प्रश्न उठाइरहेछ । यस्तो स्थितिमा निरीह “नैतिकता”को अस्तित्व अस्मिताकै संरक्षक अब कसलाई भन्ने टड्कारो प्रश्न उठिरहेको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
निर्वाचन आयोगको मतदाता अधिकारको नयाँ नीति - यादब देवकोटा (07.30.2012)
प्रचण्डको धम्की र आफ्नोपन गुमाएकाहरू महेश्वर शर्मा (07.30.2012)
सम्मान्य राष्ट्रपति ज्यू ! गुस्ताखी माफ पाउँ (४) तारा सुवेदी (07.30.2012)
पिउने पानीकै लागि संघर्ष गर्नुपर्ने दिन आउँदैछ - यादब देवकोटा (07.23.2012)
संविधानसभा ब्यूँताउने विन्तिपत्र बुझ्दैछन् - महेश्वर शर्मा (07.23.2012)
सम्माननीय राष्ट्रपतिज्यू को सकृयताको अर्थ ? (३) - तारा सुवेदी (07.23.2012)
मुलुकको केन्द्रीय राजनीति सधैं अस्थिर रहने - यादब देवकोटा (07.17.2012)
“राष्ट्रपतिले गल्ती गर्दैनन्” (२) - तारा सुवेदी (07.17.2012)
प्रधानमन्त्रीजी ! तपाईं आफ्नै माग त पूरा गर्नोस् - महेश्वर शर्मा (07.17.2012)
विगत बिर्सेर वर्तमान र भविष्य सुखद् हुँदैन - यादब देवकोटा (07.10.2012)
शासन व्यवस्था कसिलो कि खुकुलो ? - महेश्वर शर्मा (07.10.2012)
सम्मान्य राष्ट्रपति डा.रामवरणः व्यक्ति र अभिव्यक्ति (१) - तारा सुवेदी (07.10.2012)
दिगो विकासमा जलवायु परिवर्तनको अवरोध - यादब देवकोटा (07.03.2012)
स्पष्टता र दिशाबोध बेगरको कुर्सीताकाई - महेश्वर शर्मा (07.03.2012)
गाँठो फुकाउने उपाय यौटा मात्रै – तारा सुवेदी (07.03.2012)
असफलताको ढाकछोप गर्न आरोप–प्रत्यारोपको बाढी - यादब देवकोटा (06.18.2012)
“सहमतिको”असंवैधानिक बाटो खोज्ने कि, संविधान सम्मत बाटो रोज्ने ? - तारानाथ सुवेदी (06.18.2012)
सधैं आन्दोलनकै मानसिकता राखेर हुँदैन - महेश्वर शर्मा (06.18.2012)
मुलुकलाई सही मार्गमा हिंडाउने आत्मचेत खुले, प्रमुख नेताहरूले राष्ट्रघातको कलंक बोक्न पर्दैन - य (06.11.2012)
सन्दर्भ : राष्ट्रको एकता र हाम्रो पहिचान - महेश्वर शर्मा (06.11.2012)



 
::| Latest News

 
[Page Top]